ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 24, 2009

रक्षामन्त्रीद्वारा सेनाका लागि थप १२ अर्व माग


काठमाडौ(कान्तिपुर)- 

रक्षामन्त्री विद्या भण्डारले बङ्कर तथा पालमा रहेका सैनिकहरुलाई सुविधा पुर्‍याउनका लागि १२ अरव रुपैयाँ आवश्यक रहेको बताएकी छन् । संसदको बैठकमा बोल्दै उनले अझै पनि ५१ प्रतिशत सैनिकहरुलाई न्यूनतम् पूर्वाधारसमेत पुर्‍याउन नसकेको बताइन् । साथै उनले तीन बर्षभित्र उनीहरुको लागि न्यूनतम् सुविधा पुर्‍याउने लक्ष्य रहेतापनि स्रोतको अभाव खड्किएको बताइन् । उनले सेनालाई हरदम तयारी हालतमा राख्नु पर्ने उल्लेख गर्दै बजेटको ७ प्रतिशत छुट्याउन मागसमेत गरिन् ।

भण्डारीका अनुसार हाल सेनाको लागि कुल बजेटको ५.४५ प्रतिशत मात्र बजेट छुट्याइएको छ । 'नेपाली सेनाको बिकल्प भनेको थप सक्षम, सवल र व्यवसायिक नेपाली सेना नै हो' उनले भनिन्, 'चुनौतीहरुको सामना गर्नका लागि सेनालाई हरदम तयारी हालतमा राख्नु पर्छ ।'

उनले आफू ३ वर्षे अल्पकालीन, ५ बर्षे मध्यकालीन तथा १० बर्षे दीर्घकालीन योजना बनाउन जुटेको उल्लेख गर्दै सेना र रक्षा मन्त्रालयको पुर्नसंरचना आवश्यक रहेको पनि उल्लेख गरिन् । 'दुवै संस्थालाई समयअनुकुल बनाउनु नै दीगो लोकतन्त्रको प्रत्याभूती हुने छ' उनले भनिन् । 

उनले बृहत शान्ति सम्झौता सबै पक्षले उत्तिकै सम्मानका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै घुमाउरो पाराले माओवादीले भंग गरेको बताइन् । 'सम्झौता एक पक्षले मात्र होइन, सबै पक्षले पालना गर्नुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ' उनले भनिन्, 'बिशेष समितिको बैठक नियमित हुन नसक्दा माओवादी लडाकुको पुनस्थापना र समायोजन हुन सकेको छैन ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by