ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

आजको कार्टुन !


संकट धान्न नसकिने : प्रधानमन्त्री


* 'मंसिरपछि मुलुक ठप्प हुन सक्छ'
* 'ढुंगाना र तुलाधरलाई भनेको छु'
* 'कर्मचारीले असहयोग गरे
मनोज अधिकारी, पोखरा असोज २४ -प्रधानमन्त्री माधवकुमार नेपालले विद्यमान राजनीतिक गतिरोध मुलुकले धेरै समय धान्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अहिलेकै गतिरोधको अवस्थाले मुलुकको जारी शान्ति प्रक्रिया र संविधान निर्माण धरापमा पर्न सक्ने उनले चेतावनी दिएका छन्। अहिलेको अवस्थाले शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण धरापमा पर्ने हो कि भन्ने चिन्ता पर्न थालेको छ' शनिबार पोखरास्थित राष्ट्रबैंक गेष्ट हाउसमा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भने।

सजिलो छैन अघि बढ्न



पर्शुराम काफ्लेनयाँ पत्रिका/ काठमाडौं, २३ असोज
आर्किटेक्ट इन्जिनियर रञ्जित कर्ण- ३४, कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघको राजनीतिमा दुई दशकदेखि सक्रिय छन् । त्रिचन्द्र क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा जित्दै उनी नेविसंघको महामन्त्रीसमेत भए र हाल नेतृत्वप्राप्तिको दौडधुपमा सक्रिय छन् ।

तीन ठूला दलप्रति गच्छदार क्रुद्ध





'माओवादी, कांग्रेस, एमालेको मात्रै देश होइन', मधेसी पत्रकार समाजको प्रथम महाधिवेशन उदघाटनको क्रममा शनिबार उनले राजधानीमा भने, 'चौथो शक्तिको रुपमा रहेको मधेसवादी दललाई उपेक्षा गरियो भने तीन पार्टीले र समग्र मुलुकलेनै अझ ठूलो संकटको सामना गर्नुपर्छ ।' काठमाडौ, २०६६ आश्विन २४ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख तीन दलको मनोमानिमा राज्य पुर्नसंरचना गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनले माओवादी, कांग्रेस र एमालेको सहमतिमा हुन लागेको त्यस्तो षडयन्त्र मधेसवादी दलको लागि मान्य नहुने समेत

माधव नेपालबाहेक सबै स्वीकार्य: यादव


काठमाडौ, २०६६ आश्विन २४ -
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालबाहेक अरु जो सुकै प्रधानमन्त्री भएपनि आफुलाई मान्य हुने बताएका छन् । उनले सरकार सरकार चाडैं ढल्ने भविश्यवानीसमेत गरे । 'माधव नेपाल बाहेक निर्वाचित जो सुकै प्रधानमन्त्री भएपनि हामीलाई मान्य हुन्छ' यादवले रिपोर्टर्स क्लवमा भने, 'अव यो सरकार धेरै दिन टिक्न सक्दैन ।' उनले आगो बली सकेको उल्लेख गर्दै पानी पनि उम्ली सकेकाले खिचडी पाक्नै लागि सकेको बताए । 'प्रतिक्षा गर्नुस् खिचडी छिट्टै पाक्छ' उनले भने

अयोग्य लडाकुलाई भोलिदेखि शिविरबाट बाहिर निकालिने

धनकुटा, असोज २४ (नागरिक)- 
शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले अनमिनले अयोग्य ठहराएका जनमुक्ति सेनाका लडाकुलाई भोलिदेखि शिविरबाट बाहिर निकालिने बताएका छन्। त्यसको सुरुवात सिन्धुलीमा रहेको दुधौली शिविरबाट प्रारम्भ गरिने जानकारी पनि उनले दिएका छन्। कुनै पनि राजनीतिक दलको आवरणमा हतियार प्रदर्शन गर्ने, कानुन हातमा लिने र देशलाई विखण्डन गर्ने गतिविधि गर्ने जुनसुकै समूहलाई कारबाही गर्न विशेष सुरक्षा योजना ल्याइएको भनाइ पनि उनको थियो।

'बजेट पारित नभए तिनकै लडाकुलाई संकट’


रुद्रप्रसाद भट्ट/नयाँ पत्रिका-पोखरा, २३ असोज
प्रधानमन्त्री माधवकुमार नेपालले संसद् अवरोधले बजेट पारित नभए माओवादीकै लडाकुलाई समस्या हुने बताएका छन् । आफ्नै कार्यकर्तालाई संकटमा पार्नेगरी माओवादीले संसद् अवरोध जारी राख्न नसक्ने उनको दाबी छ । कास्कीका जिल्लास्तरीय कार्यकर्तालाई बिहीबार पोखरामा प्रशिक्षण दिँदै प्रधानमन्त्री नेपालले माओवादीले कुनै संकट पार्छ भन्ने विश्वास आफूलाई नभएको बताए । 'माओवादीले बजेट पारित गर्न दिँदैन भन्ने मलाई विश्वासै छैन,' प्रधानमन्त्री नेपालले भने, 'सरकारलाई अप्ठ्यारो पार्न खोजे माओवादीमै विद्रोह हुन्छ ।' संसद्मा ठूलो दल भएकाले धेरै रकम माओवादीकै भागमा पर्ने र उनका कर्मचारी तथा लडाकुसमेतले खान नपाएपछि सहमतिमा आउने प्रधानमन्त्री नेपालको विश्वास थियो ।

'जनताको आवाज अवरुद्ध पारियो'

'असोज २१ गतेसम्म राजनीतिक गतिरोध हटाउछौ भन्ने दलका नेताका मनमा के छ ?प्रश्न उब्जेको छ । ' 
अमृता अनमोल / बुटवल , २०६६ आश्विन २४ - संविधानसभा अध्यक्ष सुवास नेम्वाङले लगातार संसद अवरुद्ध हुंदा जनताको आवाज अवरुद्ध भएको बताएका छन् । पब्लिक क्याम्पस संघको आठौं साधारण सभाको शनिबार बुटवलमा उदघाटन गर्दै उनले लगातारको संसद अवरोधले जनताका अति संवेदनशील र महत्वपूर्ण मुद्धाहरुमा समेत जनप्रतिनिधिले

आइटी पार्क पुनः सञ्चालनमा

नयाँ पत्रिका/काभ्रे, २३ असोज
काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्क (आइटी पार्क) पुनः सञ्चालनमा आएको छ । पार्कमा शुक्रबारदेखि अमेरिकी कम्पनी आइबिएम कर्पोरेसनले काम सुरु गरेको हो । यसअघि पार्क सञ्चालनमा आएको ६ महिनामै यहाँ रहेको जाभ्रा नामक सफ्टवेयर कम्पनीले पार्क छाडेको थियो । आइबिएमले पार्कको मुख्य भवनको पहिलो तल्लामा अनुसन्धान केन्द्र राखेर काम सुरु गरेको छ । केन्द्रको शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । यसअघि ०६३ मंसिरदेखि आइटी पार्कमा काम सुरु गरेको नेदरल्यान्डको जाभ्रा सफ्वेयर कम्पनी ६ महिनापछि काठमाडौं फर्किएको थियो ।

कालो झण्डा देखाउँदा रुपन्देहीमा झडप

काठमाडौँ, असोज २४ (नागरिक)-  एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले बुटवलमा उद्योगमन्त्री महेन्द्र राय यादवलाई कालो झण्डा देखाउने क्रममा सुरक्षाकर्मीसँग झडप भएको छ। रुपन्देही उद्योग वाणिज्य संघको अधिवेशन उदघाटन गर्ने कार्यक्रमका लागि बुटवल आएका यादव चढेको गाडीमा माओवादी कार्यकर्ताहरुले बुटवलको तिनाउ पुलमा ढुंगासमेत हानेका थिए। ढुंगा प्रहारबाट मन्त्री यादव चढेको गाडीको शिशा फुटेको छ। मन्त्रीलाई केही भएको छैन।

Friday, October 9, 2009

आजको कार्टुन !

एसएसबीबाट मारिएकाका परिवार बिचल्लीमा

अशोक पहाडी/नयाँ पत्रिका/ रौतहट, २२ असोज
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रौटहट सरमजुवाका मोकल राय यादवलाई पिटीपिटी मारेपछि उनको परिवार बिचल्लीमा परेको छ । मजदुरी गरेर परिवार पाल्ने यादव मारिएपछि श्रीमती उर्मिलादेवीलाई वृद्धा सासू र ६ जना छोराछोरी पाल्ने जिम्मेवारी आइलागेको छ । घुस नदिएपछि एसएसबीका अधिकारीहरूले यादवलाई गत बिहीबार ११ घन्टासम्म नियन्त्रणमा लिई कुटेर साँझ घर पठाएका थिए ।

राजस्व गस्तिसँग भीडे झोले तस्कर

सञ्जीव चापागाई, झापा २३ असोज
झापाको चारआलीमा राजस्व गस्ति टोली र भन्सार छलेर सामान भित्र्याउदै गरेका व्यापारीबीच शुक्रबार झडप भएको छ। दुई पक्षबीच झडप हुँदा एक जना प्रहरी र चार जना सर्वसाधारण घाइते भएका छन। शसस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको सामान खोस्न खोस्दा झडप भएको थियो। बिहान साढे ३ बजेतिर दुई वटा मिनीबसमा राखेर भारतबाट भन्सार छली भित्र्याउदै गरेको ७९ बोरा विभिन्न प्रकारका सामान राजस्व गस्ति टोलीले नियन्त्रणमा लिएको थियो।

'राष्ट्रपति शासन लगाएर संविधान बनाउने हल्ला सुनेँ' : खनाल

टेकनारायण भट्टराई, पाल्पा असोज २३- एमाले अध्यक्ष झलनाथ खनालले देश प्रतिक्रान्तिको दिशातर्फ जाने खतरा रहेको औंल्याएका छन्। दलबीचको सहमति प्रयासले ठोस निष्कर्ष लिन नसकेपछि प्रतिक्रियावादीहरुले थप चलखेल गर्न लागेको आफूले सुइँको पाएको खनालले दाबी गरे। एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार सन्धिखर्कमा खनालले भने- हिँजोआज मैले ज्यादै नराम्रा हल्ला सुनेको छु। देश प्रतिक्रान्तिको दिशातर्फ जाने खतरा देखिएको छ।” 

माओवादी सभासद थुनेर भएपनि बजेट पास गरिन्छ - मन्त्री श्रेष्ठ


रमेश खतिवडा,(मैनापोखरी)दोलखा असोज २३- सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठले जंगी कानुन लगाई माओवादी सभासद थुनेर भएपनि सरकारले बजेट पास गराई छाड्ने बताएका छन्। मुलुक ठप्प पारेर माओवादीले बजेट पास गर्न नदिए सबैभन्दा पहिला अध्यक्ष पुष्पकमल दहाल चढ्दै आएको सरकारी सुविधाको गाडी खोसिने उनले बताए। नेकपा एमाले दोलखा क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको आज दोलखाको मैनापोखरीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले माओवादीले संसदबाट बजेट पास गर्न नदिए पनि उनका

दबाबले पद छोड्‌दिन : प्रधानमन्त्री

सन्तोष पोखरेल, पोखरा असोज २३- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी आन्दोलनले देशमा अनिष्ट आउन सक्ने संकेत दिएका छन्। माओवादीको बिद्रोह गर्ने र सत्ता कब्जा गर्ने धम्कीले देशमा अनिष्ट आउन सक्ने प्रधानमन्त्रीले बताए। 'माओवादीले सत्ता कब्जाको धम्की दिदैं जाने हो भने देशमा अनिष्ट नआउला भन्न सकिन्न' प्रधानमन्त्री नेपालले भने- 'अनिष्ट आउन नदिन माओवादी सबैभन्दा बढी जिम्मेबार हुनुपर्छ।' प्रधानमन्त्री नेपालले माओवादीलाई सबैलाई चिढाउने गरी आन्दोलन र बिद्रोहको धम्की दिंदै नहिड्न आग्रह समेत गरे। 

आन्दोलन जारी राख्ने माओवादी निर्णय

काठमाडौ, २०६६ आश्विन २३ - एकीकृत माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबारे सदनमा छलफल नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले सदनमा राष्ट्रपतिको कदमबारे छलफल भएमात्र राजनीतिक सहमति बन्ने निष्कर्ष निकालेको छ । बैठकले आफ्ना माग बारे सम्बोधन नभएसम्म आन्दोलनलाई सदन र सडकबाट जारी राख्ने निर्णय गरेको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

होटलमा बास बसेकी महिलामाथि सामूहिक बलात्कार


बुटवल, २२ असोज
होटेलमा बास बसेकी एक महिला मध्यरात कोठाभित्रै सामूहिक बलात्कारको सिकार भएकी छिन् । तीन सन्तानकी आमा कमला (नाम परिवर्तन) लाई राति १२ बजे झ्यालबाट कोठाभित्र प्रवेश गरी बलात्कार गरेको पीडित महिलाले उजुरी दिएपछि प्रहरीले जबर्जस्ती करणी गर्ने चारजना र मिलोमतोको आशंकामा होटलमालिकलाई पक्राउ गरेको छ । बुटवल नगरपालिका वडा नं ८ ट्राफिकचोकस्थित जयभुँडी होटल एन्ड लजमा बास बस्न आएकी २९ वषर्ीया ती महिलालाई होटल सञ्चालक जयराम भट्टराईको मिलोमतोमा चारजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

पोखरामा माओवादी र प्रहरीबीच झड्प

कास्की, २०६६ आश्विन २३ - पोखरा आएका प्रधानमन्त्री माधवकुमार नेपाललाई शुक्रबार कालो झण्डा देखाउँदै नाराबाजी गदै सभागृह तर्फ अघि बढेका माओवादी कार्याकर्ता र प्रहरीबीच झड्प भएको छ । झड्पमा सशस्त्र प्रहरी एक र माओवादी तर्फ ७ घाइते भएका छन् । प्रहरीको लाठीबाट माओवादी कास्कीका इन्चार्ज रामजी बराल जीवन सख्त घाइते छन् । पोखराको सभागृहमा उच्च माध्यमिक शिक्षक एशोसिएसनको अधिवेशन उदघाटन गर्न आएका प्रधानमन्त्री नेपाल विरुद्ध चर्कोनाराबाजी गदै अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको कारवाहीपछि त्यहाँ भागदौड शुरु भएको थियो ।

Thursday, October 8, 2009

आजको कार्टुन !


भारतीयद्वारा सुस्तामा फेरि अतिक्रमणको प्रयास

परासी, असोज २२ - पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्तामा फेरि एक पटक भारतीय पक्षले अतिक्रमण गर्ने प्रयास गरेको छ। पछिल्लो पटक त्रिवेणी सुस्ता ४ अन्तर्गत सुस्तामा पर्ने रहुवा खोला नजिक विवादित भूमिमा भारतीय पक्षले ट्याक्टर ल्याएर जोती सुस्तामा नेपाली भूमि अतिक्रमण गर्ने प्रयास गरेको हो। वि.सं.२०६२ मा दुवै देशबीच भएको सहमति विपरित विवादित भूमि मानी दुवै पक्षबाट जोतभोग नगर्ने सहमति भएपछि भारतीय पक्षले सो भूमिमा ट्याक्टर ल्याएर जोती अतिक्रमण गर्ने प्रयास गरेको थियो।

गतिरोध अन्त्य नहुनुमा तीन ठूला दल मुख्य दोषिः गच्छदार

संजीव चापागाई झापा २२ असोज
उपप्रधान एवम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार ढलेर आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने कुरा माओवादीको दीवा सपना मात्रै रहेको बताएका छन । झापाको भद्रपुरमा बिहीबार आयोजिजत पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार ढल्ने र माओवादी नेतृत्वमा सरकार बन्ने भन्ने दुबै कुरा असम्भब रहेको बताए । उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार बहुमत प्राप्त सरकार भएकाले यही सरकारले संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने दाबी गरे ।

'प्रधानमन्त्रीले राजीनामा दिए गतिरोध अन्त्य'

बाग्लुङ, असोज २२ (नागरिक)- 
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिए राजनीतिक गतिरोधको अन्त्य हुने बताएका छन्। सत्ताधारी दल र माओवादीका आआफ्नै अडानले समस्याको निकास ननिस्केको अवस्थामा भट्टराईको यस्तो धारणा आएको हो। बुधबार बाग्लुङमा उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरे। 'कि राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनु पर्‍यो,' उनले भने, 'होइन भने, प्रधानमन्त्रीले राजीनामा दिएर मुलुकलाई निकास दिनुपर्छ।'

नाटकै गरे दलहरुले

मुलुक अनिर्णयको बन्दी
काठमाडौं, असोज २२ (दैनिकी)
लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका लागि दलहरुले आज पनि छलफल तथा बैठकहरुलाई निरन्तरता दिने भएका छन्। प्रधानमन्त्री माधव कुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनालले विहानै छलफल गरे। पछिल्लो समसामयिक राजनीतिक गतिरोधको निकास खोज्ने क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

व्यावसायिक तरकारीमा आकर्षण

नयाँ पत्रिका/सप्तरी, २१ असोज
विदेश गई धेरै आम्दानी गर्ने सोच युवामा विकसित हुँदै आएका बेला सप्तरीका एक युवाले तरकारी खेतीबाटै मनग्ये आम्दानी गरी विदेश जानेलाई चुनौती दिंदै आएका छन् । सप्तरीको रुपनगर गाविस-५ का २७ वसन्तकुमार यादव डेढ बिघा खेतमा गरेको तरकारी खेतीबाट मात्र प्रत्येक तीन महिनामा लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उनले घर नजिकैको आफ्नो डेढ बिघा खेतमा काउली, लौका, आलु, काँक्रा, भान्टा खेतीबाट प्रत्येक तीन महिनाको सिजनमा डेढ लाख आम्दानी गरिरहेका छन् ।

हैन प्रहरी किन यति अराजक?

देवेन्द्र बस्नेत दाङ २२ असोज
दाङका एक जना प्रहरी हवाल्दारले एक महिला र एक जना बालकलाई निर्घात कुटपिट गरेका छन्। दाङको प्रहरी बोर्डिङमा कार्यरत प्रहरी हवल्दार कमल रावतले घोराही नगरपालिका वडा नम्बर २ गुलरीया निवासी २६ वर्षिया गीता चौधरीलाई बुधबार राती घर भित्रै पसी कुटपिट गरेको पीडित चौधरीले बताइन। त्यसैगरी प्रहरी हवल्दार केसीले गीताका ६ वर्षिय छोरा नितेस चौधरीलाई पनि कुटपिट गरेको चौधरीले जानकारी दिइन।

एनआरएनलाई लगानी गर्न सुरक्षित आधार

काठमाडौं, असोज २२ (नागरिक)- 
सरकारले दुई साताअघि ल्याएको गैर आवासीय नेपाली नियमावलीले लगानीका लागि सुक्षत आधार तयार पारेको उनीहरुले बताएका छन्। अर्थतन्त्रमा भने यसको असर दुई वर्षपछि देखिने उनीहरुको भनाइ छ। नियमावलीमा गैर आवासीय नेपालीले गरेको लगानीको नाफा फिर्ता लैजान सक्ने व्यवस्था छ। उनीहरुको सुझावअनुसार यसको व्यवस्था गरिएको हो। 'नियमावलीले नेपालमा सुक्षत लगानी गर्न सक्ने आधार तयार पारेको छ,' गैर आवासीय नेपाली संघका प्रवक्ता जुगल भुर्तेलले नागरिकसँग भने।

सस्तो भयो अमेरिकी डलर

काठमाडौं, असोज २२ (नागरिक)-
दसैंको लामो विदा पछि अमेरिकी डलर सस्तो हुन थालेको छ। भारतीय अर्थतन्त्र र सेयर बजारमा आएको सुधारले डलर सस्तो भएको हो। काठमाडौको बजारमा मंगलवार भन्दा बुधवार डलरको मूल्य ४८ पैसा घटेको छ। वुधवार प्रति डलर बिक्री दर ७५ रुपैयाँ ०५ पैसामा झरेको छ। युरो पनि सस्तो भएको छ। पाउण्ड स्टर्लिङ समेत घटेको छ।

Wednesday, October 7, 2009

आजको कार्टुन !


मातृकाको माओवादीले जनयुद्ध थाल्यो

सिद्धराज राई, धनकुटा, असोज २१- माओवादीबाट विद्रोह गरेका नेता मातृका यादवको समूहले धनकुटा जिल्लामा जनयुद्ध, जनकारबाही र जनअदालत सञ्चालन गर्ने घोषणा गरेको छ। धनकुटा जिल्ला संगठन समिति गठन भएको जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मातृका समूहका केद्रिय सदस्य तथा लिम्बुवान राज्य समिति इन्चार्ज अमर किरातीले उत्पीडित जाति र समुदायको हितमा बाधा पुग्ने जुनसुकै समूह वा संस्थामाथी कार्वाही गर्ने र जनअदालतमा उभ्याउने बताए। किराँती एकीकृत नेकपा माओवादीको किरात राज्य समिति सदस्य हुन। 

अब चोरीसिकारी लाई गोली

श्याम भट्ट, काठमाडौं २१ असोज- चोरि सिकार र अवैध व्यपारका कारण संरक्षीत वन्यजन्तु संकटमा पर्दै गएपछि सरकारले चोरिसिकारीलाई घटनास्थलमै गोली हान्ने अधिकार 'सुट एट साईट' दिन सिफारिस गरिएको छ। मुख्यतया विश्वमा दुर्लभ हुँदै गएका एक सिंगे गैंडा र बाघको सिकार रोक्न सरकारका जीम्मेवार निकायले यसमा सहमति गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐनमा २०२९ मा संरक्षीत क्षेत्रमा अवैध गतिविधि गरेर भाग्न खोज्नेलाई घुँडा मुनि गोली हान्न सक्ने व्यवस्था भए पनि मानवियताका कारण प्रयोगमा थिएन।

'प्रधानमन्त्रीको प्रस्ताव आएको छैन'

काठमाडौ, २०६६ आश्विन २१ -
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा कुनै कुराकानी नभएको स्पष्ट पारेका छन् । उनले आफूलाई दाहालले प्रधानमन्त्रीको प्रस्ताव पनि नराखेको बताए । गत आइतबार पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीको निवासमा कोइराला र दाहालबीच भएको भेटमा कोइरालालाई दाहालले प्रधानमन्त्रीको प्रस्ताव राखेको समाचार बाहिर आएको थियो । उक्त समाचारसंगै राजनीतिक वृतमा नयाँ तरङ्ग पैदा गरेको थियो । यसअघि दाहालले पनि उक्त समाचारको खण्डन गरिसकेका छन् ।

सञ्चालन भएन एयरपोर्ट



२०४८ देखि सञ्चालन बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट पुनः सञ्चालनका लागि २६ लाख रुपैयाँ खर्चिई मर्मत गरिए पनि सञ्चालनमा आउन सकेको छैन । २६ लाख लगानी गरेर जीर्ण बनेको एयर कन्ट्रोलर भवन मर्मत गरेको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआउँदा भवन पुनः जीर्ण बन्दै गएको छ । गत वर्ष एयरपोर्टका लागि भवन मर्मत, तारजाली तथा ३६ पेलेट मर्मत गरिए पनि संरक्षण अभावमा भवन भत्किँदै गएको छ । जिल्ला विकास समिति बागलुङ-बलेवा सडक खण्ड पुनः निर्माण गर्ने र नागरिक उड्डयन मन्त्रालयले बिग्रेका भवन र भौतिक पूर्वाधार मर्मत निर्माण गरेको थियो ।

प्रधानमन्त्री र मन्त्रीहरु रिङरोड भ्रमणमा

काठमाडौं, असोज २१ (नागरिक) - 
प्रधानमन्त्री माधवकुमार नेपाल केही मन्त्रीका साथ राजधानी भ्रमणमा निस्केका छन्। मन्त्रिपरिषद्‌को बैठक बुधबार सकिनासाथ जनतासँग प्रत्यक्ष सरोकारका विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्री नेपाल पर्यटक बस चढेर मन्त्रीहरुसँगै सिंहदरबारबाट बाहिरिएका थिए।  प्रधानमन्त्री र मन्त्रीहरु आफ्ना सुरक्षाकर्मीलाई सिंहदरबारमै छोडेर उपत्यकाको अवलोकन भ्रमणमा निस्केका हुन्। पर्यटक बसको अगाडि र पछाडि नेपाल प्रहरीका दुई भ्यानले स्कर्टिङ गरेका छन्।

माओवादी आन्दोलन वाहियातः मातृका


रौतहट, २१ असोज(दैनिकी)
पुर्नगठित माओवादीका संयोजक मातृका यादवले तिहारपछि एकीकृत माओवादीले गर्ने भनेको आन्दोलनलाई वाहियात कामको संज्ञा दिएका छन। एकीकृत माओवादीले जनतालाई रनभुल्ल बनाउन नागरिक सर्वोच्चताको कुरा उठाएर आन्दोलन थालेको बताउँदै उनलले भने–“हामी यस्तो ओन्दोलनलाई वाहियात ठान्छौं।” नागरीक सर्वोच्चताको कदर नगर्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चका कुरा उठाउनु हास्यास्पद भएको उनको भनाइ थियो। 

लुटेरा समात्न 'महिला एम्बुस टोली’


काठमाडौं/ उपत्यकामा सिक्री लुटेराको बिगबिगी बढेपछि प्रहरीले लुटेरा पक्राउ गर्न सादा पोसाकमा महिला प्रहरी परिचालन गरेको छ । एकै दिन चारजनासम्मको सिक्री लुटिन थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका २० स्थानको छनोट गरी महिला प्रहरी खटाएको हो । प्रहरीका अनुसार महिला प्रहरीलाई सहयोग गर्न एक सय सर्वसाधारण महिलालाई समेत उपयोग गरिएको छ । महिला प्रहरी र स्वयंसेवी महिला

'महादेवको आदेशमा छोराको बलि दिए' बाबुले


'सपनामा महादेव आएर तेरो छोरो राक्षस हो, बलि दे भनेर आदेश दिएपछि मैले आँगनमा निकालेर बन्चरो हानेर बलि दिएको हुँ, मारेको होइन’
नयाँ पत्रिका -प्रदीप पाण्डेय, दाङमा
एक बाबुले ११ वर्षीय नाबालक छोरालाई बन्चरोले घाँटीमा हानेर दुई टुक्रा पारे । किनकि 'सपनामा आएका महादेवले उनलाई छोराको बलि दिन आदेश’ दिएका थिए । महादेवको आदेश भन्दै दाङको नारायणपुर- ३ चारबगियाका रामबहादुर घर्तीले आफ्नै आँगनमा सोमबार साँझछोराको 'बलि' दिए ।

दलहरु संविधानसभा भंग गर्न चाहन्छन्न् : भट्टराई

बाग्लुङ, असोज २१ (नागरिक)- 
एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले दलहरु संविधानसभा भंग गर्न उद्यत भएको आरोप लगाएका छन्। दलहरुले राष्ट्रपतिको कदम नसच्चाई संविधानसभा भंग गरेर राष्ट्रपतिको शासन लागू गर्न खोजेको उनको दाबी थियो।  'राष्ट्रपतिको कदम सच्चाउन दलहरु तयार छैनन्,' एकीकृत माओवादी बाग्लुङ र बाग्लुङ-काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चद्वारा मंगलबार बाग्लुङको गलकोट हटियामा सम्पन्न जनसभामा उनले भने, 'दलहरुकै कारण मुलुक थप संकटमा फस्दै छ।'

कोइरालाद्वारा महासमिति बैठक रोक्न फेरि निर्देशन


उपस्थित नेताद्वारा विरोध
काठमाडौं, असोज २१ (नागरिक)- कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुन: महासमिति बैठक रोक्न निर्देशन दिएका छन्। बुधबार बिहान कोइराला निवासमा भएको कङ्ग्रेस नेताहरुको अनौपचारिक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन।  कोइरालाले महासमिति बैठक रोक्न यसअघि दुई पटक निर्देशन दिइसकेका छन्। कङ्ग्रेसको महासमिति बैठक कात्तिकमा वीरगन्जमा हुने कार्यक्रम तय भएको थियो।

Tuesday, October 6, 2009

पत्रकारलाई जासुस बनाउने तयारी


बच्चु विक/नयाँ पत्रिका -महेन्द्रनगर, १९ असोज

सरकारले करिब दुई सय पत्रकारलाई सुराकीको रूपमा देशभर खटाउने तयारी गरेको छ । सरकारले 'विशेष सुरक्षा योजना-२०६६' अन्तर्गत ६० जिल्लाका दुई सय पत्रकारलाई जासुस बनाउन लागेको हो । 'शान्ति-सुरक्षाको प्रभावकारिता, दण्डहीनताको अन्त्य तथा मानवअधिकारको रक्षाका लागि' भनेर ल्याइएको विशेष सुरक्षा योजना-२०६६ अन्तर्गत पत्रकारले राष्ट्रिय अनुसन्धानका अधिकृतको मातहतमा रहेर जिल्लामा

माओवादीद्वारा आफ्नै नेतृत्वको सरकारमा जोड


काठमाडौ, २०६६ आश्विन २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म सहमति हुन नसक्ने बताएका छन् । माओवादी पार्टी मुख्यालयमा मंगलबार आयोजित शिक्षा मासिक पत्रिकाको सार्वजनिकीकरण कार्यक्रममा उनले भने-'राष्ट्रिय सरकार र नागरिक सर्वोच्चताका कुरा संग संगै लगेर प्योकजमा समाधान गरिनुपर्छ ।' उनले माओवादीलाई पाखा लगाएर संविधान निर्माण तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्ने बुझेपछि पहिलेका

बहुमतको सरकार फेर्ने टाउको नदुखाउ : प्रम नेपाल


सहमतिका नाममा राष्ट्रपतिबारे छलफल हुँदैन-
मनोज अधिकारी, पोखरा असोज २० - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई सहमतिमा ल्याउने नाममा राष्ट्रपतिको कदमबारे सदनमा छलफल हुन नसक्ने बताएका छन्। उनले बरु महाभियोग र अविश्वासको प्रस्ताव सामना गर्ने तर राष्ट्रपतिको विषयमा सदनमा छलफल नगर्ने अडान दोहोर्‍याए। 'राष्ट्रपतिका बारेमा कुनै हालतमा सदनमा छलफल हुँदैन' मंगलबार पोखरा विश्वविद्यालयको दशौं साधारणसभामा आएका प्रधानमन्त्री नेपालले सञ्चारकर्मीसँग भने- '(माओवादीले) महाभियोग ल्याउन्, सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउन्। बरु त्यो बाटो जान तयार छौं।'

ज्वाला सिंहका केन्द्रीय सदस्य पक्राउ


विजेता सिंह/जनकपुर, २० असोज
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह)का केन्द्रिय सदस्य तुलसी भनिने साखीचन्द्र यादवलाई मंगलबार बिहान सशस्त्र प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ। महोत्तरी जिल्लाको एकडारा वार्ड न.८ मा रहेको यादवको आफ्नै घरबाट पक्राउ गरेको सशस्त्र प्रहरीका नायब निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए।  चन्दा आतंक र धम्कीको आरोपमा पक्राउ गरेको यादवको साथबाट प्रहरीले मोर्चाको आवश्यक दस्तावेजहरु बरामद गरेको छ।

नेपालगञ्जमा दाउद ग्याङका माजिद मारिए

बाँके २० असोज(दैनिकी)
सोमबार राति हत्या नेपालगंजमा एक जनाको गरिएको छ । नेपालगंज नगरपालिका वडा नंम्बर १५ का ५७ वर्षिय मजिद मनिहारको राती न्युरोडस्थित होटल लालीगुराँसमा अज्ञात समूहले हत्या गरेको हो । भारतीय सञ्चारमाध्यम आजतकले मारिएका मजिद अन्डरवर्ल्ड डन दाउद इब्राइमको गिरोहका सदस्य भएको र उनी नक्कली नोटको कारोबारमा समेत संगल्न रहेको भन्दै समाचार प्रशारण रहिरहेको छ तर नेपाल प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न मानेन । "घटनाबारे अहिले अध्ययन भइरहेको छ" बाँके प्रहरीका प्रमुखले भने । घटना लगत्तै बाँके प्रहरीले हत्या गर्ने समूहको खोजी कार्य गरिरहेको जनाएको छ ।

भोलिदेखि युरोपबाट सीधा उडान



काठमाडौं/एयर फ्लाइले बुधबारदेखि नेदरल्यान्डबाट काठमाडौंतर्फको सीधा उडान थाल्ने भएको छ । एयर फ्लाइले उडान थालेपछि नेपालको युरोपसँग सीधा हवाई सम्पर्क स्थापना हुनेछ । कम्पनीले पहिलो उडान बुधबारबाट थाले पनि नियमित उडान भने तय गरेको छैन । एयर फ्लाईको पहिलो उडान बुधबार दिउसो सँाढे २ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

पूर्व विटि्रस सैनिकका लागि नेपालमा कार्यालय

काठमाडौ, २०६६ आश्विन १९ -
वेलायत सरकारले पूर्व विटि्रस गोरखा सैनिकहरु लागि सोमबारदेखि काठमाडौमा व्यवस्थापन कार्यालयको स्थापना गरेको छ । सोमबार बेलायती राजदूतावासद्वारा जारी पे्रस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेकेा छ । कार्यालयले पूर्व सैनिकलाई वेलायत वसोबासका लागि सहयोग गर्ने छ । बेलायत जान इच्छुकका लागि सूचना उपलव्ध गराउने विज्ञप्तीमा जनाइएको छ ।

मातृकाप्रसाद यादवको सभासद पद गुम्ने

काठमाडौं, असोज २०(नागरिक)- 
माओवादी सभाषद द्वय मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद पद गुम्ने भएको छ। पुष्पा भुषालको संयोजकत्वमा गठित कार्यव्यवस्था परामर्श समितिको उपसमितिले यादव द्वयलाई सभासदबाट हटाउन सिफारिश गर्दै मंगलबार संविधानसभा अध्यक्ष सुवाष नेम्वाङ समक्ष प्रतिवेदन बुझाएको छ। उपसमितिसँग बयानका क्रममा यादव द्वयले आफूहरु नेकपा माओवादीको

एउटै कोठामा पाँचवटा कक्षा



उपेन्द्र लामिछाने, वीरगन्ज असोज २० - बाराको  टाँगियाबस्तीस्थित एक विद्यालयले  एउटै कोठामा  ५ वटा कक्षा सञ्चालन गर्दै आएको छ। श्री शान्ति प्राथमिक विद्यालयमा  शिशु कक्षादेखि ४ सम्मका विद्यार्थी एउटै कोठामा जम्मा हुँदा पढाई कम 'कोलाहल' ज्यादा हुने गरेको छ। जस्ताको छाना भएको लामो टहरोजस्तो कोठामा ४ वटा कक्षाका ३ सयभन्दा बढी विद्यार्थी भिन्नाभिन्नै कालोपाटीमार्फत् पढ्दै आएका छन्। । पाँच जना शिक्षिका-शिक्षकले एकै पटक  एउटै कोठामा पढाउँदा सबै विद्यार्थीको पढाई प्रभावित  हुने

हङकङ फेरि नेपाली कामदारका लागि खुला हुने

हङकङ, असोज १९ (एजेन्सी)- सरकारले आगामी जनवदेखि नेपालीलाई त्यहाँ जान खुल्ला गर्ने भएको हो। सरका अधिका र सयुक्त राष्ट्रसंघीय महिला विकास कोषका प्रतिनिधिले हालै गरेको भ्रमणमा त्यहाँका अधिकारीले जनवदेखि नेपाली कामदारलाई पुन खुल्ला गर्ने संकेत गरेका हुन्। कोषको एक टोलीले हङकङ पुन खुल्ला गर्न त्यहाँको भ्रमण गरेको हो। हङकङले सन् २००५ देखि कामका लागि हङकङ जान प्रतिवन्ध लगाएको छ। हङकङ नेपाली महिलाको लागि आर्कषक रोजगार गन्तव्य मानिन्छ।

आजको कार्टुन !


माओबादीले चाहे १० दिनमै संविधान बन्छ

उत्तम रिजाल, असोज १९ (दमक) - 
एकिकृत नेकपा माओबादीका केन्द्रीय सचिव सिपी गजुरेलले माओवादीले चाहेमा १० दिनमै संविधान बन्ने दाबी गरेका छन्। सोमबार झापाको दमकमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटका प्रमुख अतिथी रहेका गजुरेलले तिहारपछि माओवादीले आन्दोलन गर्ने बताए। 

'कङ्ग्रेस-एमाले जनमुक्ति सेना विघटनको पक्षमा'

जनविद्रोहको परिस्थिति अनुकूल बन्दैछ
इनरुवा, असोज १९ (नागरिक)- माओवादी नेता सिपी गजुरेलले कङ्ग्रेस र एमाले जनमुक्ति सेना विघटन गरेर माओवादीलाई कमजोर बनाउन क्रियाशील भएको आरोप लगाएका छन्। उनीहरु सेना व्यवस्थापन र समायोजन भन्ने बहानाबाजी गर्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको उनको भनाइ छ।सत्तासीन दलहरुको व्यवहारकै कारण संविधान निर्माणको प्रक्रियामा ढिलाइ भएको बताउँदै उनले भने- यसले जनविद्रोहको परिस्थिति अनुकूल बन्दै गएको छ।

माओवादीले जे बोल्छ सो गर्छः डा. भट्टराई


यज्ञमूर्ति तिमिल्सिना/पाल्पा
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराईले बैशाख २० गते राष्ट्रपतिले चालेको असवैंधानिक कदम नै माओवादीलाई आन्दोलनतर्फ धकेल्नुको मुख्य कारण भएको बताएका छन्।  पाल्पाको तानसेनमा सोमबार क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले भने– संविधान सभाको निर्वाचनको परिणामले त माओवादी ड्राइभर, कांग्रेस कन्डक्टर र एमाले खलासी भएर एउटा गाडीलाई अगाडि बढाउने म्यान्डेट दिएको भए पनि खलासीले गाडी चलाउदा के हुन्छ भन्ने स्वयं नेपाली जनताले बुझिसकेकाले पनि बर्तमान सरकारको आयु धेरै नभएको समेत बताए।

Monday, October 5, 2009

सानैमा यौनेच्छाको कारण आमाबुवाको जिन

२०६६ आश्विन ३ - केही बालबालिका कम उमेरमै यौन क्रियामा किन लिप्त हुन्छन् ? जतिखेर मानसिक र शारीरिक परिवर्तनको प्रक्रिया चलिरहेको हुन्छ त्यतिखेर उनीहरू कसरी सेक्सप्रति आकषिर्त हुन्छन् ? लामो समयदेखि उठदै आएका यी प्रश्न उत्तर खोज्न वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरूका अनुसार बालबालिकाको यौन सक्रियतालाई आनुवंशिक प्रभावद्वारा बढी राम्ररी परिभाषित गर्न सकिन्छ । सानैमा सेक्सप्रति आकर्षण हुनुमा वातावरणभन्दा पनि आमाबुवाको 'जिन' प्रमुख कारण हुने अमेरिकी जर्नल 'चाइल्ड डेभलपमेन्ट' मा प्रकाशित अनुसन्धानमा उल्लेख छ ।

चुनावअघि मलाई मार्ने योजना थियो


काठमाडौं, १८ असोज
कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधानसभा निर्वाचनका क्रममा आफ्नो हत्याको योजना बनेको दाबी गरेका छन् । उनले आफूलाई प्रत्यक्षतर्फको टिकट नदिन पार्टी सभापतिसहितका नेतालाई पटक-पटक आग्रह गर्दासमेत टिकट दिएर हत्या गर्ने प्रयास गरेको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै संविधानसभा चुनावको दुई दिनअघि दाङमा भएको घटना सम्झँदै उनले भने, 'प्रहरीप्रशासनले सहयोगसमेत गरेन । अरू दिन मेरो स्कटिङ हुन्थ्यो, त्यस दिन फोन गरेर बोलाउँदा पनि प्रहरी आएन । हत्याको योजना नबनाइएको भए त्यस्तो हुने थिएन ।'

नक्कली एसएमएसले मोबाइल ग्राहक ठगिए

रामचन्द्र भट्ट, काठमाडौं असोज १९-
आइतबार दिनभरि नेपाल टेलिकमका अधिकांश मोबाइल उपभोक्ताले एक खालको सन्देश प्राप्त गरिरहे। मोबाइल उपभोक्ताले प्राप्त गरेको सन्देशको व्यहोरा थियो, 'आज टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुरा गरेको अवसरमा १० जनालाई यस्तो एसएमएस पठाउँदा २ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउनेछन्।'

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता

काठमाडौ, २०६६ आश्विन १९ - 

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वर स्थित एक निजी घरमा भएको भेटमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको प्रधानमन्त्री नेपालले जानकारी दिए । झण्डै आधा घण्टा भएको भेटमा माओवादी अध्यक्ष दाहालले सबैलाई मान्य हुने गरी सहमति खोज्न प्रस्ताव गरेका थिए । भेटपछि प्रधानमन्त्री नेपालले आफूले अध्यक्ष दाहाललाई सकारात्मक पाएको भन्दै चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।

गतिरोध छिट्टै अन्त्य हुन्छ / कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः दाहाल


काठमाडौ, २०६६ आश्विन १९ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलहरुबीच सहमतिको लागि संवाद जारी रहेकाले राजनीतिक गतिरोध चाडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्ने प्रस्ताव नगरेको समेत दाबी गरे । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले २/४ दिनभित्रै संविधान निर्माण र शान्ति प्रकृयाले गति लिने बताए ।

Sunday, October 4, 2009

आजको कार्टुन !


भारतीय सीमा सुरक्षा बलको यातनाबाट रौतहटमा नेपालीको मृत्यु

उपेन्द्र लामिछाने, वीरगन्ज असोज १८– भारतीय सीमा सुरक्षा बल (एसएसबी) को यातनाबाट  रौतहटमा एक सर्वसाधारण नेपालीको  मृत्यु भएको छ। सुर्तीको डाँठ बिक्री गर्न सीमावर्ती भारतीय बजार घोडासन हिँडेका सुरमजुवा–८ का ३५ वर्षीय मुकलराय यादवको  एसएसबीका जवानको कुटाईबाट शनिबार राति मृत्यु भएको  हो। सुर्ती बेचेर जीविका चलाउँदै आएका मुकलराय यादवलाई सीतामढी बेसक्याम्प जमुनियाका एसएसबी जवानले नियन्त्रणमा लिएर कुटपिट गरेका परिवारले जनाएको छ। निर्घात कुटपिटपछि राति लरखराउँदै घर आएका उनको केही घन्टामै  मृत्यु भएको परिवारले बताएको छ।   घरमा आएपछि उनले आफूलाई एसएसबीका जवानले कुटपिट गरेको बताएका थिए। हातखुट्टा बाँधेर  नियन्त्रणमा राखिएका  यादवलाई एसएसबीका जवानले ४ घन्टा नियन्त्रणमा राखेर  छाडे्को  स्थानीयले बताए। 

झापामा दर्जन बढी सीमास्तम्भ गायव

सीमा अतिक्रमण हुने खतरा
सञ्जीव चापागाई। झापा १८ असोज

नेपाल भारत सीमामा रहेको दर्जन बढी सीमास्तम्भ हराएपछि झापामा सीमा अतिक्रमण हुने खतरा बढेको छ। 
झापाका विभिन्न स्थानबाट १८ बटा सीमास्तम्भ विगत केही महीनादेखि गायव भए पनी सम्बन्धित पक्षले चासो नदिदा सो क्षेत्रमा सीमा अतिक्रमण हुन सक्ने सम्भावना बढेर गएको हो। झापामा १ सय ७ किलोमिटर नेपालको जमिन भारतसँग सिमा जोडिएको छ।  जिल्लामा १७ देखि १५२ नम्बरका सीमा स्तम्भ र ३ सय बढी रीफरेन्स पिलरहरु रहेको सशस्त्र प्रहरी सीमा सुरक्ष कल चन्द्रगढीले जनाएको छ। बलका प्रमुख चन्द्रप्रसाद भट्टका अनुसार यीमध्ये सीमामा रहेका दर्जन बढी रीफरेन्स पिलर गायब भएका छन भने केही पिलरहरु मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन।

दुई साताभित्रै बजेट पारित नभए अर्थतन्त्र ठप्प



काठमाडौ, २०६६ आश्विन १८ - संसदबाट १३ दिनभित्र बजेट पारित हुन नसके मुलुकको आर्थिक गतिविधि ठप्प हुनेछ । यसबाट विकास निर्माण कार्य बन्द हुनुका साथै अन्यसँगै सभासद तथा सरकारी कर्मचारीहरूले समेत तलबभत्ता पाउने छैनन् । 'विकास निर्माण कार्य अवरुद्ध त हुनै नै छ,' अर्थविद् शंकर शर्माले भने, 'सरकार सञ्चालनका लागि आवश्यक खर्च पनि गर्न पाइने छैन ।' माओवादीले नागरिक सर्वोच्चताको माग गर्दै संसद चल्न नदिएपछि बजेट पारित हुन नसकेको हो । अर्थ मन्त्रालयले बजेट पारित नभएको उल्लेख गर्दै एक तिहाइभन्दा बढी रकम खर्च नगर्न सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि निरीक्षण

सरोजराज  अधिकारी - काठमाडौ, २०६६ आश्विन १८ -
उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि स्थलगत निरीक्षण गर्न सशस्त्र प्रहरी बलको दुई टोली लङ रेन्ज पेट्रोल -लामो दूरीको सूरक्षा गस्ती) मा निस्केको छ । दुई महिनाभित्रै सुरक्षा बल स्थापना गर्ने योजना साथ बलको दुई टोली मुस्ताङ र रसुवा पुगिसकेको सशस्त्र स्रोतले बतायो । मुस्ताङमा इन्स्पेक्टर दामोदर ढोडारीको नेतृत्वमा र रसुवामा डीएसपी विनोद केसीको नेतृत्वमा सेक्सन प्लस -२५/२५ जना) को निरीक्षण टोली खटिएको छ ।

लोक्ताको व्यावसायिक खेती सुरु


सुरेन्द्र सुबेदी -संखुवासभा, २०६६ आश्विन १८ - 
मन्त्रिपरिषदले सरकारी कामका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णयसँगै हाते कागजको माग बढेको छ । यहाँका कृषकले मागअनुसारको हाते कागजको आपूर्ति गर्न नसकिएको जनाउँदै माग पूरा गराउन व्यावसायिक लोक्ता खेती सुरु गरेका छन् । तिनजुरे नेपाली हाते कागज उद्योगले व्यावसायिक रूपमा खेती सुरु गरेको हो । यहाँा अर्गेली र सनपाटको ३ हजारभन्दा बढी बिरुवा नर्सरी लगाइएको छ ।

माओवादी तिहारपछि आन्दोलनमा जाने


प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले तिहारसम्म कुनै सहमति कायम नभए सशक्त आन्दोलन सुरु गर्ने भएको छ । सो पार्टीको आइतबार बसेको स्थायी समितिको बैठकले राजनीतिक गतिरोधको निकाशका लागि माओवादीले उठाउदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका ‍विषयमा ठोस निकास ननिस्के तिहारपछि सशक्त आन्दोलन गर्ने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । उनले असोज महिनाभरि दलहरुसँग छलफल र सहमतिको प्रयास जारी राखिने बताए ।

सुरु भयो पर्यटकीय मौसम


शिव शर्मा -कास्की, २०६६ आश्विन १७ -
पर्यटकीय मौसमको सुरुवातसँगै आन्तरिक पर्यटकले पोखरा खचाखच भएको छ । दसंै मनाउन देशका विभिन्न जिल्लाबाट यहाँ आएका पर्यटकहरू बिदा सकिन लाग्दा पनि अझै पर्यटकीयस्थलमा रमाइरहेका देखिन्छन् । यहाँको फेवाताल, बेगनासताल, सराङकोट, डेभिडफल्स लगायतका आकर्षकस्थलमा पर्यटकको लस्कर भेटिन्छ ।

मध्य तथा सुदूर पश्चिममा मोबाइल अवरुद्ध

प्रियास्मृती ढकाल बाँके १८ असोज
आइतबार बिहानैदेखि मध्य तथा सुदूरपश्चिमाञ्चलको मोवाइल सेवा अवरुद्ध भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको कोहलपुर र दाङ्गको लमही सडकखण्डकोबीचमा अप्टिकल फाइबर काटिका कारण मोवाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जका निमित्त प्रमुख नामाकर न्यौपानेले जानकारी दिए। अप्टिकल फाईबर काटिएका कारण प्रिपेड, पोष्टपेड, स्काई, सि.डि.एम.ए सेवा ठप्प भएको छ। जसका कारण यस क्षेत्रका करिब ४ लाख सेवाग्राही मर्कामा परेका छन ।

परराष्ट्रमन्त्री कोइराला फिर्ता

काठमाडौं, असोज १८ (नागरिक)- परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली तयारी पोसाकलाई भन्सार छुट गरी अमेरिकी बजारमा पहुँच सहज बनाउन त्यहाँका जनप्रतिनिधि सकारात्मक भएको बताएकी छन्। 'अमेरिकी सिनेटर तथा सांसदहरू नेपालजस्ता अल्पविकसित देशमा उत्पादित तयारी पोसाकलाई विद्यमान भन्सार छुट गर्न सकारात्मक भएका छन्,' दुई साता लामो अमेरिका यात्रापछि शनिबार अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्।

सुन मूल्य घट्यो

काठमाडौ, २०६६ आश्विन १८ - यस सताको अन्तिमदिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य यसअघिको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । दसंैअघि असोज ८ गते स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएको थिएन् । दसंैपछि कारोवार सुरु भएको पहिलो दिन शुक्रबार प्रतितोला सुनको मूल्य २९ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by