ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

कोइराला निवासबाट रित्तो हात फर्के प्रधानमन्त्री

काठमाडौं, २२ भदौ प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता साझेदार कांग्रेससँग चिसिएको सम्बन्धबारे नेपाली काग्रेसका सभापति गिरीजाप्रसाद कोइरालासँग संवाद गर्न गरेको प्रयास विफल भएको छ ।
नयाँ मन्त्रीहरुको सपथ ग्रहणदेखि सरकारको सय दिने समीक्षा सार्वजनिक गर्ने कार्यक्रममा समेत कांग्रेसका मन्त्रीहरु सहभागी नभएपछि यसबारे छलफल गर्न प्रम नेपाल कोइराला निवास महाराजगञ्ज पुगे पनि कुनै छलफल हुन नसकेको स्रोतले बतायो ।
वर्तमान सरकारका डिजाइनकार मानिने कोइराला आफ्नी छोरीलाई उपप्रधानमन्त्री नबनाइएको, राजदूत नियुक्ति तथा सरकार विस्तार गर्दा आफूसँग कुनै छलफल नगरिएकोलगायतका विषयमा प्रम नेपालसँग असन्तुष्ट रहँदै आएका छन ।
तर अस्वस्थ भएर आफ्नै निवासमा आराम गरिरहेका कोइरालाले कुनै कुराकानी गर्न अस्वीकार गरेका छन ।
करिब १० मिनेट निवासको तल्लो तलामा बिताउँदा पनि कोइराला नओर्लिएपछि प्रधानमन्त्री नेपाल फर्केका थिए ।

प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

तर, पूर्वप्रधानमन्त्री कोइरालाको स्वास्थ्य ठीक नभएका कारण प्रधानमन्त्री नेपालले स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकारले जनाएका छन ।
'तपाईं आराम गर्नुहोस्, सञ्चो भएपछि कुराकानी गरौँला'- प्रधानमन्त्री नेपालले कोइरालालाई भनेको उनका प्रेस सल्लाहकार विष्णु रिजालले पठाएको प्रेस नोटमा उल्लेख छ ।
भेटमा कोइरालाको रगतमा हेमोग्लोबिन घटेका कारण समस्या आएको जानकारी प्रधानमन्त्री नेपाललाई दिइएको थियो ।
प्रधानमन्त्री नेपाल पुग्नासाथ पूर्वप्रधानमन्त्री कोइरालाले आफू सुतेको ओछ्यानबाट उठ्ने प्रयास गरे पनि उनले निकै कष्ट महसुस गरेको देखेपछि प्रधानमन्त्री नेपालले 'भयो-भयो' भन्दै नउठ्न आग्रह गरेको प्रेस नोटमा उल्लेख छ । त्यसपछि प्रधानमन्त्री नेपाल पूर्वप्रधानमन्त्री कोइरालाको निवास महाराजगन्जबाट फर्किएका हुन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by