ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 6, 2009

डिफेन्स आर्मीका आरपी मैनाली पक्राउ


विराटनगर २१ भदौ (दैनिकी)सर्वाधिक खोजीमा रहेका नेपाल डिफेन्स आर्मीका अध्यक्ष आर.पी. मैनालीसहित उनका सहयोगीलाई प्रहरीले झापाको राजगढबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट गएको विशेष टोली र क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट गएको टोलीले मैनालीलाई हतियारसहित शरणामती नजिकको राजगढबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको विशेष कार्यदलले झापाको सरणामति गाविसस्थित भागीडुब्बाबाट शनिबार मैनालीलाइ पक्राउ गरेको हो।
त्यस्तै उनीसँगै अर्का कमाण्डर त्रिभुवन यादव भन्ने पुलिस विश्वासलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार ललितपुरको धोबिघाटस्थित एउटा चर्चमा विष्फोट गराइ ४ जनाको हत्या गरेकोदेखि विराटनगरमा मस्जिदमा आक्रमण गरी ३ जनाको हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको छ।
प्रहरी उपरीक्षक देबेन्द्र सुवेदीका अनुसार नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा पनि कही दिन अगाडि उनीहरुलेनै बम बिष्फोट गराएका थिए।
२०६३ सालदेखि हालसम्म मोरङमा मात्रै उनीहरुले ९ ओटा आक्रमणका घटना गरीसकेका छन्। त्यसमा ४ जनाको मृत्यु भएको छ।
काठमाडौंमा सय जना र मोरङमा ३ सयजनालाइ धम्कीपत्र पठाएर आतंक सिर्जना गरेको प्रहरीले जानकारी दिएको छ।
मोरङका प्रहरी उपरीक्षक सुवेदीले पक्राउ परेकालाई प्रचलित कानुनअनुसार कारवाही अगाडि बढाउने जानकारी दिए।
यसैबीच हिन्दू राज्यको माग गर्दै विराटनगरको विभिन्न स्थानमा बम बिष्फोट गराउने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले काठमाण्डौ घर भई भन्सार एजेन्ट नवरत्न जैनको कर्मचारीको रुपमा कार्यरत तथा निखिलज्योती योग आश्रमका प्रशिक्षक सुमन खरेललाई पक्राउ गरेको हो।
प्रहरी र सशस्त्र प्रहरीको विषेश टोलीले खरेललाई शनिबार दिउसो बिराटनगरबाट पक्राउ गरेको हो। प्रहरीले बिराटनगर मस्जिदमा बम बिष्फोट पगराउने कार्यमा उनकै संलग्नताको आशंका गरेको छ।
यस्तै सिराहामा तीन दिन अघि एक नावालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरुमा हनुमाननगर प्र.म. गाविस–३ का भुलाई कामती, उनका छोरा रमेश कामती र सोही गाविस वडा नम्बर ४ का पप्पु कामती रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबाार साँझ सो गाविस–४ निवासी १२ वर्षीय अर्जुन कामतीको हत्या भएको जनाउँदै सोको सोधपुछ र छानबिनका सिलसिलामा नियन्त्रणमा लिइएको जनाएको हो।
यसै गरी सिरहाको दुर्गापुर गाविसबाट हा हतियार राखेको आरोपमा शनिबार राती एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सो गाविस–३ स्थित भेलाहा गाउँका विन्देश्वर प्रसाद सिंह रहेका छन्।
त्यस्तै, उदयपुरको सुन्दरपुरस्थित राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा काँचो रुख काट्दै गरेका पाँच जनालाई सशस्त्र वन गस्ती टोलीले पक्राउ गरेको छ। सुन्दपुर–४ स्थित राष्ट्रिय वन क्षेत्रमा सालको काँचो रुख कटान गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो।
source:[http://dainikee.com/newsdetail-10074.html]
image source: Nagarik News

2 comments:

  1. Kamal ji,

    good blogging! keep it up!
    www.agricommercialization.blogspot.com
    www.agriculturewebresource.blogspot.com

    ReplyDelete
  2. Thanks Sujan,

    its not kamal, its kishor and suman.

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by