ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 15, 2009

'मंसिर ५ सम्म छलफल जारी राख्छौ'


कांतिपुर/काठमाडौ- 
माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक गतिरोध अन्त्यका लागि दलसँग छलफल जारी रहेको बताएका छन् । आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि संचारकर्मीसँग कुरागर्दै उनले मंसिर ५ गते सम्म अन्य दलसँग संवाद र छलफल जारी रहने बताए । माओवादीले दोस्रो चरणको आन्दोलनको अन्तिम दिन कार्तिक २७ गते सरकारले राजनीतिक निकास ननिकाले मंसिर ५ गतेपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएको थियो । 
माओवादीले राष्ट्रपतिको कदम सच्याउन पर्ने माग राख्दै करीव तीन महिनादेखि आन्दोलन गर्दै आएको छ । आन्दोलनका कारण व्यवस्थापिका संसदको बैठक पनि अवरुद्ध हुँदै आएको छ । व्यवस्थापिका संसद अवरुद्धका कारण सरकारले बजेट पास गर्न सकेको छैन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by