ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

किङफिसर र फ्लाई दुबईले नेपाल उडान गर्ने

काठमाडौ(कान्तिपुर)- 
अन्तर्राष्ट्रिय दुई एयरलाइन्सले नेपालमा उडान गर्नका लागि आवेदन दिएका छन् । तिनमा भारतको किङफिसरले मुम्बईबाट र फ्लाई दुबईले दुबई-काठमाडौं सीधा उडान गर्न आवेदन दिएका हुन् । सरकारद्वारा अनुमति दिने प्रक्रिया अन्तिम चरणमा रहेको पर्यटन बोर्डको ११ औं वाषिर्कोत्सवमा पर्यटनसचिव नगेन्द्र घिमिरेले बताए । यसअघि मुम्बई-काठमाडौं उडानका लागि भारतीय कम्पनी जेट एयरवेजले अनुमति पाएको थियो । पर्यटन वर्षलाई सफल बनाउन सीधा अन्तर्राष्ट्रिय उडान संख्या थप गरिएको सचिव घिमिरेले बताए । तर आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या थप हुँदै गर्दा विमानस्थलको क्षमता भने साघुँरिदै गएको छ । 'यसको सुधारका लागि विमानस्थल व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिरहेका छौं,' उनले भने । हालै नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलसँग तिब्बत र मानसरोवरसम्म नेपालबाट सीधा उडान गर्न सक्ने सहमति भएको थियो । 'मानसरोवर र नेपालगन्जलाई जोड्ने पहिलो लक्ष्य हो,' सचिव घिमिरेले भने, 'यसले भारतीय र नेपाली धार्मिक पर्यटकलाई त्यहाँ पुग्न सघाउनेछ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by