सवारी साधनको भीडले दिनहुँ जामको समस्या झेल्दै आएको राजधानीमा सडक व्यवस्थापनका लागि आकासे सडक ‘फ्लाई ओभर’को सम्भाव्यता अध्ययन प्रकृया सुरुभएको छ। सडक विभागले यसका निम्ति परामर्शदातृको खोजी सुरुभएको जानकारी दिएको छ।
जम्मा २८ किलोमिटर क्षेत्रफल रहेको उपत्यकाको चक्रपथमा कलंकी, सातदोवाटो, कोटेश्वर, चावहिल, महाराजगंज र बालाजु बाइपास लगायतका बढी मात्रामा ट्राफिक जाम हुने ठाउँलाई ‘फ्लाई ओभर’को सर्वेक्षण स्थलका रुपमा अध्ययन गरिने सडक विभाग काठमाडौ डिभिजनले जनाएको छ। त्यसमध्ये नयाँ बानेश्वर र पुरानो बानेश्वर पनि संभाव्यतामा पर्छ।
काठमाडौको जामले सर्वसाधारणको दैनिकीमा नकारात्मक प्रभाव पार्न थालेपछि सडक विभाग, काठमाडौ डिभिजनले यो विकल्प खोजेको हो । त्यसको लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले नै काठमाडौंमा ‘ˆलाई ओभर’ बनाउने योजना अघि सारेको छ।
‘विभागका लागि अर्थ मन्त्रालयले कुल बजेटमध्ये ४१ करोड रुपैयाँ विभागको लागि विनियोजन गरेकोमा त्यसमध्ये ४० लाख रुपैयाँ फ्लाईओभरको सम्भाव्यता अध्ययनका लागि छुट्याइएको छ’, सडक विभाग काठमाडौ डिभिजनका इन्जिनियर कर्णबहादुर रानाभाटले नागरिकसँग भने,’ यसका लागि टेण्डर आव्हानमार्फत कन्सल्टेण्ट खोज्ने तयारीमा लागेका छौ’।
टेण्डरपछि संभाव्यता अध्ययन गर्ने र त्यसको रिर्पोटको आधारमा भौतिक योजना मन्त्रालय मार्फत सरकारलाई बजेट व्यवस्थाको लागि अनुरोध गरेर काम सुरु गर्ने योजना रहेको रानाभाटले बताए।
‘सरकारले कार्यक्रम राखेको छ, अध्ययन पछि मात्र यसको विस्तृत यकिन हुन्छ,’, सडक विभाग काठमाडौ डिभिजन प्रमुख बलराम मिश्रले भने, ‘यसको लागि कसरी अगाडी बढ्ने भनेर छलफल गर्दैछौ।’ उनका अनुसार यसको बारेमा पूरै अध्ययन नभईकन अहिले नै केही भन्न सकिदैन।
‘लागत अनुमान गरी विदेशी दाताको खोजी गर्नेर् पनि योजना छ’, रानाभाट भन्छन्, ‘यो तयार भए काठमाडौको जाम चार गुणा कम हुन सक्छ।’
जम्मा ८ सय किलोमिटर सडक भएको काठमाडौं उपत्यकामा ३ सय १७ किलोमिटर सडक विभागको मातहतमा छ। त्यसैगरी नेपाल भर नौ लाखको हाराहारीमा रहेको सवारीसाधनमध्ये राजधानीमा मात्र त्यसको ६० प्रतिशत सवारीसाधन रहनाले सडक जामको समस्या उत्पन्न भएको सम्बन्धित कार्यालयको दावी छ।
‘अहिलेलाई सरकारको सोँच मात्र हो,’ सडक विभागका सिनियर डिभिजनल इन्जिनियर कृत्यानन्द ठाकुरले भने, ‘ सर्वेक्षण गरी संभाव्यता अध्ययन गरेर मात्र यसको निष्कर्ष निस्कन्छ।’
करिब दुई वर्ष पहिले पहिचान गरिएको यो योजना बारे बल्ल अध्ययन सुरु हुन लागेको हो।
[Source: http://www.nagariknews.com/news-highlights/139-highlights/3949-2009-08-13-04-50-40.html]

नेपाललाई चिनाउन इन्टरनेटमा के गर्ने त ?
सबैभन्दा पहिला लेख्ने बानी बसालौं। लेख्ननेहरुले पनि आफ्ना रचना इन्टरनेटमा राखौं। दुनियाँलाई देखाऔं । यसको लागि ब्लग प्रयोग गर्नु राम्रो। ब्लग लेख्दै पैसा कमाउन चाहिँ गुगलको एडसेन्स सेवा प्रयोग गर्न सकिन्छ। गुगलको विज्ञापन तपाईंको साइटमा राखिन्छ। साइट भिजिट गर्नेले ती विज्ञापनमा जति धेरै क्लिक गर्छन् त्यति नै पैसा कमाइन्छ। तपाईंको खातामा कम्तिमा सय डलर पुगे पछि तपाईं पैसा मगाउन सक्नुहुन्छ। तपाईंको ठेगानामा चेक आइपुग्छ। क्रेडिट कार्ड छ भने पे पालको प्रयोग गरी सिधै आफ्नो खातामा पैसा पाउनु हुनेछ। त्यसैले ब्लग गरौं। सके अंग्रेजीमा नसके नेपालीमा। नेपाली ब्लग पनि धेरैले पढ्छन्। तर राम्रा कन्टेन्ट हुनु पर्यो। आफ्नो जीवनचर्या देखि राजनीतिक विषय बस्तुका बारेमा ब्लग गर्न सकिन्छ। मन लागेको कुरा लेख्ने हो, चाहे हाइकु लेख्नुस् वा आणविक निसश्त्रीकरणबारे लेख्नुस्। तर मेरो व्यक्तिगत अनुभवमा व्यवसायिक र पैसा कमाउने उदेश्यले चलाउने हो भने अलि बढि बिक्ने विषय सोच्नु पर्छ। नबिक्ने विषयलाई पनि बिकाउन सक्नु पर्छ। इन्टरनेट एउटा बजार हो। जहाँ फुटपाथका पसल पनि छन्,ठूला मल पनि छन् । अब ब्लग गर्न चाहिँ गुगलकै ब्लगर सेवा लिन सुझाव दिन्छु म। यसमा एडसेन्स विज्ञापन निकै सजिलै राख्न सकिन्छ, जसको लागि तपाईंलाई कुनै प्राविधिक कुरा जान्नु पर्दैन। अनि यो ब्लग तपाईंको जिमेल एड्रेसबाट नै साइन इन गरेर चलाउन सकिन्छ। ब्लगमा मोड्युल र साइडबार पनि सजिलै राख्न सकिन्छ। एडसेन्स र ब्लगर दुबै सेवा प्रयोग गर्न एक पैसा पनि तिर्नु पर्दैन।
प्रजातन्त्रमा पारदर्शीता हुन्छ। संचार माध्यमलाई नियमित वक्तव्य पठाइरहने सेना, प्रहरी,मन्त्रालय, आदिले