ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

नेपाली आकाशमा भारतीय फाइटर विमान/ बिमानहरु नँया मार्गबाट उड्न थाले

गणेश कार्की, ८ मंसिर

सर्वसाधारणलाई आतंकित पार्ने गरी केहि दिनयता सुर्खेतका आकाशमा उडिरहेका जेट विमानहरु अन्तर्राष्ट्रिय उडान भएको सुर्खेत विमानस्थलले स्पष्ट पारेको छ । काठमाडौंबाट भारतको नयाँदिल्ली जाने जेट विमानले सुर्खेतको आकाशमा नयाँ हवाई मार्ग प्रयोगमा ल्याएको विमानस्थलका अधिकृत विनोददेव भट्टले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि पहिलो पटक सुर्खेतको हवाई मार्ग पहिल्याएको बताउँदै उहाँले कुनै सैन्य प्रयोजन वा अन्य कुनै गतिविधिका लागि नभएको स्पष्ट पार्नुभयो । यसअघि काठमाडौबाट भैरहवा हुँदै दिल्ली जाने जेट विमान, सुर्खेतबाट कञ्चनपुर हुँदै दिल्ली पुग्न १५ मिनेट छिटो हुने भएकाले नयाँ रुट प्रयोग गरिएको उहाँको भनाई छ । यो रुटको प्रयोगबाट नेपाललाई दोब्बर फाईदा हुने विमानस्थल अधिकृत भट्टले जानकारी दिनुभएको छ । भारतीय वायु सेनाको लडाकू विमानले केहि समयअघि सुदूरपश्चिमको डडेल्धुरामा शंकास्पद उडान गरेको खबर सार्वजनिक भएपछि सुर्खेतका वासिन्दाले त्यस्तै आशंका गरेका थिए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by