ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 15, 2009

'जनतान्त्रिक बम पड्काउछ, हामी नारा जुलुश गर्छौ'


पर्सा/शंकर आचार्य

पुर्नगठित नेकपा माओवादीका अध्यक्ष मातृका यादबले तराईमा सशस्त्र संघर्ष गरिरहेको जनतान्त्रिक मोर्चासँग कुरा अघि बढाएको बताएका छन् । उनले जनतान्त्रिकले बम पड्काउने र आफ्नो पार्टीले नाराजुलुश गर्ने बताए । उनले भने, 'जनतान्त्रिकसंग मेरो कुरा भईरहेको छ, जनतान्त्रिकले बम पडकाउछ, मेरो पार्टीले नारा जुलुश गर्छ' ।  आफू हिजो पनि सेना र प्रहरीको हिरासतमा बसिकेको भन्दै समय आएपछि फेरी पनि भूमिगत हुने बताए । मधेशमा कार्यालय प्रमुखहरुले भ्रष्टाचार बढाएको आरोप लगाउदै उनले मधेशमा लुटने हाकिमहरुलाई आफ्नो पार्टीले कहिल्यै नछाड्ने र त्यस्ता भ्रष्ट कर्मचारीहरुलाई खुलेर कारवाही गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नक्कली कम्युनिष्ट भएको आरोप पनि लगाए ।  शनिबार वीरगंजमा पार्टी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको बिरोध सभापछिको कोणसभालाई सम्बोधन गर्दैर् उनले यस्तो आरोप लगाएका हुन् । उनले भने 'नेकपा माओवादी बाहेक कम्युनिष्ट भनेको नेपालमा अहिले कोही पनि छैन, प्रचण्ड नक्कली कम्युनिष्ट हुन्, एमालेलाई हामी पहिले नक्कली कम्युनिष्ट भन्थ्यौं, उ अहिले गिरिजाको कांग्रेस भएको छ' । 

उनले बिगतमा राजाका सल्लाहकार रहेकाहरु हाल दाहालका् सल्लाहकार बनेको आरोप लगाउदै भने 'भाईमाराको सल्लाहकार प्रचण्डको सल्लाहकार बने पछि देशको के हालत हुन्छ ?' । उनले मधेशमा समेत सक्कली मधेशवादी नेताको अभाव रहेको बताउदै रामराजा सिंह र महन्थ ठाकुर मात्र आफ्नो नजरमा मधेशवादी नेता रहेको बताए । उनले उपेन्द्र यादबले मधेशको नाममा राजनीति गरी मन्त्री बनेर बिदेश भ्रमण मात्र गरेको, मधेश र मधेशीको हक हितका लागि केही नगरेको आरोप पनि लगाए । 

उनले दुई साता अघि वीरगंज भंसार प्रमुख केवल भंडारीलाई दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले गिरफ्तार गरी सार्वजनिक अपराध मुद्दा चलाएको आफ्ना जिल्ला कमिटी सदस्य ध््रुव यादबको रीहाई नगरीए मंसिर १ देखी अनिश्चितकालिन मधेश बन्द गरीने चेतावनी दिए ।

यादबले भारतले आफूलाई पनि सहयोग गर्ने बचन दिएको खुलासा गर्दै आफूले भारतको दलाल नबन्ने जवाफ दिएको समेत जानकारी दिए । उनले भारतीय शासकले नेपाली शासकलाई समर्थन गरे आफूहरुले पनि भारत बिरोधीलाई साथ दिने चेतावनी दिए । उनले नेपालको बर्वादीमा भारतको १२ आना र नेपालको शासकहरुको चार आना हात रहेको आरोप लगाए ।

यादबले भने 'भारतीय शासकहरुले नेपालका मधेशी समुदाय तथा नेपालीसंग राम्रो सम्बन्ध राख्नु छ भने यो देशको सरकारहरुलाई हात हतियार दिन बन्द गर्नु पर्छ' । उनले भारतले यस्ता हतियार कोसंग लडन्का लागि नेपाल सरकारलाई दिई रहेको छ भनि प्रश्न समेत गरेका थिए । यस अघि माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा पर्साले घंटाघरबाट निकालेको बिरोध जुलुश नगरको बिभिन्न भागको परीक्रमा गरेको थियो । त्यस क्रममा बिरोध जुलुश वीरगंज भंसार कार्यालय अगाडी पुगेर भंसार प्रमुख केवल भंडारी बिरोधी नारा समेत लगाएको थियो । जुलुश नगर परीक्रमा पछि पुनः घंटाघरमा आई कोण सभामा परीणत भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by