ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

'सरकार अल्पमतमा परिसक्यो, माओवादी नेतृत्वको सरकार छिटै'


रुद्र खड्का नेपालगन्ज भदौ २३-

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अल्पमतमा परिसकेकाले चाँडै माओवादी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्। मंगलवार नेपालगन्ज विमानस्थलमा साचारकर्मीहरुसँग कुरा गर्दै दाहालले तत्कालिन प्रधानसेनापतिको विषयमा राष्ट्रपतिले चालेको कदम नसच्चिएसम्म संसद चल्न नदिने बताए।


राष्ट्रपतिले प्रधानसेनापतिको विषयमा गरेको कदममा विरुद्ध माओवादीले ल्याउन खोजेको संकल्प प्रस्ताव सविधान सभामा छलफल गर्न नदिनु नै यो सरकार अल्पमतमा परेको बलियो प्रमाण भएको उनले बताए । अन्य दलहरुले संकल्प प्रस्तावको साटो महाअभियोग प्रस्ताव ल्याउन माओवादीलाई दिइरहेको चुनौती बारे दाहालले दलहरुको सरासर बेइमानी गरिरहेको आरोप लगाए।


माओवादीको भेरी-कर्णाली राज्य समितिले वीरेन्द्रनगरमा आयोजना गरेका सभामा भाग लिई राजधानी फर्कने क्रममा मंगलवार नेपालगन्ज विमानस्थलमा अध्यक्ष दाहालले सञ्चारकर्मीहरुसँग केही समय कुरा गरेका थिए।


पुर्व प्रधानसेनापति रुकमाङ्गत कटवाललाई ुसामन्ती दलालुको आरोप लगाउँदै पुर्वप्रधानमन्त्री दाहालले कट्वालको उक्साहटमा कांग्रेस एमालेले राष्ट्रपतिलाई नभएको अधिकार प्रयोग गर्न लगाएर मुलुकमा अस्थिरता उत्पन्न गराएको आरोप पनि लगाए ।

माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार रहेर नै सेना समायोजन समितिमा पार्टीको प्रतिनिधित्व गराइएको उल्लेख गर्दै दाहालले राष्ट्रपतिको कदम सच्याउँन र राष्ट्रपतिको अधिकारबारे संविधान संसोधन गरे सहमति हुन सक्ने जानकारी दिए। तर कुन बुदाँमा संविधान संसोधन गर्नुपर्ने हो त्यसबोरमा उनले केही बताएनन् ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by