ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 17, 2009

काठमाडौ(कांतिपुर)- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर गतिरोध अन्त्य गर्ने सहमति भएको छ । सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टरमा उपचार गराइरहेका कोइरालालाई भेटेका दाहालले मध्यमार्गी बाटो अपनाएर समस्या समाधान खोज्ने बताएका थिए । कोइरालासँगै रहेकी परराष्ट्रमन्त्री तथा उनकी छोरी सुजाता कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र छिटो बनाएर गतिरोध अन्त्य गर्न दुबै नेता सहमत भएको जानकारी दिइन । उनले संयन्त्र बनेपछि मात्र समस्या समाधान हुने पनि बताइन । 'प्रचण्ड जीले बीचको लाइन लिएर समाधान खोज्ने बताउनुभयो', भेटमा सगै रहेकी उनले भनिन, 'गिरिजावावुले पनि समस्या समाधानको उपाय म सँग छ भन्नुभयो । प्रचण्ड जी त्यसमा सहमत हुनुभो । ' उनले समस्या समाधान गर्न माओवादी पनि गम्भीर भएको बताइन । कोइरालालाई भेट्न दाहाल मंगलबार पौने २ बजे पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग अस्पताल पुगेका थिए । यसैबीच कांग्रेस सभापति कोइराला आइतबार स्वदेश र्फकने भएका छन् । सुजाता कोइरालाले उनको स्वास्थ्यमा आश्चर्यजनक सुधार आएको बताइन् ।

'गिरिजावावु आइतबार नेपाल आउदैहुनुहुन्छ' , उनले भनिन, 'उहाँ पुरानै अवस्थामा फर्किसक्नु भएको छ । प्रचण्ड जी हरुपनि उहाँको स्वास्थ्यमा सुधार आएको देखेर छक्क पर्नुभो ।' कोइराला स्वास्थ्य उपचारको लागि शनिबार सिंगापुर गएका हुन् भने माओवादी अध्यक्ष दाहाल पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्न भन्दै सोमबार त्यता लागेका हुन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by