ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

संकल्प प्रस्ताव नभए संविधान संशोधनःदाहाल


नेपालगन्ज, भदौ २३ -

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आफ्नो पार्टी इमान्दार र लचिलो रहेको बताएका छन् । अबरुद्ध संसद खोल्न संकल्प प्रस्तावको विकल्पमा संविधान संशोधनबारे समेत छलफल भईरहेको उनले बताए ।

'गतिरोधको सदनबाटै समाधान खोजेका छौ'- अध्यक्ष दाहालले मंगलबार नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसंग भने,-'एक चरणको छलफल हुँदैछ ।' संविधान संशोधन गरी नागरिक सर्बोच्चतालाई व्याख्या गर्नेबारे मुख्य दलहरुबीच छलफल भएको उनले बताए । तर, संकल्प प्रस्तावमाथिको छलफल गतिरोध अन्त्य गर्ने सबैभन्दा राम्रो उपाय हुने दाहालले बताए । आफू अल्पमतमा पर्ने र सरकार ढल्ने डरले सत्तारुढ गठबन्धनले संकल्प प्रस्तावमाथि छलफल गर्न नचाहेको उनले दोहोर्‍याए ।

एकीकृत माओवादी नयाँ संविधान र शान्ति प्रक्रियाप्रति लचिलो रहे पनि सरकारले बेवास्ता गरेको पनि माओवादी अध्यक्षले आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले संविधानसभाको कार्यतालिका, समितिहरु गठन र शान्तिप्रक्रियालाई गति दिएपनि अहिले रोकिएको उनको दाबी छ । सरकारको आलोचना गर्दै उनले भने,-'न यो बैधानिक छ, न राम्ररी चलेको छ । ढिलो-चाँडो जनताले चाहेको सरकार बन्छ ।' सुर्खेतमा कार्यकर्ता प्रशिक्षण सकेर आएका अध्यक्षसहितका माओवादी नेताहरु मंगलवारै काठमाण्डौ फर्केका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by