ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 6, 2009

मातृकाप्रसाद यादवको सभासद पद गुम्ने

काठमाडौं, असोज २०(नागरिक)- 
माओवादी सभाषद द्वय मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद पद गुम्ने भएको छ। पुष्पा भुषालको संयोजकत्वमा गठित कार्यव्यवस्था परामर्श समितिको उपसमितिले यादव द्वयलाई सभासदबाट हटाउन सिफारिश गर्दै मंगलबार संविधानसभा अध्यक्ष सुवाष नेम्वाङ समक्ष प्रतिवेदन बुझाएको छ। उपसमितिसँग बयानका क्रममा यादव द्वयले आफूहरु नेकपा माओवादीको सभासद भएको उल्लेख गरेको, तत्कालीन नेकपा माओवादी कानूनी रुपमा एकीकृत नेकपा माओवादी भइसकेका तथा निर्वाचित हुँदाको नभै नयाँ पार्टी गठन गरेको देखिएकाले सभासद पद खारेज गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

अब यस बारेमा निर्णय गर्न संविधानसभा अध्यक्षले कार्यव्यवस्था समितिको बैठक बोलाउनेछन्। समितिबाट राय लिएपछि उनले निर्णय लिनेछन् र संविधानसभामा जानकारी गराउनेछन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by