ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

'भारतसँग झुक्ने परम्परामा सुधार आएन'



भक्तपुर , २०६६ आश्विन ३१ -

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार टिकाउन भारतसँग झुक्ने परम्परामा सुधार आउन नसकेको बताएका छन् । युवा खेलकुद समूह भक्तपुरले शनिबार आयोजना गरेको राष्ट्रव्यापी आमन्त्रण भलिबल प्रतियोगिताको समापनमा बोल्दै उनले सरकार टिकाउन भारतसँग झुक्दै आउने बर्षौ देखिको परम्परा अझै हट्न नसेकेको बताए । 

माओवादी अध्यक्ष र चिनीयाँ राष्ट्रपतिबीच छलफल

काठमाडौं, असोज ३१(नागरिक)- 

साताव्यापी चीन भ्रमणमा रहेको प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको टोली र चीनका राष्ट्रपति हु जिन्ताओबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा माओवादीले नेपालमा आफू सबैभन्दा ठूलो शक्तिका रुपमा उदाएको र नेपालमा माओवादीको सत्ता नै चीनको हितमा हुने जिकिर गरेको थियो। चिनीया कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका जिन्ताओसँग अध्यक्ष दाहालको नेतृत्वमा रहेको टोलीले वार्ता गरेको हो। गत वर्ष चीनमा आयोजित ओलम्पिक खेलको समापनमा जिन्ताओ र दाहालबीचको भेटपछि यो दोस्रो भेटघाट हो। दाहाल प्रधानमन्त्री बहाल रहेकै बेला तय भएको चीन भ्रमण उनको नेतृत्व सरकार ढल्नुअघि मात्र स्थगित भएको थियो।

गिरिजाप्रसाद कोइराला रोए


काठमाडौ, २०६६ आश्विन ३१ - 


कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शनिबार भैंलो खेल्न आएका कलाकार सामु आशु थाम्न सकेनन् । करिव दश मिनेट उनी सुक्क सुक्क गर्दै रोईरहे । साँस्कृतिक संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको भैलो कार्यक्रममा उपस्थित भएका कोइराला 'वीपी यसै भन्नुहुन्थ्यो' गीतमा मन थाम्न नसकेका हुन ।

दिदीबहिनीका नजरमा माओवादी नेता



नेत्र पन्थी/ नयाँ पत्रिका
माओवादी नेताहरू चाडबाडलाई त्यति महत्त्व दिँदैनन्, तर आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पाउने हरेकका अधिकारलाई भने सम्मान गर्नेे बताउँछन् । उनीहरू दसैँ-तिहारजस्ता चाडपर्व मनाउन कसैलाई रोकतोक गर्दैनन् । र, आफूहरू पनि मनाउनमा व्यस्त देखिँदैनन् ।

सभामुख जेनेभा जादै


कांतिपुर - काठमाडौ, २०६६ आश्विन ३१ - 



स्विजरल्यान्डको जेनेभामा सोमबारदेखि सुरु हुने अन्तरव्यवस्थापीका संघको महासभामा भाग लिन सभामुख सुवासचन्द्र नेम्वाङ शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछ । सभामुखले नेतृत्व गर्ने टोलीमा माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटी, कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे, एमालेका भीम आचार्य, मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव र संघीय

श्रीलंकाका राष्ट्रपति आउने



काठमाडौ, २०६६ आश्विन ३१ - श्रीलंकाको राष्ट्रपति महिन्दा राजपाक्षे कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी बुद्धको जन्मस्थान लुम्बिनी जाउने कार्यक्रम छ । राजपाक्षे यसअघि मार्च पहिलो साता भ्रमणमा आएका थिए । पाकिस्तानमा श्रीलंकाली खेलाडीलाई गोली प्रहार भएपछि आकस्मिक रूपमा भ्रमण छोट्याएर उनी फर्केका थिए ।  गृह मन्त्रालय स्रोतका अनुसार राजपाक्षेसँग उनकी श्रीमती, तीन मन्त्री, सचिव, चिकित्सक, अंगरक्षकलगायत २० जनाको टोली विषेश जहाजद्वारा काठमाडौं आउने छन् । उनले १२ गते काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीलाई भेटने कार्यक्रम छ । 

नक्कली शरणार्थीविरुद्ध मुद्दा

नयाँ पत्रिका - झापा 
भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेका तीन नेपालीसहित पाँचजनाविरुद्ध प्रहरीले ठगी तथा किर्ते जालसाझी मुद्दा दायर गरेको छ । काठमाडौंका उत्तम गुरुङ, धनकुटाका दीपेन मानन्धर र सोही ठाउँका जुबु गुरुङसहित अन्य दुई भुटानी शरणार्थीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको हो । शरणार्थी बनाएर तीन नेपालीलाई अमेरिका पठाउन खोज्ने शरणार्थी शिविर बेलडाँगी-२ का पूर्वसचिव देवराज प्रधान र सोही शिविरको छाप्रा नम्बर ७८ का भुटानी शरणार्थी मकरबहादुर गुरुङलाई पनि सोही महलअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्कीले बताए ।

प्रधानमन्त्रीलाई मुस्ताङबासीका पाँच माग



प्रधानमन्त्रीले सबै माग पत्रहरु हेरिसकेपछि जायज मागहरु सम्बोधन गर्नका लागि सरकारले ध्यान केन्दि्रत गर्ने 
काठमाडौ, २०६६ आश्विन ३१ - हिमाल पारीको जिल्ला मुस्ताङका जनताले प्रधानमन्त्रीसंग कोर्ला नाका खुलाउन, वाटो निर्माण गर्न, बृक्षारोपण, धमी खोलामा जलविद्युत, नरसिं गुम्वाको मर्मतसंहारलगायतका परियोजना माग गरेका छन् । त्यसका अलवा प्रजातन्त्र पुनस्थापना पछि पहिलो पटक पुगेका कार्यकारी प्रमुखलाई कम्तीमा ३० वटा ज्ञापन तथा माग पत्र लिखित रुपमा उनीहरुले थमाए । 'त्यहाँका जनताले अरु के के कुराको माग गरेका छन्, हामीले ज्ञापन र मागपत्र पढ्न पाएका छैनौं' प्रधानमन्त्रीसंगै रहेका राजनीतिक सल्लाहकार रघुजी पन्तले टेलीफोनमा ईकान्तिपुरसंग भने । 

जथाभावी बै‍क शाखा नखोलः गभर्नर

काठमाडौँ, असोज ३१- नेपाल राष्ट्र बैङ्कका गभर्नर विजयनाथ भट्टराईले नेपालका वाणिज्य बैङ्कहरूलाई अनावश्यकरूपमा शाखा नखोल्न र वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएका छन्। द बैङ्कर मासिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित "नेपालको बैंकिङ क्षेत्रका चुनौतीहरू" विषयक अन्तरक्रियामा भट्टराईले बैङ्कहरूले धमाधम खोलिरहेका शाखाको अनुगमन नेपाल राष्ट्र बैङ्कले गर्ने बताउनुभयो। धमाधम शाखा खोलेर मात्र हुँदैन, तिनीहरूको सञ्चालन, व्यवस्थापन एवं आर्थिक अवस्था के छ त्यसमा पनि ध्यान दिनु जरुरी छ भन्दै गभर्नर भट्टराईले यसरी विस्तार गरिएका शाखा ग्रामीण क्षेत्र एवं पिछडिएका नागरिकप्रति लक्षित हुनुपर्नेमा जोड दिए।

Friday, October 16, 2009

आजको कार्टुन !


'दाहाल नेतृत्वको सरकारमा बाबुराम र हिसिलाले सबैभन्दा ठूलो भ्रष्टाचार गरे'

"माओवादी एमाले र कङ्ग्रेसभन्दा फरक छैन"
टेकनारायण भट्टराई, पाल्पा असोज ३०- एकिकृत माओवादीबाट अलग भई माओवादी पार्टी पुनर्गठन गरेका मातृका यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन्। मोहन वैद्यलाई आफूले आदर्श नेता मान्ने गरेको तर वैद्य पनि पद र सुख सुविधामा सती गएकाले अब आदर्श नेता नरहेको यादवको भनाइ थियो। जनताको क्रान्ति पूरा नभएको भन्दै आफ्नो पार्टीले क्रान्ति अघि बढाएको दाबी गरेका छन्। उनले अहिल्यै आफूहरुले दुई चार प्रहरी चौकी ध्वस्त पार्न सक्ने दाबी पनि गरे। माओवादी जनयुद्ध सुरु हुँदाको अवस्थामा अहिले आफूहरु रहेको र भीषण क्रान्तिको तयारी भैरहेको यादवले दाबी गरे।

समुदायमा फैलियो स्वाइनफ्लु


समुदायमा स्वाइनफ्लु फैलिएपछि स्वास्थ्य मन्त्रालयले रणनीति परिवर्तन गर्ने भएको छ

अर्जुन पौडेल- नयाँ पत्रिका/काठमाडौं, २९ असोज विश्वव्यापी महामारी स्वाइनफ्लु नेपालमा पनि समुदायस्तरमा फैलिन थालेको छ । काठमाडौं र चितवनमा थप आठजना नयाँ स्वाइनफ्लु संक्रमित फेलापरेका छन् । यससँगै नेपालमा यसबाट प्रभावितको संख्या ४४ पुगेको छ । सरकारले नयाँ

कोरियाली संस्थाद्वारा बाढीपीडितलाई ५८ हजार सहयोग

काठमाडौं, असोज २८ (नागरिक)- सुदूर तथा मध्यपश्चिमका बाढीपहिरो पीडित परिवारलाई सहयोग गर्न स्थापित नागरिक सहयोग कोषमा कोरियाको जोय टुगेदर नामक संस्थाले ५८ हजार रूपैयाँ सहयोग गरेको छ।
जोय टुगेदारका स्थायी महासचिव जङ्ग वन लिले शुक्रबार नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीलाई सो रकम हस्तारण गरेका हुन्। जङ्गले आर्थिकरूपमा सो रकम ठूलो नभए पनि विपत्तिमा परेका सर्वसाधारणलाई केही राहत पुगोस् भनेर सहयोग गरेको बताइन्। 'पश्चिमको पीडा पूर्वमा रहेका नेपालीको पनि हो। एकले अर्कोलाई सहयोग गर्ने भावना नेपालीमा रहेकोले नागरिक दायित्व अनुसार राहत संकलन कार्य थालेको हौं' नेपाल रिपब्लिक मिडियाका प्रवन्धक निर्देशक ज्ञवालीले भने, 'यसले आम नेपालीलाई एकता गराउन मद्दत पुर्‍याउनेछ।'

जवर्जस्ती रकम असुल्दै माओवादी सेना

'वाईसीएल कार्यकर्ता र जनसेनाका मान्छेहरुले रकम असुल गरीरहेका छन' स्थानीय वासीन्दाहरुले भने, 'दशैंको समयमा पनि केही समय रकम असुल गरेका थिए ।' 
डीआर पन्त/डडेलधुरा, २०६६ आश्विन ३० - चाडपर्वको समय पारेर शिविरमा रहेका माओवादी सेना र वार्इसीएल कार्यर्ताहरु डडेलधुरा(धनगढी खण्डको भीमदत्त राजमार्गका सवारी साधनबाट जवर्जस्ती रकम असुल गरिरहेका छन्‍ । 'हरेक गाडीबाट एक हजारदेखि तिन हजारसम्म रकम असुल गरिरहेका छन्‍,' गाडी चालक केशव सिंहले भने, 'गाडी रोकेर माओवादी सेनाले भ्याट बिल माग्ने गरेका छन्‍ ।' चालकहरुले भने भ्याट विल भएको गाडीको एक हजार र नभएको गाडीस"ग ५ हजार रकम तिरिरहेका छन्‍ ।

सुजातालाई उपप्रधानमन्त्री बनाएपनि सरकार ढल्छ: भट्टराई

उपेन्द्र लामिछाने, वीरगन्ज, असोज ३०- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउँदैमा वर्तमान सरकार ढल्नबाट जोगिन नसक्ने बताएका छन्। सर्लाहीको हरिवनमा आयोजित आमसभालाई सम्वोधन गर्न जाने क्रममा शुक्रबार बिहान सिमरा आइपुगेका उनले नागरिक सर्वोच्चताको स्थापनासँगै नयाँ सरकार गठन हुने बताए। 'सरकार जोगाउन विभिन्न कसरत हुन थालेको छ ', उनले भने -' तर वर्तमान सरकार कुनै पनि बेला ढल्छ। ' वर्तमान सरकारको आधार मजवुत नभएकाले यसको औचित्य नरहेको उनको कथन थियो। ' यो कठपुतली सरकार हो ', उनले भने -' काठको खुट्टाले चलेको यो सरकार जसलाई जुन मन्त्री बनाएपनि छिट्टै ढल्छ।'

सुजातालाइ उपप्रधानमन्त्री बनाउनु लोकतन्त्रको उपहासः यादव




'दुई ठाउँबाट हार्ने प्रधानमन्त्री, नराम्ररी हार्ने उपप्रधानमन्त्री अनि जमानत जफ्त भएकाहरु मन्त्री हुनुभन्दा ठूलो लोकतन्त्रको उपहास के होला ?' 
अबधेशकुमार झा/इनरुवा, २०६६ आश्विन ३० - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुजाता कोइरालालाइ उपप्रधानमन्त्री बनाएर जनमत र लोकतन्त्रको उपहास भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन शुक्रबार

युएईमा पक्राउ पर्दैछन नेपालीहरु


काठमाडौं, ३० असोज (दैनिकी)
संयुक्त अरव ईमिरेट्स (युएई)मा विगत एक वर्षयता नेपालीहरु धमाधम पक्राउ पर्न थालेपछि त्यहाँस्थित नेपाली राजदूतावासले सचेततना अपनाउन आग्रह गरेको छ। अधिकांस नेपालीहरु कानुनको अनभिज्ञताले गर्दा नै जेल जानुपरेको उल्लेख गर्दै दूतावासले संयुक्त अरव ईमिरेट्स सरकारको कानूनका बारेमा सदैव सर्तक रहनुपर्ने भनि गाँजा, चरेश, जाड, रक्सी, नग्न तथा अर्थनग्न तस्विर भएका किताव लगायतका चीजहरु साथमा लिएर यात्रा नगर्न आग्रह गरेको छ।

बहुमत देखाउन शान्ति मन्त्रीद्वारा माओवादीलाई चेतावानी


लमजुङ, २०६६ आश्विन ३० - शान्ति मन्त्री रकम चेम्जोङले माओवादीलाई सरकारमा आउन चाहे बुहमत देखाउन चुनौती दिएका छन् । जिल्ला प्रशासन कार्यालयको उद्घाटन गर्न यहाँ आइपुगेका मन्त्री चेम्जोङले माओवादीले सबै ठाउमा अबरोध गर्न खोजेको उल्लेख गर्दै सरकारमा आउन बहुमत चाहिने बताएका हुन् । 'माओवादीले पार्टीगत स्वार्थका लागि अप्रजातान्त्रिक अभ्यास गरिहेका छन््' उनले भने, 'आफू सरकारमा छैन भनेर शान्ति प्रक्रियालाई बिथोल्न पाइदैन, ठूलो दलको नाताले पनि लोकतान्त्रिक पद्धतिबाट चल्न सिक्नुपर्छ ।'उनले माओवादीलाई राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउन र सरकार चलाउनका लागि वहुमत देखाउन भने । 'सधै विरोध गरेर अवरोध खडा गर्ने हैन, बरु सक्छ भने राष्ट्रपतिको बिरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुस् र सरकारमा जान चाहन्छ भने बहुमत देखाउनुस्' उनले भने । 

Thursday, October 15, 2009

आजको कार्टुन !


पूर्व राजाको सुविधा खोस्नुनपर्ने

काठमाडौं, असोज २९ (नागरिक) - सर्वोच्च अदालतले गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारद्वारा दिइएको सुविधा फिर्ता लिनुनपर्ने ठहर गरेको छ। पूर्वराजालाई दिइएको सुविधाविरूद्ध दायर रिटमा प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले बुधबार निर्णय सुनाउँदै सुविधा गैरकानुनी नभएको ठहर गरेको हो। पूर्वराजालाई आवास र अन्य सुविधा दिनु सरकारको नीतिगत विषय भएको ठहर गर्दै इजलासले रिट खारेज गरेको हो। कुनै पनि नागरिकले माग गरेकोमा सुरक्षा दिनुपर्ने सरकारको कर्तव्य भएकाले उनलाई दिएको सुविधा पनि गैरकानुनी नभएको जनाइएको छ।  गत २०६५ जेठ १५ मा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट हटाइएको थियो। सरकारले उनलाई नागार्जुनस्थित आवास गृह, सुरक्षाकर्मीसहित अन्य सुविधा पनि दिएको थियो। 

अस्ट्रेलियाका घलेले ५ अर्ब लगानी गर्ने


गोकर्ण अवस्थी-काठमाडौ, २०६६ आश्विन २९ - अस्ट्रेलियाका दुई सय धनीमध्येका एक नेपाली शेष घलेले नेपालमा ५ अर्ब रुपैयाँ बराबरको परियोजनामा लगानी गर्ने भएका छन् । उनले राजधानीको कान्तिपथमा पाँचतारे डिलक्स होटलसहितको मल्टिप्लेक्स निर्माण गर्ने बताए । 'जग्गा लिइसकेका छौं,' उनले भने, 'कानुनी प्रक्रिया पूरा भइसकेकाले छिट्टै काम सुरु हुन्छ ।'  उनी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने इन्स्िटच्युट र कमर्सियल प्रोपर्टीको व्यवसाय गरिरहेका छन् । स्नातकोत्तरसम्म पढाइ हुने उनका सिडनी र मेलबर्नमा इन्स्िटच्युट छन् । '२०२० सम्म विश्वविद्यालय बनाउने तयारीसाथ अगाडि बढिरहेका छौं,' उनले भने । उनको अर्को व्यवसाय भने एमआईटी होल्डिङ अस्ट्रेलियाको नामबाट सञ्चालित छ । 'नेपालमा पनि त्यसैको होल्डिङ -शाखा) कम्पनी स्थापना गरी व्यवसाय गर्दैछौं,' उनले भने । चार वर्षमा परियोजना निर्माण भइसक्ने उनको अनुमान छ ।

ओलीको बोलीः प्रधानमन्त्रीले गलत काम गरे

“सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनुअघि प्रधानमन्त्रीले राम्ररी सोचबिचार गर्नुपर्थ्यो”

सञ्जीव चापागाई ,झापा २९ असोज
नेकपा एमालेका वरिष्ट नेता केपी शर्माओलीले आफ्नै दल नेतृत्वको वर्तमान सरकारको कर्यशैलिप्रति असन्तुष्टी जनाएका छन। झापाको दमकमा बिहीबार बिहान कायकर्ता भेटघाटका क्रममा नेता ओलीले देशको नेतृत्व सम्हाल्ने जिम्मा एमालेको काँधमा आउनु राम्रो कुरा भए पनि वर्तमान सरकारको कार्यशैली सन्तोषजनक नभएको टिप्पणी गरे। सुजाता कोइरालालाइ उपप्रधानमन्त्री बनाइएको कार्यप्रति असन्तुष्टि जाहेर गदै नेता ओलीले भने– “प्रधानमन्त्री माधवकुमार नेपालले हालका समयमा कसैको दबाबमा आएर गलत कार्य गर्नुभएको छ, यसले सिङ्गो सरकारलाइनै असर पुग्छ।”

विरोधीहरुलाई सुजाताले "ठीक" पार्ने

बैठकमै रामचन्द्रमाथि आक्रमण गर्ने प्रयास
काठमाडौं, २९असोज (दैनिकी)
बाहिर जतिसुकै ठूल्ठूलो स्वरमा विरोध गरेपनि अन्ततः नेपाली कांग्रेसका नेताहरु कोइरालावाद हावी भएको केन्द्रिय समितिमा विषय प्रवेशमात्र गराएर बस्न बाध्य भएका छन । बुधबार साँझ अवेरसम्म बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रिय सदस्य नरहरि आचार्य र गोविन्दराज जोशीले सुजाता कोइरालालाई पार्टी केन्द्रिय समितिको निर्णयविपरित उपप्रधानमन्त्री बनाएकोमा पार्टी सभापतिलाई स्पष्टिकरण माग्नुपर्ने प्रस्ताव राखेपनि बैठकको अध्यक्षता गरिरहेका कावा सभापति सुशील कोइरालाको आग्रहमा त्यसमाथि विषय प्रवेश मात्रै भयो ।

'गैर आवासीयलाई मतदान बाहेकका सबै अधिकार'


काठमाडौ, २०६६ आश्विन २९ - प्रधानमन्त्री माधवकुमार नेपालले गैर आवासीय नेपालीहरुका लागि मतदानको अधिकार बाहेक अन्य अधिकार प्रदान गर्न सरकार राजी रहेको बताएका छन् । उनले सबै गैर आवासीय नेपालीका लागि विशेष खाले परिचय पत्र दिन सरकार तयार रहेको बताए । बि्रटिश गोर्खा वेलफेयर सोसाइटीका प्रतिनिधिहरुसंगको भेटमा उनले गैरआवासीय हरुलाई स्वदेशमा लगानी मैत्री वातावरण निर्माणमा सरकार गम्भीर रुपमा लागिपरेको उल्लेख गरे ।

उनले भने-'तपाईहरु लगानीका लागि मानसिक रुपमा तयार रहनुस, सरकार यहाँलाई नेपालमा लगानी गरौं गरौं वातावरण बनेर देखाउँछ ।' गैर आवासीय नेपालीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै उनले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न सुझाव

सुजाताको चुनौती




'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?'


'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।'


'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन '



दुई तस्बिर आफै बोल्छन्


  • परसन्न मुद्रामा प्रधानमन्त्री माधवकुमार नेपाल । गलामा माला, हातमा फूल, मुहारमा मुस्कान । कुनै विजयोत्सवको नायकजस्तै । तर होइन, उनी त असोजको बाढीले घरबार गुमाएका, भोकै परेका र आफन्तविहीन बनेका सुदूरपश्चिमवासीलाई सहानुभूति दिन पो पुगेका हुन् । तर, उनका हातमा जनतालाई दिन एउटा चाउचाउ छैन, लिन फूलैफूलै ।
  •  बाढीपीडितलाई सहयोग गर्न सर्वसाधारणले जम्मा गरेको ४० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा थन्किएको छ, तर प्रधानमन्त्री खाली हात हेलिकोप्टरमा गए, सदरमुकामभन्दा पर गएनन् र बाढीपीडितलाई भेटेनन् । पीडित सर्वसाधारणले राहत चाहियो भन्दै बझाङका सिडिओ कार्यालय घेर्दा प्रधानमन्त्रीको हेलिकोप्टर उडिसकेको थियो ।

माओवादी सहभागिता विना सरकार अपुरोः गजुरेल

देवेन्द्र बस्नेत दाङ २९ असोज
एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले माओवादीको सहभागिता विना कुनैपनि हालतमा सरकार चल्न नसक्ने बताएका छन। सरकार चलाउन जनताले माओवादीलाई म्यान्डेट दिएको बताउँदै उनले माओवादीलार्ई वाईपास गरेर कसैले पनि सरकार चलाउन नसक्ने दाबी गरे। वर्तमान सरकारलाई जनताले बहिस्कार गरिसकेको बताउँदै उनले जनताले बहिस्कार गरिसकेको सरकारको औचित्य पनि समाप्त भैसकेको उल्लेख गरे। वर्तमान सरकार परालको त्यान्द्रो समातेर आयु टिकाउन लागि परेको पनि उनको टिप्पणी थियो।

Wednesday, October 14, 2009

आजको कार्टुन !


सबै भिभिआइपीको खर्च एक्लै सके प्रधानमन्त्रीले


पाँच भिभिआइपीको विदेश-भ्रमणका लागि छुट्टयाइएको साढेदुई करोड सकेर प्रधानमन्त्री एक्लैले थप एक करोड सके, त्यो पनि तीन महिनामै सबै भिभिआइपीको खर्च एक्लै सके प्रधानमन्त्रीले
सागर पण्डित-नयाँ पत्रिका/काठमाडौं, २७ असोज
बजेटमा पाँच भिआइपीको विदेश-भ्रमणका लागि छुट्टयाइएको सबै रकम प्रधानमन्त्रीले साढेदुई महिनामै सकिदिएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश विदेश जान पाएकै छैनन्, सारा पैसा प्रधानमन्त्री माधवकुमार नेपाल एक्लैले सकिदिएका छन् ।

सभापतिलाई स्पष्टिकरण लिइन्छ : महत


  • मेरो बढुवाको विरोध अर्थहीन। सुशीललाई कार्यबहाक र रामचन्द्रलाई उपसभापति पनि गिरिजाबाबुले बनाउनुभएको हो : सुजाता
  • केन्द्रीय समितिको बैठक आज, सभापति कोइराला भने विराटनगर जाने-
देवचन्द्र भट्ट, नुवाकोट असोज २८ - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले केन्द्रीय समितिमा कुनै छलफल नै नगरी छोरी सुजाता कोइरालालाई उप प्रधानमन्त्री बनाएकोमा स्पष्टिकरण लिइने नेता रामशरण महतले वताएका छन्।   गृहनगर आइपुगेका नेता महतले सुजातालाई उपप्रधानमन्त्री बनाएर पार्टीमा निरंकुशता लाद्न खोजेको आरोप सभापति कोइरालामाथि लगाए। केन्द्रीय समितिले वैठकले निर्णय गरी पार्टी सभापतिसँग स्पष्टिकरण लिने महतको दाबी थियो। 

चिनियाँ पर्यटक दोहोरो अंकमा वृद्धि

शिला पाण्डे- काठमाडौ, २०६६ आश्विन २८ - 
दशकयता नेपाल आउने चिनियाँ पर्यटक दोहोरो अंकमा बढ्ने क्रम जारी छ ।  अघिल्लो वर्षको तुलनामा २००९ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांकमा पनि चिनियाँ पर्यटक १४ दशमलव ६ प्रतिशतले बढी आएका छन् । हरेक महिना बढिरहेको पर्यटक संख्यामा यसको पनि असर पुगेको हेा । १९९९ मा ३ हजार ५ सय ७७ चिनियाँ पर्यटक नेपाल आएका थिए । अहिले चीनलाई पर्यटक आउने मुख्य देशका रूपमा लिए पनि सन् १९९६ अघि कोही आउँदैन थिए । १९९८ को विश्व पर्यटन संगठनको तथ्यांकअनुसार पर्यटक आउने मुख्य बजारको रूपमा भारत सबैभन्दा अगाडि छ । २००९ सम्म पनि भारत अग्रपंक्तिमै छ । एघारौं नम्बरमा स्वीटजरल्यान्ड छ, जहाँबाट सबैभन्दा कम ४ हजार ९ सय २१ पर्यटक आएका थिए । 

सेनामा बढुवा नगर्न प्रधानमन्त्रीलाई दूतावास कर्मचारीको दबाब

एउटा जर्नेलका लागि अन्तर्राष्ट्रिय जगतलाई कसरी चिढाउनेः प्रधानमन्त्री
बढुवा निर्णय नभए रक्षा मन्त्री मन्त्रिपरिषद् बैठकमा नजाने

किरण भण्डारी, काठमाडौं असोज २८- नेपाली सेनाको दोस्रो दर्जामा पदोन्नतिको विषयमा मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकायका साथै अमेरिकी र बेलायती दूतावासका कर्मचारीले दबाब दिइरहेकाले मन्त्रिपरिषद्ले तीन महिनादेखि निर्णय गर्न नसकेको खुलासा भएको छ। सेनाको रिक्त रथी पदमा उपरथी तोरणजंगबहादुर सिंहलाई बढुवा गर्न रक्षाले सिफारिस गरेको तीन महिनासम्म पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छैन। एमाले, कांग्रेस र फोरमका मन्त्रीहरू सैनिक मुख्यालयको सिफारिसअनुसार रक्षाले पठाएको प्रस्तावमा सहमत छन्।

विश्वको सबैभन्दा होचा खगेन्द्र १८ वर्षका भए


विजय नेपाल पोखरा, २८ असोज
विश्वको सबैभन्दा होचो नागरिक बाग्लुङका खगेन्द्र थापामगर आज (बुधबार) देखि १८ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४९ असोज २८ गते बाग्लुङ धुल्लुबासकोट ६, उर्लेरीमा बाबु रुपबहादुर र आमा धनमायाको जेठो सन्तानको रुपमा जन्मिएका खगेन्द्रको उचाई १८ औ जन्मदिनमा पनि मात्र २० इञ्च छ। साथै उनको तौल पाँच किलोग्राम रहेको छ।

खगेन्द्रले ठीक तीनमहिना अघि गत असार २८ गते बाग्लुङ् जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत


होटेलवरिपरि मारिन्छन् धेरै गैँडा


खगेन्द्र पन्त-नयाँ पत्रिका/ काठमाडौं, २७ असोज
चितवन राष्ट्रिय निकुञ्जभित्र खोलिएका रिसोर्ट र होटेलवरिपरि सबैभन्दा धेरै गैँडा मारिएको पुष्टि भएको छ । पर्यटकको सुविधाका लागि निकुञ्जभित्र खुलेका होटेल विवादमा परेपछि नवीकरण भएको छैन । निकुञ्जभित्रका होटेलको दर्ता

दक्षिण एसियाली कराँते प्रतियोगिता धनगढीमा हुने

कैलाली,२८ असोज (दैनिकी)
प्रथम आमन्त्रीत दक्षिण एसियाली कराँते प्रतियोगिता २०६६ कैलालीको धनगढीमा हुने भएको छ। नेपाल गोजुरीयो कराँते दो संघ कैलालीको आयोजनामा आँउदो कार्तिक आठ र नौ गते प्रतियोगितामा धनगढीमा हुन लागेको हो। कार्यक्रमबारे जानकारी दिँदै गोजुरियो कराँते दो संघका महासचिव प्रकाशकुमार चन्दले प्रतियोगिताका नेपाल सहित ६ देशको सहभागिता रहने बताए । उनले खेल नक आउट सिष्टममा हुने र ३० स्वर्ण, ३० रजत तथा ७० कास्य पदककालागि प्रतिष्पर्धा हुने बताए। प्रतियोगितामा श्रीलङ्काबाट १३ जना, बङ्गलादेशबाट १०, भारतबाट एक सय ७०, पाकिस्तानबाट १२ र नेपालका एक सय ५० जनाको सहभागिता रहने र प्रतियोगिता सम्पन्न गर्न सात लाख ८३ हजार खर्च लाग्ने अनुमान गरिएको छ।

सुन मूल्यमा नयाँ रेकर्ड

काठमाडौ, २०६६ आश्विन २८ - सुनको मूल्यमा भएको भारी वृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रति १० ग्राम २५ हजार ६ सय ३५ रुपैयाँ कायम रह्यो । एक तोला सुन किन्न नेपाली बजारमा २९ हजार ९ सय रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि २०६५ फागुन ११ गते सुनको मूल्य २५ हजार ५ सय ५० रुपैयाँ पुगेको थियो । 'दसंैअगाडि असोज १ गते सुनको मूल्य प्रतितोला २९ हजार ८ सय ६० -प्रति १० ग्रामको २५ हजार ६ सय) रुपैयाँ थियो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'अमेरिकी डलर कमजोर भएकाले सुन महँगो भएको हो ।' 

गैरआवासीय नेपालीलाई लगानी गर्न आह्वान

काठमाडौं, असोज २८ (नागरिक)- चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन विदेशमा बस्ने नेपालीको लगानी, रेमिट्यान्सलगायत विविध आर्थिक मुद्दामा छलफलबाट सुरु भएको छ। मंगलबार उदघाटन क्रममा राष्ट्रपति रामवरण यादव, उपप्रधानमन्त्री सुजाता कोइराला र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले लगानीका लागि विदेशमा बस्ने नेपालीलाई आव्हान गरेका हुन्। राष्ट्रपति यादवले पूर्वाधार विकास, जलविद्युत आयोजना निर्माण, वातावरण न्यूनीकरणजस्ता क्षेत्रमा गैरआवासीय नेपालीलाई लगानी गर्न आग्रह गरे। उनले राजनीतिबाट टाढा रहेको यस व्यावसायिक संस्थाले नेपालको विकासका लागि आवश्यक दक्षता, सीप, पुँजी र प्रविधि ल्याउन सक्ने भएकाले उनीहरूको लगानीबाट प्रभावका विकास हुनसक्ने बताए।

Tuesday, October 13, 2009

आजको कार्टुन !


नेपालमा गरिएको अध्ययनलाई अर्थशास्त्रको नोबेल


गुणराज लुइँटेल/मणि दाहाल, काठमाडौं असोज २७- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै नेपालीमाझ खुशी जोडिएको छ। त्यसको कारण हो : अमेरिकाको इन्डियाना विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक एलिनोर ओस्ट्रोमले नेपालमा रहेर गरेको साझा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी अध्ययन। पुरस्कारको घोषणासँगै अमेरिकाको न्यू मेक्सिको युनिभर्सिटीका प्राध्यापक आलोक बोहोराले 'नेपालमा गरिएको अध्ययनले अर्थशास्त्रतर्फको नोबेल प्राप्त गर्‍यो' शीर्षकमा इमेल पठाएका छन्।

प्रधानमन्त्रीको ´अफर´ आएको छः खनाल

विजय नेपाल पोखरा, २७ असोज
विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादीले आफूलाई माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव गरेको एमाले अध्यक्ष झलनाथ खनालले खुलासा गरेका छन्। उनले जिम्मेवारी आए सम्हाल्न पछि नहट्ने समेत बताए। एमाले म्याग्दीको सातौ जिल्ला अधिवेसनको उद्घाटन अघि मंगलबार बिहान बेनीमा आयोजित पत्रकार सम्मेलनमा उनल भने–“माओवादीबाट प्रधानमन्त्रीको प्रस्ताव धेरैपटक आएको छ, तर म पदको आकाँक्षी हैन। यदि परिस्थितिले जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन।” उनले अहिलेको प्रमुख आवश्यता भनेको तीन ठूला दल एमाले, काँग्रेस र माओवादीबीच एकताको खाँचो रहेको औल्याए।

घुर्क्याएरै उपप्रधानमन्त्री बनिन सुजाता


नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाकै दबाबका भरमा प्रधानमन्त्री माधवकुमार नेपालले सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि सरकारभित्रै र उनकै दल कांग्रेसभित्रै व्यापक विवाद भएको छ । कांग्रेसका दस जना युवा नेताहरुले वक्तव्यनै जारी गरेर प्रम नेपालको यो निर्णयप्रति आपत्ति जनाएका छन भने कांग्रेस कावा उपसभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेल प्रवक्ता अर्जुननरसिंह केसीले विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै यसलाई विधि शासनको उपहास भन्दै दुर्भाग्यपूर्ण निर्णय भनेका छन । नेपाली कांग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, जगदीशनरसिंह केसी, विनोद कायस्थ, प्रदीप पौडेल, राजु खनाल, महेन्द्र शर्मा लगायतले

नेपाली डायस्पोरा


चरित्र, प्रवृत्ति र सम्भावना

नेपाली डायस्पोराका राम्रा र नराम्रा पक्ष अनि यसका विविधतामाथि केन्दि्रत रहेर 'नयाँ पत्रिका’ले प्रा.डा. सूर्य सुवेदीसँग केही महिनाअघि गरेको संवाद एनआरएन अंकका लागि हामीले अझ बढी सामयिक ठानेका छौँ ।

कैलाशपुर बाँधको ढोका खोल्न भारत सरकारसँग कुरा गर्ने : प्रधानमन्त्री

दिलबहादुर छत्याल, धनगढी असोज २७- प्रधानमन्त्री माधवकुमार नेपालले कैलाली डुवानमा पर्नुको मुख्य कारकका रुपमा रहेको भारतको कैलाशपुरमा रहेको बाँध सम्बन्धमा भारत सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन्। बाढी प्रभावितको अवस्था बुझ्न सुदूर र मध्यपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री नेपालसँग स्थानीयले कैलाली डुवानमा पर्नुको कारण बताएपछि नेपालले यो भनाइ राखेका थिए।  कर्मचारी, राजनीतिक दलका कार्यकर्तालगायत् उपस्थित नागरिक समाजका प्रतिनिधिलाई संक्षिप्त संबोधन गर्दै प्रधानमन्त्री नेपालले कैलालीको बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि स्थायी सेल्टर खोज्नुपर्ने, भारतले बनाएको बाँधको ढोका खोल्नका लागि भारत सरकारसँग कुरा गर्नेलगायतका दीर्घकालीनरुपमा समस्या समाधानका उपायका लागि सरकारले छलफल अगाडि बढाउने बताएका थिए।

मुस्ताङ पुगेका भारतीय राजदूतलाई लेक लाग्यो ; नेपाली बच्चाहरुलाई हिन्दी गीत

म्याग्दी, असोज २७- भारतको लगानीमा मुस्ताङमा भएका विकास निर्माणका काम निरीक्षण र थप लगानी गर्ने प्रचारबाजी गर्दै उपल्लो मुस्ताङ पुगेका भारतीय राजदूत राकेस सुदलाई लेक लागेको छ। उनलाई लेक लागेपछि चार जना अधिकारीको टाली भ्रमण छोट्याउँदै मंगलबार राजधानी फर्किएको छ।  उपल्लो मुस्ताङको लोमान्थाङ गाविसको महाँकरुणा विद्यालयको भूमिगत खानेपानी ट्याङ्कीको उदघाटन र उपल्लो मुस्ताङकै छोन्हुप गाविसको नाग्याल गुम्बा निर्माणका लागि सहयोग रकम जिल्ला विकास समितिको कार्यालयलाई हस्तान्तरण गरेपछि उनको खुट्टामा समस्या आएको थियो। बिहान समस्या देखिपछि उनी फर्किएका हुन। उनको फर्काइसँगै कागवेनी गाउँ विकास समितिस्थित धर्मशाला र जोमसोमको कालीगण्डकीमा पक्की पुल निर्माण गर्न दिने भनिएको तीन करोड रुपैयाँका कार्यक्रम स्थगित भएका छन्।

मकै फल्ने बारीमा तुलसी खेती

हेटौँडा, असोज २७ - कुनै समय मकै र भटमासको खेती हुने बारीमा अहिले व्यावसायिक रूपमा लगाइएका तुलसीका बोटहरू देख्न सकिन्छ। मकै भटमासको उब्जनी राम्रो नभएपछि यहाँका किसानले तुलसी खेतीलाई व्यावसायिक रूपमा खेती गर्न थालेका हुन्। मकै भटमासका लागि आकासे पानीमा निर्भर रहेका मकवानपुरको सदरमुकाम हेटौँडा नगरपालिका वडा नं ११ गोल्पिङटारका बासिन्दा तुलसी खेतीतर्फ आकर्षित भएका हुन्। गाउँका ६० परिवारले करिब ६ कट्ठा जमिनमा तुलसी खेती सुरु गरेका छन्। तुलसी साबुन, चियापत्ती, मञ्जन र स्याम्पुलगायत आयुर्वेदिक औषधिको समेत कच्चा पदार्थ हो।

हरियो पासपोर्ट ; नेपाली पासपोर्ट खल्तीमै राखेर मर्छु


"विद्यार्थीका रुपमा तत्कालीन सोभियत संघ छिरेका उनले इलम र लगनको एउटा अध्यायपछि एक दिन आफूलाई अर्बपतिका रुपमा पाए । सफलताको यो नसा त्यतिखेर उत्रियो,जब १२ हजार अन्तर्राष्ट्रिय जनशक्तिलाई रोजगारी

Monday, October 12, 2009

अव दुई उपप्रधानमन्त्री ; सुजाता कोइराला पनि उपप्रधानमंत्री




काठमाडौ, २०६६ आश्विन २६ -

प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन । प्रधानमन्त्री नेपालले सोमबार आठौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन । आजै साँझ साढे ६ वजे मन्त्री कोइरालाले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति डा रामबरण यादवको उपस्थितिमा

'दीर्घकालीन प्याकेज ल्याएर अयोग्य लडाकु पुर्नस्थापना गर'



'कमसेकम स्थायीत्वको प्याकेज चाहियो । उनीहरुको सापेक्षित ज्ञारेण्टीको प्याकेज ल्याउनुपर्‍यो ।' उनले भने, 'जस्तै सहकारी स्थापना गर्न सकिन्छ । उनीहरुनै मालिकदेखि मजदुरसम्म हुने सहकारी अन्र्तगत उद्योग संचालन गर्न सकिन्छ ।' 
काठमाडौ, २०६६ आश्विन २६ - माओवादी जनसेनाका डेपुटी कमाण्डर चन्द्रप्रकास खनालले अयोग्य लडाकु पुर्नस्थापनाका लागि सरकारले ल्याएको प्याकेज दीर्घकालीन नभएको गुनासो गरेका छन् । 

बाढीपीडितको बिचल्ली ४० करोड कसलाई ?


"जनताबाट कोषमा जम्मा भएको पैसा पनि प्रधानमन्त्री राहत कोषले बाँड्न कन्जुस्याइँ गरेको छ"




सागर पण्डित - नयाँ पत्रिका/काठमाडौं, २५ असोज
असोजको बाढीले सुदूरपश्चिममा चार हजार आठ सय परिवार बेघर भएका छन् । तर, बाढीपीडितका लागि सर्वसाधारणबाट जम्मा भएको ४० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा थन्किएको छ ।

तिहारलगत्तै माओवादी सरकारः बाबुराम

गोर्खा, २६ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टाराईले तिहारलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्ने ठोकुवा गरेका छन। नियमित कार्यक्रम अन्तरर्गत गृह जिल्ला गोरखा पुगेका डा.भट्टराईले सोमबार बिहान गोरखा अस्पताल परिसरस्थित जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले संञ्चालनमा ल्याएको फार्मेसी उदघाटनमा राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताए। उनले वार्ता र सहमतिको आधारमा एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र 'कठपुतली सरकार' ले विदा लिने ठोकुवा गरे। उनले वर्तमान सरकार रही रहे संविधान पनि नबन्ने र शान्तिप्रक्रिया समेत धरापमा पर्ने धारणा राखे ।

मातृकाका दुई कार्यकर्ता हतियारसहित पक्राउ

गिरिराज पंगेनी भैरहवा २६ असोज
एकीकृत नेकपा माओवादीबाट छुटि्एका मातृका यादव समूहका २ जना कार्यकर्तालाई हतियारसहित प्रहरीले सोमबार कपिलवस्तुमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला गरजङकोट गाबिस २ घर भएका घुमि भन्ने भीमबहादुर परियार र आक्रोस भनिने गणेश भण्डारी रहेका छन्। प्रहरीले उनीहरको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा लोड गरिएको तीन राउण्ड गोली र तीन थान खुकुरी बरामद गरेको छ।

माओवादीको अतिवाद र अराजकताविरुद्ध प्रतिकारमा उत्रन आग्रह

बनेपा, असोज २६ (नागरिक)- 
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीलाई वर्तमान राजनीतिक गतिरोधको कारक भएको आरोप लगाएका छन्। 'माओवादीको अतिवाद र अराजकताकै कारण देशमा राजनीतिक गतिरोध देखापरेको हो'- नेता पोखरेलले भने। सहमतिको राजनीतिको प्रमुख वाधक माओवादी भएको बताउँदै उनले दलहरुसँग बन्द कोठामा माओवादीले सहमतिका कुरा गर्ने तर सार्वजनिकरुपमा त्यसविपरित बोल्ने गर्नाले गतिरोध अन्त्य हुन नसकेको दाबी गरे। 'हामीबीच प्रशस्तै कुरा भए तर माओवादी दुईखाले कुरा गर्छन्। उनीहरुको व्यवहार नसच्चिएसम्म सहमति हुन गाह्रो छ।' 

लुक्ला जान सकेनन् प्रधानमन्त्री

काठमाडौँ, असोज २६ (नागरिक)-
लुक्लामा प्रधानमन्त्री आउने कार्यक्रम थाहा भएपछि विरोध गर्न भेला भएका माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। इम्जा हिमताल अवलोकन गर्न लुक्ला जाने प्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रम भने खराब मौसमका कारण स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार जलवायु परिवर्तनको असर देखाउने महत्त्वपूर्ण स्थानका रुपमा परिचित इम्जा हिमताल अवलोकन गर्न आज बिहान ८ बजे प्रस्‍थान गर्ने कार्यक्रम थियो। 'तर, मौसमका कारण उहाँ जान सक्नुभएन,' रिजालले बताए। 

Sunday, October 11, 2009

अति भयो प्राइममिनिस्टर


काठमाडौं, २४ असोज : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जथाभावी रकम बाँडेपछि अर्थ मन्त्रालयले रकम निकासा रोक्का गरिदिएको छ । एक वर्षका लागि २५ लाख छुट्टयाइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन र भदौमा ४७ लाख रुपैयाँ बाँडेको छ । चालू आर्थिक वर्षभरिका लागि छुट्टयाइएको आर्थिक सहायता रकम

ल्हासा रेलमार्ग नेपाल ल्याउन आग्रह

काठमाडौं, असोज २५ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले तिब्बतको ल्हासासम्म आइपुगेको रेलमार्ग नेपालसम्म विस्तार गर्न र द्विपक्षीय नाकामा पूर्वाधार निर्माणमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन्। 'तिब्बतको ल्हासासम्म आइपुगेको रेलमार्ग नेपालसम्म जोड्न र सीमा नाकाहरूमा पूर्वाधार निर्माण गर्न म (चीन सरकारलाई) आग्रह गर्छु' राजधानीमा शनिबारदेखि सुरु सप्ताहव्यापी चिनियाँ महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, 'यसो भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ बढ्नेछ। चीन नेपालको व्यापार साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले व्यापारिक सम्बन्धलाई विस्तृत बनाउन नयाँ ढंगले सोच्नुपर्ने औल्याए।

प्रधानमन्त्री-कोइराला भेट/माओवादीको संशोधन हेरेर अघि बढ्ने

काठमाडौ, २०६६ आश्विन २४ - प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच दुई दलले तयार पारेको साझा संकल्प प्रस्तावमा माओवादीको संशोधन हेरेर थप अघि बढ्ने सहमती भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको छलफलका क्रममा दुई नेताबीच माओवादीको संशोधन प्रस्ताव हेरेपछि थप छलफल गर्ने तय भएको एमाले महासचिव इश्वर पोख्रेलले सवाददाताहरुलाई बताए । पोख्रेलले यसअघि कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको कुराकानी सम्बन्धमा नेपालसंग छलफल भएको बताए । कोइराला र दाहालबीचको छलफलमा काँग्रेस-एमालेले तयार पारेको साझा संकल्पमा माओवादीले संशोधन हाल्ने, चीनबाट फर्केपछि उच्चस्तरिय साझा राजनीतिक संयन्त्र बनाउनेलगायतका विषयमा कुराकानी भएको काँग्रेस नेता कृष्ण सिटौलाले बताए । 

पञ्चेश्वर प्राधिकरण बन्ने

काठमाडौ, २०६६ आश्विन २५ - नेपाल-भारत संयुक्त समिति -जेसीडब्लूआर) को बैठकले बहुचर्चित महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्ने मुख्य निकाय 'पञ्चेश्वर विकास प्राधिकरण' को टुंगो लगाउने भएको छ । पञ्चेश्वरका अधिकांश अनिणर्ीत मुद्दामा सहमति बनिसकेकाले प्राधिकरण बन्ने सरकारी स्रोतले बतायो । प्राधिकरण गठनपछि चौध वर्षअघि सम्पन्न महाकाली सन्धिले निःसृत गरेको डीपीआर निर्माण हुनेछ । सन्धिको छ महिनाभित्र यस्तो डीपीआर तयार हुने उल्लेख भए पनि बन्न सकेको थिएन ।

'नेपाली माओवादीद्वारा साम्राज्यवादीको अगाडि हतियार समर्पण'

उडिसा, असोज २४ (एजेन्सी)- भारतीय माओवादीका उच्चनेता सव्यसाची पन्डाले बीबीसीसँग कुरा गर्दै नेपालका माओवादीले दलाल पुँजीपतिसँग सम्झौता गरेको बताएका छन्। उनले भने, 'हतियारबन्द आन्दोलनमा कहिलेकाहिँ भड्काव आउने गर्छ, नेपालमा पनि त्यही भएको छ।'
नेपालका माओवादीले 'साम्राज्यवादीको अघि हतियार समर्पण गरेको' उनले आरोप लगाए। 'उनीहरू सुधारवादी हुन्,' उनले भने।



'सरकारले भनेजस्तो शक्ति छैन'


माओवादीले भनेको छ, भारत सरकारले उनीहरूको संगठन र शक्तिबारे दुष्प्रचार गरिरहेको छ।

'माओवादी को हो र सहमति गर्ने ?’

चितवन/ कांगे्रस कार्यवाहक सभापति सुशील कोइरालाले पार्टी राष्ट्रपतिविरुद्ध उत्रन नसक्ने बताएका छन् । उनले त्यसको बदला माओवादीसँगको सहकार्य र सहमति तोड्न सकिने बताए । 'राष्ट्रपतिमाथि लागेको कुनै पनि आक्षेप स्विकारेर माओवादीसँग कुनै पनि हालतमा सहमति र सहकार्य हुन सक्दैन,' कोइरालाले भने, 'राजासँग त कुनै सहमति गरेनाँै, माओवादी को हो र सहमति गर्ने ?' माओवादीले सत्ताकब्जा गर्न खोज्दा राष्ट्रपतिले लोकतन्त्र बचाउन चालेको कदमको उनीहरूले विरोध गरेका हुन्,' प्रेस युनियन, चितवनद्वारा शनिबार साँझ चितवनमा आयोजित पत्रकार-सम्मेलनमा नेता कोइरालाले भने । माओवादीको सत्ताकब्जा गर्ने षड्यन्त्र असफल भएको उनको दाबी थियो ।

प्रधानमन्त्रीले सैनिक मुख्यालय निरीक्षण गर्ने


काठमाडौं, असोज २५ (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले आज पहिलोपल्ट सैनिक मुख्यालय भद्रकालीको निरीक्षण गर्ने भएका छन । मन्त्रीहरुसहित प्रधानमन्त्री नेपालले जंगी अड्डाको निरीक्षण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई नेपाली सेनाका विभिन्न विभागीय प्रमुखहरुले सेनाको संरचना तथा कार्य विवरणलगायतका विषयहरुमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

माओवादी लडाकू व्यवस्थापन आजबाट

काठमाडौं, २५ असोज (दैनिकी)
माओवादी अयोग्य सेनाको पुनस्थापनाको प्रक्रिया आज आइतबारबाट सरु हुने भएको छ । माओवदी जनमुक्ति सेनाको शिविरमा रहेका बालबालिका र अयोग्य माओवदी लडाकूको पुनस्थापना सिन्धुलीको दुधौलीबट सुरु गरिने शान्तिमन्त्री रकम चेम्जोङले जानकारी दिए । अयोग्य र उमेर नपुगेका लडाकूलाई तत्काल भरपोषणसहित विभिन्न शहरमा अस्थायी क्याममा राखिने छ । ४५ दिन भित्र सबै अयोग्य लडाकूलाई पुनस्थापना गरिसक्ने शान्ति मन्त्रालयले जनाएको छ । 

माओवादी अध्यक्ष दाहाल चीन प्रस्थान


काठमाडौ, २०६६ आश्विन २५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक साता लामो चीन भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । दाहाल बिहान साढे ९ बजे बेइजिङका लागि उडेका हुन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले केही दिन भित्रै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस र एमालेले तयार पारेको प्रस्तावमा संशोधन गरेर नयाँ प्रस्ताव ल्याउन लागेकाले कात्तिकको पहिलो साता सम्ममा सहमति हुनेमा आफू विश्वस्त रहेको बताए ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by