ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

आजको कार्टुन !

पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा


image

आफ्नै पियनका छोराले एमबिबिएसका लागि छात्रवृत्ति पाएको विरोध गर्दै टिचिङ अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिए


अर्जुन, प्रमिला/नयाँ पत्रिका
काठमाडौं, २६ भदौ

वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ ।

आन्दोलन विद्रोहको तयारी हो : भट्टराई


डडेल्धुरा, भदौ २७ (रासस)-
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संयुक्त जनआन्दोलन विद्रोहको पूर्व तयारी भएको बताएका छन्। डडेलधुरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले माओवादीले पटकपटक राष्ट्रपतिबाट नागरिक सर्वोच्चताको उल्लङ्घन गरिएकोबारे संसदमा छलफल गरी समस्या टुङ्ग्याउन पहल गरे पनि सरकारबाट युद्ध निम्त्याउने र संविधानसभा भङ्ग गर्ने दुस्प्रयास भइरहेकाले जनविद्रोह मात्रै विकल्प रहेको बताए।

एडिबीले बिद्युतमा ५ अर्ब सहयोग गर्ने


दिनेश कार्की, काठमाडौं, भदौ २७-
एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युत क्षेत्रमा ५ अर्ब २७ लाख रुपैयाँ (६ करोड ५० लाख अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ। वुटवल-कोहलपुर १ सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट थप्न र विद्युत सम्बन्धी अन्य सुधारका लागि एडिबीले यो रकम दिन लागेको हो। सहयोगको बिषयमा अन्तिम टुंगो लगाउन असोज पहिलो साता वार्ता हुन लागेेको अर्थमन्त्रालय वैदेसिक सहायता समन्वय महाशाखाका सहसचिव कपिल घिमिरेले नागरिकलाई बताए।

यसै वर्ष ५ सय कामदार जापान पठाइने


काठमाडौ, २०६६ भाद्र २७ - 
जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सुरु गरेको नेपाल उद्योग वाणिज्य महासंघले यस वर्षभित्र ५ सय कामदार पठाउने बताएको छ । हालै जापानको भ्रमण पूरा गरी फर्किएपछि शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले यस्तो बताएका हुन् ।

प्रचण्डले मलाई प्रधानमन्त्री बनाउँछु भनेः पौडेल



पवन पौडेल/तनहुँ २७ भदौ
नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदबाट हटेलगत्तै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीको प्रलोभन दिएको खुलासा गरेका छन। तनहुँको सदरमुकाम दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँद्वारा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पहिलोपटक यस्तो खुलासा गरेका हुन।

स्लो इन्टरनेटको लागि 'फेसबुक लाइट'

क्यालिफोर्निया भदौ २७ (एजेन्सी)-

संसारको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले स्लो इन्टरनेट कनेक्सन हुनेहरुलाई लक्षित गरी 'फेसबुक लाइट' लन्च गरेको छ । फेसबुकको मुख्य साइट भन्दा यो छिटो र सजिलो रहेकेा बताइएको छ । मूख्य फेसबुक साइटमा प्रयोग गरिएका केही सेवाहरु लाइट भर्सनमा भने नरहने फेसबुकले जनाएको छ । प्रारम्भमा फेसबुकले यो भर्सनकेा वेबसाइट स्लो इन्टरनेट भएका विकासशील देशहरुमा उपलब्ध गराइने बताएको थियो । फेसबुकले हाल फेसबुक लाइट भारत र अमेरिकामा मात्र चलाउन मिल्ने बताए पनि नेपालबाट समते फेसबुक लाइट चलाउन सकिने थाहा भएको छ ।

फेसबुकका अनुसारका यसका २५ करोड भन्दा बढि प्रयोगकर्तामध्ये ७० प्रतिशत अमेरिका बाहिरका छन् । दक्षिण पूर्वी एशिया र युरोपमा फेसबुकका नयाँ प्रयोगकर्ता सबैभन्दा तीव्र गतिमा बढिरहेका छन्। फेसबुकले स्लो इन्टरनेट हुनेहरुको लागि फेसबुक लाइट ल्याउने तयारी गरिरहेको खबर पहिलो पटक गएको महिना नै सार्वजनिक भएको थियो ।


तेस्रो मुलुकका गाडी महँगिए

सुजित महत
काठमाडौ, २०६६ भाद्र २७ - सभासद ओमप्रकाश शर्माले २८ लाख रुपैयाँ पर्ने गरी हुन्डाईको टक्सन गाडी आयात गर्न प्रतीतपत्र खोलेका थिए । तर आइपुग्दा त्यसको मूल्य अब ५० लाख नाघ्ने देखिएको छ । यो अवस्थामा पुगेको उनी एक्ला ग्राहक होइनन् । तेस्रो मुलुकबाट आयातित अधिकांश कारजिपको मूल्यमा उच्च वृद्धि हुने भएको छ । न्यून बिजकीकरण भएको भन्दै भन्सारले मूल्यांकन वृद्धि र बजेटले कर महसुल बढाएकाले तेस्रो मुलुकबाट आयात हुने चारपांग्रे सवारी थप महँगा हुने भएका हुन् ।
आयातकर्ताले घोषणा गरेको मूल्यमा भन्सारले दोब्ब्ारसम्म मूल्यांकन बढाएको छ । भन्सारले मूल्यांकन वृद्धि गर्नुपरेमा बढाएको मूल्यको ५० प्रतिशत जरिवानासमेत तिराउछ ।
शर्माले ९ हजार १ सय ३६ अमेरिकी डलर -७ लाख ३ हजार ४ सय ७२ रुपैयाँँ) मा झिकाएको टक्सनको मूल्य भन्सारले १८ हजार २ सय ५१ डलर -१४ लाख ५ हजार ३ सय २७) निर्धारण गरिदिएको
छ । न्यून बिजकीकरण भएको भन्दै भन्सारले मूल्यांकन बढाएको बताउँदै आएको छ । भन्सारले कायम गरेको मूल्यमा २ सय ५ प्रतिशत कर महसुलका साथै ९ हजार १ सय २५ डलर -७ लाख २ हजार ६ सय २५) जरिबाना तिरेर गाडी छुटाउनुपर्ने अवस्था आएको उनले बताए ।
'अब किन्न सकिँदैन,' उनले भने, 'भन्सार र अधिकृत बिक्रेतालाई नै खरिद गरिदिन भनेको छु ।' आयातित गाडी अधिकृत बिक्रेतामार्फत खरिदकर्ता स्वयंले झिकाएका कारण समस्या जटिल भएको शर्माले बताए ।
मूल्यांकन विवादले साउनयता तेस्रो मुलुकबाट आयातित अधिकांश कारजिप वीरगन्ज भन्सारमा थन्किएका छन् । 'गाडीको मूल्यांकनमा १ हजार डलर वृद्धि गर्दा उपभोक्ता मूल्य झन्डै २ लाख रुपैयाँँ बढ्छ,' नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका प्रवक्ता गोपी न्यौपानले भने, 'जरिबानासमेत तिर्नुपर्दा यो अझ बढ्छ ।'
सुख्खा बन्दरगाह भन्सार ल्याइएका १० वटा ल्यान्डरोभर जिपको मूल्यांकन दोब्बरभन्दा बढी वृद्धि गरिएको छ । आयातकर्ताले १६ हजार २८ अमेरिकी डलर उल्लेख गरेको गरेको ल्यान्डरोभरको मूल्य भन्सारले २२ हजार स्टर्लिङ पाउन्ड -करिब ३४ हजार डलर) तोकेको
छ । टक्सन र ल्यान्डरोभरका गाडीमा बढी न्यून बिजकीकरण भएको आरोप भन्सारको छ । 'अरू गाडीमा मूल्यांकन धेरै बढाउनुपर्ने अवस्था छैन,' वीरगन्ज भन्सार प्रमुख केवल भण्डारीले भने ।
१३ हजार २ सय डलरमा आयात भइरहेको किया स्पोर्टेजको मूल्य १६ हजार ५८ डलर निर्धारण गरिएको छ । भन्सारले ६ हजार ५ सय डलरमा आयात भइरहेको किया रिओको मूल्यांकन ७ हजार ३ सय ५० निर्धारण गरेको छ । १८ लाख ४० हजार जापानी येनमा मूल्य घोषणा गरिएको निसान एक्सट्रेल १९ लाख ९२ हजार येनमा जाँचपास गर्न भनेको छ । भन्सारले कूटनीतिक नियोगले घोषणा गरेको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरेको छ ।
आयातकर्ताहरू कूटनीतिक नियोगको मूल्यलाई मात्र आधार मान्न नहुने जिकिर गर्छन् । न्यौपानेका अनुसार नियोगले कोटेसनमार्फत आयात गर्ने भएकाले यसै पनि गाडीको मूल्य बढी पर्छ । साथै अतिरिक्त सुविधा थप गरिने भएकाले सामान्य गाडीभन्दा महँगा हुन्छन् । नाडाको प्रतिनिधिमण्डलले खरिदकर्ताले नै प्रतीतपत्र खोलेर आयात गरेकाले अधिकृत बिक्रेतालाई समस्या पर्ने जिकिर गर्दै उत्पादकले पठाइसकेका गाडी साविककै मूल्यमा जाँचपास गरिदिन अनुरोध गरेका थिए । 'तर अर्थमन्त्रीले त्यसो गर्न नसक्ने भन्दै आयातकर्ताले घोषणा गरेको मूल्य वास्तविक भए प्रमाण पेस गर्न भन्नुभयो,' न्यौपानेले भने ।

माओवादी एक्लिदै छः पोखरेल


काठमाडौं, २७ भदौ(दैनिकी)

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादीको व्यवहारकै कारण उ एक्लिंदै गएको बताएका छन।
एमाले मकवानपुरको आठौं जिल्ला अधिवेशन शनिबार हेटौंडामा उद्घाटन गर्दै महासचिव पोखरेलले माओवादीले सरकार नेतृत्व गर्न नसकेको आफ्नो लाचारीपन लुकाउन अरुलाई ठूलो स्वरले गालीगलौच गर्न व्यस्त रहेको टिप्पणी गरे।
उनले माओवादीलाई गाली गलौचको भाषा छाडी सहमतिको कुरा गर्न समेत आग्रह गर्दै उनले भने– “तर उसले अहिलेको जस्तो व्यवहार तत्काल सुधारनुपर्छ।”
माओवादी सरकारबाट निस्किएको ह्याङ मेटिन नपाउँदै फेरि सरकारमा जाने तर्खरमा रहेको र उ आफैं अपवित्र गठबन्धनमा जुटेकाले अहिलेको दलिय समिकरणलाई अपवित्र भन्नुको कुनै तुक नरहेको उनको भनाई थियो।


माओवादीलाई अलग्याएर संविधान बन्दैन : खनाल

विराटनगर, भदौ २७ (नागरिक)-

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले समयमै संविधान बनेन भने मुलुकमा अकल्पनीय दुर्घटना हुने बताएका छन्। उनले एकिकृत नेकपा माओवादीलाई एक्ल्याउनु भन्दा सहमतिमा ल्याउनु जरुरी रहेको बताए। झापाबाट काठमाडौं फर्कने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँत कुरा गर्दै एमाले अध्यक्ष खनालले माओवादीलाई एक्ल्याएर वा पन्छाएर समयमा संविधान बनाउन नसकिने बताए। उनले भने- ‘माओवादीलाई अलग्याएर संविधान बन्दैन, समयमै संविधान बनाउन एमाले, कङ्ग्रेस र माओवादी मिल्नैपर्छ।'

‘सरकार गिराउने वा ढाल्ने खेलभन्दा संविधान निर्माणमा लाग्नुपर्ने बेला हो, 'खनालले भने- 'सरकारको नेतृत्व गर्नु ठूलो कुरा हैन, संविधान बनाउने काम ठूलो हो।' एकिकृत नेकपा माओवादीलाई सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिँदै एमाले अध्यक्ष खनालले भने- ‘माओवादी सहमतिमा आउनैपर्छ, त्यसका लागि छलफल जारी छ।'

Friday, September 11, 2009

आजको कार्टुन !

'आन्तरिक विवाद सडकमा पोख्दा कसलाई क्षति पुग्छ ?’

image\

गणतन्त्र : विश्व अनुभव, अनुभूति र नेपाल तथा अग्निशिखा स्मारिका विमोचन गर्दै प्रधानमन्त्री । तस्बिर : श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २५ भदौ

प्रधानमन्त्री माधवकुमार नेपालले एमालेभित्र पार्टीका आन्तरिक विवाद सडकमा पोख्ने र इतरपार्टीलाई क्रान्तिकारी देख्ने प्रवृत्ति बढेको बताएका छन् । उनले यस्तो प्रवृत्ति पार्टीका लागि घातकसिद्ध हुने चेतावनीसमेत दिए ।

'पार्टीका आन्तरिक कुरा सञ्चारमाध्यमको हेडलाइन बनेर आउँदा कार्यकर्तामा निराशा बढ्छ, आफूभन्दा बढी अरूलाई क्रान्तिकारी देख्ने प्रवृत्ति अझ घातक छ,' सञ्चारकर्मी स्व. अग्निशिखा र विनु रिजालद्वारा लिखित 'गणतन्त्र: विश्व अनुभव, अनुभूति र नेपाल' पुस्तकको बिहीबार एमाले मुख्यालय बल्खुमा विमोचन गर्दै प्रधानमन्त्री नेपालले पार्टीमा आठौँ महाधिवेशनले निर्धारण गरेअनुरूप काम हुन नसकेको गुनासोसमेत गरे ।

उग्रवामपन्थ कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा भएको भन्दै त्यो दक्षिणपन्थमा गएर जोडिने प्रधानमन्त्री नेपालको भनाइ थियो । 'उग्रवामपन्थबाट पार्टीलाई जोगाएर अघि बढाउनु अहिलेको प्रमुख चुनौती हो,' नेता नेपालले भने, 'पार्टीभित्रका सानातिना मनमुटाव सडकमा पोख्ने प्रवृत्तिले पार्टीलाई क्षति गर्छ ।'

कार्यक्रममा एमाले प्रचार विभागद्वारा प्रकाशित 'अग्निशिखा' स्मारिका पनि विमोचन गरिएको थियो ।

एमाले नेता प्रदीप ज्ञवालीले प्रकाशित पुस्तक गणतन्त्रलाई 'मिनी-इन्साइक्लोपेडिया' संज्ञा दिए । कार्यक्रममा साहित्यकार शार्दूल भट्टराई, कवि श्यामल, वासुदेव अधिकारी, पुस्तककी सहलेखिका विनु रिजाललगायतले बोलेका थिए ।

यो तेस्रो जनआन्दोलनको तयारीमात्रः प्रचण्ड

"हारेकाहरुको बहुमत भएको सरकार"

काठमाडौं, २६ भदौ (दैनिकी)

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले माओवादीले नागरिक सर्वोच्चताका लागि अहिले सुरु गरेको आन्दोलन तेस्रो जनआन्दोलन नभइ त्यसको पूर्व तयारीमात्र भएको बताएका छन । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा उनले विगतमा माओवादीले अघि सारेको ४० सूत्रिय मागलाई नै अहिले परिवर्तित परिस्थितमा ४५ सूत्रिय मागका रुपमा अघि सारेर आन्दोलन सुरु गरिएको बताए ।
उनले आफ्नै पार्टीका केही नेताहरुले तेस्रो जनआन्दोलन सुरु भएको बताए पनि उनले भने यो ‌ऐतिहासिक चलचित्रको ट्रेलर मात्र भएको बताए । यो आन्दोलन अन्य पार्टीलाई सोच्नका लागि खबरदारीमात्र भएको उनको भनाई थियो ।
उनले आफूलगायतका केही नेताहरुलाई जेल हालेपछि मात्र प्रजातन्त्र आउने भनेर केही सत्ताधारी दलका नेताले अभिव्यक्ति दिएको भन्दै आलोचना गरे ।
"जेलमा जाने कसले हो?जनताले जिताएर पठाएका जाने हो कि कायरहरु, लुटेराहरु, जसले देशलाई यो हालतमा पुर्र्याए उनलाई हाल्नु पर्ने हो" आक्रोसित देखिएका प्रचण्डले भने । उनले यस्ता नेतालाई "बाटाघाटामा हिंड्न दिनु हुन्छ त ?" भनेर आफ्ना कार्यकर्तालाई उक्साए । तर आफैले भने-"मैले तपाईहरुलाई उक्साउन खोजेको हैन "
जनताद्वारा निर्वाचित सरकारको नेतृत्वमा सेना हुनु पर्छ बन्दूक हुनुपर्छ भन्ने आफ्नो आशयलाई ब‌ंग्याइएको भन्दै आपत्ती जनाए ।
प्रचण्डले राजाका अगाडि बिन्तिपत्र बिसाउन बानी परेकाहरुले राष्ट्रपतिलाई बिन्तिपत्र बिसाएर उनलाई राजा बनाउन खोजेको बताए । "प्रधानमन्त्री पद र नेपाली जनताको हत्या गर्न भनेर विन्ति गर्ने राजाको अगाडि घुँडा टेक्ने बानी परेकाहरुले राष्ट्रपतिलाई राजा बनाउन खोजेका छन्" प्रचण्डले भने-राष्ट्रपति महोदय रामवरण यादव जी ! राजा हुने मुर्खता कृपया नगर्नुहोस।
वर्तमान सरकार र प्रधानमन्त्री माधव नेपाललाई कटाक्ष गर्दै विदेशी प्रभूहरुलाई बिन्ति बिसाएर जनताबाट तिरस्कृतहरु प्रधानमन्त्री र मन्त्री भएको टिप्पणी गरे । उनले अहिलेको सरकारलाई हारेकाहरुको बहुमत भएको सरकार भनेर कटाक्ष गरे । "दुई ठाउँबाट हारेको व्यक्ति प्रधानमन्त्री भोलि तीन ठाउँबाट हारेको व्यक्ति राष्ट्रपति हुने होला" उनले भने ।
उनले नेपाली सेनामा पहिलो जनजाति सेनापति आएको भन्दै सेना प्रहरीले हिजोको राजाको शासनकालको जस्तो हैन अबजनताको आदेश मान्ने अपेक्षा व्यक्त गरे ।
माओवादीका नेता अमीक शेरचनलगायतका नेताले नागरिक सर्वोच्चताका लागि आन्दोलन अघि सारिएको बताए ।
नागरिक सर्वोच्चताको नारासहित देशव्यापी आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीले आज राजधानी ठप्प पार्ने गरेर जनसभा गरिरहेको छ ।
राजधानीका मुख्य-मुख्य केन्द्रबाट निस्केका माओवादी जुलुसका कारण ट्राफिक व्यवस्था चौपट भएको थियो । चावहिल, बालाजु चप्पल कारखाना, कलंकी ,लगनखेल, कालिमाटी, कोटेश्वर, तीनकुने र महाराजगञ्जलगायतका स्थानबाट जुलुस निस्किएको थियो। जुलुसको नेतृत्व हिसिला यमी, झक्कुप्रसाद सुवेदी, नारायणप्रसाद दाहाल, पम्फा भुषाललगायतका केन्द्रीय नेताहरुले गरे ।


रणवीर सेनाको आधारशिविरमा प्रहरी छापा; ४ कटुवा पेस्तोल र ३ बम बरामद

बिराटनगर, भदौं २६ (नागरिक)- रणवीर सेनाको आधार शिविरमा छापामारी मोरङ प्रहरीले विस्फोट गराउन तयारी अवस्थामा राखिएका ३ शक्तिशाली सकेट बम र ४ थान कटुवा पेस्तोल सहित ठूलो संख्याम विस्फोटक पदार्थ बरामद गरेको छ। बिराटनगरको कञ्चनबारीस्थित आधारशिविरमा छापा मार्दा विस्फोटक पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी देवेन्द्र सुवेदीले बताए।

'पड्काउन ठिक पारिएका हतियार प्रहरीले बरामद गरी ठूलो दुर्घटनाबाट जोगाउन सफल भएको छ'- एसपी सुवेदीले भने। रणवीर सेनाका अध्यक्ष र मुख्य योजनाकार समेतलाई पक्राउ गरेपछि सरकारद्वारा अपराधिक समूहको सूचिमा रहेको रणवीर सेनाको नेटवर्कलाई ठूलो धक्का लागेको छ।

यसै साता मोरङ प्रहरीले रणवीर सेनाका अध्यक्ष विनोद पाण्डे र उनका भाइ सुमन पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरुले नै दिएको सूचनाको आधारमा प्रहरीले बिराटनगरको कञ्चनबारीस्थित सेनाको आधारशिविरमा छापा मार्दा बम र पेस्तोल र बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ।

यसैगरी मोरङ प्रहरीले कांग्रेस केन्द्रीय कार्यलयमा बम बिष्फोट गराउने कार्यमा संलग्न उज्जवल खरेललाई समेत पक्राउ गरेको थियो।

'नेपालमा उद्योग व्यवसाय गर्न कठिन'

काठमाडौं, भदौ २६ (नागरिक)- नेपालमा उद्योग व्यवसाय गर्न वातावरण राम्रो नभएको तथ्य एक अन्तर्राष्ट्रिय प्रतिवेदनले सार्वजनिक गरेको छ।
विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशनले प्रकाशित गरेको 'डुइङ विजनेश, २०१०' का अनुसार नेपाल उद्योग व्यबसाय गर्न कठिनाई रहेको देशहरुको सूचिमा परेको छ। उद्योग व्यवसाय गर्ने वातावरणका लागि विश्वका १८३ देशमध्ये नेपाल १ सय २३ औं नम्बरमा परेको छ।

विश्व बैंकले निर्धारण गरेको १० मापदण्डको आधारमा उद्योग व्यबसाय गर्न सबैभन्दा सजिलो अवस्था रहेको देश १ नम्बर र सबैभन्दा अप्ठेरो रहेको देश १८३ औं नम्बरमा छ। प्रतिवेदनअनुसार उद्योग व्यबसाय गर्न सबैभन्दा सजिलो मुलुक सिंगापुर हो। यो १ नम्बरमा छ। त्यस्तै व्यबसाय गर्न सबैभन्दा अप्ठेरो अवस्था रहेको देश सेन्ट्रल अफ्रिकन रिपव्लिक हो। यो सबैभन्दा अन्तिम १ सय ८३ नम्बरमा छ।

यो सूचिमा छिमेकी मुलुक भारत नेपालभन्दा पछि छ। उद्योग व्यबसाय सुरु गर्न भारतमा भन्दा नेपालमा सजिलो रहेको प्रतिवेदनले देखाएको छ। यो प्रतिवेदनको आधारमा भारत नेपाल भन्दा १० स्थानपछि छ।

दक्षिण एसियाका मुलुकहरुमा नेपालभन्दा पछि भुटान, भारत र अफगानिस्थान छन्। भुटान १२६, भारत १३३ र अफगानिस्थानको १६० औं स्थानमा छन्।

दक्षिण एसियामा उद्योग व्यबसाय गर्नको लागि सबै मापदण्डको आधारमा पाकिस्तान अगाडी छ। पाकिस्तान ८५ औं नम्बरमा छ। त्यस्तै माल्दिभ्स ८७ औं नम्बरमा, श्रीलंका १०५ नम्बरमा र बंगलादेश ११९ नम्बरमा छन्।

सन् २००८/०९ मा संसारका देशहरुले आर्थिक क्षेत्रमा हासिल गरेको उपलव्धी, गरिएका विभिन्न सुधार कार्यक्रमका आधारमा यो प्रतिवेदन तयार पारिएको हो। उद्योग व्यबसाय चलाउनको लागि गत वर्ष सरकारले कुनै उल्लेख्य सुधार नगरेकोले नेपाल यथास्थानमा रहेको हो।

प्रतिवेदनले सन् २००८ मा नेपालले उपलव्धी हासिल गरेको एउटै मात्र सम्पत्ति दर्ताको मापदण्डमा हो। यो मापदण्डमा नेपाल गत वर्ष २९ औं नम्बरमा रहेकोमा यो वर्ष २६ मा उक्लेको छ।

विश्व बैंक समूहले १० वटा मापदण्डलाई आधार मानेर कुन देश उद्योग व्यबसाय गर्नको लागि सबैभन्दा उपयुक्त छ भन्ने विषयमा वर्षेनी प्रतिवेदन सार्वजनिक गर्छ। ती १० मापदण्डमा 'व्यबसायको सुरुवात', 'निर्माण सुरु गर्न अनुमति', 'कामदार नियुक्ति', 'सम्पत्ति दर्ता', 'बैंकबाट ऋण प्राप्ती', 'लगानीकर्ताको संरक्षण', 'कर तिर्दाको प्रकृया', 'विदेशमा व्यापार', करार तोडाको प्रकृया' र 'व्यबसाय बन्दको प्रकृया' छन्।

'व्यवसायको सुरुवात' समष्टीगत रुपमा नेपालको स्थिती गत वर्षको भन्दा परिवर्तन नभएपनि अरु देशले यसमा धेरै सुधार गरेकाले नेपाल पछाडी परेको हो। १८३ देशहरु मध्य नेपालको स्थान ८७ नम्बरमा छ। गत वर्ष भन्दा नेपाल १२ स्थानले पछि पुगेको छ।

प्रतिवेदन अनुसार नेपालमा व्यबसाय सुरु गर्न व्यबसायीले सातवटा प्रकृृया पुरा गर्नुपर्छ। त्यसको लागि कम्तिमा ३१ दिन लाग्ने गरेको छ। दक्षिण एसियाका अन्य देशहरुमा औसत २८ दिनमात्र लाग्छ।

यो मापदण्डको आधारमा भारत उद्योग व्यबसाय सुरु गर्न निकै कठिनाई रहेको मुलुकको सूचिमा परेको छ। भारत यो मापदण्डमा १६९ नम्बरमा छ। भारतमा व्यबसाय थाल्नको लागि १३ वटा प्रकृया पुरा गर्नुपर्छ भने कम्तिमा ३० दिन लाग्छ।

व्यबसाय गर्नको लागि आवश्यक दोस्रोमापदण्ड निर्माण सुरुको अनुमतिमा नेपालको स्थिती गत वर्षको भन्दा पनि बिग्रेको छ। गत वर्ष १३० नम्बरमा रहेको नेपाल यो वर्ष १३१ नम्बरमा पुगेको छ। प्रतिवेदनले गोदाम घर बनाउन नेपालमा १५ वटा प्रकृया पुरा गर्नुपर्ने र त्यसको लागि ४ सय २४ दिनसम्म लाग्ने स्थिती रहेको छ।

यो मापदण्डमा पनि नेपाल छिमेकी मुलुक भारतभन्दा अघि छ। भारतको स्थान यो मापदण्डमा १७५ नम्बरमा छ। भारतमा गोदाम बनाउने स्विकृतीकै लागि ३७ वटा प्रकृया पुरा गर्नुपर्छ।

कामदार नियुक्ति गर्न गर्ने मापदण्डमा पनि नेपालको कानुनी प्रावधान निकै अव्यबहारिक रहेको प्रतिवेदनले जनाएको छ। नेपालको स्थान यो मापदण्डमा १४८ नम्बरमा छ। यसमा भारतको कानुनी व्यबस्था सजिलो छ। भारत यो मापदण्डमा १०४ नम्बरमा छ।

उद्योग व्यबसाय चलाउनको निम्ति बैंकबाट ऋण लिन पनि नेपालमा निकै कठिनाई छ। गत वर्ष १०९ नम्बरमा रहेको नेपाल यो वर्ष ११३ मा झरेको छ। यो मापदण्डमा सबैभन्दा सुधार एसियाली मुलुकहरु मध्य मलेसियाले गरेको छ। विश्वभरिमा मलेसिया बैंक तथा वित्तिय संस्थाबाट ऋण पाउन सजिलो मुलुक देखिएको छ।

डुइङ विजनेशका अनुसार गत वर्ष सबैभन्दा धेरै सुधार गर्ने देश रुवाण्डा हो। यो देशले सातवटा सुधारहरु गरेको छ।

दक्षिण एसियाली देशहरुमा बंगलादेश र अपगानिस्थानले ३/३ सुधार गरेका छन् भने भारत र पाकिस्तानले १/१ सुधार गरेका छन्। भारतले व्यबसाय बन्द गर्न विगतमा अप्ठेरो स्थिती रहेकोमा त्यसमा परिवर्तन गरेको छ।

कर तिर्न ४२ दिन
नेपालमा व्यबसाय गर्नेले कर तिर्न मात्र बर्षको ३३८ घण्टा छुट्याउनुपर्छ। आठ घण्टालाई कार्यालय समय मान्ने हो भने कर तिर्न मात्र ४२ दिन लाग्ने प्रतिवेदनले निष्कर्ष छ।
व्यबसाय सुरु गर्न मात्र नभै कर तिर्न इच्छुक करदाताको लागि समेत नेपालमा स्थिती सजिलो छैन। व्यबसायीले ३४ किसिमका कर तिर्नुपर्ने र नाफाको झण्डै ३९ प्रतिशत कर तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले जनाएको छ।

गत वर्षको भन्दा कर तिर्न लाग्ने समय घटेपनि यो मापदण्डमा नेपालको स्थान गत वर्षभन्दा निकै पछि धकेलिएको छ।

दक्षिण एसियामा मात्र नभएर विश्वभरिमै यो मापदण्डमा सुधार गर्ने देश माल्दिभ्स हो। मालदिभ्स विश्वभरिमै १ नम्बरमा छ। व्यबसायीले यो देशमा एउटा मात्र कर तिरेपुग्छ।
भारत ५९ किसिमको कर तिर्नुपर्छ। भारतमा नाफाको ६५ प्रतिशत कर तिर्नुपर्छ। धेरै कर तिर्नुपरेपनि २७१ घण्टामात्र लाग्छ।

निर्यात गर्न नौ प्रक्रिया
नेपालबाट व्यबसायीक ढंगले कुनै पनि सामान विदेश निर्यात गर्नुपर्दा नौं वटा किसिमको कागजपत्र पुरा गर्नुपर्छ। कागजपत्र पुरा गरेर सामान निर्यात गर्नको लागि ४१ दिन लाग्छ।
विदेशबाट सामान आयात गर्न १० वटा कागजपत्र पुरा गर्नुपर्ने र त्यसको लागि ३५ दिन लाग्ने प्रतिवेदनले जनाएको छ। भारत यो मापदण्डमा ९४ नम्बरमा छ। भारतबाट सामान आयात, निर्यात गर्दा कागजपत्र, समय र लागतनै नेपालभन्दा निकै सस्तो छ।
नेपालबाट एक कन्टेनर सामान निर्यात गर्नुपर्दा १ हजार ७ सय ६४ डलर लाग्छ भने आयात गर्दा १ हजार ८ सय २५ डलर खर्च हुन्छ।
निर्यात गर्दा सबैभन्दा थोरै समय डेनमार्कमा लाग्छ। डेनमार्कबाट सामान निर्यात गर्दा बढीमा ५ दिनमात्र लाग्छ।


क्यानडा गाई दिन इच्छुक

काठमाडौं, भदौ २६ (नागरिक)-
क्यानडा सरकारले नेपालमा गाई निर्यात गर्न चासो देखाएको छ। नेपालमा दुधालु गाईभैंसीको अभाव रहेको जानका पछि क्यानडाले चासो देखाएको हो।

भारतमा रहेको क्यानडाको कन्सुलेटले दुग्ध विकास बोर्डमा पत्र पठाएर गाई निर्यातको चासो देखाएको हो। 'क्यानडाको कन्सुलेटले गाई दिन सकिने पत्र पठाएको छ,' बोर्डका कार्यका निर्देशक डीएन पाठकले नागरिकसँग भने। क्यानडा सरकारको पत्र सँगै बोर्डले समेत सक्रियता बढाएको छ। बोर्डले गाईको मूल्यको बारेमा जानका मागेको छ। पाठकले गाईको दरभाउ र गाईको जातको बारेमा सम्पूर्ण जानका पठाउन आग्रह गरेको जानका दिए। नेपालको निजी क्षेत्रले क्यानडामा गाईको बारेमा सोधपुछ गरेपछि कन्सुलेटले पत्र पठाएको हो। मुलुकभित्र दुधालु गाईभैसीको नहुँदा दुधको अभाव भएको छ। दुधको अभावले पूर्ण रुपमा दूध प्रशोधन उद्योग र पाउडर दूध उद्योग संचालनमा आउन सकेको छैन। निजी क्षेत्रबाट पोखरामा स्थापित सुजल डेले दुधको अभावले पूर्ण रुपमा पाउडर उत्पादन गर्न सकेको छैन्। यो उद्योगको दैनिक क्षमता एक लाख लिटर दूध प्रशोधन गर्ने क्षमता रहेको छ। तर उद्योगले साप्ताहिक रुपमा १ लाख पनि पाउडर दूध उत्पादन गर्न सकेको छैन। क्यानडा दुग्ध सहकाको लागि अग्रणी मानिन्छ ।

उनले क्यानडाको हावापानी ,गाईको प्रकृति र मूल्य नहे गाई ल्याउने निर्णय गर्न नसकिने बताए। क्यानडाको हावापानी चिसो छ। चिसो भएकोले नेपालमा त्यहाँका गाई पाल्न कठिन हुने विशेषज्ञहरु बताउँछन्।

दुधालु गाईको अभाव भएपछि सरकारले भारतबाट २० हजार गाईभैसी ल्याउन पहल गर्ने जनाएको थियो। तर भारतले अहिले गाईभैसी निर्यातमा प्रतिवन्ध लगाएको छ।

प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमणको समयमा दुधालु गाईभैसी निर्यातको लागि कुराकानी समेत भएको थियो। बोर्डका अनुसार मुलुकमा ९ लाख गाई र साढे एघार लाख मात्र दुधालु भैसी रहेका छन्। नेपालको गाईभैसीले सरदर साढे दुई लिटर मात्र दूध दिने गर्छन्। परम्परागत जात र पशुपालनका कारण दूधको उत्पादन कम भएको हो।
डे उद्योगलाई दैनिक १० लाख लिटर दूधको आवश्यकता छ। तर मुलुकभित्र पाँच लाख मात्र दूध उत्पादन भएको छ। कच्चा दूध अभाव भएपछि डे उद्योगले पाउडर मिसाएर दूध उत्पादन गर्दै आएका छन्। दुधालु गाईभैसी ल्याउन नसकेमा संचालनमा रहेका उद्योग र पाउडर उद्योग संकटमा पर्ने व्यवसायीहरु समेत बताउँछन्।

नेपाल डे एसोसियसनका अध्यक्ष राम कुमार खड्काले दुधको अभाव हटाउन सरकारले दुधालु गाईभैसी ल्याउन पहल गर्नुपर्ने बताउँछन्। एसोसियसनको प्रमण्डलले एकसाता अघि प्रधानमन्त्री नेपाललाई भेटेर चीनबाट दुधालु गाई ल्याउन माग गरेका थिए।

उनका अनुसार यही अवस्थामा भएका उद्योग समेत संचालनमा आउन नसक्ने बताए। 'दूधालु गाई ल्याउन नसकिए भएका उद्योग संचालनमा आउन सक्दैन,' खड्काले भने, 'सरकारले ल्याउन सकिने मुलुकबाट गाई ल्याउन पहल गर्नुपर्छ।'

चीनबाट गाई ल्याउन भने कठिन हुने देखिएको छ। चीनले अन्य मुलुकबाट गाई आयात गर्ने भएकोले त्यहाँबाट गाई ल्याउन सम्भब नरहेको स्रोतले बतायो। चीनले न्युजिल्यान्ड र अष्ट्रेलियाबाट आफ्ना लागि गाई आयात गर्छ। चीनले १ लाख ६६ हजार भन्दा बढी मूल्य तिरेर उन्नत जातका गाई ल्याउने गरेको छ।


४२ हजार कांग्रेस कार्यकर्ताको सदस्यता रद्द

image

सुजाता सिफारिसका मात्रै १२ हजार, सभापति असन्तुष्ट

नयाँ पत्रिका

काठमाडौं, २५ भदौ

सभापति गिरिजाप्रसाद कोइरालापुत्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाको चुनावी जिल्ला सुनसरीमा बाँडिएको झन्डै १२ हजार पार्टी क्रियाशील सदस्यता रद्द भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले सुनसरीसहित १० जिल्ला र दुई जनसम्पर्क समितिका गरी २८ हजार ६ सय ५२ नवीकरण र १३ हजार आठ सय नयाँ सदस्यता रद्द गरेको हो । बैठकले नवीकरण र नयाँ सदस्यताको पुरानो ढाँचासमेत रद्द गर्ने निर्णय गरेको छ ।

रद्द गरिएका सदस्यतामा मन्त्री सुजाताको निर्वाचन क्षेत्र रहेको सुनसरीमा सबैभन्दा बढी सात हजार सात सय नवीकरण र तीन हजार आठ सय नयाँ सदस्य परेका छन् ।

पार्टी कार्यालय स्रोतका अनुसार सुजाताका सिफारिसमा नै ती सबै सदस्यता वितरण गरिएको थियो । त्यसैगरी, पाल्पाका ५५ सय नवीकरण र २७ सय नयाँ, स्याङ्जामा ४४ सय नवीकरण र १५ सय नयाँ, सिराहाका ३१ सय नवीकरण र १५ सय नयाँ सदस्यता रद्द भएको छ ।

त्यस्तै, बाँकेमा १६ सय नवीकरण र १४ सय नयाँ, बर्दियामा २८ सय नवीकरण, सात सय नयाँ, लम्जुङमा १७ सय नवीकरण, नौ सय नयाँ, रोल्पामा ६ सय नवीकरण र चार सय नयाँ, बझाङमा पाँच सय ५० नवीकरण र दुई सय नयाँ र डोल्पामा एक सय २५ नवीकरण र दुई सय नयँँ सदस्यता रद्दमा परेको कार्यालयस्रोतले जनाएको छ । जनसम्पर्क समिति, भारतका पाँच सय नवीकरण र चार सय नयाँ तथा अस्ट्रेलिया ५० नवीकरण र एक सय नयाँ सदस्यता रद्द भएको छ । रद्द भएका सबै सदस्यता केन्द्रीय कार्यालयबाट वितरित हुन् । यसअघि बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको जिम्मा स्थानीय समितिलाई दिने निर्णग गरेको थियो ।

केन्द्रीय सदस्यहरूले पार्टीको १२औँ महाधिवेशनलाई प्रभावित गर्न यसअघि नै क्रियाशील सदस्यता वितरण र नवीकरण गरिएको आरोप लगाएका थिए । उनीहरूले महाधिवेशनमा गडबड हुन नदिन विगतमा वितरण भएको सदस्यता रद्द गर्न माग गरेका थिए । केन्द्रीय सदस्यहरूको तीव्र दबाबपछि जारी केन्द्रीय समिति बैठकले सदस्यता रद्द गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीका पदाधिकारीसँग भेटी सदस्यता रद्द नगर्न आग्रह गरेको एक पदाधिकारीले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारीले भने, 'सभापतिजीले सुनसरी जिल्लाको पटक-पटक कुरा गर्दै सदस्यता रद्द गर्दा बाहिर खराब 'म्यासेज' जाने भन्दै यथावत राख्नू भन्नुभएको थियो ।' पुरानो सदस्यता रद्द गर्ने निर्णयपछि सभापति कोइराला र मन्त्री सुजाताले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ ।

०६५ पुसपछि वितरण भएका क्रियाशील सदस्यता पार्टी विधान र केन्द्रीय समितिको निर्णयविपरीत अनधिकृत रूपबाट नयाँ र नवीकरण सदस्यता लगिएको आरोप सदस्यहरूले लगाएका थिए ।

माओवादीसंग मित्रवत व्यवहार गरौं : पोखरेल

बिनोद त्रिपाठ
भरतपुर , २०६६ भाद्र २६ -

एमाले महासचिव ईश्वर पोखरेलले एकीकृत माओवादीले जति कुटेपनि मारेपनि सहन सक्नुपर्ने बताएका छन् । एमालेको कांग्रेससंगको मतभेद बढी छ, तर माओबादीसंग सैद्धान्तिक रुपमा मतभेद कम भएकोले माओवादीसंग मित्रवत व्यवहार गर्न पोखरेलले कार्यकर्तालाई आग्रह गरेका थिए ।
'जति सहन सक्ने शक्ति एमालेमा हुन्छ, उति पार्टीको महानता बढ्नेछ,' एमाले चितवनको सातौं अधिबेशन उदघाटन गर्दे शुक्रबार भरतपुरमा उनले भने-'माओवादीले कुटेपनि मारेपनि विजय एमालेको हुनेछ ।' उनले एमालेको महानता जाइलाग्ने होइन संबादबाट समाधान गर्ने रहेको बताए ।

एमालेले माओवादीका बिचारलाई खण्डन गर्दे जनताकोबीचबाट उदाङ्ग पार्नुपर्ने उनले बताए । उनले मदन भण्डरीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पनि खुलेर आलोचना गरेका थिए । अब संधै पूरानो शैलीमा जनताको बहुदलीय जनवाद भनेर केहि हुने वाला छैन, उनले भने यसलाई समयको परिवर्तन प्रवाहसंगै फेरबदल गरेर लैजानु त्यति नै आवश्यक छ ।'

माओवादीलाई एक्याएर संबिधान बनाउाछु भन्ने दिवा सपना कसैलाई पनि नदेख्न आग्रह गर्दे उनले भने-'३३ सिट जितेको एमालेले माओवादीलाई एक्ल्याएर कांग्रेसको साथ मात्र लिएर नयां संबिधानको परिकल्पना गर्न सकिन्न ।'

एमालेलाई नयां गति र नयां जिवन दिन देशभरका साना ठूला कमिटी भंग गरिएको उनको दावी थियो ।



प्रधानमन्त्री नेपाललाई सम्मान

काठमाडौं, २६ भदौ (दैनिकी)

प्रसुति वेदनाबाट मृत्युको मुखमा पुगेकी रुकुमकी कमला चन्दलाई उद्धार गरेका प्रधानमन्त्री माधवकुमार नेपाललाई सम्मानित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित कार्यक्रममा स्वास्थ्यको लागि खाद्यान्न नामक संस्थाले प्रधानमन्त्री नेपाललाई सम्मान गरेको हो ।
प्रधानमन्त्री नेपालले सुदूर पश्चिमान्चलको भीमदत्त नगरमा मंगलबार सम्पन्न समारोहमा भाग लिइ नेपालगन्ज हुँदै बुधबार बिहानै हेलिकप्टर आउने बेलामा प्रसुती बेदनामा परेकी चन्दको अवस्थाबारे जानकारी पाएपछि उद्धारका लागि अकस्मात रुकुम पुगेका थिए । मन्त्रिपरिषद्को बैठकसमेत स्थगित गरेर एक नागरिकको जीवन बचाएको भन्दै प्रम नेपाललाई सम्मानित गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालका ग्रामीण क्षेत्रका बासिन्दा बिरामी भएपछि अस्पताल पुर्‍याउन नपाउँदै मृत्यु हुने गरेको तर्फ लक्षित गर्दै यस्ता व्यक्तिहरूलाई उद्धार तथा उपचारको लागि हवाई एम्बुलेन्सको आवश्यकता रहेको बताए ।
हवाई एम्बुलेन्सको लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरिने उनले बताए ।
दूर्गम क्षेत्रका बासिन्दाको उपचार तथा उचारलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिदै प्रम नेपालले मातृ र बालमृत्युदर घटाउन राष्ट्रिय अभियान जिल्ला-जिल्लामा लैजानुपर्ने धारणा राखे ।


Thursday, September 10, 2009

आजको कार्टुन !

सुन्दरीको मनमा बस्ने को होला ?



सामान्यतः भावहीन र निरस मुद्रामा भेटिने प्रधानमन्त्री माधव नेपाल बुधबार एक कार्यक्रममा विश्वचर्चित पूर्वस्पाइस गर्ल जेरी हेलिवेलसँग भने अत्यन्त रोमान्टिक ढंगले प्रस्तुत भए ।

नयाँ पत्रिका

काठमाडौं, २४ भदौ

अब कसले भन्ने, हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल रोमान्टिक छैनन् ? उनी कार्यकर्तासँग मात्र होइन, सुन्दरीसँग पनि हाँस्न सक्छन्, अँगालो मार्न सक्छन् र गाला जोडाजोड गर्न पनि सक्छन् । बस्, मौका पो चाहियो ।

'महिलाविरुद्धको हिंसा अन्त्य गरौं' राष्ट्रिय अभियानको शुभारम्भ गर्दा बुधबार प्रधानमन्त्रीले महिलाका नाममा सम्मानका शब्द मात्र बाँडेनन्, एउटी महिलाका हात समाते, अँगालो मारे र उनले दिएको चुम्बन पनि स्विकारे, त्यो पनि सहर्ष मुस्कानका साथ ।

'महिलाविरुद्धको हिंसा अन्त्य गरौँ' राष्ट्रिय अभियानको शुभारम्भका लागि राष्ट्रसंघीय जनसंख्या कोषकी सद्भावना दूत तथा बेलायती पप ब्यान्ड 'स्पाइस गर्ल'की सदस्य जेरी हेलिवेलले नेपाली प्रधानमन्त्रीसँग निकै न्यायो हार्दिकता साटिन् ।

प्रधानमन्त्री र जेरीको सिट सँगसँगै थियो । जेरीले पटक-पटक प्रधानमन्त्रीतर्फ हात बढाएर कहिले काँध सुम्सुम्याउँथिन्, कहिले हात मुसार्थिन् । पश्चिमी खुला समाजकी 'स्टार' सुन्दरीको यो गतिविधि खासै अस्वाभाविक थिएन । उनी पटक-पटक प्रधानमन्त्रीसँग कानेखुसी पनि गरिरहेकी थिइन् । यो सब देखेर सिने अभिनेत्री करिश्मा मानन्धर र अभिनेता निखिल उप्रेती मुसुमुसु हाँसिरहेका थिए ।

कार्यक्रम सकिएपछि पनि जेरीकै अनुरोधमा 'ग्रुप फोटो सेसन' सुरु भयो । जेरीले निर्धक्कसँग प्रधानमन्त्रीको काँध बेरेर हात राखिन् । सुरुमा प्रधानमन्त्रीले अप्ठ्यारो माने, तर बिस्तारै उनले पनि जेरीको काँधमा हात राखे । क्यामराका 'फ्ल्यास' ले हल झलमल्ल भए ।

'ग्रुप फोटो सेसन' सकिएपछि प्रधानमन्त्री बिदा भएर हिँड्न थालेका थिए । तर, जेरीले फेरि उनको हात समातिन् र गालामा 'किस' खान थालिन् । सोझा प्रधानमन्त्रीले 'नो नो, थ्याङ्क्स, थ्याङ्क्स' भन्दै पछि हट्लान् भन्ने दर्शकको अनुमान थियो । तर, प्रधानमन्त्रीले हात समातेर 'स्पाइस गर्ल'को 'स्पाइसी किस'सहर्ष ग्रहण गरे ।

प्रधानमन्त्रीले जेरीसँग हार्दिकता मात्र साटेनन्, हिंसापीडित नेपाली महिलाप्रति सहानुभूति व्यक्त गर्दै सन् २०१० मा लैंगिक हिंसामुक्त देश बनाउने घोषणा पनि गरे । अनुमानित तथ्यांकअनुसार ८० प्रतिशत महिला घरेलु हिंसाबाट पीडित छन् ।

भारतीय उद्योगीको गुनासो

नयाँ पत्रिका

काठमाडौं, २४ भदौ

भारतका उद्योगीले नेपालमा भारतीय सामान निर्यात र लगानीका लागि उचित वातावरण बनाउन माग गरेका छन् । भारतीय उद्योग महासंघको प्रतिनिधिमण्डलले बुधबार काठमाडौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधमण्डलसँगको छलफलमा सो माग गरेको हो ।

छलफलमा नेपाली टोलीको नेतृत्व महासंघ अध्यक्ष कुशकुमार जोशी र भारतीय टोलीको नेतृत्व एपी मुलले गरेका थिए । भारतीय जोनसन एन्ड जोनसन कम्पनीका प्रतिनिधिले भारतीय कम्पनीले विश्वभर उत्पादन गरेका सामान भारतबाटै नेपालमा निर्यात गर्न पाउने व्यवस्था माग गरे । जोनसनले ६५ प्रतिशत औषधि युरोप र अमेरिकामा उत्पादन गर्छ ।

भारतमा उत्पादित सामान नेपाल निर्यात गर्न सकिने व्यवस्था भए पनि भारतीय कम्पनीले तेस्रो मुलुकमा उत्पादन गरेका वस्तु भारतीयसरह नेपाल निर्यात हुन पाउँदैनन् । ती वस्तुलाई पनि तेस्रो मुलुकका वस्तुमा गणना गरिँदै आएको छ । भारतीय दाना कम्पनी अनमोलका प्रतिनिधिले नेपालमा आपना उत्पादन निर्यात गर्न झन्झट रहेको गुनासो गरे । 'नेपालमा निर्यात गर्ने प्रमाणपत्र पाउन हामीलाई निकै कठिन छ', ती प्रतिनिधिले भने, 'भन्सारमा पनि विभिन्न कर लगाइन्छ ।'

नेपाली बजारमा भइरहेको दानाको तुलनामा अनमोल दाना ८५ प्रतिशत बढी उत्पादनशील रहेको दाबी उनले गरे । 'हाम्रो दाना सहज रुपमा निर्यात गर्न दिइए कम मूल्यको दानाबाट नेपाली किसानले कुखुुरा र पशुको बढी मासु प्राप्त गर्न सक्नेछन्', उनले भने ।

भारतीय ऊर्जा उद्यमीले नेपालमा जलविद्युत्को बढी सम्भावना भएकाले भारतीय लगानीकर्ता इच्छुक भए पनि सरकारले पर्याप्त प्रसारण लाइन निर्माण गर्न नसकेको बताए । 'हामीलाई लगानी समस्या छैन, बिजुली पनि भारतमै बेच्न सकिन्छ तर नेपालमा प्रसारण लाइन बन्न सकेको छैन', उनीहरूको भनाइ थियो । मणिपाल गु्रपका प्रतिनिधिले नेपाली विद्यार्थी महँगो शुल्क तिरेर विदेश पढ्न गइरहेका बेला भारतीयलाई शैक्षिक क्षेत्रमा लगानी गरेर स्तरीय र सुविधासम्पन्न शिक्षण संस्था खोल्न सरकारले सहयोग गर्नुपर्ने बताए । 'शिक्षामा विदेशी लगानीमा कुनै पनि प्रकारको शुल्क लगाउनुहुँदैन', उनको भनाइ थियो ।

नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार चौधरीले नेपालमा व्यवसाय गर्न समस्या देखिए पनि अवसर उत्तिकै रहेको बताए । 'यहाँ जति समस्या छ, उति अवसर छ', उनले भने ।'

नेपालमै व्यवसाय गरेर प्रतिफल कमाइरहेको र भारतीय लगानीको युनिलिभर नेपालले हालै साढे ४ सय प्रतिशत लाभांश बाँडेको उदाहरण दिंदै मिलेर थप लगानी गर्न उनले भारतीय उद्योगीलाई आग्रह गरे ।

सशस्त्र समूहका चार जना भारतमा पक्राउ

विजेता सिंह/जनकपुर, २५ भदौ

मधेशमा सशस्त्र विद्रोह गरिरहेको मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका प्रवक्ता रणवीर सिंह (विवश विद्रोही)सहित चार जना केन्द्रिय सदस्यलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
मधेस राष्ट्र जनतान्त्रिकका प्रवक्ता विवस विद्रोही, रामबाबु यादव, रामनारायण यादव र रामविलास यादवलाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको भारतीय प्रहरीले जनाएको छ। उनीहरुलाई भारतको दरभंगाको अलपट्टीबाट पक्राउ गरिएको हो।
उनीहरुबाट तीन थान पेस्तोल, दुई दर्जन गोली, २ थान नलकटुवासहितका हातहतियार बरामद गरिएको जनाइएको छ। सरकारले तराई क्षेत्रमा विशेष सुरक्षा नीति लागु गरेपछि सशस्त्र समूहका व्यक्तिहरु भारतमा शरण लिन थालेका छन्।
गत दुई महिना पहिले सो पाटीको अध्यक्ष सन्देश भनिने मेनेजर महतोलाई भारतकै जयनगरबाट भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई सिरहामा बुझाउदा सिरहा प्रहरीले इन्काउन्टर गरी ढालेको थियो।
अहिले सो पार्टीको अध्यक्षता पार्टीका उपाध्यक्ष रणवीर सिंहले गरिरहेको छन।

तराई कोब्राका इन्चार्ज पक्राउ

कपिलवस्तु/ तराईमा भूमिगत रूपमा सशस्त्र आन्दोलन गर्दै आएको तराई कोब्राका कपिलवस्तु इन्चार्ज दोहनी- १ निवासी राजीव भन्ने देवेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सहयोगी अखिलेश्वर चौधरीसहित पाण्डेलाई मंगलबार राति विशेष सुराकीका आधारमा प्रहरीले कपिलवस्तुको एक अज्ञात स्थलमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पाण्डे एक साताअघि जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा बम विस्फोटको घटनामा संलग्न थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने बताएका छन् ।

नेपालका लागि भारतले हवाई सिट थप्यो

काठमाडौं, २५ भदौ (दैनिकी)

भारतले नेपाल भारतबीचको उडानमा रहेको साप्ताहिक विद्यमान ६ हजार सिटलाई वृद्धि गरेर ३० हजार सिट पुर्र्याउने सहमति जनाएको छ । नयाँ सम्झौताअनुसार नेपाली वायुसेवाहरूले दिल्लीका लागि साप्ताहिक १५ हजार सिटसम्म र मुम्बई र बैंगलोरका लागि साप्ताहिक १० हजार सिटसम्म उडान गर्न पाउने छन ।
यो प्रावधान १ जनवरी २०११ देखि लागू हुनेछ । नेपाल भारतबीच भएको नयाँ हवाई सम्झौताअनुसार दुबै देशका वायुसेवाहरूले स्वीकृतिप्राप्त रुटमा आफ्नो क्षमताअनुसार कुनै पनि प्रकारका एयरक्राफ्टबाट जतिसुकै उडान गर्न सक्ने छन ।
योबाहेक नेपाली वायुसेवाले देहरादून, गोरखपुर र बागडोगरा विमानस्थलमा पनि उडान गर्न पाउने भएका छन । यस्तै भारतीय वायुसेवाले पोखरा, लुम्बिनी, पोखरा, नेपालगञ्ज, बिराटनगर, जनकपुर, धनगढी र भैरहवाका विमानस्थलमा उडान गर्न पाउने छन। ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थालिने वित्तीकै भारतीय वायुसेवाले उडान थाल्ने सहमति भएको छ ।
अन्तर्राष्ट्रिय हवाइ उड्डयन प्राधिकरणको प्रारुप अनुसार दुबै देशबीचको हवाई सेवा सम्झौतामा पुनरवलोन भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरण (एएआइ)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपालले भारतका लागि सार्क अफर स्वीकार गरेको मात्र छैन दुबै पक्षले सार्क अफरमा अझ उदार बनाउने विमर्श पनि गरेका छन । नेपालको रूट संशोधनको प्रस्तावमा लागि नेपाली प्रतिनिधिमण्डलले काठमाडौंमात्र अन्तर्राष्ट्रिय उडानका लागि एकमात्र विमानस्थल जानकारी गराएको थियो ।
मंगलबार र बुधबार भएका दुई देशका उड्डयन अधिकारीको बैठकले यो निर्णय गरेको हो । सन् १९९७ मा भएको वायुसेवा सम्झौतापछि वायुसेवाका क्षेत्रमा भएको विकासलाई ध्यानमा राखेर नयाँ सम्झौता गरिएको हो । यो सम्झौता दुबै देशका सरकारहरूद्वारा औपचारिक स्वीकृति दिए पूर्ण रुपमा लागू भए पनि तत्कालै लागू हुनेछ ।


भान्छेको तलब सिडिओले खाए

नयाँ पत्रिका

जाजरकोट, २४ भदौ

एक महिनाअघि जाजरकोटबाट सरुवा भएका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेशमबहादुर पाण्डेले भान्छेको नाममा निकासा भएको तलब-भत्ता आफैँले खाएको खुलासा भएको छ ।

गत मंसिरमा जाजरकोटमा सरुवा भएर आएदेखि नै प्रजिअ पाण्डेले आफ्नो कार्यालयमा भान्छे र स्वकीय सचिवको नियुक्ति नै नगरी उनीहरूको तलब-भत्ता किर्ते नाममा भर्पाइ बनाएर खाने गरेका थिए । उनले स्वकीय सचिवको प्रतिमहिना आठ हजार दुई सय ८० रुपैयाँका दरले नौ महिनाको ७४ हजार पाँच सय २० र भान्छेको प्रतिमहिना ६ हजार ६ सयका दरले नौ महिनाको ५९ हजार चार सयसमेत एक लाख ३३ हजार नौ सय २० रुपैयाँ आफैँले बुझेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनायो ।

स्रोतका अनुसार भान्छेमा राजु मगर र स्वकीय सचिवमा कमला पाण्डेलाई कागजी रूपमा मात्र नियुक्ति गरिएको थियो । प्रजिअ पाण्डेले गत मंसिरदेखि साउनसम्म ती कर्मचारीको तलब-भत्ता खाएका हुन् ।

जाजरकोटमा झाडापखालाको महामारी फैलिएको वेला महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै सरकारले उनलाई कारबाही गरेको थियो । सरुवा भएर जाने वेलामा उनले कार्यालयबाट ल्यापटप कम्प्युटर र प्रशासनको नाममा रहेका टेलिफोनका सिमकार्डसमेत लिएर गएका छन् । उनले लगेको सामानको बारेमा सार्वजनिक भएपछि ८५ हजारको कम्प्युटरको बदलामा कार्यालयमा ४० हजारको चाइनिज ल्यापटप फिर्ता पठाइदिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।


कांग्रेसभित्र लोकतन्त्र छैन : खड्का

नेपालगन्ज, भदौ २५ (नागरिक) - नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्णबहादुर खड्काले आफनो पार्टी भित्र 'आन्तरिक लोकतन्त्र' नभएको बताएका छन्। अहिलेसम्म कांग्रेस पार्टी व्यक्तिगत तजवीजका आधारमा चलिरहेको उल्लेख गर्दै उनले अबदेखि पार्टी सामुहिक नेतृत्वमा चल्नुपर्ने माग गरे। पुर्व गृहमन्त्रीसमेत रहेका खड्काले विहीवार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै अव हुने महाधिबेसन पछि काग्रेसमा ठूलो परिवर्तन हुने आशा लिएको बताए।

यत्तिखेर मुलुकको आवश्यकता संविधान निर्माण गर्नुपर्ने भएपनि दलहरू सत्ता राजनीतिमा केन्द्रित भएका कारण संविधान निर्माण नहुने हो की भन्ने आंशका वढेको उनले बताए।

उग्रवामपन्थी नै प्रमुख खतरा : प्रधानमन्त्री


अर्को पार्टीको क्रान्तिकारिता वकालत गर्ने प्रवृत्ति त्याग'
काठमाडौँ, भदौ २५ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले उग्रवामपन्थी क्रियाकलाप नै अहिले मुलुकको प्रमुख खतरा भएको बताएका छन् । एमालेका कार्यकर्तालाई दक्षिणपन्थी र उग्रवामपन्थी भड्काउबाट जोगाउन सक्नुपर्ने धारणा पनि उनले राखे।
लेखक तथा साहित्यकार अग्निशिखाको प्रथम स्मृति दिवसका अवसरमा नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा उनले अरु पार्टीका क्रियाकलाप क्रान्तिकारी भन्दै वकालत गर्ने प्रवृत्ति पनि त्याग्नुपर्ने बताए।
पार्टीभित्र देखापरेको गुट उपगुटले अग्निशिखाजस्ता इमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताको भावनामा चोट पुगेको भनाइ उनको थियो। अग्निशिखा कम्युनिस्ट आन्दोलनमा लागेकालाई बौद्धिक खुराक दिने साहसिक व्यक्तित्व भएको भनाइ नेपालको थियो।
त्यस अवसरमा विभागद्वारा प्रकाशित स्मृतिग्रन्थ 'अग्निशिखा' र अग्निशिखा एवम् विनु सुवेदीको संयुक्त लेखनमा प्रकाशित 'गणतन्त्र : विश्व अनुभव अनुभूति र नेपाल' नामक पुस्तकको नेपालले विमोचन गरेका थिए। जसमा अग्निशिखाको साहित्य, पत्रकारिता र साङ्गठानिक व्यक्तित्व तथा विश्व र नेपाल कम्युनिस्ट आन्दोलन विशेषताबारे लेख समेटिएका छन् ।
अग्निशिखाको यसअघि नै १२ कृति प्रकाशित छन् । उनी एमाले केन्द्रीय प्रचार विभागका सदस्य थिए।

Wednesday, September 9, 2009

आजको कार्टुन !

टेलिकमले माथिल्लो तामाकोशीमा १ अर्बको लगानी गर्ने


दिनेश कार्की, काठमाडौं, भदौ २४-

माथिल्लो तामाकोशी जलविद्यूत आयोजनामा नेपाल टेलिकमले ऋण लगानी गर्ने भएको छ। सवैभन्दा सस्तो आयोजनाको रुपमा पहिचान भएको तामाकोशीमा टेलिकमले १ अर्ब रूपैयाँ लगानी गर्ने सम्बन्धी पत्र नेपाल विद्यूत प्राधिकरणलाई पठाएको छ। टेलिकमले जलविद्यूत क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आएको थियो। टेलिकमसँग नाफामुलक क्षेत्रमा लगानीयोग्य रकम मात्रै २६ अर्ब ८ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ।

प्राधिकराणका कार्यकारी निर्देशक जिबेन्द्र झाले टेलिकमले लगानीका लागि तत्परता देखाएको बताए। झाले भने(...लगानीसम्बन्धी थप कूराहरु छिटै हूनेछन्।' प्राधिकरणका अर्का एक स्रोतका अनूसार टेलिकम तामाकोशीजस्तो आकर्षक आयोजनामा एकैचोटी ऋण सम्झौता गर्न चाहन्छ। लगानीका लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र प्राधिकरणले टेलिकमलाई केही समयदेखी आग्रह गर्दै आएका थिए।

यसअघि ऋण लगानीका लागि निजी बैंकहरुको सहवित्तियकरणले ६ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरिसकेका छन्। यसैगरी नागरिक लगानी कोषसँग २ अर्ब ऋण लिनका लागि सहमतिपत्रमा पनि हस्ताक्षर भइसकेको छ।

सम्झौताको लागि सहवित्तियकरण समुहले परियोजनाको वित्तिय र प्राविधिक अध्ययन(ड्यु डिलिजेन्स स्टडी) छ। आगामी तीन महिनासम्ममा अध्ययन पुरा गर्ने र त्यसको आधारमा प्राधिकरणसँग ऋण सम्झौता हूने सहवित्तियकरणको अगूवा बैंक हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक सम्शेर जबराले बताएका छन्।

सहवित्तियकरणको सम्झौताको आधारमा परियोजनामा कर्मचारी सन्चय कोषले १२ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ।

परियोजनामा ऋण सहयोगका लागि प्राधिकरणले नेपाली सेनाको सैनिक कल्याणकारी कोषलाइ पनि अनूरोध गर्दै पत्र पठाएको परियोजनाका निर्देशक मृगेन्द्रबहादूर श्रेष्ठले बताए। माथिल्लो तामाकोशीमा लगानी गर्न सेना सकारात्मक छ।' उनले भने(...हामी सेनाको थप प्रतिक्रियाको प्रतिक्षामा छौं।'

दोलखा जिल्लाको लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना आगामी सन २०१३ सम्ममा निर्माण पुरा गर्ने लक्ष्य प्राधिकरणको रहेको छ। परियोजनालाई निर्माण गर्न ३३ अर्ब रुपैयाँ लागत लाग्ने अनूमान गरिएको छ।

परियोजना व्यवस्थापनले निर्माण प्रकृयालाई अगाडि बढाउन सिभिल ठेक्का गरिसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेक्काको लागि केही दिन भित्रै बोलपत्र आब्हान गरिने कार्यकारी निर्देशक झाले बताए।

परियोजनामा अहिले पहुँच सडक बनाउन सिंगटी देखि लामाबगर सम्मको २८ दशमलव ५ किलोमिटर बाटो बनिरहेको पिरियोजनाका निर्देशक श्रेष्ठले बताए।


यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by