ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 16, 2009

माओवादी अध्यक्ष दाहाल र पूर्व युवराज पारस सिङ्गापुरतर्फ

कोइरालालाई भेट्ने

काठमाडौं (नागरिक)- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज अपराह्न सिङ्गापुर प्रस्थान गरे। दाहाल उड्नु १५ मिनेटअघि पूर्व युवराज पारस पनि सिल्क एयरबाट सिङ्गापुर उडेका छन्। दाहालसँग माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महरा छन्। थाइ एयरवेजमार्फत् थाइल्याण्डको बैङ्ककमा डेढ घन्टाको ट्रान्जिट बस्दै आजै दाहाल सिङ्गापुर पुग्ने कार्यक्रम छ।  पुत्र प्रकाशका अनुसार दुई दिनको छोटो कार्यक्रम भएकाले पनि दाहाल र महरामात्रै त्यसतर्फ लागेका हुन। पार्टीको आन्तरिक कार्यक्रमको निमन्त्रणामा सिङ्गापुर भ्रमण भए पनि त्यहाँका केही सरकारी अधिकारीसँग पनि भेट हुन सक्ने जानकारी प्रकाशले दिए। 
कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचार सिङ्गापुरकै अस्पतालमा भइरहेको छ । दाहालले कोइरालालाई भर्ना गरिएको अस्पताल गई उनलाई भेट्ने कार्यक्रम पनि छ। 

डेढ महिनायता दाहाल र महराले हङकङ, बेइजिङ र अहिले सिङ्गापुर सँगसँगै यात्रा गर्नुले नेपाली राजनीतिक वृतमा कौतुहलता जगाएको छ। यसैबीच दाहालको कात्तिकभित्र हुने भनिएको भारत भ्रमणको भने तिथि तय हुन सकेको छैन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by