ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

माओवादी आन्दोलन वाहियातः मातृका


रौतहट, २१ असोज(दैनिकी)
पुर्नगठित माओवादीका संयोजक मातृका यादवले तिहारपछि एकीकृत माओवादीले गर्ने भनेको आन्दोलनलाई वाहियात कामको संज्ञा दिएका छन। एकीकृत माओवादीले जनतालाई रनभुल्ल बनाउन नागरिक सर्वोच्चताको कुरा उठाएर आन्दोलन थालेको बताउँदै उनलले भने–“हामी यस्तो ओन्दोलनलाई वाहियात ठान्छौं।” नागरीक सर्वोच्चताको कदर नगर्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चका कुरा उठाउनु हास्यास्पद भएको उनको भनाइ थियो। 
रौतहटको गौरमा पत्रकार सम्मेलन गरी संयोजक यादवले ठूला दलहरु कुर्सी ओगट्ने खोलमा लागेकाले संविधान निर्माण नहुने उनको ठोकुवा छ। वर्तमान सरकार २०४६ साल अघिकै अवस्थामा पुगेर पञ्चायती व्यवहार देखाउन थालेकोले जनताले यस्तो सरकारलाई तिरस्कार र नेताहरुलाई बहिस्कार गर्ने बताए। उनले तराइका राजनैतिक विचार भएका सशस्त्र समूहहरुसग एकता गर्ने विषयमा छलफल भइरहेको पनि दोहोर्‍याउन छोडेनन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by