ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 28, 2009

आजको कार्टून !
















'शानेवानी' जति 'नेवानि' गर्दिएँ ! अनि
यो 'खाने बानी' लेख्या ठाउँमा त क्यै
गर्नु नपर्ला कि, हाकि सा'प ?

सुजाता साता लामो अफ्रिका भ्रमणमा

काठमाडौं(नागरिक)- 

परराष्ट्रमन्त्री सुजाता कोइराला दक्षिण-दक्षिण समुहको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आइतबार केन्याको राजधानी नैरोबी जाने भएकी छन्। विकासोन्मुख मुलुक सदस्य रहेको दक्षिण-दक्षिण समुहसम्बन्धी राष्ट्रसंघीय उच्चस्तरीय तीन दिने सम्मेलन आउँदो मंगलबार सुरु हुँदैछ। सम्मेलनमा आपसी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न किसिमका सहयोग आदानप्रदानबारे छलफल हुनेछ।  मन्त्री कोइराला शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

राजस्व लक्ष्यभन्दा १२ प्रतिशत बढी

काठमाडौ- 

सरकारले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व असुली गरेको छ । असुली गत वर्षको यसै अवधिभन्दा ४१ प्रतिशतले बढी छ । लक्ष्यभन्दा बढी भए पनि अघिल्ला महिनाहरूभन्दा वृद्धिदर घटेको छ । अघिल्लो वर्षभन्दा साउनमा ५३, भदौमा ५४ तथा असोजमा ५२ प्रतिशतको वृद्धि दर थियो । 'आर्थिक वर्षको सुरुमै हामीले ऐतिहासिक वृद्धिदर हासिल गरेका थियौं,' राजस्व सचिव कृष्णहरि बाँस्कोटाले कान्तिपुरसँग भने, 'यस्तो वृद्धिदर सधै कायम राख्न गाह्रो हुन्छ ।' लक्ष्य हासिल गर्न गत वर्षभन्दा २४ प्रतिशत बढी असुली गरे पुग्ने भएकाले चिन्तित हुने कारण नरहेको उनले बताए । सबैभन्दा बढी असुली हुने ठाउँ वीरगन्ज भन्सारमा कात्तिकमा तनाव भएकाले प्रभाव परेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार केशव आचार्यले बताए । भन्सार विभागले असुल गर्नेमा ५० प्रतिशतभन्दा बढी योगदान वीरगन्ज भन्सारको छ । कुल असुलीमा भने यो भन्सारको हिस्सा २६ प्रतिशत छ । 

१२ करोडको सरकारी भवनमा निवास


खगेन्द्र पन्त/बर्लिन-जर्मनी(नयापत्रिका)

जर्मनीमा नेपाल सरकारको स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै ठाउँमा दुईतले तीनवटा भवन छन् । दुई भवन बन्जर छन् भने पछिल्लोपटक नेपाली रुपैयाँ १२ करोडभन्दा बढीमा खरिद गरिएको तेस्रो भवनमा नेपाली राजदूतले आफ्नो निवास बनाएका छन् । दूतावास कार्यालय भने मासिक नेपाली रुपैयाँ झन्डै दस लाख तिरेर भाडामा लिइएको छ । पश्चिम बर्लिनको मुख्य भाग जुहु स्टेसनमा एउटा फ्ल्याट भाडामा लिएर राखिएको दूतावासको अवस्था दयनीय छ । दूतावास कार्यालय देख्दा जुनसुकै नेपालीको पनि मन कुडिन्छ । विदेशीहरू त हाँस्छन् नै । स्वयं दूतावासका कर्मचारी 'अफिस भन्न लाज लाग्ने स्थिति छ,' भन्छन् । दूतावासको तुलनामा नेपाली राजदूत सुरेश प्रधानको सरकारीनिवास भने दुईतले भए पनि भव्य लाग्छ । बोन सहरमा रहेका दुईवटा भवन र उत्तर-पश्चिम बर्लिनको स्पान्डाउमा रहेको तेस्रो भवन बर्लिनको मुख्य भागभन्दा टाढा रहेकाले कार्यालय भाडामा लिनुपरेको दूतावासले जनाएको छ ।

सुन्तला चीन निर्यात हुने

वसन्ती बाँस्तोला/स्याङ्जा(कान्तिपुर)-

नेपालबाट सुन्तला चीन निकासी प्रस्तावपछि त्यहाँको टोलीले गुणस्तर परीक्षण गर्न थालेको छ । चीनस्थित एनिमल एन्ड प्लान्ट क्वारेइन्टाइन डिभिजनका निर्देशक जेहन दुईसहितको टोलीले दुई बगैंचा निरीक्षण गर्‍यो । एक वर्षअघि उद्योग वाणिज्य महासंघले जिल्लाको सुन्तला निकासी गर्न प्रस्ताव गरेको थियो । सुन्तला स्वस्थ्य भए/ नभएको अनुसन्धानका लागि चिनियाँ टोलीले स्थलगत निरीक्षण गरेको वरिष्ठ जिल्ला कृषि विकास अधिकारी चेतनाथ अधिकारीले बताए । चारजनाको टोलीले राङखोलामा रहेको कृष्ण अर्यालको र शंखपुरको सुन्तला बगैंचा निरीक्षण गरेका थिए । 'सुन्तलाको स्वाद चाख्यौं, अब थप परीक्षणपछि लैजाने नलैजाने तय हुन्छ,' टोलीका चेन नाइजेड्हङगले भने, 'नेपाली कृषकमा रोग र कीराको विषयमा जानकार भएको पाइएन ।'

५२ हजार मागेर प्रहरीले बिद्यार्थी कुटे

इन्स्पेक्टरले माफी मागे
संजय बिश्वकर्मा/बुटवल(दैनिकी)

बुटवल ११ स्थित लुम्बिनी टेक्नीकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीलाई बुधबार बेलुका प्रहरीले कुटपिट गरी यातना समेत दिएको छ। प्यूठानको ढुङ्गेगढी ३ बड्डाडा निवासी विद्यार्थी द्वय रमेश जीसी र विकास जीएमलाई प्रहरीले यातना दिएको हो। बुधबार बेलुका सिभिल पोशाकमा साइकलमा सवार प्रहरी जवान गोविन्द बस्नेत र ती विद्यार्थी बीच साइकल ठोक्किदा भएको सामान्य विवादपछि प्रहरीले उनीरुलाई ४ घण्टा थुनेर यातना दिएको पीडित विद्यार्थीले बताएका छन्। प्रहरीले बुटवलको नयाू बसपार्कमा रहेको प्रहरी विटमा थुनेर यातना दिएको हो। बस्नेतले आफूसंग विवाद भएपछि अन्य प्रहरीलाइ बोलाई विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको र ५२ हजार दिए छाडिदिन्छौं भन्दै कुटेका थिए। विद्याथर्गीहरुका अनुसार प्रहरी सहायक निरीक्षक तारा बहादुर छहरी लगायतका तीन जना प्रहरीले कुटपिट गरेका हुन्। पैशा धेरै नभए पछि अन्त्यमा ५ सय रुपैयां प्रहरीलाई बुझाएपछि राति १० बजे आफूहरुलाई छोडिदिएको विद्यार्थी रमेशले बताए। प्रयाप्त पैशा नपाएपछि प्रहरी जवान बस्नेतले आफ्नो ९८४७१८५३३१ नम्बरको मोवाइनमा २ सय रुपैयाू ट्रान्सफर गरिदिन आग्रहर गरेका थिए कुटपिटको क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै तिमीहरु माओवादी हौं।

Friday, November 27, 2009

आजको कार्टून !


करिमालाई कारबाही भइसक्यो : प्रम

'माओवादीले स्वायत्त गणराज्य घोषणा गरेर मुठभेड निम्त्यायो'

नेपालगन्ज (नागरिक)- 

सिडिओ कुट्ने राज्य मन्त्रीमाथि कारबाहीको माग गर्दै वीरगन्जलगायत् देशभरका कर्मचारीले आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले उनलाई कारबाही भइसकेको बताएका छन्। 'राज्य मन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीका रुपमा लिएको छ'- प्रधानमन्त्रीले भने। अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्न सकिँदैन।'- उनको थप भनाइ थियो। गल्ती स्वीकार गर्दैमा कारबाही मान्ने हो भने मन्त्रीलाई सर्वसाधारणले कुटेर माफी मागे सरकारले के गर्छ ? भन्ने संवाददाताको प्रश्नमा प्रधानमन्त्री नाजवाफ भए। 

अर्को ठूलो सिमेन्ट उद्योग



प्रताप बिष्ट/हेटौंडा(कान्तिपुर) - 

चार अर्ब रुपैयाँ लगानी भएको शिवओम सिमेन्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा स्थापना गर्न लागिएको यो उद्योगमा ४ व्यावसायिक समूहले लगानी गरेका छन् । हेटौंडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा रहेको सिमेन्ट उद्योगमा एचआर गोयल, शारदा, लक्की र मारुती समूहले लगानी गरेका हुन् । उद्योगको दैनिक उत्पादन क्षमता १ हजार २ सय मेट्रिकटन हुनेछ ।  

स्वायत्त गणराज्य घोषणाले जातीय द्वन्द्व बढ्छ : सुशील

नेपालगन्ज (नागरिक)- कङ्ग्रेस सभापति सुशील कोइरालाले माओवादीले घोषणा गरेअनुसार जातीयरुपमा स्वायत्त गणराज्य घोषणा गर्ने हो भने मुलुकमा जातीय द्वन्द्व बढने बताएका छन्। यसो गर्दा जातिबीच द्वन्द्व बढ्ने र त्यसले मुलुकलाई खराब अवस्थामा पुर्‍याउने भएकाले माओवादीलाई त्यसो नगर्न कोइरालाले आग्रह गरे। प्रेस युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक सभापति काइरालाले यदि माओवादीले सत्ताको नेतृत्व गर्र्न चाहना राखेको भए संसदमा बहुमत ल्याएर देखाउनुपर्ने बताए। प्रधान सेनापतिको प्रकरणमा राष्ट्रपतिले चालेको कदम कुनै पनि हालतमा नसच्चाइने कोइरालाले प्रष्ट पारे।

स्वचालित हतियार सहित तस्कर पक्राउ

दीपेन्द्र बडुवाल/नारायणगढ(कान्तिपुर) - 

चितवन निकुञ्जको गस्ती टोलीले स्वचालित हतियार सहित दुई जना चोरी शिकारमा संलग्न व्यक्ति पक्राउ गरेको छ । दोश्रो पटक गैडा मार्ने तयारीमा लागेका नवलपरासीको पिठौली गाबिसका पे्रम महतो र कोल्वहा गाबिसका चिन्तामणी गुरौ पक्राउ परेका हुन । दुबैलाई स्वचालित हतियार एक थान र त्यसमा प्रयोग हुने ५ थान गोली सहित मंसिर ८ गते पिठौली गाविसबाट पक्राउ गरेको कार्यालयले शुक्रबार सांझ जनाएको छ । प्रमुख संरक्षण अधिकृत नरेन्द्रमानबावु प्रधानका अनुसार दुबैले गैंडा मार्ने तयारी पूरा गरेको अवस्थामा पक्राउ परेका हुन । कार्यालयले दुबैलाई हिरासतमा लिएर अनुसनधान जारी राखेको जनाएको छ ।

'भारतीय ब्युरोक्रेसी माधव नेपालको पक्षमा रहेछ'


भोला पासवान(नयापत्रिका) 
फोरम अध्यक्ष, उपेन्द्र यादव

तपाईं यो सरकारमा उपप्रधानमन्त्री बन्ने चर्चा आएको थियो, फेरि किन सेलायो ?

त्यस्तो अफरका कुरा हावामा उडिरहन्छन् ।

के कुरा भएपछि सरकारमा सहभागी हुन्छ फोरम ?

रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति

काठमाडौं (दैनिकी)

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारमा छँदा माओवादी अध्यक्ष प्रचण्डको भ्रमण शिष्टाचार मात्र नभई सत्तापलटमा केन्द्रित रहेको तथ्य खुलासा भएको छ । आज प्रकासित राजधानीका अनुसार सिंगापुर भेटवार्तामा राष्ट्रपति डा. रामवरण यादवलाई सके पदबाट हटाउने नत्र राजनीतिक संकट खडा गरेर राजीनामा गर्न बाध्य बनाउने तथा प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत पदबाट हटाएर नयाँ सहमति गरी सत्ता लिने सहमति कोइराला र प्रचण्डबीच भएको छ । सिंगापुरबाट फर्केपछि कोइराला र प्रचण्डले आफ्ना अत्यन्तै निकटस्थहरूसँग गरेको परामर्शका क्रममा चुहिएको सूचनाअनुसार राष्ट्रपति यादव र नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादीले चाल्ने अभियानमा भने कोइराला मौन बस्ने सहमति भएको छ । उनले माओवादी अभियानको विरोध र र्समर्थन दुवै गर्नेछैनन् । निकटस्थहरूसँग प्रचण्डको वार्तालाप उद्धृत गर्दै स्रोत भन्यो, 'सरकार र राष्ट्रपतिविरुद्धको हाम्रो अभियानको रूप हेरेर कोइराला मौन बस्ने वा लोकलज्जाका लागि मात्र विरोध गर्ने नीति लिनेछन् ।'

माओवादी लडाकुलाई राज्यले भत्ता दिन नमिल्ने अर्थमन्त्रीको भनाइ


मनोज बस्नेत/काभ्रे(कांतिपुर)- 
'सेना समायोजन विशेष समितिको मातहतमा माओवादी लडाँकु नआएसम्म सेना हुँदैन, ' उनले भने 'ति राजनैतिक कार्यकर्ता हुन्छन, राजनैतिक कार्यकर्ताहरुलाई राज्यले भत्ता दिन मिल्दैन ।' 
अर्थमन्त्री सुरेन्द्र पाण्डेले माओवादीले डर धम्की देखाई आगामी संसदीय चुनाव जित्नको लागि सेना समायोजन विशेष समितिको मातहतमा आफ्ना लडाकुलाई ल्याउन नचाहेको आरोप लगाउँदै राज्यले माओवादी लडाकुलाई भत्ता दिन नमिल्ने बताएका छन् ।

Wednesday, November 25, 2009

आजको कार्टून !


इ-पासपोर्ट


लेखनाथ पाण्डे/काठमाडौं(नागरिक)- 
राहदानी विज्ञले नेपाल सोझै अत्याधुनिक इ-पासपोर्टमा प्रवेश गर्नु प्रावधिकरुपले कम झन्झटिलो र आर्थिकरुपमा सहज हुने सुझाव दिएका छन्।  अहिले प्रयोगमा ल्याउन लागिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) केही वर्षभित्रै विस्थापित गर्नुपर्ने भएकाले एकैचोटि इ-पासपोर्टमा जाँदा दोहोरो आर्थिक भारबाट बच्न सकिने उनीहरुको तर्क छ।  परराष्ट्र मन्त्रालयका केही अधिकारीले भने चार महिनामात्र समय रहेकाले तत्काल इ-पासपोर्टमा जान सम्भव नभएको बताएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (इकाओ)को बाध्यकारी प्रावधानअनुसार विश्वका सबै मुलुकले आउँदो १ अप्रिल २०१० बाट मेसिनले पढ्न सक्ने राहदानी एमआरपी जारी गर्नुपर्छ।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले नियमविपरीत लिएको एक करोड मिनाहा गराउने तयारी

सागर पण्डित/काठमाडौं(नयाँ पत्रिका)

सरकारले पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूले नियमविपरीत लिएको झन्डै एक करोड रुपैयाँ मिनाहा गर्ने तयारी गरेको छ । राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्रीहरूले दसौँ वर्षअघि नियमविपरीत लिएको रकम अहिलेसम्म बेरुजु छ । प्रधानमन्त्री नेपालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेताका नाममा रहेको बेरुजु मिनाहा गर्ने प्रस्ताव तयार गर्दै छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए राज्यको ढुकुटीमा करिब एक करोडको क्षति हुनेछ । ०५२ देखि ०५९ सालसम्म बनेका सरकारका मन्त्रीका नाममा मात्रै ८९ लाख ९२ हजार बेरुजु छ । त्यसैगरी, प्रधानमन्त्री कार्यालयको बेरुजु ६४ हजार एक सय १६ र उपप्रधानमन्त्रीको कार्यालयको बेरुजु ८७ हजार तीन सय ३३ रुपैयाँ छ । 

कफि खेतीमा कृषकको आक्रर्षण बढ्दो


प्रकाश डोटेल/स्याङ्जा(कांतिपुर)
स्याङ्जा जिल्लाका कृषकहरु कफि खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। बैदेशिक रोजगारमा यहाँका युवाहरु विदेश तर्फ भौतारिए पनि मेहनत गरेमा यहि माटोमा समेत लाखौ आम्दानी गर्न सफल हुन्छ भन्ने यहाँका कृषकहरुले उदाहरण समेत प्रस्तुत गरेका छन्। स्याङ्जामा उत्पादीत कफि अमेरिका, जापान तथा कोरिया निर्यात हुदै आएको छ। नेपालमै स्वादिलो कफि भएका कारण अमेरिका, जापान र कोरियाका नागरिकले नेपाली कफिको मागलाई बढाएका छन्।

नेतृत्व युवामा सार्न कङ्ग्रेस युवाको माग

माओवादीसामु आत्मसमर्पण गर्न नहुने
काठमाडौं(नागरिक)- कङ्ग्रेसका युवाहरुले नेतृत्व युवा पुस्तामा सार्न माग गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले युवाको हातमा नेतृत्व भएमात्र प्रजातन्त्र सुरक्षित हुन सक्ने तर्क पनि गरे।
कार्यक्रममा बोल्दै युवा नेता चन्द्र भण्डारीले अब कङ्ग्रेसको नेतृत्व युवा पुस्तामा जानुपर्ने बताए । र, भने- माओवादीसामु कुनै हालतमा आत्मसमर्पण गर्नुहुँदैन। कार्यक्रममा कङ्ग्रेस नेता सुशील कोइरालाले जनताले नसोचेको परिवर्तन मुलुकमा भएकाले त्यसलाई संरक्षण गर्न सकिन्न कि भन्ने शङ्का उब्जेको भनाइ राखेका थिए। उनले प्रजातन्त्र विरोधीले जति आक्रमण गरे पनि जित भने प्रजातन्त्रकै हुने पनि उल्लेख गरेका थिए।

कार्यक्रममा प्राय: सबैले अबको नेतृत्व युवा पुस्तामा नआए कङ्ग्रेसलाई गरिखान गाह्रो पर्ने धारणा राखेका थिए।

तातोपानी नाकाबाट आयात वृद्धि

ऋषिराम पौडेल/चौतारा (कांतिपुर) - व्यापार सहज हुँदै गएपछि बर्षौदेखि ह्रास भइरहेको तातोपानी नाकाबाट हुने आयातमा क्रमिक वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षो चार महिनामा चीनसँग व्यापार हुने प्रमुख नाकामा आयात बढदै गएको छ । मुलुकमै चर्को ढुवानी भाडा, असुरक्षित राजमार्गका साथै उच्च भन्सार मूल्यांकनलगायत कारणले आयात घटेको व्यवसायीले गुनासो गर्दै आएका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ विगतको तुलनामा व्यापार गर्न सहज हुँदै गएकाले आयात वृद्धि भएको बताउँछन् । एक वर्षघि खासादेखि राजधानीसम्म १ सय २६ किलोमिटर दूरीको ३ लाख ५० हजार पुगेको ढुवानी भाडा हाल ४५ हजारमा झरेको छ । राजनीतिक दलपिच्छे खुलेका संस्थाले चन्दा उठाउने क्रम बन्द भएको छ । राजमार्गमा ढाट तेर्स्याएर बस्ने संस्थालाई एक महिनाअघिसम्म एउटै कन्टेनरले दैनिक ६ हजारसम्म चन्दा दिनुपथ्र्यो ।

माओवादी यही सरकारमा आउनुपर्छ : देउवा

दिलबहादुर छत्याल, धनगढी(नागरिक)- 

नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले सरकार परिवर्तन नहुने उल्लेख गर्दै माओवादी यही सरकारमा आउनुपर्ने बताएका छन्। 'यो सरकार परिवर्तन हुँदैन, माओवादीलाई पनि समावेश गराएर यही सरकारलाई राष्ट्रिय सरकार बनाउनुपर्छ'- उनको भनाइ थियो। नेपाली कङ्ग्रेसका नेता टेकबहादुर चोख्यालको १३ औं पुण्यतिथिका अवसरमा धनगढीमा आयोजित श्रद्धान्जली सभामा भाग लिन आएका देउवाले विमानस्थलमा पत्रकारसँगको भेटघाटमा माओवादीलाई यही सरकारमा ल्याउन कोसिस गर्नुपर्ने बताए।उनले भने- माओवादीलाई सरकारमा ल्याउन कोसिस गर्नुपर्छ। बजेट पारितका लागि सदन चल्न दिएको कुरा सकारात्मक भएको बताउँदै यसले सहमतिका लागि सहज वातावरण बनेको उनले बताए।

Tuesday, November 24, 2009

आजको कार्टून !


पौरख गरे यहीँ 'अरब'


रुद्र खड्का, नेपालगन्ज(नागरिक) 

पछिल्लो पुस्ता काम र अवसरको खोजीमा विदेशिने चलन बढ्दो छ। स्वदेशमा केही गर्न सकिने अवस्था हुँदाहुँदै पनि विदेशिन मरिहत्ते गर्ने प्रचलनकै बीचमा बाँके, कोहलपुरका बलबहादुर बस्नेत भने जर्मनी बस्न पाउने अवसर छाडी कृषि खेतीमा लाग्दा सफलता पाएका छन्। मेहनत र लगनशील भएर काम गर्दै जाँदा विदेशको कमाइसरह खेतीबाट उनले आम्दानी गरिरहेका छन्।

चाउचाउसहित ३८ उद्योगलाई कारबाही

विराटनगर, २०६६ मंसिर ९ - अखाद्य वस्तु मिसावट गरी मापदण्डअनुसार गुणस्तरीय सामग्री उत्पादन नगर्ने चाउचाउ कम्पनी सहित ३८ वटा उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

बजार अनुगमन तथा व्यक्ति विशेषबाट उजुरी परेपछि ती कम्पनीको उत्पादित सामग्रीको नमुना परीक्षण गर्दा गुणस्तरमा कमी आएकाले कारबाही प्रक्रिया अगाडि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले जनाएको छ ।

कार्यालय प्रमुख उपेन्द्र रायका अनुसार विभिन्न ६९० वस्तुको नमुना सङ्कलन गरिएको छ । जसमध्ये २८ वटा कम्पनीद्वारा उत्पादित सामग्रीमा व्यापक कमीकमजोरी एवम् त्रुटि देखिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै १० वटा उद्योगको उत्पादित सामाग्रीको नमुनामा प्रतिकूल परिणाम आएको बताएकाले मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार सात बिस्कुट, एक पिठो, तीन वनस्पति घ्यू, दुई शुद्ध घ्यू, पााच तोरीको तेल, तीन मसला, दुई सूर्यमुखी तेल, एक चियापत्ती र तीन चाउचाउ तथा भुजिया उद्योगमाथि मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङमा १२, सुनसरीमा चार, झापामा चार, सप्तरीमा चार र सिरहामा चार उद्योगमाथि मुद्दा दायर गरिएको छ । 

विगत केही समयदेखि पूर्वीक्षेत्रमा अनुगमन प्रभावकारी हुन नसक्दा अखाद्य वस्तु मिसावट गरी खाद्य वस्तुहरू बिक्री वितरण भइरहेको छ ।

आवश्यक जनशक्तिको अभाव तथा राजनीतिक अस्थिरताका कारण सम्बन्धित जिल्लामा पुगी अनुगमन गर्न नसक्दा त्यसको फाइदा व्यवसायीले उठाइरहेको कार्यालयका कर्मचारीहरूले बताएका छन् ।

कार्यालयबाट झापाको कााकडाभिट्टा, चन्द्रगढी, विर्तामोड र दमक तथा मोरङको विराटनगर, उर्लाबारी, बेलबारी, सुनसरी धरान, इटहरी, इनरुवा, सिरहाको लहान र मिर्चैया र सप्तरीको राजविराजमा खाद्य निरीक्षकको टोली खटाइएको बताइएको छ । 

खाद्य सम्प्रभूता कायम गर्न खाद्य नीति र ऐन समयानुकूल प्रभावकारी नभएसम्म स्वास्थ्यमा प्रतिकूल असर गर्ने उद्योगमाथि कारबाही गर्न समस्या नै रहेको प्रमुख रायको विचार छ ।

दुई नयाँ हेलिकोप्टर कम्पनीले उडान गर्ने


नवीन तिमिल्सिना/काठमाडौं(नयाँ पत्रिका)

नेपाली आकाशमा दुई नयाँ कम्पनीले हेलिकोप्टर उडान सेवा सुरु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरिसकेका मुक्तिनाथ एयर र माउन्टेन हेलिकोप्टरले निकट भविष्यमा नै सेवा सुरु गर्ने तयारीमा छन् । १ असोजमा प्राधिकरणबाट एओसी लिएको माउन्टेन हेलिकोप्टर मंसिर महिनाभित्र सञ्चालनमा आउने कम्पनीका अध्यक्ष हीरा दाहालले बताए । 'केही दिनमा नै हाम्रो हेलिकोप्टर आउँदै छ,' उनले भने, 'हेलिकोप्टर आएपछि उडान सुरु गर्छां ।'

आज बजेट पारित हुँदै

काठमाडौ(कान्तिपुर)-
सोमबार विनियोजन विधेयकअन्तर्गत १६ मन्त्रालयमाथिको छलफल पूरा भएको छ । आज बिहान ११ बजेदेखि जारी बैठकमा सभासदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि मतदानबाट बजेट पारित गरिने कार्यक्रम छ । 
माओवादी अवरोधका कारण तीन महिनादेखि अल्झिएको सरकारको वार्षिक बजेट आज पारित हुँदैछ । माओवादीले बजेट पारित गर्न तीन दिन संसद चल्न दिने निर्णय गरेपछि हिजोदेखि बजेटमाथिको छलफल सुरु भएको थियो । सोमबार विनियोजन विधेयकअन्तर्गत १६ मन्त्रालयमाथिको छलफल पूरा भएको छ । आज बिहान ११ बजेदेखि जारी बैठकमा सभासदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि मतदानबाट बजेट पारित गरिने कार्यक्रम छ । बजेट पारित गर्न सदनमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरुले आफ्ना सभासदलाई निर्देशन दिइसकेका छन् । बजेट पूर्णरूपमा कार्यान्वयन हुन विनियोजनसँगै 'आर्थिक विधेयक', 'राष्ट्र ऋण उठाउने विधेयक' र ऋण तथा जमानत गरी थप तीन विधेयक पनि पारित गर्नुपर्ने हुन्छ । ती विधेयक पारित गर्न बुधबारको समय निर्धारण गरिएको छ ।

प्रतिबन्धित नोट सहित दूई भारतिय पर्यटक प्रक्राउ

सञ्जीव चापागाई ,झापा(दैनिकी)

प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाका भारतिय नोट सहित दूई भारतिय पर्यटकलाई प्रहरीले झापको भद्रपुरवाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा महिला पर्यटकहरु भारत सिलोङकी मारुनी र ममुनी रहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक रविन्द्र शर्माले जानकारी दिनुभयो। यति एयरलाईन्सको जहाजबाट काठमाण्डौ जानलागेका उनिहरुलाई चेकजाचका क्रममा भद्रपुर बिमानस्थलबाट १९५००० भारतिय रुपैयासहित पक्राउ गरीएको हो। हिजो प्रकाउ परेका उनिहरु बिरुद्ध आजबाट विदेशि मुद्रा नियन्त्रण एन अन्तरगत कार्वाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

रक्षामन्त्रीद्वारा सेनाका लागि थप १२ अर्व माग


काठमाडौ(कान्तिपुर)- 

रक्षामन्त्री विद्या भण्डारले बङ्कर तथा पालमा रहेका सैनिकहरुलाई सुविधा पुर्‍याउनका लागि १२ अरव रुपैयाँ आवश्यक रहेको बताएकी छन् । संसदको बैठकमा बोल्दै उनले अझै पनि ५१ प्रतिशत सैनिकहरुलाई न्यूनतम् पूर्वाधारसमेत पुर्‍याउन नसकेको बताइन् । साथै उनले तीन बर्षभित्र उनीहरुको लागि न्यूनतम् सुविधा पुर्‍याउने लक्ष्य रहेतापनि स्रोतको अभाव खड्किएको बताइन् । उनले सेनालाई हरदम तयारी हालतमा राख्नु पर्ने उल्लेख गर्दै बजेटको ७ प्रतिशत छुट्याउन मागसमेत गरिन् ।

Monday, November 23, 2009

आजको कार्टून !


सशस्त्र समुहहरुलाई हतियार आपुर्ती गर्ने पक्राउमा


नेपालमा सशस्त्र समुहहरुका साथै विभिन्न अपराधिहरुलाई हातहतियार आपुर्ती गर्ने एक जना भारतीय व्यक्तिलाई प्रहरीले आशंकाका आधारमा सोमवार जनकपुरमा पक्राउ गरेको छ।
नन्दन भन्ने व्यक्ति हतियार आपूर्तीकर्ता रहेको र तिनलाई पक्राउ गरी हाल बयान लिने कार्य बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दैनिकी लाई जानकारी दिनु भएको छ। गत आइतवार मात्र मोर्चाका राजन मुक्ति समुह र ज्वाला समुहका एक/एक जना कार्यकर्तालाई हतियार तथा चन्दा माँग गरेको लेटर प्याड सहित पक्राउ गरी लिइएको बयानका आधारमा नन्दनलाई पनि पक्राउ गरिएको हो।

प्रचण्डमाथि विश्वास छैन : कोइराला

माओवादीकै कारण शान्ति प्रक्रियामा बाधा 

पोखरा (नागरिक)- नेपाली कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले माओवादीको ढुलमुले नीतिले अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी पार्टीमाथि नै विश्वास घट्दै गएको बताएका छन्। कोइरालाले आफूले समेत अध्यक्ष दाहाललाई विश्वास नगर्ने बताए। 'गिरिजाबाबुले प्रचण्डलाई विश्वास गर्न सक्नुहुन्छ तर प्रचण्डमाथि मेरो विश्वास छैन', प्रेस युनियनले सोमबार पोखरामा गरेको पत्रकार भेटघाटमा कोइरालाले भने- माओवादीको ढुलमुले नीतिले ऊसहित नेतृत्वप्रति अविश्वास जन्माएको हो। कोइरालाले कङ्ग्रेसको सहयोगले माओवादी अहिलेको अवस्थामा आइसके पनि उसले जिम्मेवारी पूरा गर्न नसकेको बताए। 'माओवादीलाई कङ्ग्रेसले नै जङ्गलदेखि अहिलेको ठाउँसम्म ल्याएको हो तर उसले आफ्नो जिम्मेवारी पूरा गरेन'- कोइरालाले भने। उनले माओवादीकै कारण शान्ति प्रक्रियामा बाधा पुगेको पनि बताए।

बन सचिवद्धारा परियोजना प्रमुखको गाडी खोसेर श्रीमतीलाई

अब्दुल्लाह मियाँ/काठमाडौ(कान्तिपुर)- 

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवराज भुसालले मन्त्रालयअन्तर्गतको एक परियोजना प्रमुख चढ्ने सेतो प्लेटको बा १ झ ६७३१ नम्बरको गाडी खोसेर व्यक्तिगत प्रयोगमा ल्याएका छन् । वन मन्त्रालय स्रोतका अनुसार, परियोजनाको उक्त कार सचिव भुसालले रातो प्लेट बनाएर श्रीमती उर्मिला भुसाललाई प्रयोग गर्न दिएका छन् ।  भूमिसुधार मन्त्रालयमा सचिव हँुदा पनि भुसालले मन्त्रालयमातहतको एक विभागका महानिर्देशकको गाडी खोसेर सम्धी तथा कांग्रेस नेता रामचन्द्र पौडेललाई उपलव्ध गराएका थिए । अहिले उक्त गाडी फिर्ता भइसकेको छ । मन्त्रालय अन्तर्गत नेदरल्याण्डस् सरकारको सहयोगमा तराईका ८ जिल्लामा संचालित 'तराई तथा सिवालिकका लागि जैविक विविधता कार्यक्रम' -बाईसेप एसटी) प्रमुख अम्बिका रेग्मीले प्रयोग गदै आएको बा १ झ ६७३१ नम्बरको सेतो प्लेटको कारलाई भुसालले रातो प्लेट बनाएर व्यक्तिगत प्रयोगमा ल्याएका हुन् । ड्राइभर भने दुई गाडिका एक जना मात्र छन् । 

नेपाली आकाशमा भारतीय फाइटर विमान/ बिमानहरु नँया मार्गबाट उड्न थाले

गणेश कार्की, ८ मंसिर

सर्वसाधारणलाई आतंकित पार्ने गरी केहि दिनयता सुर्खेतका आकाशमा उडिरहेका जेट विमानहरु अन्तर्राष्ट्रिय उडान भएको सुर्खेत विमानस्थलले स्पष्ट पारेको छ । काठमाडौंबाट भारतको नयाँदिल्ली जाने जेट विमानले सुर्खेतको आकाशमा नयाँ हवाई मार्ग प्रयोगमा ल्याएको विमानस्थलका अधिकृत विनोददेव भट्टले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि पहिलो पटक सुर्खेतको हवाई मार्ग पहिल्याएको बताउँदै उहाँले कुनै सैन्य प्रयोजन वा अन्य कुनै गतिविधिका लागि नभएको स्पष्ट पार्नुभयो । यसअघि काठमाडौबाट भैरहवा हुँदै दिल्ली जाने जेट विमान, सुर्खेतबाट कञ्चनपुर हुँदै दिल्ली पुग्न १५ मिनेट छिटो हुने भएकाले नयाँ रुट प्रयोग गरिएको उहाँको भनाई छ । यो रुटको प्रयोगबाट नेपाललाई दोब्बर फाईदा हुने विमानस्थल अधिकृत भट्टले जानकारी दिनुभएको छ ।

बजेट पारित गर्न २२ दल सहमत, संसद बैठक जारी

काठमाडौ(कान्तिपुर)- 

गठबन्धनका २२ दलले मंगलबार सदनबाट बजेट पारित गराउन आफ्ना सभासदहरुलाई अनिवार्य उपस्थिति गराउने निर्णय गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका २२ दलको बैठकले बजेट पारित गराउन आफ्ना दलका सभासदहरुलाई उपस्थित गराउने सहमति गरेका हुन् । ती दलहरुले आफ्ना सभासदहरुलाई मंगलबार हुने मतदानमा अनिवार्य उपस्थित हुन निर्देशन दिने गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले बताए । माओवादीले बजेट पारित गर्न तीन दिनका लागि सदन अवरोध हटाउने निर्णय गरेपछि लामो समयदेखि अवरुद्ध व्यवस्थापिका संसदको बैठक सोमबारदेखि सुरु भएको छ ।जारी बैठकमा विनियोजित विद्येयक मध्ये छलफल हुन बाँकी १६ वटा मन्त्रालयका लागि विनियोजित खर्चबारे सोमबार छलफल हुने कार्यक्रम छ । यसअघि साउन २३ देखि संसद अवरोध भएपछि ती मन्त्रालयमा छुट्याइएको खर्चबारे छलफल हुन बाँकी थियो । बाँकी मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल सकिएपछि सभासदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले मंगलबार जवाफ दिने कार्यक्रम छ ।

मन्त्रीहरुले जवाफ दिएपछि मंगलबार नै विनियोजित विधेयक पारित हुने एमाले सचेतक आचार्यले जनाए । मंगलबार नै आर्थिक बिधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित गर्न प्रकृया थालिने छ । बुधबार बस्ने बैठकले तीन वटै विधेयक पारित भएपछि चालू आर्थिक बर्षको बजेट औपचारिक रुपमा पारित भएको मानिने छ ।

पैसा लगे तर, सञ्चालनमा आएनन् सहकारी पसल

नयाँ पत्रिका/सिन्धुपाल्चोक(कान्तिपुर)

सिन्धुपाल्चोकका अधिकांश गाविसमा सुपथ मूल्यका सहकारी पसल सञ्चालनमा नआएको गुनासो आउन थालेको छ । गाउँमै सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नपाएपछि उपभोक्ता आफैं यस्तो गुनासो लिएर जिल्ला विकास कार्यालय आउने क्रम बढेको हो । कार्यालयले जिल्लाका सबै गाविसमा ७९ सुपथ मूल्यका सहकारी पसल छनोट गरेर एक लाखका दरले ७९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । 'अनुदान लगे पनि पसलै सञ्चालन नभएको गुनासो आइरहेका छन्,' कृषि प्रसार अधिकृत कुलप्रसाद सुवेदीले अनुदान रकमको उचित सदुपयोग नभएको शंका गर्दै नयाँ पत्रिकासँग भने । उनले मौखिक उजुरी आइरहेको बताए । माओवादी नेतृत्वको सरकारले 'एक गाविस एक सहकारी पसल' कार्यक्रम ल्याएपछि आवेदन दिएर छनोटमा परेका सहकारीले अनुदान लगेका थिए । कृषि प्रसार अधिकृत सुवेदीले ३५ बढी पसल सञ्चालनमा नआएको जानकारी सम्बन्धित गाविसका उपभोक्ताले ल्याइरहेको बताए ।

राष्ट्रपतिको कदमले देश गृहयुद्धको खतरामा : माओवादी उपाध्यक्ष

काठमाडौं (नागरिक)- 

माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको कदमले देश गृहयुद्धको खतरामा परेको दाबी गरेका छन्। केही समयअघि सुरु भएको व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले भने- राष्ट्रपतिको कदमबाट देशमा प्रतिक्रान्ति सुरु भयो। नागरिक सर्वोच्चता कायम गर्न र माओवादीको नेतृत्वमा सरकार गठन गर्न नदिइए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी पनि उनले दलहरुलाई दिए। तेस्रो चरणको आन्दोलन घोषणा भइसकेको र त्यसले ठूलो उथलपुथल ल्याउने दाबी पनि उनको थियो। बजेट पारित गर्ने प्रयोजनका लागि मात्र यो संसद खोल्न दिएको र तीन दिनभित्र बजेटसम्बन्धी काम सक्न पनि उनले भने। निर्धारित समयभन्दा १ घन्टा ३५ मिनेट ढिलो अर्थात १२:३५ बजे शुरु भएको सो बैठकको प्रारम्भमा बोल्दै श्रेष्ठले दलहरुबीच उच्चस्तरको राजनीतिक सहमतिका निम्ति माओवादी सदैव प्रयत्नशील रहेको बताए।

Sunday, November 22, 2009

आजको कार्टून !


काठमाडौँमा २३ तल्ले भवन बन्ने

अर्जुन सुवेदी/काठमाडौं(नागरिक)- 


नौ तले धरहरा काठमाडौँको सबैभन्दा अग्लो संरचना भनिने दिन गए, अब काठमाडौँमा २३ तल्लाको भवन बन्ने भएको छ। नेपालमा अहिलेसम्म निर्माणको क्रममा रहेका र निर्माण भइसकेका भवन १० तलासम्मका छन् तर अहिले १६ तल्लादेखि २३ तल्लासम्मको भवन निर्माणका लागि प्रस्ताव आएको छ।  काठमाडौं उपत्यका नगर विकास समितिका अनुसार तीनवटा ठूला भवन निर्माणका लागि प्रस्ताव आएका छन्। प्रस्तावित भवनमध्ये सबैभन्दा अग्लो भवन कलंकीमा बन्ने छ। हाउजिङ कोलोनीका रूपमा बन्ने उक्त भवन २३ तल्ले हुनेछ। प्लाटिनियम डेभ्लप्स प्रालिले निर्माण गर्न लागेको सो भवनले १८ रोपनी क्षेत्रफल ओगट्ने छ।

पिज्जा हट र केएफसी बुधबारदेखि राजधानीमा


काठमाडौं(नागरिक)- 



करिब ११ करोड रुपैयाँको लगानीमा अमेरिकी फास्टफूड सन्जाल पिज्जा हट र केएफसी नेपालीलाई अन्तर्राष्ट्रिय स्वाद चखाउन तयार भएका छन् । आइतबार औपचारिक रुपमा उदघाटित फास्ट फूड चेन बुधबारबाट उपभोक्ताहरुका लागि खुला हुनेछ। आरजे क्रप अन्तर्गतको देवयानी इन्टरनेसनलले दरवारमार्गमा सुरु गरेको पिज्जा हट र केएफसी नेपालमा भित्रिएको पहिलो अन्तर्राष्ट्रिय फास्टफूड कम्पनी हो । ‘नेपालीहरु अन्तर्राष्ट्रिय स्वाद लिन तयार छन्' आरजे क्रपका अध्यक्ष वकान्त जयपुयाले भने ‘यसको प्रवेशसँगै नेपाल रेष्टुरेन्टका

परीक्षणका नाममा २९ वर्ष सञ्चालन

लक्ष्मण खड्का/दोलखा(नयापत्रिका)

जिल्लास्थित लाकुरीडाँडाको खरीढुंगामा रहेको नेपाल ओरियन्ट म्याग्नेसाइट खानी २९ वर्षसम्म नमुना परीक्षणका नाममा सञ्चालन भइरहेको छ । लामो अवधिसम्म पनि खानीबाट निकालिएको म्याग्नेसाइट गुणस्तरबारे सम्बन्धित निकायको बेवास्ताका कारण सो अवस्था देखिएको हो । दोलखाको लाकुरीडाँडा गाविसस्थित खरीढुंगामा रहेको म्याग्नेसाइट खानी ३६ वर्ष पहिले पत्ता लागेको थियो । २०३६ असारमा स्थापना भएको नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलाई सरकारले नमुना परीक्ष्ाणका लागि स्वीकृति दिएको थियो । ६० करोड लागतमा स्थापना गरिएको उद्योगमा सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्टि्रजको १२ दशमलब ५ प्रतिशत र उद्योगी मोहनगोपाल खेतानको १२ दशमलब ५ प्रतिशत लगानी रहेको थियो । करिब ६ सय रोपनीको जग्गाको लालपुर्जा रहेको कम्पनीले चार हजार रोपनी क्षेत्रफलबाट अव्यवस्थित रूपमा म्याग्नेसाइट र खरी निकालिरहेको छ । खनिज पदार्थ उत्खनन गर्दा निस्किएको माटो जताभावी फ्याँक्दा भू-क्षय भई खानी आसपासका सयौं जनता प्रभावित बन्न थालेका छन् ।







कम्पनीले पछिल्लो अवधिमा अधिग्रहण गरेको जमिनको जग्गाधनीले अहिलेसम्म मुआब्जा पाएका छैनन् । खानीपीडित सरोकार समितिका अध्यक्ष्ा वेदबहादुर केसीका अनुसार उद्योग स्थापना हुनुपूर्व खरीढुंगामा बसोबास गर्दै आएका ७० घर-परिवारको ६ सय रोपनी जग्गाको प्रतिरोपनी २५ सयका दरले मुआब्जा दिइएको थियो । पछि अधिग्रहण गरिएको ३४ सय रोपनी जग्गाको अहिलेसम्म मुआब्जा नपाएको स्थानीयवासी बताउँछन् । बहुमूल्य खनिज पदार्थ रहेको जग्गा उद्योगलाई कबाडी मूल्यमा दिएका गाउँले भने बर्षेनि समस्यामा परेका छन् । घरजग्गा उद्योगलाई दिएर खानीभन्दा केही तल बसोबास गरेका स्थानीयवासी भू-क्षयका कारण समस्यामा परेका हुन् । खानीबाट निकालिएको माटो बगेर खेतीयोग्य जमिन पुरिनुका साथै पहिरोका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । म्याग्नेसाइट खानीबाट दोलखाको लाकुरीडाँडा गाविसका ७, बोच गाविसको १, मागापौवा गाविसका चार र भीमेश्वर नगरपालिकाका ५ वडा त



ओरियन्ट म्याग्नेसाइट

था सिन्धुपाल्चोकको जेठल गाविसका जनता प्रभावित हुन पुगेका छन् । स्थानीय नजरमान तमाङ भन्छन्, 'उद्योग चलेपछि स्वास्थ्य, शिक्षा र रोजगारी आशामा जग्गा दिए पनि सहमतिअनुरूप काम भएन ।'





खरीढुंगाको ओरियन्ट म्याग्नेसाइट खानी दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । दुई हजार सेल्सियसभन्दा बढी ताप खपत गर्न सक्ने क्षमताको म्याग्नेसाइट विदेशमा उच्च माग छ । छिमेकी भारत, चीन, अमेरिका, बेलायतमा यसको माग उच्च रहेको छ । यद्यपि सरकारले खानीको समुचित प्रयोग गरी आर्थिक लाभ लिन सकेको छैन । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धर व्यवस्थित तरिकाले खानी सञ्चालन गरे दसौं हजारले रोजगारी पाउने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने बताउँछन् । ठूला-ठूला आणविक भट्टी निर्माण गर्न, फलामको आकार निर्माण, क्यासटियल, स्टिल आदि बनाउने काममा म्याग्नेसाइटको प्रयोग गरिन्छ । विज्ञहरूका अनुसार एक टन स्टिल निर्माण गर्न एक किलो म्याग्नेसाइटको आवश्यक पर्छ ।

स्थानीयवासीका अनुसार ०५८ सम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । सो अवधिमा हजारौं टन म्याग्नेसाइट र सोही परिणामको खरी उत्खनन गरी नमुना परीक्ष्ाणकै नाममा विदेश निर्यात गरिएको सरोकार समितिका अध्यक्ष केसीको दाबी छ । अझै पनि खानीमा एक सय ८० मिलियन टन म्याग्नेसाइट डिपोजिट रहेको अनुसन्धानकर्ताले बताएका छन् । सरकारले कम्पनीलाई खरी र म्याग्नेसाइट उत्खनन गर्ने अधिकार दिएको छ । सोहीबमोजिम निजी लगानीकर्ता मोहनगोपाल खेतानले खरी उत्खनन गरेर निर्यात गर्ने गरेका छन् । रुग्ण उद्योग सञ्च्ाालनका लागि दोलखाका राजनीतिक दल तथा स्थानीयवासीले पटक-पटक उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।

सरकारले ०५९ सालमा रुग्ण उद्याेग घोषणा गरेको नेपाल ओरियन्ट म्याग्नेसाइट कम्पनीमा हाल ६० जना कर्मचारी कार्यरत छन् । खानी क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना बेवारिसे अवस्थामा छन् । २०४२ मा करिब ६ करोडको लागतमा खरीढुंगादेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म निर्माण गरिएको रोप-वे एक साता पनि सञ्चालन नभई बन्द भएको थियो । करोडौंका सामान खिया लागेर बिगि्रएका अवस्थामा छन् । खानी परिसरमा ४ डोजर, १२ टि्रपर र होल खोप्ने ३ वटा मेसिन अलपत्र अवस्थामा छन् । उद्योगका भौतिक संरचनामध्ये एक नम्बर कोलोनीमा रहेका भवन सेनाको सेयर गणले कब्जा जमाएर बसेको छ ।

उद्योगमा सरकारको मात्र करोडांै लगानी भइसके पनि २९ वर्षसम्म परीक्षणको नाममा मात्र उद्योग सञ्चालनमा छ । सरकारी लगानी बालुवामा पानी हालेसरह भए पनि कोही जिम्मेवारी लिन चाहँदैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग महाशाखा हेर्ने जिम्मेवारी पाएका सह-सचिव ज्ञानदर्शन उदास भन्छन्, 'हिजो जे भयो, त्यो दुर्भाग्य मान्नुपर्छ । अब नयाँ ढंगले सोच्नुपर्छ ।' यद्यपि, सरकारले उद्याेग सञ्चालन गर्न सक्ने अवस्था नरहेको उदासको भनाइ छ । खेतानले म्याग्नेसाइटको सट्टामा खरी उत्खनन गरेर भारतसम्म निर्यात गर्दै आए पनि जिविसलाई तिर्नुपर्ने करसमेत तिरका छैनन् । खानी सञ्चालक समितिका सचिव कविन ढुंगेलले कम्पनीका ६० कर्मचारीलाई तलबभत्ता खुवाउनका लागि पनि खरी उत्खनन गरेको दाबी गरे ।









प्रधानमन्त्रीले सेनाको हवाइ क्षमता निरीक्षण गरे

काठमाडौ(कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपालले सेनाको हवाइ क्षमताको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीसंगै रक्षामन्त्री विद्या भण्डारी, अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत सेनाको हवाइ क्षमता निरीक्षणका लागि आइतबार बिहान साढे ९ बजे अन्तर्राष्ट्रिय विमानस्थलस्थित ११ नम्बर बाहिनीम पुगेका थिए । निरीक्षण टोलीमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ, रक्षा र अर्थ सचिव तथा सेनाका उच्च अधिकारीहरुसमेत सहभागी थिए । प्रधानमन्त्रीले अभिरुची पूर्वक सेनाको ब्रिफिङ सुनेका थिए । सेनापति गुरुङले सेनाको हवाइ क्षमताबारे ब्रिफ गरेका थिए । 

सेनाले आफ्ना करिव एक दर्जन हेलिकोप्टर मर्मतको अभावमा उड्न नसक्ने जनाउदै आएको सन्दर्भमा प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रीहरु निरीक्षणमा गएका हुन् । सेनाले ती हेलिकोप्टर मर्मतका लागि सरकारसंग ८५ करोड रुपैयाँ माग गरेको छ । 

सैनिक स्रोतका अनुसार सेनाका तीन एलुवेट, दुई-दुई एमआइ-१७ र एएलएच, एक-एक, पुमा, चिता, आइल्यान्डर, इक्विरल हेलिकोप्टर र एक स्काइ ट्रक मर्मत अभावमा त्यत्तिकै थन्किएका छन् । यीमध्ये दुई-दुई एलुवेट, एएलएच र एमआइ-१७ र एक इक्विरल हेलिकोप्टरको 'मेजर मेन्टिनेन्स' आवश्यक छ । 

'यी सबै हेलिकोप्टरको ओभरअल मर्मत गर्नुपर्छ,' एक सैनिक अधिकृतले भने, 'एउटै हेलिकोप्टर मर्मतका लागि पाँचदेखि १० करोड रुपैयासम्म लाग्नसक्छ ।' सेनाको चालु अवस्थामा रहेका दुई एमआइ-१७ मध्ये एकको २५ घण्टा र अर्कोको करिव दुई सय घण्टा उडान क्षमतामात्र बाँकी छ ।

'त्यसैले अहिले अत्यावश्यकबाहेकका उडान बन्द गरेका छौ,' एक उपरथीले कान्तिपुरसित भने । सेनामा हाल दुई लान्सर र एक-एक एभ्रो, आइल्यान्डर, पुमा, एलुवेट, इक्विरल हेलिकोप्टर र एक स्काइ ट्रकमात्र ठीक अवस्थामा छन् ।

बायोग्यासमा सर्वसाधारणको आकर्षण

ध्रुव दंगाल/सिन्धुपाल्चोक(नयापत्रिका)

जिल्लाको हिमाली गाविस भोताङका पूरै ६० घरधुरीमा बायोग्यास प्लान्ट जडान भएका छन् । गाउँलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरेका चिलाउनेवासीले बायोग्यास प्रयोग थालेपछि जीवनस्तर फेरिएको बताउँछन् । वैकल्पिक इन्धन र उज्यालो दिने भएपछि बायोग्यासप्रति सर्वसाधरणको बढ्दो आकर्षणले जिल्लाका धेरै गाउँ वातावरण प्रदूषणरहित र खुला दिसा-पिसाबमुक्त क्षेत्र बन्दै गएका छन् । बायोग्यासबाट समय बचत हुने भएकाले ग्रामीण बासिन्दा यसको प्रयोगमा उत्साही देखिएका हुन् । जिल्लामा हालसम्म करिब एक हजार एक सय घरमा बायोग्यास प्लान्ट जडान भएको सरकारी अभिलेख छ । करिब डेढ सय संख्यामा यसै वर्ष बायोग्यास प्लान्टको जडान हुँदै छ । वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकमा जिल्ला ऊर्जा विकास कार्यालय, बायोग्यास क्षेत्र साझेदारी नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ बायोग्यास प्लान्ट विस्तारमा सक्रिय छन् ।

मा‌ओवादीले बजेट पास हुन तीन दिन संसद चल्न दिने

अनिश्चितकालीन आमहड्तालको घोषणा
काठमाडौं (दैनिकी)

एकीकृत नेकपा माओवादीले बजेट पारित गर्नकालागि तीन दिन सदन सूचारु गर्न दिने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको कदम सच्याउन र नागरिक सर्वोच्चता कायम गर्न सरकार गम्भीर नबनेको निष्कर्षसहित मंसिर ७ गतेदेखि पौस ७ गतेसम्मको आन्दोलन घोषणा गरेको छ। आन्दोलनका कार्यक्रमहरुमा मंसीर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्ना र पुष ७ पछि अनिश्चितकालीन आमहड्ताल छन् । मंसीर ७ देखि १५ गतेसम्म प्रचारप्रसार, १६ गतेदेखि २६ गतेसम्म जनवर्गीय संगठनलाई प्रशिक्षण र २६ गतेदेखि ४ गतेसम्म जातीय मोर्चाहरुको प्रशिक्षण तथा विरोध कार्यक्रम तय गरिएको छ । त्यस्तै पुष ५ गतेदेखि ७ गतेसम्म आमहड्तालको कार्यक्रम तय गरिएको छ । त्यतिवेलासम्म पनि माग पूरा नभए माओवादीले अनिश्चितकालीन आमहड्ताल गर्नेसम्मका कार्यक्रम तय गर्ने भएको छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by