ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

आजको कार्टून !


बेचिएको दस वर्षपछि नेपाल फर्किए

कपिलवस्तु(नागरिक)- 

भारतमा बेचिएका एक नेपाली बालक १० वर्षपछि सकुशल आफ्नो देश फर्किन सफल भएका छन्। नौ वर्षको उमेरमा भारतको दिल्लीमा बेचिएका अमर शाह भागेर नेपाल आइपुगेका हुन्। धनुषा जिल्ला सुगामधुकरी गाविस-२ कपिलेश्वरका उनलाई त्यहीका मुन्ना भन्ने मुनिफ नदाफले ललाइफकाई २०५७ असोजमा भारतको दिल्ली पुर्‍याएका थिए। आफूलाई दिल्लीको चन्दननगरस्थित एक प्रेस फ्याक्ट्रीमा लगेर बेचेको पीडितले बताए। आफूले उक्त फ्याक्ट्रीमा काम गर्दा नौ वर्षसम्म घामको मुखसमेत देख्न नपाएको उनले पीडा सुनाए। "फ्याक्ट्री मालिकले रु. २० दिएर चुरोट किन्न पठाएको थियो त्यही मौका छोपेर म भागेँ।"- उनले भने।

'एक हप्तामै निको हुन्छ स्वाइनफ्लु’

काठमाडौं(नयापत्रिका)

स्वाइनफ्लु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक ४० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । तर, सामान्यतया रोग पहिचान हुनुअघि नै निको हुने गरेको चिकित्सक बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्छ । एक हप्तासम्ममा बिरामी निको भइसक्ने प्रयोगशालाकी निमित्त निर्देशक डा.गीता शाक्यले नयाँ पत्रिकालाई बताइन् । 'प्रारम्भिक रिपोर्ट आउन कम्तीमा पनि तीन/चार दिन लाग्छ,' शाक्यले भनिन्, 'दोस्रोपटक कन्र्फम गर्दा एक हप्ता पुग्छ ।' स्वाइनफ्लुको शंका लागेका बिरामीलाई चिकित्सकले पहिले नै ट्यामीफ्लु चलाउने हुँदा एक हप्तासम्म बिरामी निको भइसक्ने गरेको उनको भनाइ छ ।

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग छलफल

बिहानैदेखि भेटघाटमा व्यस्त
काठमाडौं (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले बजेट पारित गराउने उपायकाबारेमा बिहान केही मन्त्रीहरुसँग छलफल गर्नु भएको छ । उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री बिजयकुमार गक्षेदार, अर्थमन्त्री सुरेन्द्र पाण्डे र शान्ति तथा पर्ुननिर्माणमन्त्री रकम चेम्जोङ छलफलका लागि बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । भेटमा संसदको गतिरोध अन्त्य गरि बजेट पारित गर्ने र बजेट पारित नभएर उत्पन्न समस्याको बारेमा छलफल भएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ । यसगरि बिहानै प्रधानमन्त्रीले युरोपियन युनियनका पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमै भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र शान्ति प्रकृयाका विषयमा छलफल भएको छ ।

किन बदनाम छ तातोपानी ?

सुजित महत/खुमानसिंह तामाङ/ काभ्रे (कान्तिपुर)-
झोला र पोकामा सामान ओसार्नेहरूले ठूलो परिमाणमा चोरी पैठारी गर्ने गरेका छन् । झोले, पोके भनिने ससानो परिमाणमा सामान ओसार्नेको संख्या हजारमा छ । झोले पोकेले भोटेकोसीमा तुइनको प्रयोग गरेर पनि चोरी पैठारी गर्छन् । 

मुलुकका अरू भन्सार नाकाभन्दा तातोपानी फरक छ । केही अघिसम्म तातोपानीबाट वस्तु विनिमय प्रणालीमार्फत द्विपक्षीय व्यापार हुन्थ्यो । राजस्व चुहावट बढी हुने भएकाले तातोपानी भन्सार सबैभन्दा बदनाम छ ।

कोइराला फर्केपछि कुरा मिल्छ

काठमाडौं(नयापत्रिका)


सिंगापुरमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको राजनीतिक छलफलका साक्षी माओवादी नेता कृष्णबहादुर महराले राजनीतिक समस्या समाधान हुन अरू दुई/चार दिन लाग्न सक्ने बताएका छन् । कोइराला स्वदेश फर्केपछि समस्या समाधान हुने विश्वाससमेत व्यक्त गर्छन् नेता महरा ।

चर्चित तस्कर राजकुमार अब एमालेको नेता बन्ने

वीरगंज(दैनिकी)

राजनीति पार्टीको संरक्षणमा वर्षौवर्षदेखि व्यापकरूपमा तस्करी धन्दा संचालन गर्दै आएका वीरगंजका चर्चित तस्कर राजकुमार गुप्ताले पर्साको क्षेत्र नं. ३ बाट नेकपा एमाले पार्टीको क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बुझिन आएको छ। विगत लामो समयदेखि सर्लाहीको बरहथवा एवं पर्साको वीरगंजबाट खाद, चिनी, स्टीलका भाडा, कपडाको तस्करीमा सक्रिय रहेका तस्कर गुप्तामा नेता बनेर तस्करी गर्ने रहर पलाएको उनका निकट सूत्रबाट खुलेको छ।  नेकपा एमाले पार्टी निकट रहेका तस्कर गुप्ता सो पार्टीका केही स्थानीय र उच्च पदस्थ नेताहरूको सहयोगमा क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिंदा आफ्नो तस्करी कार्य सफल हुने विश्वास लिएकाले नै गुप्ताले सो उम्मेदवारी दिने भएका हुन्। राजस्व विभागको लिस्टमा १ नम्बर ‘राजस्वमारा’ को नाम दर्ज गराइ सकेका गुप्ताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने हल्लाबाट नेकपा एमाले पार्टीको छविमा समेत प्रभाव पार्न सक्ने अवस्था रहेको बताइंदैछ। 

सिङ्गापुर र हस्तिनापुरमा कुरा गरेर हुँदैन : खनाल

अजित तिवारी, विराटनगर- 

सत्तारुढ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सिङ्गापुर र हस्तिनापुरमा वार्ता गर्दैमा समस्या समाधान नहुने बताएका छन्। नेपालीहरु आफ्नो समस्या आफ्नै भूमिमा समाधान गर्न सक्षम रहेको दाबी गर्दै उनले भने- ‘सिङ्गापुर र हस्तिनापुरमा हुने वार्ताले समस्या सुल्झाउन सक्दैन।’ शनिबार विराटनगर आइपुगेका एमाले अध्यक्ष खनालले विमानस्थलमा सञ्चारकर्मीसित भने- विदेशमा गएर समस्या समाधान हुँदैन भनेर माओवादीले बुझ्नुपर्छ। उपचारको क्रममा सिङ्गापुरमा रहेका कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालासित केही दिनअघि त्यहीँ पुगेर एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुराकानी गरेका थिए। सिङ्गापुरबाट दाहाल फर्किएपछि यसअघि अवरुद्ध गतिरोध अन्त्यका लागि वार्ता सुचारु भएको छ। ‘मुलुकको राजनीतिक गतिरोध दुई/तीन दिनभित्रैमा समाधान हुनेछ’, एमाले अध्यक्ष खनालले भने- ‘गतिरोध अन्त्यका लागि मुख्य तीन दल माओवादी, कङ्ग्रेस र एमालेबीच गम्भीर छलफल भइरहेको छ।’

Friday, November 20, 2009

आजको कार्टून !


तिलगंगादेखि सिनामंगलसम्म साइकलमार्ग


शिला पाण्डे/काठमाडौ(कान्तिपुर)- 

साइकल यात्रीले आगामी माघदेखि सिनामंगलदेखि तीलगंगासम्म छुट्टै साइकल मार्ग प्रयोग गर्न पाउने भएका छन् । छोटो दूरी भए पनि सर्वसाधारणले साइक्लिङको मज्जा लिन पाउने पर्यटन पूर्वाधार विकास आयोजनाका प्रमुख रवि शाहले बताए । बन्दै गरेको साइकिलिङ लेनको दूरी १ हजार ८ सय मिटर छ ।  'नेपाल आउने पर्यटकलाई आकषिर्त गर्न निर्माणको काम थालिएको हो,' शाहले भने, 'यसको काम करिब ६० प्रतिशत पूरा भइसकेको छ ।'

किङफिसर र फ्लाई दुबईले नेपाल उडान गर्ने

काठमाडौ(कान्तिपुर)- 
अन्तर्राष्ट्रिय दुई एयरलाइन्सले नेपालमा उडान गर्नका लागि आवेदन दिएका छन् । तिनमा भारतको किङफिसरले मुम्बईबाट र फ्लाई दुबईले दुबई-काठमाडौं सीधा उडान गर्न आवेदन दिएका हुन् । सरकारद्वारा अनुमति दिने प्रक्रिया अन्तिम चरणमा रहेको पर्यटन बोर्डको ११ औं वाषिर्कोत्सवमा पर्यटनसचिव नगेन्द्र घिमिरेले बताए । यसअघि मुम्बई-काठमाडौं उडानका लागि भारतीय कम्पनी जेट एयरवेजले अनुमति पाएको थियो । पर्यटन वर्षलाई सफल बनाउन सीधा अन्तर्राष्ट्रिय उडान संख्या थप गरिएको सचिव घिमिरेले बताए । तर आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या थप हुँदै गर्दा विमानस्थलको क्षमता भने साघुँरिदै गएको छ । 'यसको सुधारका लागि विमानस्थल व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिरहेका छौं,' उनले भने ।
डडेलधुरा(कान्तिपुर)- 

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुलुक सरकारविहीन अवस्थामा रहेको टिप्पणी गरेका छन् । डडेलधुरामा शुक्रबार बिहान संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले वर्तमान सरकार सिंहदरवारमा मात्र सीमित रहेकाले सरकार हुनु र नहुनुको कुनै अर्थ नभएको बताए । मुलुकको सवैभन्दा ठूलो दल सरकार बाहिर रहेर नयाँ संविधान बन्न नसक्ने जिकिर गर्दै उनले तत्काल माओवादीसहितको राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोड दिए । एमालेलाई माओवादीमा मिलाउन लागेको आरोपको खण्डन गर्दै गौतमले आफू मुलुकका सवै कम्युनिष्टलाई एक ठाँउमा ल्याउन लागि परेको स्पष्ट पारे ।

सचिवहरू पनि महँगा गाडीमा


विकास थापा/काठमाडौ(कान्तिपुर)- 
सम्बद्ध मन्त्रालयका छुट्टाछुट्टै स्रोतहरूले दिएको जानकारीअनुसार दुई वा दुईभन्दा बढी गाडी देखाएर वा लुकाएर राख्ने सचिवहरूको संख्या ८० प्रतिशतभन्दा बढी छ । सरकारले सुविधास्वरूप दिएको गाडी उनीहरूले लुकाएर पारिवारिक प्रयोजनका लागि उपलब्ध गराएका छन् । यसको मर्मत, तेल र मोबिल सम्बद्ध मन्त्रालयले बेहोर्ने गर्छ । 

पोखिए दसगजाका/ नेपाल भारत सिमा विवाद बारे फिल्म अन्तर्राष्ट्रियस्तरमै प्रदर्शन


नया पत्रिका-
नायक निर्माता नवल खड्काले दसगजा फिल्म छायांकनका क्रममा भारतीय पुलिस र एजेन्टहरूले गरेका षड्यन्त्र, अवरोध र दबाबका कारण भोग्नुपरेका समस्या सञ्चारकर्मीमाझ राखेका छन् । दसगजाको सुटिङ सिद्धिएको जनाउन तथा सीमा क्षेत्रमा सुटिङ गर्दा आफूहरूमाथि भारतीयले गरेको हेपाहा व्यवहारको भन्डाफोर गर्न बिहीबार राजधानीमा आयोजित दसगजा इन्डक्ल्याप समारोहमा निर्माता नवलले आफ्नो फिल्ममा राष्ट्रिय समस्या उठाइएकाले कुनै शक्तिसँग पनि नझुकी दसगजालाई अन्तर्राष्ट्रियस्तरमै प्रदर्शन गरेर पीडित नेपालीको पीडा उजागर गर्ने अडान दोहोर्‍याए । उनले भने, 'दसगजामा पीडित नेपालीको समस्या उठाएका छौँ । आफ्नो भूमिमा पनि पराई भई बाँच्नुपरेका जनताको न्यायका लागि निर्माण गरेको फिल्म भएकाले यसमा सम्पूर्ण देशप्रेमीले साथ दिनुपर्छ ।'


गोर्खाल्यान्ड आन्दोलन नयाँ चरणमा



२१ डिसेम्वर अगाडि नै प्रस्तावित छैटौं अनुसुचि र दागोपाप भङ्ग गर्ने मोर्चाको तयारी।

सञ्जीव चापागाई,झापा(दैनिकी)

छुट्टै राज्य गोर्खालेण्डको माग गर्दै भारतको पश्चिम बंगालमा आन्दोलनरत् गोर्खा जन मुक्ति मोर्चा २१ डिसेम्वर अगाडि नै चरम विवादित प्रस्तावित छैटौं अनुसुचि र दार्जिलिङ्ग गोर्खा पावर्त्य परिषद दागोपाप लाइ औपचारिक रुपमा रद्द गर्ने तयारीमा जुटेको छ।

जनताका आवाज बन्द नगर्न सभामुखको आग्रह।

इलाम(दैनिकी)
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरोधले बजेट रोकिइ मुलुक नै ठप्प हुन लागेको भन्दै सदन अवरुद्व गरेर जनताका आवाज बन्द नगर्न एकीकृत नेकपा (माओवादी)लाई आग्रह गर्नुभएको छ। नेम्वाङले छिटो सहमतिमा पुगी बजेट पारित गर्न आग्रह गर्नुभयो। 'बजेट सबैको सरोकारको विषय हो, बजेट रोकिए मुलुक चल्दैन', आज इलामको मंगलबारेस्थित बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गर्दै नेम्वाङले भन्नुभयो, 'संसारका कुनै पनि मुलुकमा बजेट रोकिएको छैन, रोक्नु हुँदैन पनि।' दलहरु छलफलमा रहेकोले दुई/तीन दिनभित्रै सहमति जुट्ने आशा सभामुखको छ।

स्वाइन फ्लु रोग होइन, डर हो


दीपक दाहाल,काठमाडौं(कान्तिपुर)-
सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउँदैमा स्वाइनफ्लु हुने होइन। यस्ता लक्षण स्वाइनका हुन् कि होइनन् भनेर थाहा पाउन न अस्पताल नै जानुपर्छ, न प्रयोगशालामा परीक्षण नै गर्नुपर्छ। रुघाखोकीका सामान्य लक्षणमा अस्पताल जानुभन्दा घरैमा बसेर कम्तीमा एक साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका उपनिर्देशक डा.जितेन्द्रमान श्रेष्ठले भने, 'समुदायमा फैलिएको अवस्थामा स्वाइनफ्लु संक्रमण स्वभाविक हो, आत्तिहाल्नु पर्दैन।'

Thursday, November 19, 2009

आजको कार्टून !


चिनियाँ प्रतिनिधिमण्डल आउने

काठमाडौ(कांतिपुर)- 
तिब्बतका एक्ज्युकेटिभ डेपुटी चेयरम्यान हाओ पेङको नेतृत्वमा एक चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । परराष्ट्र स्रोतका अनुसार मंसिर ९ देखि १३ सम्मको भ्रमणमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, गृहमन्त्री भीम रावल र ठूला दलका प्रमुख नेताहरूलाई भेट्न चाहेका छन् । 'भेटघाटको समय भने भइसकेको छैन,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'बिहीबारसम्म समय तय हुनसक्छ ।' भेटघाटको एजेन्डाबारे परराष्ट्र मन्त्रालयले पूर्ण विवरण पाइसकेको छैन । भ्रमण टोलीमा १० जनाको नाम दिइए पनि त्यसमा हेरफेर हुन सक्नेछ ।

राज्यमन्त्री बेगमलाई कारवाही गर्न दुई दिने अल्टिमेटम

काठमाडौ(कांतिपुर)-
सीडीयो कुटने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई दुई दिन भित्र कारवाही नगरे मुलुकभरका सरकारी निकाय ठप्प पार्ने कर्मचारी संघ संगठनले चेतावनी दिएको छ । राज्यमन्त्री बेगमले गतसाता पर्साको तात्कालिन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई गाडीको विषयलाई लिएर कुटपिट गरेकी थिइन । उक्त घटनापछि राज्यमन्त्रीलाई कारवाहीको माग गर्दै कर्मचारीहरु आन्दोलन गर्दै आएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले मन्त्री उपर कारवाही नभए आइतबार बाट कामकाज ठप्प पारिने बताए । प्रधानमन्त्रीको निर्देशनमा राज्यमान्त्री बेगमले घटनाप्रति दुःखव्यक्त गर्दै वक्तव्य निकालेकी थिइन ।

प्रधानमन्त्रीद्वारा करिमासँग सोधपुछ/ सरकारले सहिदको परिभाषा खोज्ने

काठमाडौ(कांतिपुर)- 
प्रधानमन्त्री माधवकुमार नेपालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी माथि हातपात गरेको सम्बन्धमा कृषि राज्यमन्त्री करिमा वेगमलाई सोधपुछ गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री नेपालले सोधपुछ गरेको सूचना तथा संचारमन्त्री शंकर पोखरेलले जानकारी दिए । केही दिन अघि मन्त्री वेगमले प्रजिअ भण्डारीलाई पूरानो गाडी उपलब्ध गराएको भन्दै उनकै कार्यकक्ष पर्सामा हातपात गरेकी थिइन् । बैठकले सहिदको परिभाषा निर्धारण गर्न पूर्वमन्त्री मोदनाथ प्रश्रतिको नेतृत्वमा कार्यदल गठन गरेको छ । कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

संवेदनशीलता बुझिदिन प्रधानमन्त्रीद्वारा अनमिन प्रमुखलाई आग्रह


काठमाडौ(कांतिपुर)- 
प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रसंघीय नियोग अनमिन प्रमुख करिन लेनग्रेनबीच बिहीबार बिहान भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने घण्टा भएको भेटमा नेपालको शान्तिप्रकृया, अनमिनको आगामी माघमा सकिने अनमिनको कार्यवधीलगायतका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए । भेटमा प्रधानमन्त्री नेपालले नेपाल सम्बन्धी विवादास्पद राष्ट्रसंघीय प्रतिवेदनका बिषयमा चासो व्यक्त गरेका थिए । 'कुनै पनि स्वतन्त्र संस्थाले नेपालको संवेदनशीलतालाई बुझेर अभिव्यक्ति दिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै रिजालले भने ।

एसएमजी र पेस्तोलसहित ५ पक्राउ

बधेशकुमार झा/इनरुवा(कांतिपुर)- 
सुनसरी जिल्लामा आपराधिक गतिविधि गर्दै आएका पाचजना भारी परिमाणमा हतियार सहित पक्राउ परेका छन् । नेपाल प्रहरीले भारतीय प्रहरीसित समन्वय गरी सञ्चालन गरेको अप्रेसन अन्तरगत चारजना नेपालमा र एकजना सुनसरीसित सिमा जोडिएको भारतीय वजार बिरपुरमा पक्राउ परेका हुन् ।  सुनसरी प्रहरीले लामो समय देखी थालेको अप्रेसन पछि बिगत दुई दिन यता नेपालमा पक्राउ परेका चारजनालाई बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । नेपाली क्षेत्रअन्तरगत भारतसित सिमा जोडिएको सुनसरीको हरिपुरबाट पक्राउ पर्नेहरुमा सुनसरी देवानगञ्ज ४ का २३ बर्षीय भगत सिह भनिने सन्तोषकुमार मेहता , कप्तानगञ्ज ५ का २० बर्षीय सन्तोष गुप्ता भनिने सन्तोषकुमार मेहता , सोही ठाउ बस्ने २१ बर्षीय बद्री मेहता र बसन्तपुर ६का कैलु भनिने ३२ बर्षीय भगतनारायण मेहता रहेको सुनसरीका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

अर्गानिक खेतीमा किसान आकषिर्त

काभ्रे (नयाँ पत्रिका)
रासायनिक मल र विषादीका कारण माटोको अम्लीयपन बढ्दै गएपछि काभ्रेका किसान अर्गानिक खेतीमा आकषिर्त हुन थालेका छन् । कतिपय किसानले कृषि विकास कार्यालयको सहयोगमा अर्गानिक खेती सुरु गरेका छन् भने केहीले व्यक्तिगत अर्गानिक खेती गरिरहेका छन् । मुलुकमै सबैभन्दा बढी रासायनिक मल र विषादी प्रयोग गर्नेमा काभ्रे अग्रपंक्तिमा पर्दछ । दैनिक लाखौं रुपैयाँको तरकारी भित्रने काभ्रेका तरकारी खेती हुने एक दर्जनभन्दा बढी गाविसको माटो रासायनिक मल र विषादीका कारण बिगि्रसकेको छ । रासायनिक मल र विषादीको बढी प्रयोगले पछिल्लो समय तरकारी तथा खाद्यान्न उत्पादन घटेपछि किसान अर्गानिक खेतीमा आकषिर्त भएका हुन् ।

सरकार ढल्दैन : सुजाता

माओवादीसहित उच्चस्तरीय संयन्त्र बन्ने
काठमाडौं(नागरिक)- 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै नयाँ सरकार गठन हुने दाबी गरिरहेका बेला उपप्रधानमन्त्री सुजाता कोइरालाले भने यो सरकार यथावत् रहने बताएकी छिन्। सरकार परिवर्तनबारे दाहालको गिरिजाप्रसाद कोइरालासँग कुनै कुरै नभएको भन्दै उनले थपिन्- अब यो सरकार झन् बलियो हुनेछ।  एभी न्युज टेलिभिजनलाई कोइरालाको उपचार भइरहेको अस्पतालमै सुजाताले दिएको अन्तर्वार्तामा भनेकी छन्- गिरिजाबाबु र दाहालबीच सरकार ढाल्नेबारे नभई उच्चस्तरीय संयन्त्र गठनबारे मात्र कुरा भएको हो । 'यस्तो संयन्त्र बनाउने र त्यसमा माओवादी नेताहरु पनि बस्ने सहमति भएको छ', सुजाताले भनिन्- सबै समस्याको निकास यही संयन्त्रले दिनेमा दुवै सहमत भएका हुन।

Wednesday, November 18, 2009

आजको कार्टून !


भ्रष्टाचारमा नेपालको नयाँ कीर्तिमान


गत वर्षभन्दा २२ स्थान तल झर्‍यो नेपाल, दक्षिण एसियामा अब अफगानिस्तानभन्दा मात्र राम्रो
नयाँ पत्रिका/ काठमाडौं

भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा मंगलबार सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा

महानगरपालिकालाई चीनले १ सय १८ गाडी दिने

अर्जुन सुवेदी, काठमाडौं-

महानगरपालिकालाई सहयोगस्वरूप दिन लागिएका गाडीमा फोहोर डम्पिङसाइटसम्म पुर्‍याउने गार्वेज ट्रक, फोहोर संकलन गर्ने ट्रक, एम्बुलेन्स, रोड रेकर, रोड स्विपर छन्। चीन सरकारले काठमाडौँ महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि १ सय १८ वटा गाडी सहयोगस्वरूप दिने भएको छ। महानगरपालिकाले दुई वर्षअघि ६३ वटा गाडी माग गरेको भए पनि चीन सरकार दोब्बर गाडी दिन सहमत भएको छ। शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासले महानगरपालिकालाई पत्र पठाई सहयोगबारे औपचारिक जानकारी दिएको थियो। दुई महिनाअघि परराष्ट्र मन्त्री सुजाता कोइरालाको भ्रमणका बेला चीन सरकारले महानगरपालिकालाई गाडी सहयोग दिने प्रतिबद्धता जनाएको थियो।

'नकारात्मक कुरा मात्र प्रचार गरियो'


कमलकुमार, लन्डन-

अध्ययन गर्न बेलायत पुगेका नेपाली विद्यार्थीले आफ्नो अवस्थाबारे नराम्रो कुराको मात्र प्रचार भएको गुनासो गरेका छन्। आर्थिक मन्दी कायम रहनु र एक्कासी विद्यार्थीहरुको संख्या बढ्नाले काम पाउन केही कठीन भए पनि प्रचार गरिए जस्तो कहालीलाग्दो अवस्था नभएको विद्यार्थीहरुले बताए। 'बेलायतमा हामीले कुकुरले नपाएको दुःख पायौं भन्ने जस्ता खबर मात्र नेपालमा पुगेका छन्। यसले हामीलाई हतोत्साही बनाएको छ' क्विन्सल्याण्ड कलेजमा अध्ययनरत सुमन कार्कीले भने।

माओवादी आन्दोलनको विरोधमा बोले यादव

केशव सावद/कञ्चनपुर

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीले संसद अवरोध गरेर मुलुकलाई ठप्प पार्नु सकारात्मक नभएको भन्दै माओवादीको नेतृत्वमा सरकार बनोस भन्ने भारतको चाहना नभएको खुलासा गर्नुभएको छ।  उहाँले अहिलेको सरकारको नेतृत्वमा राजनीतिक गतिरोधको अन्त्य सम्भव नभएको भन्दे यादवले त्यसका लागी राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो। अहिलेको सरकार जनताले हराएकाहरुले चलाइरहेको भन्दै यादवले सरकार पुर्ण रुपमा असफल भइसकेको ठोकुवा गर्नुभयो। 
उहाँले संविधानले नदिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेकै कारण अहिले मुलुकमा समस्या देखिएको आरोप लगाउनुभयो।

एयरबसद्वारा नेपाललाई जहाज बेच्ने घोषणा

सञ्जय न्यौपाने/काठमाडौ(कांतिपुर)- 
युरोपेली जहाज उत्पादक एयरबसले नेपाल वायुसेवा निगमलाई जहाज बिक्री गर्न समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको घोषणा गरेको छ । निगमले एक ठूलो क्षमताको (वाइड बडी) ए ३३० र एक सानो क्षमताको ए ३२० (न्यारो बडी) जहाज खरिद गर्न लागेको दुबईमा भइरहेको एयर सोमा एयरबसले सार्वजनिक गरेको हो । निगमका उपमहाप्रबन्धक राजु केसीले कात्तिक १९ गते नै निगम र एयरबसबीच जहाज खरिदबारे काठमाडौंमा समझदारी भएको बताए । 'एयरबसले यसलाई मंगलबार सार्वजनिक गरेको हो,' केसीले भने । खरिद सम्झौता भने हुन बाँकी छ ।  यससँगै २० गते निगमले प्रतिबद्धतास्वरूप ७ लाख ५० हजार अमेरिकी डलर (५ करोड ६० लाख रुपैयाँ) रकमसमेत पठाइसकेको छ ।

दस लाख पर्यटक भित्र्याइने

विराटनगर(कांतिपुर) 
उनले अहिले नेपालमा वाषिर्क रूपमा ५ लाख पर्यटक आउने गरेको तथ्यांक रहेकामा २०११ सम्ममा यो संख्यालाई दोब्बर बनाउने दाबी गरे ।  
पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले पर्यटन वर्ष २०११ मा नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने दाबी गरेका छन् । उनले प्रत्येक जिल्लामा कम्तीमा एउटा पर्यटकीय क्षेत्र बनाउन सरकार लागिपरेको समेत बताए । उनले अहिले नेपालमा वाषिर्क रूपमा ५ लाख पर्यटक आउने गरेको तथ्यांक रहेकामा २०११ सम्ममा यो संख्यालाई दोब्बर बनाउने दाबी गरे । सरकारले तराई पर्यटनलाई समेत उच्च प्राथमिकतामा राखेको भन्दै बिनालगानीको आम्दानी दिने पर्यटन व्यवसायको दिगो विकासका लागि सरकार अघि बढेको बताए ।

Tuesday, November 17, 2009

आजको कार्टून !


सिडिओलाई पक्रन मन्त्रीको चुनौती

भोला पासवान(नयाँ पत्रिका)

जिल्ला प्रशासन कार्यालयमै गई प्रमुख जिल्ला अधिकारीलाई कुटेर विवादमा आएकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले उल्टै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि मुद्दा दायर गर्ने बताएकी छिन् । प्रजिअ कुटेको जाहेरीका आधारमा राज्यमन्त्री बेगमका नाममा जिल्ला प्रहरी पर्साले पक्राउ वारेन्ट जारी गरेको छ । राज्यमन्त्री बेगमले प्रजिअ भण्डारीमाथि गाली-बेइज्जती मुद्दा दर्ता गर्ने तयारी गरेको खुलासा गरिन् । 'जिल्ला प्रशासन गएर उनलाई सम्झाउन खोज्दा मलाई औँला ठड्याएर दुव्र्यवहार गर्न खोजेपछि मैले हात छाडेँ,' मधेस मिडिया हाउस, काठमाडौंमा आफँले बोलाएको पत्रकार सम्मेलनमा राज्यमन्त्री बेगमले भनिन् । जिल्ला जाँदा शान्ति-सुरक्षाका लागि छलफल गर्नु छ भनेर पटक-पटक बोलाउँदा पनि कुनै चासो नदिएकाले आफूले सम्झाउन खोज्दा सिडिओले औँला ठड्याएको उनको आरोप थियो ।

अंग्रेजीमा पनि विवरण भएको नागरिता वितरण सुरु

काठमाडौ(कांतिपुर)-
अब यो नागरिकता केही हदसम्म अन्तरराष्ट्रियस्तरको भएको छ, विदेशमा पढ्न वा घुम्न जाँदासमेत नेपाली नागरिकताको प्रमाणपत्रले व्यक्तिको पहिचान खुलाउन सजिलो भएको छ ।' 

नेपाली भाषामा मात्र वितरण हुँदै आएको नेपाली नागरिकताको प्रमाणपत्रमा पहिलोपटक अङ्ग्रेजी भाषामा समेत व्यक्तिगत विवरण थप गरेर सोमबारदेखि वितरण गर्न थालिएको छ । गृहमन्त्रालयका उपसचिव प्रल्हाद पोखरेलका अनुसार मुलुकका सबै जिल्ला प्रशासन कार्यालयबाट सोमबारदेखि अङ्ग्रेजी विवरणसमेत राखी नागरिकता वितरण थालिएको हो ।  तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा भने एउटै कम्प्युटर कार्यविधिको प्रयोग गरेर नागरिकता वितरण कार्य सुरुभएको छ ।

डिजेल र मट्टितेलको भाउ बढ्यो

विज्ञान अधिकारी, काठमाडौं(नागरिक)- नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाएको हो। मूल्यवृद्धि पछि डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर ५८ रुपैयाँ पुगेको छ। यसअघि दुवै पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य ५५ रुपैयाँ थियो। अन्तराष्ट्रिय बजारसँग मूल्य समायोजन नहुँदा भइरहेको घाटा पूर्तिका लागि भाउ बढाउनुपरेको निमगले जनाएको छ। नोभेम्बरसम्म निगमको मासिक घाटा २० करोड रुपैयाँ छ। एलपी ग्याँस, हवाइ इन्धन र पेट्रोलको मूल्य यथावत छ। हिजो सोमबार बसेको निगमको बोर्ड बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
काठमाडौ(कांतिपुर)- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर गतिरोध अन्त्य गर्ने सहमति भएको छ । सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टरमा उपचार गराइरहेका कोइरालालाई भेटेका दाहालले मध्यमार्गी बाटो अपनाएर समस्या समाधान खोज्ने बताएका थिए । कोइरालासँगै रहेकी परराष्ट्रमन्त्री तथा उनकी छोरी सुजाता कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र छिटो बनाएर गतिरोध अन्त्य गर्न दुबै नेता सहमत भएको जानकारी दिइन । उनले संयन्त्र बनेपछि मात्र समस्या समाधान हुने पनि बताइन । 'प्रचण्ड जीले बीचको लाइन लिएर समाधान खोज्ने बताउनुभयो', भेटमा सगै रहेकी उनले भनिन, 'गिरिजावावुले पनि समस्या समाधानको उपाय म सँग छ भन्नुभयो । प्रचण्ड जी त्यसमा सहमत हुनुभो ।

जग्गा बेचेर भागवण्डा गर्नेहरुको छानिबन हुने

गजेन्द्र बोहरा, दाङ - 

दाङको भालुवाङ विकास समितिमा भएको अनियमितता छानबिन गर्नका लागि जिल्ला प्रशासनले पदाधिकारीहरुलाई कार्यालयमा हाजिर हुन बोलाएको छ। नगरविकास समितिको जग्गा बेचेर १० लाख रुपैंयाँ राजनीतिक दलका प्रतिनिधिहरुले भागवण्डा गरेको घटना सार्वजनिक भएपछि स्थानीयवासीले समितिको कार्यालयमा तालाबन्दी गरेलगत्तै सोमबार प्रशासनले पत्र लेखेर सबै कर्मचारी तथा पदाधिकारीहरुलाई बोलाएको हो। 'सबै कागजपत्र लिएर हाजिर हुन बोलाएका छौं' प्रमुख जिल्लाअधिकारी ऋषिराम ढकालले नागरिकसित भने 'दोषी देखिएकालाई कारबाही प्रशासनले गर्छ।' यतिबेला नगरविकास समितिका अध्यक्ष गोरखनाथ कसौधन भने राजधानी काठमाडौंमा छन्। १० लाख रुपैंया लगेर काठमाडौँ गएको टोलीलाई नेतृत्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि अलिमोहमद मिया पनि अहिले सम्पर्कमा छैनन्। घटना सार्वजनिक भएकै दिनदेखि उनको मोबाइल बन्द छ।

ओबामाद्वारा नेपालका लागि राजदूत मनोनयन

काठमाडौँ (नागरिक)- 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा भाइस काउन्सेल र श्रील‌ंकामा राजनीतिक शाखा प्रमुखका रुपमा काम गरिसकेका स्कट एच डेलिसीलाई नेपालका लागि राजदूत मनोनयन गरेका छन्। अमेरिकी माथिल्लो सदन सिनेटको सुनुवाई समितिले पास गरेपछि उनी यस पदमा नियुक्त हुनेछन्। सुनुवाईको मिति तोकिएको छैन। अमेरिकी राजदूतावासद्वारा जारी प्रेस विज्ञप्ति अनुसार डेलिसी विदेश विभागमा २८ वर्षदेखि कार्यरत वरिष्ठ अधिकारी हुन्। उनले यसअघि इरिट्रियामा राजदूतको कार्यभार सम्हालेका थिए। पाकिस्तानमा पनि उनले काम गरेको भनिए पनि पद भने वक्तव्यमा खुलाइएको छैन। हाल उनी विदेश विभागको मानव संसाधन ब्युरोमा कार्यरत छन्।

प्रमुख तीन दल 'फाइनल डिलिङ’मा


कांग्रेस, एमाले र माओवादीबीच 'फाइनल डिलिङ’का लागि चरण-चरणमा बैठक
रामशरण बजगाईं -काठमाडौं(नयाँ पत्रिका)

सत्तारुढ एमाले र कांग्रेसले बजेट पारित गरी राजनीतिको तत्कालीन गतिरोध हटाउन प्रतिपक्षी माओवादीसँग फाइनल कुरा गर्ने भएका छन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, एमाले र माओवादीबीच चरण-चरणमा भएका दुई तथा बहुपक्षीय छलफलले बजेट पारित गर्ने र अन्य विषयमा सहमति खोज्दै जाने निक्र्याेल गरेको हो । बजेट पारित नहुँदा उत्पन्न हुने राष्ट्रिय परिस्थितिबारे सबैसँग कुरा राख्ने र सहमतिबाटै बजेट पारित गर्ने निष्कर्षमा दुई दल पुगेको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बताए । माओवादीले निरन्तर गर्दै आएको सदन अवरोधका कारण बजेट पारित हुन नसकेका वेला प्रतिपक्षी माओवादीसहित तीनदल बजेट अवरोध खुलाउन सक्रिय भएका हुन् । 

Monday, November 16, 2009

आजको कार्टून !


लोकेन्द्रबहादुर चन्दका छोरालाई ४० करोड ऋण मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन


यदु देवकोटा/ काठमाडौं (नयाँ पत्रिका)


पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले सुगर मिल्सका नाममा ०५२ सालमा लिएको ५७ करोड ऋणको साँवा र ब्याज एक पैसा तिरेका छैनन् । साँवा, ब्याज र जरिवाना गरी उनले सरकारी बैंकहरुलाई एक अर्ब ५ करोड तिर्न बाँकी छ, तर उनले जम्मा ६२ करोड त्यो पनि आठ वर्षमा तिर्न निवेदन दिएका छन् र प्रधानमन्त्रीले तोक लगाएर अर्थ मन्त्रालयमा पठाएका छन् .

करिमालाई कारबाही नगर्न निर्देशन

केदार ओझा/काठमाडौ (कांतिपुर)-
भनेजस्तो गाडी उपलब्ध नगराएको भन्दै पर्साका सीडीओलाई कुटपिट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारबाही गर्न सर्वत्र माग भइरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले भने 'तत्काल कुनै कारबाही अघि नबढाउन' गृहमन्त्री भीम रावललाई निर्देशन दिएका छन् । स्रोतका अनुसार कारबाही अघि बढाउँदा सत्तारूढ पार्टीबीचको अन्तरसम्बन्ध र सरकारमा असर पर्ने भएकाले तत्काल केही नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । बेगमलाई कारबाही गर्न एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने फोरमका केही सदस्यले पनि नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

सीडीओले कुटाइ खाएपछि उपत्यकामा तेल अभाव

विज्ञान अधिकारी, काठमाडौं- 
वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आउन नसक्दा उपत्यकामा तेल अभाव भएको छ। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले प्रमुख जिल्ला अधिकालाई कुटपिट गरेको विरोधमा कर्मचारीले चार दिनदेखि भन्सार ठप्प पारेपछि उपत्यकामा तेल अभाव भएको हो। उपत्यकामा आइतबार अधिकांश निजी पेट्रोल पम्प बन्द भएका थिए। 'नेपाल आयल निगमले तेल दिन नसकेपछि उपत्यकाका सबै पेट्रोल पम्प बन्द भएका छन्,' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले नागरिकसँग भने, 'उपत्यकाका सबै पेट्रोल पम्प सुख्खा छन्।'

बोक्सी भन्दै महिलालाई नांगेझार पारेर कुटे महिलाहरूले

imageजीवन बिसी- नयाँ पत्रिका/ सल्यान

महिलाले समूह बनाएर एउटी महिलालाई नै कुटे त्यो पनि नांगेझार बनाएर । बोक्सीको आरोपमा कुटिएकी सल्यानकी महिला आफ्नै दिदी-बहिनीको ज्यादतीविरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालय, सल्यान आइपुगेकी छिन् ।

माओवादी अध्यक्ष दाहाल र पूर्व युवराज पारस सिङ्गापुरतर्फ

कोइरालालाई भेट्ने

काठमाडौं (नागरिक)- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज अपराह्न सिङ्गापुर प्रस्थान गरे। दाहाल उड्नु १५ मिनेटअघि पूर्व युवराज पारस पनि सिल्क एयरबाट सिङ्गापुर उडेका छन्। दाहालसँग माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महरा छन्। थाइ एयरवेजमार्फत् थाइल्याण्डको बैङ्ककमा डेढ घन्टाको ट्रान्जिट बस्दै आजै दाहाल सिङ्गापुर पुग्ने कार्यक्रम छ।  पुत्र प्रकाशका अनुसार दुई दिनको छोटो कार्यक्रम भएकाले पनि दाहाल र महरामात्रै त्यसतर्फ लागेका हुन। पार्टीको आन्तरिक कार्यक्रमको निमन्त्रणामा सिङ्गापुर भ्रमण भए पनि त्यहाँका केही सरकारी अधिकारीसँग पनि भेट हुन सक्ने जानकारी प्रकाशले दिए। 

Sunday, November 15, 2009

आजको कार्टून !


नेपालगन्ज,(नागरिक)- 

बाँकेको खजुराखर्द गाविस वडा नं. १ जुगनभरिया गाउँमा जनतान्त्रिक मधेस मुक्ति टाइगर्स समूहका दुई कार्यकर्ताको हत्या भएको छ। बाँकेका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारका अनुसार मृतकहरु अन्दाजी २५/२६ वर्षका मुन्ना यादव र गङ्गा पासी हुन्। मृतक आफ्ना कार्यकर्ता भएको सो समूहका पोलिटब्युरो सदस्य भगत सिंहको स्वीकारोक्ति छ। घाँटी रेटिएको तथा गोली हानी हत्या गरिएका ती दुवै जनालाई उनीहरुकै समूहले हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

भिओआईपी सेवा खुला हुने


कांतिपुर/काठमाडौ-


दूरसञ्चार कम्पनीहरूले अनुमति पाए पनि सेवा सुरु नगर्दा विदेशी कम्पनीले सस्तो शुल्कका अरू नै व्यक्तिसँग सम्झौता गरेकाले अज्ञात माध्यमबाट यो सेवा नेपाल भित्र्याइरहेको छ,' एक जानकारले भने, 'तर पनि यो दूरसञ्चार कम्पनीको नेटवर्कभन्दा बाहिरबाट आएको भने छैन ।' 



 

'जनतान्त्रिक बम पड्काउछ, हामी नारा जुलुश गर्छौ'


पर्सा/शंकर आचार्य

पुर्नगठित नेकपा माओवादीका अध्यक्ष मातृका यादबले तराईमा सशस्त्र संघर्ष गरिरहेको जनतान्त्रिक मोर्चासँग कुरा अघि बढाएको बताएका छन् । उनले जनतान्त्रिकले बम पड्काउने र आफ्नो पार्टीले नाराजुलुश गर्ने बताए । उनले भने, 'जनतान्त्रिकसंग मेरो कुरा भईरहेको छ, जनतान्त्रिकले बम पडकाउछ, मेरो पार्टीले नारा जुलुश गर्छ' ।  आफू हिजो पनि सेना र प्रहरीको हिरासतमा बसिकेको भन्दै समय आएपछि फेरी पनि भूमिगत हुने बताए । मधेशमा कार्यालय प्रमुखहरुले भ्रष्टाचार बढाएको आरोप लगाउदै उनले मधेशमा लुटने हाकिमहरुलाई आफ्नो पार्टीले कहिल्यै नछाड्ने र त्यस्ता भ्रष्ट कर्मचारीहरुलाई खुलेर कारवाही गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

मधेश प्रदेशभित्र छ जिल्ला प्रस्ताव

माधव ढुङ्गेल, काठमाडौं-

मधेशी जनअधिकार फोरमले सम्पूर्ण मधेशलाई एउटै प्रदेश बनाउनुपर्ने राज्यपुनर्संरचनाको खाका संविधानसभाको समितिमा प्रस्तुत गरेको छ। मेचीदेखि महाकालीसम्मको सम्पूर्ण मधेशको राजधानी वीरगञ्जलाई बनाउन फोरमले प्रस्ताव गरेको छ। फोरमका तर्फबाट सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताद्वारा 'राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति' मा शनिबार प्रस्तुत खाकामा चुरे पहाडको दक्षिणी ढलानको उपल्लो बिन्दुदेखि दक्षिणतर्फको सम्पूर्ण भूभागलाई मधेशको क्षेत्र मानिएको छ। प्रदेशको पूर्व, दक्षिण र पश्चिमी सीमा नेपाल-भारत सीमासम्मको सबै भूभाग समेटिएको छ। तराइका वर्तमान २० जिल्लाका धेरैजसो भूभागलाई प्रदेशको क्षेत्रभित्र मानिएको छ।

'मंसिर ५ सम्म छलफल जारी राख्छौ'


कांतिपुर/काठमाडौ- 
माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक गतिरोध अन्त्यका लागि दलसँग छलफल जारी रहेको बताएका छन् । आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि संचारकर्मीसँग कुरागर्दै उनले मंसिर ५ गते सम्म अन्य दलसँग संवाद र छलफल जारी रहने बताए । माओवादीले दोस्रो चरणको आन्दोलनको अन्तिम दिन कार्तिक २७ गते सरकारले राजनीतिक निकास ननिकाले मंसिर ५ गतेपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएको थियो । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by