ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 8, 2009

घट्यो टेलिफोन आइएसडी महसुल


नयाँ पत्रिका

काठमाडौं, २२ भदौ

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल (आइएसडी) को महसुल दर घटाएको छ । १ असोजदेखि लागू हुने गरी टेलिकमले आइएसटिडी महसुल दर कटौती गरेको हो ।

एक्सेस कोड १४२५ र १४४५ प्रयोगमार्फत गरिने बजेट कलको महसुल हाल प्रतिमिनेट २५ रहेकामा समूहअनुसार प्रतिमिनेट १७ रुपैयाँसम्म कटौती गरेको टेलिकमले जनाएको छ । अब उपभोक्ताले अमेरिका, क्यानडा, मलेसिया, चीन, सिंगापुर र हङकङ फोन गर्दा प्रतिमिनेट ८ रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी जापान, दक्षिण कोरिया र थाइल्यान्डको प्रतिमिनेट १२, साउदी अरब, युएई, कतार, बहराइन, इजरायल र अष्ट्रेलियाको प्रतिमिनेट २० तथा अन्य मुलुकको प्रतिमिनेट २४ रुपैयाँ महसुल तोकिएको टेलिकमले जनाएको छ । भारतबाहेकका सार्क मुलुक र एक्स्सेस कोड ०० भएका मुलुकमा बजेटकल सुविधा छैन ।

टेलिकमले भारतका लागि भने बजेटकल व्यवस्था गरी प्रतिमिनेट ६ रुपैयाँ महसुल तोकेको छ । यसैगरी एक्सेस कोड ०० मार्फत हुने अन्तर्राष्ट्रिय कल महसुल दर पनि घटाइएको छ । सार्क मुलुकमध्ये भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको महसुल दर चौबीसै घन्टा १२ रुपैयाँ बनाइएको छ । हाल ती मुलुकमा बिहान ६ देखि राति ८ बजेसम्मको प्रतिमिनेट २० रुपैयाँबाट र राति ८ देखि बिहान ६ बजेसम्म प्रतिमिनेट १५ रुपैयाँ महसुल रहेको छ ।

सार्क मुलुकमध्येकै मालदिभ्स र भुटानका लागि भने उपभोक्ताले प्रतिमिनेट १५ र अफगानिस्तानका लागि प्रतिमिनेट २४ रुपैयाँ तिर्नुपर्ने छ । बजेट कल प्रयोग नगरी अन्य मुलुकमा कल गर्दा भने प्रतिमिनेट ३० रुपैया तिर्नुपर्ने छ । यसअघि ती मुलुकमा कल गर्दा प्रतिमिनेट ५० तिर्नुपथ्र्यो ।

यसैगरी पि्रपेड कलिङ कार्डमार्फत एक्सेस कोड १४२४ प्रयोग गरी गरिने अन्तर्राष्ट्रिय कलमा पनि टेलिकमले कटौती गरेको छ । कलिङ कार्डमार्फत गरिएको कलमा उपभोक्ताले अमेरिका तथा क्यानडामा प्रतिमिनेट ४ रुपैयाँमा कुरा गर्न पाउनेछन् । यसअघि ती मुलुकमा प्रतिमिनेट ६ रुपैयाँ लाग्ने गथ्र्यो । यसैगरी भारत, चीन, सिंगापुर, हङकङ र थाइल्यान्डमा हाल प्रतिमिनेट ८ रुपैयाँ लाग्ने गरेकामा घटाएर ५ रुपैयाँ बनाइएको छ । मलेसिया र दक्षिण कोरियामा कल गर्दा हाल प्रतिमिनेट ८ रुपैयाँ तिरिरहेका उपभोक्ताले अब भने ६ रुपैयाँ मात्र तिरे पुग्नेछ । बंगलादेश, पाकिस्तान र ताइवानमा हाल कायम प्रतिमिनेट ८ रुपैयाँ महसुल दर भने टेलिकमले घटाएको छैन ।

टेलिकमले भारतमा हुने ट्रान्सबोर्डर कलको प्रतिमिनेट ५ रुपैयाँ घटाएर ३ रुपैया बनाएको छ भने स्याटलाइट फोनमा हुने कल महसुल दर भने प्रतिमिनेट २ सय ४० रुपैयाँ तोकेको छ । जिएसएम मोबाइलबाट अन्तर्राष्ट्रिय कल गर्दा भने तोकिएको महसुलमा एयर टाइम चार्ज लाग्नेछ । टेलिकमले सार्वजनिक गरेको परिमार्जित महसुलमा कर समावेश नभएको कम्पनीले जनाएको छ ।

अन्य मुलुकको महसुलमा कटौती गरेको टेलिकमले १३ मुलुकको महसुल दर बढाएको छ । प्रतिमिनेट ५० रुपैयाँमा कल गर्न सकिने ती मुलुकको महसुल वृद्धि गरी प्रतिमिनेट ८० पुर्‍याइएको छ । टेलिकमले उत्तर कोरिया, पपुवान्युगिनी, पूर्वी टिमोर, क्युबा, सोमालिया, अन्टार्टिकालगायत मुलुकको महसुल वृद्धि गरेको हो ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by