ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

प्रधानमन्त्रीद्वारा करिमासँग सोधपुछ/ सरकारले सहिदको परिभाषा खोज्ने

काठमाडौ(कांतिपुर)- 
प्रधानमन्त्री माधवकुमार नेपालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी माथि हातपात गरेको सम्बन्धमा कृषि राज्यमन्त्री करिमा वेगमलाई सोधपुछ गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री नेपालले सोधपुछ गरेको सूचना तथा संचारमन्त्री शंकर पोखरेलले जानकारी दिए । केही दिन अघि मन्त्री वेगमले प्रजिअ भण्डारीलाई पूरानो गाडी उपलब्ध गराएको भन्दै उनकै कार्यकक्ष पर्सामा हातपात गरेकी थिइन् । बैठकले सहिदको परिभाषा निर्धारण गर्न पूर्वमन्त्री मोदनाथ प्रश्रतिको नेतृत्वमा कार्यदल गठन गरेको छ । कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको मन्त्री पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद बैठकले टिम्बर कर्पोरेसनको अध्यक्षमा भरतबहादुर चन्द र महाप्रवन्धकमा दीपक उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले विद्यालय सुधार कार्यक्रमका लागि एशियाली विकास बैंकसँग ९ करोड ५० लाख डलर अनुदान सहयोग माग्ने निर्णय समेत गरेको छ । त्यसैगरी राष्ट्रिय अनुसन्धानको महानिर्देशकमा ऐनजंगबहादुर राणालाई नियुक्त गरेको छ । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by