ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

सेवासुविधा कटौतीप्रति सत्तारुढ मधेसी दलको विरोध

काठमाडौं , भदौ २३ - सत्तारुढ मधेसवादी दलहरुले पद निष्कृय रहेका उपराष्ट्रपति परमानन्द झाको सेवा सुविधा कटौती गर्ने सरकारको कदमको विरोध गरेका छन् । सोमबार सिहदरबारमा बसेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक र सदभावना पार्टीका शिर्ष नेताहरुको बैठकले उपराष्ट्रपतिको सेवासुविधा कटौती गरेर सरकारले अपमानजनक व्यहार देखाएको भन्दै खेद जनाएको छ ।

उनीहरुले राष्ट्रपतिको सेवासुविधा कटौतीको विरोध गरे पनि वर्तमान गठबन्धनमा भने कुनै असर नपर्ने बताएका छन् । सपथ प्रकरणको समस्यासमाधन गर्नका लागि संविधान संशोधन गरेर निकाल्ने भन्दै त्यसका लागि माओवादी लगायतका दलसँग आग्रह गर्ने उनीहरुले निष्कर्ष निकालेका छन् ।

सरकारले ल्याएको विशेष सुरक्षा नीतिले मधेसी जनतामाथि दुरुपयोग हुन सक्ने भन्दै त्यसप्रति सरकारको ध्यानकर्षण गराउने उनीहरुले निर्णय गरेका छन् । पशुपतिनाथका पुजारीमाथि भएको आक्रमणको विरोध गर्दै उनीहरुले धार्मिक सदभाव विग्रन नदिन सबैसँग सचेत रहन आग्रह गरेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by