ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 9, 2009

शान्तिका लागि नयाँ बृहत्तर मोर्चा बनाउने प्रचण्डको उद्घोष


गणेशकञ्चन भारती/नयाँ पत्रिका

भदौ २३, सुर्खेत

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियालाई स्थायित्व दिन दलहरूसँग नयाँ बृहत्तर समझदारीको पहल सुरु गर्ने उद्घोष गरेका छन् ।

जनतामा वर्तमान सरकारले शान्तिप्रक्रियालाई स्थायित्व दिने विश्वास नरहेको दाबी गर्दै प्रचण्डले जनताले अपेक्षा गरेका मान्छेहरूकै नयाँ सरकार बन्ने भविष्यवाणी पनि गरे । 'अहिले उल्टो गंगा बगेको छ,' प्रचण्डले भने, 'जनताले यसलाई सधैँ उल्टै बगिरहन दिँदैनन् ।' मंगलबार बिहान काठमाडौं र्फकनुअघि वीरेन्द्रनगरमा उद्योगी, व्यापारी, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी, शिक्षक, कर्मचारी र विभिन्न संघसंस्थाका प्रतिनिधिसँगको भेटमा प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

सो अवसरमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेत र नागरिक सचेतना समाज सुर्खेतले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा संघीय राज्यको सदरमुकाम सुर्खेतलाई बनाउनुपर्ने, सुर्खेत-दैलेख, जाजरकोट-जुम्ला सडकखण्ड कालोपत्रे गर्नुपर्ने, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमै राखिनुपर्नेलगायत माग छन् ।

अध्यक्ष प्रचण्डलाई हेर्न वीरेन्द्रनगर बजारमा सर्वसाधारणको भीड लागेको थियो ।

यसैबीच, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्य गर्न संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले संविधान सच्याए गतिरोध अन्त्य भई मुलुकले गति लिने दाबी गरे । उनले त्यसका लागि राजनीतिक दलसँग छलफल सुरु गर्ने बताए ।

सुर्खेतमा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गरी काठमाडौं फर्किने क्रममा मंगलबार राँझा विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले भने, 'गतिरोधको निकास संविधान संशोधन नै हो ।'

उनले सरकारमा सहभागी दलले राष्ट्रपति कदमविरुद्वको संकल्प प्रस्तावमा छलफल गर्न नदिएको आरोप लगाए । 'गतिरोध अन्त्यको निकास सदनभित्रै खोजिनुपर्‍थ्यो । तर, संकल्प प्रस्तावमा समेत 5mलफल गर्न दिइएन,' उनले भने, 'राष्ट्रपतिको कदम जसरी पनि सच्चिनुपर्छ ।'

प्रचण्डले संविधान संशोधन गरेर सबैखाले गतिरोधको निकास खोजिने जानकारी दिए । त्यसका लागि आफूहरू लचिलो बनेको उनको भनाइ थियो ।

सरकार अल्पमतमा परेकै कारण संकल्प प्रस्तावमा छलफल गर्न नदिएको प्रचण्डले दाबी गरे

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by