ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 18, 2009

दस लाख पर्यटक भित्र्याइने

विराटनगर(कांतिपुर) 
उनले अहिले नेपालमा वाषिर्क रूपमा ५ लाख पर्यटक आउने गरेको तथ्यांक रहेकामा २०११ सम्ममा यो संख्यालाई दोब्बर बनाउने दाबी गरे ।  
पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले पर्यटन वर्ष २०११ मा नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने दाबी गरेका छन् । उनले प्रत्येक जिल्लामा कम्तीमा एउटा पर्यटकीय क्षेत्र बनाउन सरकार लागिपरेको समेत बताए । उनले अहिले नेपालमा वाषिर्क रूपमा ५ लाख पर्यटक आउने गरेको तथ्यांक रहेकामा २०११ सम्ममा यो संख्यालाई दोब्बर बनाउने दाबी गरे । सरकारले तराई पर्यटनलाई समेत उच्च प्राथमिकतामा राखेको भन्दै बिनालगानीको आम्दानी दिने पर्यटन व्यवसायको दिगो विकासका लागि सरकार अघि बढेको बताए । १ जना पर्यटक आउँदा ९ जना नेपालीले रोजगारी पाउने बताउँदै पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रलाई लगानी गर्न मन्त्री भण्डारीको आग्रह थियो । 

विराट पर्यटकीय क्षेत्रको मंगलबार स्थलगत भ्रमणमा पुगेका मन्त्री भण्डारीले आर्थिक सामाजिक रूपान्तरण नगरेसम्म जुनसुकै राजनीतिक परिवर्तनले पनि स्थायित्व नपाउने बताए । भण्डारीले रानी भन्सार र सुनसरीको पर्यटकीयस्थल चिमडीको समेत भ्रमण गरेका थिए ।

साथै मन्त्री भण्डारीले विराटनगरस्थित होटल रत्नाले सञ्चालन गरेको सिएम गेमिङ कल्वको समेत उद्घाटन गरेका थिए । क्यासिनो जस्तै यो कल्वमा नेपालीहरूलाई प्रवेश निषेध गरिएको छ । करिब ३ करोडको लागतमा सुरु गरीएको यो 

कल्वका मुख्य ग्राहक भारतीय मूलका नागरिक र बंगलादेशका रहने होटलले जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by