ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

यती र एभरेस्टबीच ई-टिकट सम्झौता





काठमाडौं, भदौ २२ -

एभरेस्ट बैंकका ग्राहकले इन्टरनेटमार्फत यती एयरलाइन्सको आन्तरिक टिकट खरिद गर्न सक्ने भएका छन् । यो सेवा सञ्चालन गर्न आइतबार सम्झौता भएको छ । सहमतिमा यतीका बिक्री तथा बजार निर्देशक प्रदीपविक्रम शाह र बैंकका नायब महाप्रबन्धक पिके शाहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एभरेस्ट बैंकमा इन्टरनेट बैंकिङको सुविधा लिएका खातावाला यात्रुले कम्प्युटरमा बुकिङ गरी ई-टिकट पाउने बताइएको छ । अहिले यतीको काठमाडौंबाट पोखरा, विराटनगर, भद्रपुर, भैरहवा र नेपालगन्जको टिकटमा यो सेवा उपलब्ध छ ।

'बैंकिङ प्रणालीबाट ई-टिकट लिने सुविधा नेपालै पहिलो हो,' यतीका शाहले भने, 'एजेन्ट केन्दि्रत अहिलेको सेवा बजारमा यसले उपभोक्तालाई धेरै सहयोग पुग्छ ।' उनका अनुसार हाल वाषिर्क ५ लाख यात्रुले यतीको सेवा लिने गरेका छन् ।

बैंकका अध्यक्ष बिके श्रेष्ठले नेपालका लागि नयाँ रहेको यस प्रविधिबाट सस्तो र घरमै बसेर टिकट पाउन सकिने बताए । 'अन्य विमान सेवा कम्पनीसँग पनि यो सेवाबारे सहमति भइरहेको छ,' उनले भने । कार्यक्रममा एभरेस्टका प्रमुख कार्यकारी अधिकृत आरके उमतले यो सहमतिपछि बैंकको सेवा एक कदम अगाडि बढेको बताए । 'अब एभरेस्टका खातावालाले एकाउन्ट खोलेर टिकट लिन सक्छन्,' उनले भने, 'अब हामी अन्तर्राष्ट्रिय र अन्य बाँकी एयरलाइन्ससँग पनि यो सेवाका लागि सम्झौता गर्ने तयारी गरिरहेका छौं ।' बैंकिङ ई-टिकट प्रणालीअन्तर्गत अहिले एकपटकमा ५ जनासम्मले टिकट बुकिङ गर्न सक्नेछन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by