ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, August 22, 2009

सुपथ मूल्यका सहकारी पसल खुल्ने


खोटाङ, ५ भदौ

जिल्लामा सहकारी कार्य सन्जालमार्फत सुपथ मूल्यको सहकारी पसल सञ्चालन गरिने भएको छ । व्यवस्थित सहकारी पसल सञ्चालनका लागि विभिन्न १० सहकारी संस्थाले सन्जाल निर्माण गरी सोको जानकारी दिएका हुन् ।

सामान ढुवानी, व्यवस्थित पसल सञ्चालन र मूल्य निर्धारण लागि सहज बनाउने उद्देश्यले सन्जाल निर्माण गरिएको सन्जाल अध्यक्ष तथा नवज्योति बचत तथा ऋण सहकारी संस्था कुभिन्डेका अध्यक्ष शिवराज राईले जानकारी दिएका हुन् ।

सहकारी पसलबाट पाइने फाइदा/बेफाइदबारे सामूहिक रुपमा बहसका लागि पनि सन्जाल गठन गरिएको सन्जालमा सहभागी मिलिजुली सहकारी संस्था बाम्राङका रामकुमार हिङमाङले बताए । सन्जालले सामान ढुवानी गरी ठाउँ-ठाउँमा डिलर राख्ने र त्यसैमार्फत सन्जालसम्बद्ध सहकारीसम्म सामान पुर्‍याउने बताइएको छ ।

सामान ढुवानी प्रक्रिया बुझ्न र ढुवानी गर्न चारजना सदस्य सम्मिलित समिति बनाइएको छ । समितिमा इमो उपभोक्ता सहकारी संस्था दुर्छिमका अध्यक्ष चक्र राई संयोजक तथा नवज्योति कुभिन्डे, मिलिजुली बाम्राङ र सामुदायिक सरोकार बचत तथा ऋण सहकारी अर्खौले सदस्य छन् ।

सन्जालमा आबद्ध सहकारीले पहिलो चरणमा आयोडिनयुक्त नुन, ढिकेनुन, लुगाधुने साबुन, चिया, चिनी, चामल, खानेतेल, मसला, चिउरालगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने हिङमाङले जानकारी दिए ।

सन्जालमा अर्खौले, कुभिन्डे, नुनथला, पाथेका, दुर्छिम, बाम्राङ, हौचुर, सल्ले, लामिडाँडा र खार्पाका सहकारी संस्था सहभागी छन् । अन्य सहकारीलाई समेत कार्यक्रममा आबद्ध गराइने सन्जालले जनाएको छ । खोटाङमा ५१ सहकारीले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Source:[http://www.nayapatrika.com/newsportal/finance/5090.html]

किन नाच्छन् माओवादी ?



काठमाडौं, ४ भदौ

१८ साउन ०६६ । स्थान: माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर । कार्यक्रम थियो, केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन । क्यामेरा 'अन' थिए, कलम र नोटबुक झिकेर पत्रकारहरू प्रश्नको सूची बनाउँदै थिए । नेताहरूले कतिखेर आसनग्रहण गर्लान् र सम्मेलन सुरु होला भनेर पर्खेका पत्रकार त्यतिखेर जिल्ल परे, जब माओवादी नेतृत्व मञ्चमै नाच्न थाल्यो ।

तर, यो यस्तो पहिलो नृत्य भने थिएन । केन्द्रीय समितिको हरेकजसो पूर्ण बैठकपछि माओवादी नेताको सामूहिक नृत्य देख्न पाइन्छ । प्रश्न उठ्ने नै भयो, विचारमा रुढ मानिएका, दस वर्ष लामो सशस्त्र युद्ध गरेका र सामान्यतः निरस भाषा र प्रस्तुति भएका माओवादी नेतालाई नाच्न भने यति धेरै मन लाग्ने कारण के होला ?

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो महत्त्वपूर्ण केन्द्रीय समितिको बैठकमा नाच्नु पार्टीको परम्पराजस्तै भएको बताउँछन् । 'वैचारिक, कार्यनीतिक, राजनीतिक र सांगठनिक रूपमा पार्टी एकता नयाँ उच्ााइमा पुगेको वेला माहोल नै त्यस्तै हुन्छ,' प्रचण्ड भन्छन्, 'खास-खास अवस्थामा बैठकपछि भएका त्यस्ता कार्यक्रमले पार्टीको जीवन्तता देखाउँछ ।'

माओवादी नेतृत्व तहमा रहेर सांस्कृतिक र सांगीतिक कमान्ड सम्हाल्ने नेताहरू त भइहाले नै अन्य नेताहरू पनि नाचगान भनेपछि हुरुक्कै हुन्छन् । महत्त्वपूर्ण बैठकहरूपछि पार्टी अध्यक्ष प्रचण्डसहित मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सिपी गजुरेल 'गौरव', पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा र नन्दकिशोर पुन 'पासाङ' संगीतको तालमा नाच्न हौसिने नेताहरूमा पर्छन् । 'त्यो माहोलले हामीलाई मात्र होइन हाम्रा समर्थकलाई पनि ऊर्जाशील बनाउन सघाउँछ,' नेता जनार्दन शर्मा प्रभाकर भन्छन्, 'को-को नाच्न हौसिन्छन् भन्नु भन्दा पनि हामी किन नाच्छौँ भन्ने कुराको अर्थ रहन्छ ।'

माओवादी नेताहरू हरेक बैठकमा कुनै न कुनै 'इस्यु'मा आइपर्ने तीव्र बहस र मतविभाजनको तिक्ततालाई यस्तो माहोलले बिट मार्ने दाबीसमेत गर्छन् । 'हामी तिखो र इमोसनल गीत गाउँछौँ,' कलाकार झंकार भन्छन्, 'हाम्रा गीतले उद्वेलित पार्छ, भावना जगाउँछ, त्यसैले पनि नेताहरू नाच्न अग्रसर हुन्छन् । बैठकका अन्त्यमा भने यसले कतिपय तीता कुराको बिट मार्ने काम गर्छ ।'

पार्टीको रणनीतिक कार्यदिशा तय र पदीय प्रणाली विषयकेन्दि्रत पेरिसडाँडा बैठकपछि मात्र होइन, माओवादी नेताहरू स्टेजमै यसरी पटक-पटक नाचेका छन् । गत जेठमा मात्रै पुराना कलाकार जेबी टुहुरेसहित कलाकारको एक समूह एमालेबाट माओवादी प्रवेश गर्ने कार्यक्रममा पनि माओवादी उच्च तप्काका नेता प्रज्ञाभवनमा नाचेको देखियो । त्यो कार्यक्रममा अध्यक्ष प्रचण्डको छेउमा रहेर वरिष्ठ नेता किरणले कम्मर मर्काउन भ्याए । नृत्य-कौशलका हिसाबले किरणभन्दा प्रचण्ड लयमा नाच्छन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नाच क्रान्तिकारी आशावादको अभिव्यक्ति भएको बताउँछन् । 'नाच एकताको अभिव्यक्ति पनि हो । म यसलाई अरू ढंगले व्यक्त गर्छु अरू साथीले नाचेर गर्छन्,' नेता भट्टराईले भने । उनी स्कुल पढ्दा नाच्न अस्वीकार गरेकाले एकपटक शिक्षकले पिटेकोसमेत स्मरण गर्छन् ।

माओवादी नेतृत्व सामूहिक रूपमा नाचेको अर्को बैठक खरिपाटी बैठक पनि हो । ०६५ पुसमा सम्पन्न खरिपाटी भेलापछि सामना परिवारको 'जाऊँ साथी सँगै जाऊँ, विद्रोहमा जाऔँ' बोलको गीतमा नेताहरू नाचेका थिए । यो भेलामा किरण र प्रचण्डका अलग-अलग प्रतिवेदन दर्ता भएका थिए । बहस पनि चर्कै देखियो भेलामा । अन्त्यमा भेलाले दुवै प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बनाएको थियो । आफ्नो राजनीतिक यात्रामा एकपटक मात्र नाचेको बताउने माओवादी नेता लोकेन्द्र विष्टले भने, 'म त्यही खरिपाटी भेलामा नाचेँ । अघिपछि नाच्न भनेपछि लाज लाग्थ्यो तर त्यहाँ रहर लागेर आयो ।'

पेरिसडाँडा, प्रज्ञाभवन र खरिपाटीमा जस्तै ०६४ भदौमा बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकपछि आफूहरूले धक फुकाएर नाचेको स्मरण गर्छन् माओवादी नेताहरू । यो बैठकमा जीवनशैली र आचरण बिगि्रँदै गयो भनेर पार्टीनेतृत्वको खुब आलोचना भएको थियो । आलोचनालाई मध्यनजर राख्दै माओवादी नेतृत्वले 'क्रान्तिको स्पिरिटबाट दायाँबायाँ नगर्ने वाचा गरेका थिए यो बैठकमा । 'यस्तै वाचासहित नाचिएको थियो त्यहाँ,' कलाकार माइला लामा स्मरण गर्छन्, 'मलाई लाग्छ अरू कार्यक्रमले जस्तै त्यसले पनि हामीलाई एक भएको, बलियो भएको देखायो ।'

नाच्न भनेपछि हुरुक्कै हुने नेतामा पर्छन् पासाङ । ०४७ देखि ०५२ सम्म दाङमा क्याम्पस पढ्दा सांस्कृतिक फाँटमै बसेर काम गरेका पासाङ आफू अधिकांश कार्यक्रम र बैठकमा नाचेको स्मरण सुनाउँछन् । भन्छन्, 'माहोल नै त्यस्तै हुन्छ, ननाची मनै मान्दैन ।'

शान्तिप्रक्रियामा आएलगत्तै माओवादीले ०६३ माघमा चितवनमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । देशभरका प्रतिनिधि थिए त्यहाँ । 'त्यो कार्यक्रमको समापनमा पनि सबै नाचेका थिए, त्यो दृश्य बिर्सनै सकिन्न,' संगीतकर्मी खुसीराम पाखि्रन भन्छन्, 'माघको जाडोमा पनि तात्यो चितवन ।'

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो यस्ता बैठक र कार्यक्रममा नछुटाई नाच्छन् । तर, उनी ननाचेको वा नाच्न नसकेको बैठक थियो ०६२ असोज/कात्तिकमा सम्पन्न चुनवाङ बैठक । युद्धका सहिद र घाइतेसम्बन्धी अपेरा देखाइएको सो बैठकको एउटा भागमा माओवादी नेता धुरुधुरु रोएका थिए । तर, एकछिनपछि वातावरण अलिक पृथक भयो । नेता खुल्दै गए । मञ्चमा पनि क्रान्तिकारी भावका गीत बजाइए । कतिपय नेताहरू नाच्न सुरु गरे । तर, प्रचण्ड भने त्यहाँ नाचेनन् ।

त्यस्तै, ०६१ सालको फुन्टिवाङ बैठकको समापनमा पनि माओवादी नेताहरूले नाचगान गरेका थिए । 'त्यो बैठकमा सबैभन्दा बढी पासाङ कामरेड नाच्नु भो, उहाँको नृत्यलाई सबैले सह्राएका थिए,' पोलिटब्युरो सदस्य राम कार्कीले स्मरण सुनाए ।

युद्धकालमा माओवादी केन्द्रीयस्तरका बैठक भारतमा समेत बसे । तर, नेपालमा जस्तो भारतमा बसेका बैठकमा नाचगान नभएको माओवादी नेताहरूको अनुभव छ । 'भारतमा बसेका बैठक निकै गोप्य हुन्थे, त्यहाँ नाचगान गर्ने वातावरण नै थिएन,' पोलिटब्युरो सदस्य कार्कीले थपे, 'नेपालमा बसेका बैठकमा नेपालीपन हुन्थ्यो, राग आउँथ्यो ।'

संगीतकर्मी पाखि्रन पनि भूमिगतकालमा पिटी खेल्ने जनसेनाका कमान्डर नाचगानमा पनि अगाडि आउने गरेको स्मरण सुनाउँछन् । भूमिगतकालदेखि नै नेता प्रभाकर र बलदेवलाई माओवादीभित्र नाच्न सिपालु नेताका रूपमा चिनिँदै आइएको छ ।

माओवादी नेताहरू युद्धभित्र पनि मनोरञ्जन हुने अनुभव सुनाउँछन् र नाचगानलाई क्रान्तिभित्रको स्वाभाविक प्रक्रियाका रूपमा लिन्छन् । माओवादी नेतृत्वको सरकारमा शान्तिमन्त्री बनेको नेता प्रभाकरको ठम्याइ छ, 'राजनीति भनेको निरस जीवन होइन, त्यसमा आवेग, विवेक, मनोरञ्जन, आक्रोश, पीडा, खुसी, कष्ट, हर्ष सबै हुन्छ क्रान्तिको राजनीतिमा ।'

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5042.html]

कोइरालालाई काँग्रेसले कारवाही गर्नुपर्छः मन्त्री भण्डारी

विजय नेपाल पोखरा ६ भदौ


पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले कुटनैतिक मर्यादा विपरीत भ्रमण रद्ध गर्ने परराष्ट्रमन्त्री सुजाता कोइरालालाई कांग्रेसले कारवाही गर्न सक्नुपर्ने बताएका छन।
कुटनैतिक मर्यादा विपरित लाग्ने मन्त्रीलाई सरकारले कारवाही गर्न नमिले सम्बन्धित पार्टीले कारवाही गर्नुपर्ने उनको भनाई थियो।
भारत भ्रमणपछि स्वदेश फर्कनुभएका मन्त्री भण्डारीले हरितालिका तीजको अवसरमा नव आदर्श क्लव, लामाचौरको आयोजनामा भएको तीज मेलाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारत भ्रमण नगरे पनि भ्रमणमा कुनै फरक नपारेको टिप्पणी गरे।
माओवादीले गरिरहेको विरोध र यसैका कारण संविधान नबन्ने भनेर गरिएको टिप्पणीप्रति उनले …कुनै पनि पार्टीले चाहाँदैमा संविधान बन्ने र नचाहदैमा नबन्ने भन्ने हुँदैन सवै दलको सहमतिमै संविधान बनाउनु पर्छ' भने।

Source:[http://www.dainikee.com/newsdetail-9743.html]

उपप्रधानमन्त्रीको पद दाबी गर्न सजिलोः कोइराला

काठमाडौं, भदौ ५ -

प्रधानमन्त्रीसँग स्थगित भारत भ्रमणबाट आएको विवादले कांगे्रसलाई उपप्रधानमन्त्रीको दाबी गर्न सजिलो भएको परराष्ट्रमन्त्री सुजाता कोइरालाले बताएकी छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालसँगको भारत भ्रमण अचानक स्थगित गरेर पार्टी भित्र र बाहिर चर्को आलोचनाकी पात्र भएकी मन्त्री कोइरालाले राजधानीमा शुक्रबार प्राध्यापक संघको कार्यक्रममा उक्त कुरा बताएको हो । उनले प्रधानमन्त्रीसँगको भारत भ्रमण आफ्नो स्वास्थ्य स्थितिका कारण रोकिएको बताइन् ।
'म औषधी प्रयोग गरेर जान सक्थे ।' उनले भनिन् 'तर यसरी जाँदा नराम्रो हुने भएकाले गएन ।' उनले आफूले प्रधानमन्त्री सँग उपप्रधानमन्त्रीको पद माग गरेको हल्लाको निराधार भएको बताइन। साथै यसमा कुनै सत्यता नभएको उनले दाबी गरिन ।

Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=210751]

सुजातालाई संसदीय दलले फेरि बोलायो

कार्यव्यस्तता भन्दै सुजाता प्रष्टीकरण दिन गइनन्-

काठमाडौं, भदौ ६ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलले परराष्ट्र मन्त्री सुजाता कोइरालालाई भारत भ्रमणका बारेमा स्पष्टिकरण दिन आगामी मंगलबार फेरि बोलाएको छ। संसदीय दलमा शनिबार उपस्थित नभएको भन्दै सभासदहरुले उनमाथि कारबाहीको माग गरेका थिए।
भारत भ्रमणमा नगएकोमा कार्यालयमा नै आएर जवाफ दिन स‌ंसदीय दलले दिएको निर्देशन लत्याउँदै उनी तीज सम्बन्धी कार्यक्रममा भाग लिन अन्यत्रै गएकी थिइन्।

सभासदहरु पूर्णबहादुर खड्का, गगन थापालगायतकाले संसदीय दलले बोलाएको भन्दा महत्वपूर्ण कार्यक्रम अन्यत्र हुन नसक्ने भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका थिए। नारायण खड्कासहितका केही सभासद्हरुले भने उनलाई फेरि एकपटक दलमा बोलाउन पत्र पठाउने पर्ने धारणा संसदीय दलको बैठकमा व्यक्त गरेका थिए।

"परराष्ट्र मन्त्रीले पठाएको चिठी हेर्दा उनी वा उनको सहयोगीले विषयको गाम्भिर्यता नबुझे जस्तो छ। एकपटक फेरि दलमा उपस्थित हुन निर्देशन दिनुपर्छ" खड्काले बैठकमा भने। अन्त्यमा उनलाई फेरि बोलाउने निर्णय संसदीय दलले गरेको हो।

सुजाताले व्यस्त भएकाले उपस्थित हुन नसक्ने लिखित जनाउ स‌सदीय दलमा दिएकी थिइन्। उनले अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले संसदीय दलमा आएर जवाफ दिन आउन नसक्ने बताएकी थिइन्।

यसअगाडि नागरिकसँग कुरा गर्दै कोइरालाले स्पष्टिकरणको पत्र आफूले नपाएको बताएकी थिइन्। "पत्र पाए पनि मलाई परराष्ट्र मन्त्रीको हैसियतमा प्रश्न सोधिएको रहेछ। मन्त्रालयबाटै जवाफ पठाउँछु" उनले भनेकी थिइन्।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिबार बिहान आफ्नी छोरी तथा परराष्ट्र मन्त्री सुजाता कोइरालालाई भेट्न मण्डिखाटार पुगेका छन्। 'अस्वस्थ' छोरीलाई भेट्न कोइराला सुजाता निवास पुगेका हुन्। दुई जनाको भेटपछि दिएको प्रतिक्रियामा सुजाताले संसदीय दल नजाने बताएकी हुन्।

भ्रमण दलमा सहभागी नभएकोबारे कांग्रेस संसदीय दलको कार्यालयले परराष्ट्र मन्त्री कोइरालालाई शनिबार दिनको १ बजे प्रष्टीकरण दिन बोलाएको थियो । कोइरालालाई अन्तिम समयमा आएर प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमा नगएकोबारेमा स्पष्टीकरण दिनुपर्ने निर्णय शुक्रबारको बैठकले गरेको हो।

बैठकमा प्रधानमन्त्रीको भ्रमणमा नगएर सुजाताले कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाई पार्टीबाट कारबाही गर्न चर्को माग भएपछि बैठकले त्यस्तो निर्णय गरेको थियो।

Source:[http://www.nagariknews.com/politics/party-politics/4224-2009-08-22-06-05-58.html]

आयोग्य लडाकुका कारण समस्या

मनोज बस्नेत

काभ्रे, भदौ ५ - शान्ति तथा पुर्नस्थापना मन्त्री रकम चेम्जोङले अयोग्य लडाकुलाई शिविरबाट ननिकालेका कारण माओवादी लडाकुको व्यवस्थापन गर्न सरकारलाई समस्या परेको बताएका छन् ।
माओवादीले अयोग्य चार हजार बाल लडाकुहरुलाई सेनाको रुपमा राखेको भन्दै उनले बालबालिकाको प्रयोग गरेर आपूुसंग धेरै संख्यामा लडाकु भएको माओवादीले देखाउन चाहने बताए ।'संयुक्त राष्ट्र संघले समेत अयोग्य भनी छुट्याइराखेका चार हजार बालबालिकाहरुलाई माओवादीले लडाकुको रुपमा शिविरमा राखेको छ' उनले भनेे ।
शुक्रबार, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन -प्याब्सन) ले काभ्रेको बनेपामा आयोजना गरेको २०६५ सालको एस.एल.सी.मा उत्कृष्ट विद्यार्थी एवम् शतप्रतिशत उतिर्ण गराउन सफल विद्यालय सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
'माओवादी आफ्नै घमण्डको कारणले सरकारबाट हट्यो, उसलाई अहिले सम्म पनि आफूसंग सेना छ भनेर घमण्ड छ' उनले भने । बालबालिकालाई सेना भन्नु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको भन्दै उनले बालबालिकालाई माओवादी शिविरबाट हटाउनु पर्ने धारणा व्यक्त गरे ।
माओवादीले शिविर भित्र बालबालिकाहरुलाई मानसिक एवम् शारिरीक रुपमा पीडा दिइरहेको छ उनले आरोप लगाए ।

Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=210720]

भारतबाट प्रहरीलाई हतियार ल्याइने

भारत भ्रमण सफल: नेपाल-

लेखनाथ पाण्डे काठमाडौं, भदौ ६ - प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दिने भ्रमण पुरा गरी शनिबार अपरान्ह स्वेदश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भारत भ्रमण सफल रहेको जिकिर गरे।

प्रधानमन्त्री नेपालले नेपाल प्रहरीका लागि चाहिने हतियार र बन्दोवस्तीका सामाग्री ल्याउनेबारे भारतसँग छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिए। वृहत शान्ति सम्झौतामा प्रहरीलाई पनि हतियार ल्याउन नपाइने भन्ने उल्लेख नभएको नेपालले बताए। नेपाली सेनाका बिषयमा भने बन्दोबस्तीका सामान मात्र शान्ति सम्झौता अन्तर्गत रहेर मात्र ल्याइने बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भ्रमण 'इतिहासमै सर्वाधिक असफल' भनेर आलोचना गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिरक्षा गरेका गर्दै पटक पटक भ्रमण सफल रहेको बताए।

'(मेरो भ्रमण) इतिहासमै सर्वाधिक असफल के कारणले भयो?' माओवादी अध्यक्ष दाहालको भनाईप्रति प्रश्न गर्दै प्रधानमन्त्रीले थपे, 'हिजो उहाँले भारतसँग गर्न नसकेको सन्धी सम्झौता गरेकाले असफल भएको हो कि?'

प्रधानमन्त्री नेपालले अध्यक्ष दाहालप्रति व्यङ्य गर्दै 'केहीको कामै आलोचना' गर्ने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे। भारतसँग दाहाल सरकारले गर्न नसकेका वाणिज्य र अनधिकृत व्यापारसम्बन्धी दुई सन्धी गर्न आफू सफल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसबाट व्यापार बढ्ने र व्यापार घाटा न्यून हुने आशा व्यक्त गरे।

नेपालले अन्तिम समयमा आएर भ्रमण बहिष्कार गर्ने परराष्ट्रमन्त्री सुजाता कोइरालाप्रति कडा व्यङ्य गरे। 'कतिपयका अनिच्छाका विपरीत भ्रमण अत्यन्तै सफल भएको छ' उनले हाँस्दै भने, 'परराष्ट्रमन्त्रीज्यूको स्वास्थ्य देखेर अहिले म अति नै खुशी भएको छु।' प्रधानमन्त्रीले त्यसो भनिरहँदा उनलाई स्वागत गर्न गएकी मन्त्री कोइराला मुस्कुराइरहेकी थिइन्।

परराष्ट्रमन्त्रीको भ्रमण रद्द हुनुले सरकारको भविष्यमाथि नै टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री नेपालले भने त्यसलाई 'तुकहिन बहस' भनी टिप्पणी गरेका छन्। 'सरकारका भविष्यमाथि भएका अलकडवाजीमा कुनै तुक छैन' उनले भने।

प्रधानमन्त्री नेपाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले उनका भारतीय सकमक्षी मनमोहन सिंहसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति प्रतिभादेवी पाटील, उपराष्ट्रपति परराष्ट्र, गृह, अर्थ, अर्थ, वाणिज्यलगायत क्याविनेटमन्त्रीहरूसँग भेटवार्ता गरेको थियो।

'हामी नेपाली जनताको सद्भाव लिएर गएका थियौं' प्रधानमन्त्रीले थपे, 'अहिले नेपालको शान्ति, स्थाइत्व र संविधान लेखन प्रक्रियामा उनीहरूको सद्भाव लिएर आएका छौं।'

प्रधानमन्त्री नेपालले भारतले नेपालमा शान्ति र स्थाइत्व चाहेको र यसमा सहयोग गर्न तत्पर रहेको जानकारी दिए। शान्ति, सद्भाव र स्थिरता भारतको चाहना पाएको छु' प्रधानमन्त्रीले भने, 'नेपालको अस्थिरता, पछौटेपन र अशान्तिले भारतमा पनि असर पर्छ भन्ने उहाँहरूको बुझाई छ।'
नेपालमा लगानी भित्राउन समेत पनि भ्रमणबाट योगदान पुगेको भन्दै प्रधानमन्त्रीले भारतले रु ३२ अर्ब ६० करोडभन्दा बढी आर्थिक सहायता प्रदान गर्ने बचन दिएको बताए।


Source:[http://www.nagariknews.com/politics/international/4233-2009-08-22-10-36-13.html]

Friday, August 21, 2009

बिरामी परेकाले भारत नगएकी हुँ : सुजाता



निवासमै स‌ञ्चारकर्मी बोलाएर स्पष्टोक्ति-

तिलक पाठक/ लेखनाथ पाण्डे, काठमाडौं, भदौ ५

"नयाँ साडी किनिसकेकी थिएँ, कपाल छोट्याइसकेकी थिएँ, म पूरा तयारीमा थिएँ।" तीजको पूर्वसन्ध्यामा दुई चेलीबीचको संवाद होइन यो। परराष्ट्रमन्त्री सुजाता कोइराला आफ्ना भारत भ्रमणका तयारीबारे सुनाउँदै छिन्।
प्रधानमन्त्री माधवकुमार नेपालसँगै भारत नगएपछि उनी यतिबेला चौतर्फी विवादमा तानिएकी छन्। तर, सञ्चारमाध्यममा आएजस्तो उपप्रधानमन्त्रीको 'बार्गेन' नमिलेपछि नगएको भन्ने भनाईलाई उनले खण्डन गरिन्। "अचानक ज्वरो आयो, हालखुट्ट गले र एसिडिटी बढ्यो" उनले प्रष्टिकरण दिइन्, "चिकित्सकले नजान सल्लाह दिए, म गइन, स्वास्थ्यसँग कसैले सम्झौता गर्न पनि त सक्तैन।"

मन्त्री कोइरालाले भ्रमणमा जान नसक्दा आफू स्वयं निराश बन्न पुगेको भन्दै आफ्ना तयारी खेर गएकोमा दुःख व्यक्त गरिन्। यसअघि भारत जाँदा व्यस्त भएकीले नयाँ साडी किन्ने र कपाल छोट्याउने समय उनीसँग रहेनछ। भनिन्, "उतिबेला व्यस्त थिएँ, सबै तयारी गर्न हतार भयो।"

साउन २६ मा मा भारत गएकी उनी पाँच दिनपछि ३० गते फर्किएकी थिइन्। त्यसपछि गत मंगलबार उनी पुनः प्रधानमन्त्रीसँगै भ्रमणमा सामेल हुने कार्यक्रम थियो। दिल्लीबाट फर्किएपछिको समयलाई उनले साडी किन्नेदेखि कपाल छोट्याउने सम्मका तयारीमा भरपूर उपयोग गरिन्।
"अघिल्लो पटक भारत जाँदा अति व्यस्त थिएँ, समयै थिएन, कपाल बढेर लामा भएका थिए" उनले केश समाउँदै भनिन्, "अहिले हेर्नुस्, सबै मिलाएकी छु, तपाईँ नै भन्नुस् (भ्रमणप्रति) म कति उत्साहिँ थिएँ?"

छिमेकी देशका उच्चअधिकारीसँग द्विपक्षीय वार्ताका तयारी सम्बन्धी कुनै प्रसंङ्ग उप्काइनन्। बरू, सञ्चारमाध्यमले आफ्ना बारेमा अफवाह फैलाएको जिकिर गरिन्। भारत जानु अघिल्लो दिन मन्त्रीपरिषद्मा उपप्रधानमन्त्रीको मुद्दा नउठेको उनको बताइन्। सँगसँगै उक्त पदमा आफ्नो दाबी रहेको स्पष्ट संकेत दिइन्। "म उप्रधानमन्त्री भारतबाट फर्केर आएपछि पनि त बन्न सक्थेँ नि? भोली पनि बन्न सक्छु। मेरा लागि उक्त पद ठूलो होइन" उनले कारण भनिन्, "किनभने, म अहिल्यै (सरकारमा) पार्टीलाई नेतृत्व गरिरहेकी छु। पार्टीलाई नेतृत्व गर्नु उपप्रधानमन्त्री सरहै हो।'"

सत्तासीन सबैभन्दा ठूलो दलका तर्फबाट नेतृत्व गरेपनि उनी मन्त्रिपरिषद्मा मर्यदाक्रमअनुसार चौथो स्थानमा छिन्। मन्त्री कोइरालाका कतिपय भनाई आफैंमा बाझिने र विवादास्पद लाग्थे।

आफूले पहिल्यै भ्रमण गरिसकेकीले प्रधानमन्त्रीसँगै जानुपर्ने आवश्यकतै नभएको तर्कसमेत अघि सारिन्। "भ्रमणमा जान म इच्छुक थिएँ। तर, जानै पर्ने आवश्यकता होइन। किनभने, परराष्ट्र मन्त्रीले बारबार जान पनि त सक्तैन। घरभित्र बसेर पनि त काम गर्नुपर्‍यो। खाली घुमेर मात्रै पनि त हुँदैन।"

परराष्ट्रमन्त्रीले आफू भ्रमणमा जाने नसक्नेबारे सरकार प्रमुखलाई पूर्व जानरकारी दिइनन्। सहयोगी र सल्लाहकारमार्फत् उनले परराष्ट्र मन्त्रालयलाई खबर पठाएकी थिइन्। "म ज्वरो आएर सुतिहाले। बोल्नै सकिन" उनले विश्वस्थ पार्न खोजिन्। प्रधानमन्त्रीले मन्त्रालयकै एक अधिकारीमार्फत् आफ्नो भ्रमण दलमा सबैभन्दा महत्वपूर्ण सदस्य जान 'असमर्थ' भएको खबर पाएका थिए।

मन्त्री कोइरालाले आफूलाई उपचार गराउने चिकित्सकका नाम खोलीनन्। शुक्रबार नागरिकसँगको भेटमा उनी सामान्यः अवस्थामा देखिन्थिन्। उनका सहयोगीले फोटो पत्रकारलाई नल्याउन आग्रह गरेकाले तस्बिर लिन सकिएन। नेपाल प्रध्यापकसंघका करिब पाँच दर्जनभन्दा बढी व्यक्तिलाई उनले तारे होटल र्‍याडिसनमा निकटस्थलाई दिवा भोज दिएकी थिइन्। दिउँसो तीज सम्बन्धी एउटा कार्यक्रम उद्घाटन गर्ने जाने कार्यक्रम थियो उनको।
सञ्चारमाध्यमले आफ्नो भ्रमण स्थगतलाई अनावश्यक रूपमा उचालेको उनको गुनासो थियो। तैपनि उनले त्यसबाट आफू उल्टै 'लोकप्रिय' बन्न पुगेको बताइन्।

Source:[http://www.nagariknews.com/politics/international/4201-2009-08-21-07-31-10.html]

संसदीय दलद्वारा भ्रमणमा नगएकाबारे स्पष्टीकरण दिन सुजातालाई पत्र

मन्त्रीबाट फिर्ता गरी कारबाही गर्न माग-

नेपाली कांग्रेसको संसदीय दलले परराष्ट्र मन्त्री सुजाता कोइरालालाई अन्तिम समयमा आएर प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमा नगएकोबारेमा स्पष्टीकरण दिन शनिबारको बैठकमा बोलाएको छ।
दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीको भ्रमणमा नगएर सुजाताले कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाई पार्टीबाट कारबाही गर्न चर्को माग भएपछि त्यस्तो निर्णय भएको हो।
स्रोतका अनुसार बैठकको निर्णयअनुसार दलका सचिव महेन्द्रध्वज जीशीले सुजातालाई शनिबारको बैठकमा आएर भ्रमणमा नगएकाबारे स्पष्टीकरण दिन शुक्रबार साँझ लिखित पत्र पठाएका छन्।
बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलेले पार्टी कार्यसमिति बैठकले उपप्रधानमन्त्री पद नमागेको र परराष्ट्रमन्त्रीको भ्रमण रद्द भए पनि प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारलाई निरन्तर सहयोग र सहभागिता जारी राख्ने भनी गरेको निर्णय पारित गर्न प्रस्ताव राखेका थिए।

तर, बैठकमा बोल्ने अधिकांश सदस्यले परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भ्रमणमा नजानु राष्ट्रिय लज्जाको विषय भएकाले लिखित रूपमा स्पष्टीकरण नसोधी अरू कुनै पनि प्रस्ताव पारित गर्न नहुने आवाज उठाएपछि प्रस्ताव रोकिएको थियो। सदस्यहरूले तीव्र आवाज उठाएपछि संसदीय दलले सुजातासित शनिबारको बैठकमा स्पष्टीकरण दिनका लागि लिखित पत्र पठाउने निर्णय गरेको हो।
...परराष्ट्रमन्त्रीले उपप्रधानमन्त्री पाइन भनेर भारत भ्रमणमा नजानु कूटनीतिक मर्यादाको उल्लंघनमात्र नभई राष्ट्रिय लज्जाको विषय हो। मन्त्री दलप्रति उत्तरदायी हुन्छन् कि हुन्नन्? दलले उनलाई कारबाही गर्नुपर्छ' सभासद्हरूको भनाइ थियो।

बैठकमा नरहरि आचार्य, नारायण खड्का, पूर्णबहादुर खड्का, रमेश लेखक, अजय द्विवेदी, सीता गुरुङ, मीना सिधा, मोहम्मद सिद्धिकीलगायतले उपप्रधानमन्त्री पद नपाएका कारण सुजाताले भ्रमण रद्द गरेर कूटनीतिक मर्यादा र पार्टीको अनुशासनविपरीत कार्य गरेको भन्दै कारबाही गर्न माग गरे।
बैठकमा बोल्ने कसैले पनि सुजाताको समर्थनमा बोलेननन्। उपप्रधानमन्त्री नपाएका कारण भारत भ्रमण रद्द गरेकामा पार्टीले छानबिन गरी सुजातामाथि कारबाही गर्नुपर्ने धारणा बोल्ने सबैको थियो।

कांग्रेसको बुधबार बसेको केन्द्रीय समितिको बैठकमा समेत अमर्यादित व्यवहार गरेकामा उनलाई सरकारबाट फिर्ता बोलाउन माग भएको थियो। संसदीय दलको बैठकमा एजेन्डा नभए पनि सबैले सुजाताले भ्रमण रद्द गरेको विषयमा बोल्दै उनको आलोचना गरेका थिए।
संसदीय दलको बैठकमा सभासद्हरूले अस्वस्थ भएको बहानामा सुजाताले अन्तिम समयमा अचानक भ्रमण रद्द गरी प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुक भारतको अपमान गरेकोसमेत आरोप लगाए।
उनीहरूले कूटनीतिक मर्यादाको उल्लंघन, आफ्नो र आतिथ्य मुलुकको मानमर्दन गरेकामा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई कारबाही गरे भने पार्टीको अडान के हुन्छ? भन्ने प्रश्नसमेत गरेका थिए।

'सुजाता अस्वस्थताका कारण भारतमा नगएको भन्ने कुरा विश्वास गर्न सकिन्न। पार्टीको निर्णयबिनै कुनै नेता या सुजाता आफैंले उपप्रधानमन्त्री पद माग्दा नपाएपछि भ्रमण रद्द गरेकी हुन्। अनुशासनहीन र पार्टी निर्णयविपरीत कार्य गरेकामा सुजातालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ। पार्टीबाट कारबाही गर्न स्पष्टीकरण सोध्नुपर्छ' उनीहरूको भनाइ थियो।

उनीहरूले परराष्ट्रमन्त्री भारत नजाँदा त्यसबाट प्रधानमन्त्रीको भ्रमण ओझेलमा परेको, नेपाली कूटनीति र द्विपक्षीय वार्तामा मुलुकले उठाउने मुद्दालाई कमजोर बनाएको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका थिए।
...प्रधानमन्त्रीका प्रत्येक भ्रमणमा परराष्ट्रमन्त्री जाने चलन हुन्छ, तर यसपटक त्यो परम्परालाई तोडेर सुजाताले आतिथ्य मुलुक भारत र प्रधानमन्त्रीको समेत अपमान र मानमर्दन गरेकी छन्। कसैलाई पनि कूटनीतिक मर्यादा उल्लंघन गर्ने, छिमेकी मुलुकको अपमान गर्ने र देशकै प्रतिष्ठामा आघात पुग्ने अधिकार कसैलाई हुन्न' उनीहरूको भनाइ थियो।
पार्टीले उनलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्रीसित माग गरेको छैन। सभापति कोइरालाले पार्टीमा निर्णय नभई प्रधानमन्त्रीसित छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएर भारत भ्रमणमा लैजान दबाब दिएका थिए।
प्रधानमन्त्रीले उपप्रधानमन्त्री नबनाएपछि उनले भारत प्रस्थान गर्ने दिन बिहान भ्रमण रद्द गरेकी हुन्। बुधबार बसेको पार्टी बैठकले समेत सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीले माग नगरेको स्पष्ट पारिसकेको छ।
सभासद्हरूले आफ्नो व्यक्तिगत चाहना र कुण्ठा पूरा भएन भन्दैमा भ्रमण रद्द गर्नु पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको उल्लेख गरेका थिए। पार्टीको निर्णयबिना छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिएकामा सभापति कोइरालाको समेत सभासद्हरूले आलोचना गरेका थिए।
'सुजाता र सभापति कोइरालाको चाहना र स्वार्थ पूरा भएन भन्दैमा आफ्नो पार्टीको समर्थन र सहभागितामा बनेको सरकारका प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुकको अपमान र मानमर्दन गर्नु दुर्भाग्यपूर्ण हो। त्यो परराष्ट्रमन्त्रीको कर्तव्य र कूटनीतिक मर्यादापिरीत हो। सभापति कोइरालाले सुजातालाई भ्रमण रद्द गर्न भित्रीरूपमा स्वीकृति दिनुसमेत गैर जिम्मेवार व्यवहार हो' उनीहरूको भनाइ थियो।
उनीहरूले कुनै एउटा व्यक्तिको लहड, चाहना र कुण्ठाका कारण वर्तमान सत्ता समीकरणमा असर पर्न नहुने उल्लेख गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म नेपाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता निरन्तर जारी राख्नुपर्ने अडान राखेका थिए।
बैठकमा अरू मन्त्रीको कार्यशैलीको समेत विरोध भएको थियो। बैठकमा संविधान निर्माणमा देखिएका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने र शान्ति सम्झौताको भावनाबमोजिम माओवादी लडाकुको समायोजन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्नेबारेमा छलफल भएको थियो।

सचिवमा जीशी, प्रवक्तामा जोशी र कोषाध्यक्ष रिजाल
कांग्रेसले संसदीय दलको सचिवमा महेन्द्रध्वज जीसीलाई मनोनीयत गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले उनलाई मनोनयन गरेको हो।
बैठकले नेता रामचन्द्र पौडेलको प्रस्तावमा संसदीय दलको प्रवक्तामा नवीन्द्रराज जोशी र कोषाध्यक्षमा कल्याणी रिजाललाई मनोनयन गरेको छ। बैठक दलका नेता पौडेलको अध्यक्षतामा बसेको थियो।


Source:[http://www.nagariknews.com/politics/party-politics/4200-2009-08-21-07-13-28.html]

रेल्वेलाई लेखा परीक्षण गर्न निर्देशन

ब्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल रेल्वे कम्पनी लिमिडेडलाई आउँदो माघ महिनाभित्र लेखा परीक्षण गर्न निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकले रेल्वे कम्पनीले गत ०५८ सालदेखि लेखा परीक्षण नगरेको देखिएपछि समितिले सो निर्देशन दिएको हो।
जनकपुर–जयनगर रेल सेवाबाट नागरिकले पाएको सुविधा, मर्मतको योजना र भावी कार्ययोजनाका बारेमा जानकारी लिन बिहीबारको बैठकमा श्रम तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव बाबुराम आचार्य र रेल्वे कम्पनीका निमित्त महाप्रवन्धक यमुना पंजियारलाई बोलाएको थियो।
समितिले कम्पनीका कर्मचारीको यथार्थ विवरण र सेवाका सम्बन्धमा सबै कागजपत्र ७ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ। समितिले रेल्वे सेवाका बारेमा छलफल गर्न आउंदो भदौ १७ गते श्रम तथा यातायात ब्यवस्था र भौतिक योजना तथा निर्माण मन्त्री र यातायात ब्यवस्था विभागका प्रमुखलाई बोलाएर जानकारी लिने निर्णय पनि गरेको छ।
योबाहेक नमूना रेलको सम्बन्धमा संबन्धित पक्षसँग छलफल गरिएको थियो ।
सरकारले नमूना रेल बनाउने महत्वाकांक्षी योजना बनाएपछि सम्बन्धित पक्षसँग जानकारी लिइएको समितिका सभापति नारायण दाहालले जानकारी दिए ।

Source:[http://www.dainikee.com/newsdetail-9719.html]

व्यापार सन्धिमा शनिबारसम्म हस्ताक्षर हुने

नयाँ दिल्ली, भदौ ५ - वाणिज्य मन्त्री र सचिवहरुलाई दिल्लीमा उनीहरुका भारतीय समकक्षीसँग नेपाल-भारत व्यापार सन्धिको संशोधनमा छलफल गर्न लगाएर प्रधानमन्त्री माधवकुमार नेपाल पहिल्यै तय गरिएको कार्यक्रम अनुसार शुक्रबार मुम्बई पुगेका छन् ।
भारतको आर्थिक राजधानीमा नेपाली प्रधानमन्त्रीले केही व्यापारीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न बोलाए भने भारतीय स्टक एक्स्चेन्ज र हालैमात्र सञ्चालनमा आएको समुद्री पुलको अवलोकन गरे । भारतीय हवाई सेवाको विमानबाट मुम्बई पुगेका प्रधानमन्त्री विमानस्थलबाट सिधै शहरका दुई ठाउ बान्द्रा र ओर्लीलाई जोड्ने सुमद्रमाथिको पुल हेर्न पुगेका थिए । लामो विवाद र निर्माण अवधी पछि बनेको पुल दुई महिना अघि सञ्चालनमा आएको थियो ।
मुम्बईको एक रात प्रधानमन्त्री नेपालले गत नोभेम्बरमा आतंककारी हमलामा परेको ट्राइडेन्ट ओवरोय होटलमा विताएका छन् । दिल्लीमा पनि उनी ओवरोयमै बसेका थिए ।
भारतीय कि्रकेट बोर्डका अध्यक्ष सशांक मनोहरले प्रधानमन्त्रीलाई होटलमै भेटेका छन् । बोर्डले नेपाली क्रिकेट क्षेत्रमा गर्ने सहयोगबारे कुनै कुरा भएको थिएन ।
आफ्नो राजधानी शहरमा फोहोरका समश्याबाट चिन्तित प्रधानमन्त्रले बृहन्मुम्बई महानगरपालिको फोहोर व्यवस्थापन तरिकाबारे पनि जानकारी लिएका छन् ।
यता दिल्लीमा वाणिज्य मन्त्री राजेन्द्र महतो, मुख्य सचिव माधव घिमिरे, वाणिज्य सचिव पुरुषोत्तम ओझा, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य प्रधानमन्त्रीसँग मुम्बई जाने कार्यक्र रद्ध गरी व्यापार सन्धीको संशोधित खेस्रामाथि भारतीयहरुसँग छलफल गरेका छन् । बुझिए अनुसार तेस्रो मुलुकबाट ल्याइएको सामान नेपाल या भारत हुदै एक अर्को मुलुकमा निर्यात गर्ने प्रावधान हटाइने छ । दिल्ली आउदा नेपाली पक्षले त्यो बुदाँ विना सहमति नजनाउने र भारतलाई मनाउने सोच राखेको थियो । चीनिया सामान नेपाल हुदै भारतीय बजार छिरेर आफ्ना उत्पादनको कारोबारमा क्षति पुर्‍याउने डरले भारतले त्यो बुदाँमा पटक्कै सहमति जनाएन । त्यसैले सन्धीलाई समान तुल्याउन भारत आएका तेस्रो देशका सामान पनि नेपाल आयान गर्न पाइने बुदा हटाइएको छ । शनिवार दिल्ली हुदै नेपाल फर्किने योजनामा रहेका प्रधानमन्त्रीको यात्रा तालिकामा हल्का वदलाव गरेर कुनै वेला सन्धीको संसोधित स्वरुपमा हस्ताक्षण हुने सम्भावना रहेको नेपाली पक्षबाट बुझिएको छ । 'कुराकानी भइरहेको छ, शनिवारसम्ममा हस्ताक्षर होला,' वाणिज्य सचिव ओझाले शुक्रबार दिउसो कान्तिपुरसँग भने ।

Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=210756]

Thursday, August 20, 2009

कुनै पनि सन्धी सम्झौता नगर्न माओवादीको चेतावनी

काठमाडौं, ४ भदौ (दैनिकी)
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमण क्रममा पञ्चेश्वरलगायतका कुनै पनि नयाँ सम्झौताहरु नगर्न चेतावनी दिएको छ।
राजधानीमा सम्पन्न संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालको भेलापछि जारी विज्ञप्तिमा शान्ति सम्झौतामा कुनै पनि नयाँ सन्धीसम्झौता गर्दा राजनैतिक दलहरुको सहमति हुनुपर्ने उल्लेख गर्दै भ्रमणमा जनभावना विपरित कुनै सम्झौता भएमा त्यस्ता संझौताहरु अमान्य हुने उल्लेख छ।
भेलाले कुनै पनि हातहतियार र विस्फोटक पदार्थ खरिद गर्न नपाइने शान्ति सम्झौताको प्रावधान विपरीत नेपाल सरकार र भारत सरकारबीच हातहतियार खरिद बिक्रि हुन खोजिरहेको भन्दै आपत्ती जनाइएको छ।
सो भेलाले भोक, रोग र प्राकृतिक प्रकोपले क्षति पुगेका परिवारप्रति समवेदना प्रकट गर्दै चर्को मंहगी तुरुन्त घटाउन र जनतालाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, जनयुद्ध र जनआन्दोलनका शहिद परिवारलाई सुलभ तरिकाले राहत उपलब्ध गराउन तथा बेपत्ता बनाइएकाहरुको खोजीका लागि उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरिएको छ।
माओवादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनमा दवाव दिन क्रान्तिकारी संयुक्त मोर्चा गठन गरेको छ । मोर्चाले बिहीबार सम्पन्न बैठकले जारी आन्दोलनलाई निष्कर्षमा पुर्या्उन ४५ बुँदे घोषणा(पत्र पनि सार्वजनिक गरेको छ ।
नागरिक सर्वोच्चताका लागि जारी आन्दोलन अघि बढाउन बुधबार पुनःगठन भएको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले सत्ताको साधनको रुपमा पनि काम गर्दै जाने रणनीतिसहित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र बुधबार राजधानीमा भएको भेलाले पारित गरेको थियो ।


Source:[http://www.dainikee.com/newsdetail-9703.html]

भारत भ्रमण असफल : अध्यक्ष दाहाल

बिहिवार, 20 अगष्ट
विराटनगर, ४ भदौ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधव नेपालको भारत भ्रमण असफल रहेको दाबी गरेका छन्। परराष्ट्र मन्त्री सुजाता कोइरालाले अन्तिम समयमा आएर भ्रमण रद्द गर्नु र भारतसँग वाणिज्य सन्धी नहुनेले भ्रमण असफल भएको पुष्टि भएको उनले बताए।

दाहालले अब छिट्टै माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन्। कार्यकर्ता प्रशिक्षणका लागि धरान जाने क्रममा बिहीबार विराटगर विमानस्थलहरुमा पत्रकारहरुको जिज्ञासमा दाहालले वर्तमान सरकारले शान्ति प्रक्रियालाई टु‍गोमा पुर्‍याउन र नयनँ संविधान लेख्न नसक्ने बताए। संविधानसभाको ठूलो दल भएका कारण माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने दाहालको भनाइ थियो।
अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्षहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापालगायतका नेताहरू त्यसतर्फ लागेका हुन्।

पार्टीअन्तर्गतको कोचिला, किराँत र लिम्बुवान राज्यसमितिअन्तर्गतका कार्यकर्ताहरूलाई प्रशिक्षण दिनका लागि उनीहरू धरान गएका हुन्।

Source:[http://www.nagariknews.com/politics/party-politics/4169-2009-08-20-08-00-22.html]

सुजातालाई फिर्ता बोलाउन माग


बलराम बानियाँ, काठमाडौं, भदौ ४- कांग्रेसमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा नगएर कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाउन माग भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा बोलेका १८ सदस्यमध्ये सबैले बिरामीको बहाना बनाएर सुजाताले अन्तिम समयमा अचानक भ्रमण रद्द गरी प्रधानमन्त्री र आतिथ्य मुलुक भारतको मानमर्दन गरेको भन्दै तीव्र आलोचना गरेका थिए।

कांग्रेसमा सुजाताले भ्रमण रद्द गरेकोबारे दिउँसो बाह्र बजेदेखि साढे २ बजेसम्म छलफल भएको थियो। बैठकमा अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, विनयध्वज चन्द, गोविन्दराज जोशी, रामशरण महत, बलबहादुर राई, चक्रप्रसाद बाँस्तोला, मीना पाण्डे, एनपी सावद, मनमोहन भट्टराई, सुनिल भण्डारी, प्रदीप गिरी, पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, अर्जुन जोशी, कृष्णलाल सापकोटालगायतले बोलेका थिए।

'सुजाता अस्वस्थताका कारण भारतमा नगएको भन्ने पत्याउन सकिन्न। पार्टीको कुनै नेता या सुजाता आफैंले उपप्रधानमन्त्री पद माग्दा नपाएको र त्यही कारण भ्रमण रद्द गरेकी हुन्। अनुशासनहीन र पार्टी निर्णयविपरीत कार्य गरेकामा सुजातालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले परराष्ट्रमन्त्री भारत नजाँदा प्रधानमन्त्रीको भ्रमण ओझेलमा परेको, नेपाली कूटनीति र द्विपक्षीय वार्तामा मुलुकले उठाउने मुद्दा कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

'प्रधानमन्त्रीका हरेक भ्रमणमा परराष्ट्रमन्त्री जाने परम्परा हुन्छ, तर यसपटक त्यो परम्परा तोडेर सुजाताले आतिथ्य मुलुक भारत र प्रधानमन्त्रीको समेत मानमर्दन गरेकी छन्। कसैलाई पनि कूटनीतिक मर्यादा उल्लंघन गर्ने र मुलुककै बेइज्जती गर्ने अधिकार हुन्न। सुजातालाई कारबाही गर्नैपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले बैठकमा पार्टीले सुजातालाई उपप्रधानमन्त्री बनाउन माग गरेको हो कि होइन, स्पष्टीकरण दिन कार्यवाहक सभापति सुशील कोइराला र रामचन्द्र पौडेलसँग स्पष्टीकरण दिन माग गरेका थिए।

सुशीलले सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीले प्रधानमन्त्रीसँग माग नगरेको स्पष्टीकरण दिएका थिए। उनले कांग्रेस सभापति कोइरालालाई हवाला दिँदै सुजाताले अस्वस्थताका कारण भारत भ्रमण रद्द गरेको स्पष्टीकरण दिएका थिए।

'मैले मंगलबार गिरिजाबाबुसित सुजाताका बारेमा सोधेँ। गिरिजाबाबुले म भर्खरै सुजाताको निवासमा गएर फर्केको हुँ। बिरामी छे। त्यसैले बिरामी भएका कारण भारत नगएकी हो। अरू कारणले नगएकी होइन भन्नुभयो,' सुशीलले भने।

उनको स्पष्टीकरणबाट सदस्यहरूले चित्त बुझाएनन्। त्यसपछि सदस्यहरूले सुजाताको झन् चर्को विरोध गरे। उनीहरूले स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गर्दै सुजाता अस्वस्थताका कारणले भारत भ्रमणमा नगएको भनेर विश्वासै गर्न नसकिने बताए।
स्रोतका अनुसार बैठकमा धेरैजसोले आफ्नो व्यक्तिगत चाहना र कुण्ठा पूरा भएन भन्दैमा पार्टीको निर्णयबिना छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिएकामा सभापति कोइरालाको समेत आलोचना भएको थियो।

'सुजाताको व्यक्तिगत चाहना पूरा भएन भन्दैमा आफ्नो समर्थन र सहभागितामा बनेको सरकारका प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुकको मानमर्दन गर्नु दुर्भाग्यपूर्ण हो। त्यो परराष्ट्रमन्त्रीको कर्तव्य र कूटनीतिक मर्यादापिरीत हो,' उनीहरूको भनाइ थियो।

उनीहरूले कुनै एउटा व्यक्तिको लहड, चाहना र कुण्ठाका कारण सत्ता समीकरणमा असर पर्न नहुने उल्लेख गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म नेपाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता निरन्तर जारी राख्नुपर्ने अडान राखेका थिए।

सदस्यहरूको दबाबपछि कार्यसमिति बैठकले औपचारिक रूपमा 'शान्ति प्रक्रिया र संविधान निर्माणका सन्दर्भमा प्रधानमन्त्री नेपालको नेतृत्वमा रहेको वर्तमान सत्ता समीकरणलाई कांग्रेसको निरन्तर समर्थन र सहभागिता रहने कुरा दृढतापूर्वक व्यक्त गर्ने' निर्णय गरेको छ।

सुजाताका कारण वर्तमान सत्ता समीकरणको भविष्यलाई असर पर्न नदिन र सरकारको नेतृत्वमा रहेको एमालेमा कांग्रेसप्रति अविश्वास सिर्जना नहोस् भनेर यो निर्णय गरिएको जानकारी कांग्रेस केन्द्रीय सदस्य विनयध्वज चन्दले दिए। 'कुनै एउटा व्यक्तिका कारण सरकार ढल्दैन। शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण नभएसम्म यही समीकरण रहन्छ भन्नेमा एमालेलाई ढुक्क बनाउन हामीले यो निर्णय गरेका हौं,' उनले नागरिकसँग भने।

कूटनीतिक शिष्टाचारको अपहेलनाः गच्छदार
अजित तिवारी, विराटनगर, भदौ ४- भारत भ्रमणमा नगएर परराष्ट्रमन्त्री सुजाता कोइरालाले कूटनीतिक शिष्टाचारको अपहेलना गरेको आरोप कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले लगाएका छन्।
अन्तिम समयमा जिद्दी गरेर हुँदैन, घरको कुरा घरमै सल्टाउनुपर्छ, छिमेकीलाई सुनाउनु हुन्न,' गच्छदारले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित भने, 'सुजाताजी प्रधानमन्त्रीसँगै भारत जानुपथ्र्यो, उनको निर्णयले मुलुकको बेइज्जती भएको छ।'

सुजातालाई उपप्रधानमन्त्री बनाउने विषयमा आफूलाई केही थाहा नभएको गच्छदारले बताए। '२२ दलको सरकारमा कसले के पाउनेमा टुंगो लागिसकेको छ,' उनले भने, 'उपप्रधानमन्त्री कुनै पार्टीले बनाउने होइन, त्यो प्रधानमन्त्रीको विषय हो।'

व्यक्तिविशेषको निर्णयले बृहत् प्रजातान्त्रिक सरकार नढल्ने उनले स्पष्ट पारे। उनले भने, 'अब कसैले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको कल्पना नगरे हुन्छ।'

प्रधानमन्त्री नेपाल भारत भ्रमणबाट फर्किएलगत्तै सरकार अझ बिस्तार हुने उनले जानकारी दिए। पार्टीका तर्फबाट मन्त्रीको सूची बुझाइसकिएको छ, प्रम फर्किएलगत्तै उनीहरुको शपथ ग्रहण हुनेछ,' मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष समेत रहेका गच्छदारले भने।

राष्ट्रिय सरकारको बखेडा झिकेर राष्ट्रलाई बन्धक बनाउन नहुने गच्छदारको भनाइ छ।

प्रधानमन्त्रीको भ्रमण एयरपोर्टमै असफल
सप्तरीको राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुजाता कोइराला भारत नगएर वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नमा असफल पारेको आरोप लगाएका छन्।

भ्रमणको क्रममा दुई देशबीच हुने हरेक प्रकारका सहमति वा सम्झौताको कागजात परराष्ट्रमन्त्रीले हस्तान्तरण गर्ने परम्परा छ, तर सुजाता नै नगएपछि प्रधानमन्त्रीको यो भ्रमण काठमाडौं एयरपोर्टमै असफल भयो,' यादवले भने, 'नेपालका लागि यसभन्दा ठूलो जग हँसाइ के हुन्छ ?





उच्चस्तरीय संयन्त्रको संयोजकमा सुजातालाई राख्न कोइरालाको प्रस्ताव
काठमाडौं, भदौ ४ (नागरिक)- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रमुख तीन दलको उच्चस्तरीय संयन्त्रको संयोजकमा पुत्री परराष्ट्रमन्त्री सुजाता कोइरालालाई राख्न प्रस्ताव गरेका छन्।
कोइरालाले माओवादी, एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई अघि बढाउन गठन हुने संयन्त्रको संयोजकमा छोरी सुजातालाई बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।

माओवादीले कोइरालामाथि सुजातालाई नेता बनाउन तथा शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिनभन्दा पनि सरकारको सहयोग गर्नमात्र संयन्त्र बनाउन खोजेको आरोप लगाउँदै त्यही कारण संयन्त्र तुहिएको दाबी गरेको छ।

'संविधान निर्माण र शान्ति प्रक्रियालाई गति दिनका लागि सहमतिको वातावरण बनाउन माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता रहेको उच्चस्तरीय संयन्त्र गठन गर्‍यौं' कोइरालाले केही दिनअघि बसेको तीन दलको बैठकमा राखेको भनाइ उद्धृत् गर्दै स्रोतले भने- 'संयन्त्रको नेतृत्व म गर्छु। अहिलेलाई संयन्त्रको संयोजनको काम परराष्ट्रमन्त्री सुजाताले गर्छिन्।'

माओवादी स्थायी समितिका सदस्य लीलामणि पोखरेलले कोइरालाले छोरी सुजातालाई नेता बनाउन र सरकारको काम सघाउने प्रकारको संयन्त्र बनाउन खोजेको बताए। त्यही कारण संयन्त्र निर्माणको प्रस्ताव तुहिएको दाबी उनले गरे।

'शान्ति प्रक्रिया, संविधान निर्माण र सेना समायोजन प्रक्रियालाई अघि बढाउन संयन्त्र गठन गर्न हामी सहमत भएका हौं। तर, गिरिजाबाबुले प्रस्ताव गरेअनुसार सुजाताबाट संयन्त्रको संयोजन हुन सक्तैन। त्यही कारण संयन्त्र तुहिएको हो' पोखरेलले भने।
सभापति कोइरालाले पार्टीको तीव्र विरोधबीच छोरी सुजातालाई एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै पठाएका थिए।

Source:[http://www.nagariknews.com/news-highlights/139-highlights/4155-2009-08-20-03-25-40.html]

सित्तैको औषधी'ले बिरामी

दीपक दाहाल, काठमाडौं, भदौ ५- सरकारले अभियानका रूपमा काठमाडौंमा चलाएको जापानिज इन्सेफ्लाइटिस (जेई) खोप लगाएका दुई महिलामा नकारात्मक असर देखिएको छ। गत बिहीबार खोप लगाएकी नैकाप तीनथानाकी ४४ वर्षीया सन्तुमाया मालीको शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार भइरहेको छ। उनलाई आँखाको समस्या देखिएको छ भने हातखुट्टा सुन्निएका छन्। उनलाई घाँटी चलाउनसमेत अप्ठेरो भएको छ।

अस्पतालको शैय्यामा रहेकी मालीले नागरिकसँग भनिन्, 'एउटा चिज हेर्दा दुईवटा देख्छु।'
उनले नैकापस्थित हिमशिखर क्लबमा खोप लगाएकी थिइन्। घर पुग्दा उनको खुट्टा गल्न थाल्यो र निहुरिनसमेत कठिन भयो। 'साँझ हातखुट्टा चिटचिट् गर्न थाल्यो, भोलिपल्ट त सबै सुन्निएको रहेछ,' उनले भनिन्, 'शुक्रबार साँझ पेट फुल्यो र बान्ता पनि भयो।'

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार शुक्रबार तीनथाना गाविस- ४ को अर्को शिविरमा खोप लगाउँदा लगाउँदै अर्की महिला पनि बेहोस भएकी थिइन्। बेहोस भएलगत्तै खोपकेन्द्रमा विश्व स्वास्थ्य संगठनका चिकित्सक सुकदेव न्यौपाने र खोप अधिकृत नारायणकुमार मास्केलाई पठाइएको थियो। तर, यो घटना विभागले लुकाएको छ। बेहोस भएकी महिलासागै टोलीले मालीको पनि स्वास्थ्य परीक्षण गरेको थियो।

चिकित्सकले बान्ता भएमा टेकू अस्पतालमा सम्पर्क राख्न भनेपछि शनिबार मालीलाई त्यहाँ पुर्‍याइएको थियो। टेकुले उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पठायो। उपचारमा संलग्न शिक्षण अस्पतालका डा.राजेश नेपालले खोपकै कारण उनमा समस्या देखिएको संकेत दिए। 'खोपकै कारण भनेर पुष्टि नभए पनि बिरामीमा अरु कुनै रोग नदेखिएकाले शंका छ,' उनले भने।

अस्पतालका नशा विभाग प्रमुख वरिष्ठ न्यूरो विशेषज्ञ डा.जगदीशप्रसाद अग्रवालले पनि ब्रिफिङका क्रममा खोपकै कारण यस्तो भएको हुनसक्ने बताएका थिए।

'खोप भण्डारण र स्वास्थ्यकर्मीले सुई लगाउने क्रममा त्रुटि भएको हुनसक्छ,' बाल स्वास्थ्य महाशाखाका डा.श्यामराज उप्रेतीले बताए। विभाग स्रोतले खोप लगाएका अरू बिरामीले पनि 'रिँगटा लागेको', 'टाउको दुखेको' भन्दै फोन गरेको बताए।


विभागका उच्च अधिकारीले माली परिवारलाई विहीबार बोलाएर सम्पूर्ण उपचार खर्च बेहोर्ने भन्दै मुद्दा नचर्काउन भनेको छ। 'बहिनी गएकी थिइन्, गाविसबाट सिफारिस ल्याउनू, सबै खर्च बेर्होछौं भनेछन्,' सन्तुमायाका श्रीमान् बालकृष्णले भने।

'खोप गुणस्तरीय'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाल स्वास्थ्य महाशाखाले विहीबार एक विज्ञप्तिमार्फत् चार वर्षदेखि सञ्चालनमा ल्याएको खोप हानिकारक नभएको दाबी गरेको छ।

काठमाडौंमा इन्सेफ्लाइटिसका बिरामी भेटिएकाले अभियान चलाइएको उल्लेख गरेको छ। महाशाखाले निर्धक्क भएर खोप लगाउन आग्रह गरेको छ। तर, सरकारको स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन माग प्रणाली तालिम सन्दर्भ पुस्तिकाको पेज नं १० मा सामानको म्याद सकिने मिति ३/९९ लेखिएको भए तेस्रो महिनाको पहिलो दिन नै म्याद सकिने उल्लेख छ।


सरकारले गुणस्तरीय भने पनि धापासीको चन्द्रविन्दु विद्यालयमा रहेको खोपकेन्द्र पुगेका स्थानीय बासिन्दाले खोप बहिस्कार गरेका छन्।

स्वास्थ्यकर्मीलाई विभागमा बोलावट
खोपबारे नागरिक दैनिकमा प्रकाशित समाचारमा प्रतिक्रिया दिएको भन्दै विभागले आलापोट उपस्वास्थ्य चौकीका अहेव जगत नेपाली र धापासी उपस्वास्थ्य चौकीका प्रमुख उज्जलकुमार शर्मालाई तत्काल विभागमा सम्पर्क राख्न पत्र काटेको छ। विभागका महानिर्देशकको आदेशमा उनीहरुलाई पत्र काटिएको हो।

शर्मा र नेपाली दुबैले बुधबार नागरिकसँग खोपले काम नगर्ने भन्दै स्वास्थ्यकर्मीले आफ्ना परिवारका सदस्यलाई समेत खोप नदिएको बताएका थिए।

मिडियामा बोलेको आधारमा कर्मचारीलाई कारबाही भए देशभरका स्वास्थ्यकर्मीलाई आन्दोलनमा उतार्ने चेतावनी नेपाल स्वास्थ्यकर्मी युनियनले दिएको छ।

'सूचनाको हकसम्बन्धी कानुन बनिसकेको अवस्थामा आफूले जानेको कुरा सर्वधारणलाई जानकारी दिने स्वास्थ्यकर्मीमाथि पत्र काट्नु नै गम्भीर हो,' युनियनका अध्यक्ष भगिरथ बानियाँले भने, 'तालिममा सिकाएको र सरकारको निर्देशिकामा लेखेको कुरा बोल्न स्वास्थ्यकर्मी डराउनु पर्दैन,' बानियाँले भने।

बाल स्वास्थ्य महाशाखाका प्रमुख उप्रेतीले भने त्रुटि थाहा पाउन उनीहरूलाई बोलाइएको बताए। 'तालिममा कमजोरी भएको हो कि स्वास्थ्यकर्मीको क्षमता नै नभएको, स्पष्ट हुन बोलाएका हौं,' उप्रेतीले भने। थापा पक्षलाई मान्यता
काठमाडौं, भदौ ४- निर्वाचन आयोगले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको आधिकारिता विवादमा मेघबहादुर थापाको पक्षलाई मान्यता दिएको छ।
दलको बहुमत केन्द्रीय सदस्य तथा पदाधिकारी थापाका पक्षमा देखिएकाले उनको पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरिएको हो। पार्टीका दस केन्द्रीय सदस्यले आयोगमा उपस्थित भई थापाको पक्षमा समर्थन जनाएका थिए। आयोगले बुधबार विज्ञप्ति जारी गरी चुरेभावर पार्टी आयोगमा दर्ता हुँदा कायम १४ सदस्यमध्ये दश थापाको पक्षमा देखिएको जनाएको छ।
आयोगले केशवप्रसाद मैनाली पक्षलाई ३० दिनभित्र अर्को दल वा सोही दलको छुट्टै समूह पहिचान हुने गरी दल दर्ता गर्न निवेदन पेस गरेमा दर्ता गरिदिने निर्णय भएको आयोगको विज्ञप्तिमा छ।

Source:[http://www.nagariknews.com/society/health/4153-2009-08-20-03-16-19.html]

Wednesday, August 19, 2009

प्रधानमन्त्रीसँग किन गइनन् सुजाता ?



लगेज प्रधानमन्त्रीसँगै दिल्ली पुग्यो, तर उनी यतै रहिन् । आखिर त्यस्तो विशेष कारण के थियो, जसले सामान्य कूटनीतिक र राजनीतिक परम्परासमेत उल्लंघन हुनेगरी परराष्ट्रमन्त्री सुजाता कोइरालालाई दिल्ली जानबाट रोक्यो ?

स्वास्थ्यका कारण भनिए पनि सुजाताले पूर्वसहमतिअनुसार भ्रमणअघि नै आफूलाई उपप्रधानमन्त्री नबनाइएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालसँगको भारत-भ्रमण 'बहिष्कार' गरेकी हुन् ।

प्रधानमन्त्री नेपालसँगै मंगलबार दिल्ली जाने अन्तिम तयारीमा रहेकी मन्त्री सुजाताले पूर्वसहमति पालना नगरेको भन्दै आफ्नो भ्रमण रद्द गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको भ्रमणमा सवारीमन्त्रीको हैसियतमा परराष्ट्रमन्त्री रहने परम्परालाई तोड्दै सुजाताले भ्रमण स्थगित गरेकी हुन् । स्रोतका अनुसार मन्त्री सुजाताले सोमबार पनि पूर्वसहमतिबारे प्रधानमन्त्रीलाई सम्झाएकी थिइन् । तर, प्रधानमन्त्री नेपालले भारत-भ्रमणबाट फर्केलगत्तै गठबन्धनका अन्य दलसँग परामर्श गरी उपप्रधानमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ । सोमबार दिनभरि नै प्रधानमन्त्रीलाई सहमति पालना गर्न सुजाताले दबाब दिएपछि साँझ प्रधानमन्त्रीले टेलिफोन गरी सो जानकारी गराएको स्रोतले नयाँ पत्रिकालाई बतायो ।

प्रधानमन्त्रीको भनाइबाट रुष्ट बनेकी मन्त्री सुजाताले मंगलबार बिहान ११ बजे परराष्ट्र मन्त्रालयमार्फत आफू अस्वस्थ रहेको भन्दै दिल्ली नजाने जानकारी प्रधानमन्त्री नेपाललाई गराएकी थिइन् । मन्त्रालयका कर्मचारीले टेलिफोन गरी प्रधानमन्त्री नेपाललाई परराष्ट्रमन्त्री दिल्ली नजाने जानकारी गराएका थिए । एमाले नेतृत्वको गठबन्धन सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागी सुजाताका लागि दिल्लीस्थित आगरा होटलको ७१३ नं कोठा बुक गरिएकामा अहिले पनि खाली नै राखिएको त्यहाँ रहेका पत्रकारले जनाएका छन् ।

मन्त्री सुजातासँग भ्रमण स्थगनबारे बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आइनन् । तर, उनका सहयोगीले भने सुजातालाई ज्वरो आएकाले भ्रमण रद्द गर्नुपरेको जानकारी दिए । सुजाताले निवासमा पुगेका र टेलिफोन सम्पर्क गरेका आफूनिकटका नेतालाई कुरा गर्ने मुड नभएको भन्दै दिनभरि कसैसँग पनि भेट नगरेको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री नबनाइएपछि आक्रोशित सुजाताले प्रधानमन्त्री नेपाललाई सोमबार नै 'सरकार कति दिन टिक्ला, हेरौँला' भन्दै चुनौती दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री नेपाल सुजातालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउने तयारीमा रहे पनि कांग्रेसका वरिष्ठ नेताहरूको आपत्तिका कारण प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जनाएको छ । कार्यवाहक सभापति सुशील कोइराला, उपसभापतिहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताले प्रधानमन्त्री नेपाललाई सुजातालाई उपप्रधानमन्त्री नबनाउन दबाब दिएपछि उनले सुजातालाई तत्काल उक्त जिम्मेवारी दिन नसक्ने जानकारी गराएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री नेपालले मंगलबार सरकार विस्तार गर्ने अन्तिम तयारी गरेका थिए । मंगलबार बिहान ९ बजे विस्तारित मन्त्रीहरूको शपथ गराउने तयारीसमेत भएको थियो । जसमा सुजातालाई उपप्रधानसहितको परराष्ट्रमन्त्री, राष्ट्रिय जनशक्ति पार्टी र फोरमलाई एक-एक मन्त्री एवं सद्भावनाबाट एक राज्यमन्त्री बनाउने तयारी थियो ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/4968.html]

नेपालमा लगानी प्रबर्धन गर्न प्रम नेपालको आग्रह

नेपालमा लगानी प्रबर्धन गर्न प्रम नेपालको आग्रह


प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियाको प्रगतिसंगै राजनीति तथा समग्र वातावरणमा क्रमिक सुधार आइरहेको भन्दै हामी भारतीय उद्योगी तथा व्यावसायीहरुलाई नेपालमा लगानी प्रवाह गर्न आग्रह गरेका छन ।

भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) भारतीय उद्योग परिसंघ (सीआइआइ) र एसोसियट चेम्बर अफ कमर्श अफ इन्डिया (एसोच्याम)द्वारा उनको सम्मानमा नयाँ दिल्लीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यतिखेर नेपालले पुननिर्माण र पुर्नसंरचनामा ध्यान केन्द्रित गरिरहेको हुनाले त्यहां लगानीका व्यापक संभावनाहरु रहेका भन्दै लगानी प्रवर्धन गर्न आग्रह गरेका हुन ।

उनले जलस्रोत, सडक, पुल, पूर्वाधार विकास, निर्माण सामाग्री, पर्यटन उद्योग, कृषि प्रशोधन, शिक्षा स्वास्थ्य र वित्तीय सेवाहरुमा लगानीको संभावना रहेको बताए ।
'हामी वैदेशिक लगानीको स्तरमा बृद्धि चाहिरहेका छौ' भन्दै उनले ठूला आयोजनाहरुलाई स्वीकृति दिन शीघ्र यथासम्भव अधिक सुविधा उपलब्ध गराउन तथा शीघ्र रुपमा आयोजनाहरुलाई कार्यान्वय गर्न आवश्यक सहयोग गर्नका लागि उच्चस्तरको लगानी बोर्डको स्थापना गर्न आफू प्रतिबद्ध भएको बताए ।

भारतीय लगानीकर्ताहरुलाई स्वदेशमा नै रहेर सहरको अनुभूति दिलाउन अप्ठ्याराहरुलाई हटाउन र सरकारबाट उच्चस्तरको आदर प्रकट गर्ने कुराको प्रत्याभूतिका लागि प्रधानमन्त्री कार्यालयले अनुगमन र समन्वय गर्ने आश्वासन दिदै उनले सबै विषयगत मन्त्रालयहरुबाट वैदेशिक लगानीलाई यथोचित प्राथमिकता दिन र यसको सहज संचालनका लागि व्यक्तिगत रुपमा आफूले सुनिश्चितता गर्ने प्रतिवद्धता जनाए ।

त्यसैगरी नेपालमा बैदेशिक लगानीलाई आवश्यक प्रवद्र्धन गर्नका लागि उच्चस्तरको राजनीतिक समितिसमेत रहने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली उद्यमी व्यावसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालमा तुलनात्मक लाभका क्षेत्र बढी भएको भन्दै लगानी प्रवर्धन गर्न आग्रह गरे ।
उनले नेपाल भारतबीचको वाणिज्य संन्धीले नेपाली उत्पादनलाई भारतीय बजारमा पहुँच विस्तार गरेको भन्दै यसलाई समयानुकूल परिमार्जनका लागि द्विपक्षीय व्यावसायिक सहकार्य जरुरी रहेको बताए ।

भारतीय राष्ट्रपतिसंग भेट

पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री नेपालले बुधबार मध्यान्ह भारतीय राष्ट्रपति प्रतीभा पाटिलसँग भेट गरेका छन। भेटका क्रममा द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।

राष्ट्रपति पाटिललाई भेट्न प्रधानमन्त्री नेपाल राष्ट्रपति भवन पुगेका थिए । भेटमा अवसरमा उर्जामन्त्री प्रकाशशरण महत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्त, राजन भट्टराई नेपालका लागि भारतीय राजदूत राकेश सूद लगायतको उपस्थिति थियो।

यसअघि प्रम नेपालले बुधबारै त्यहाँका विदेश मन्त्री एसएम कृष्णासंग भेटेका थिए । भेटपछि पत्रकारहरुसंग स‌ंक्षिप्त कुरा गर्दै भारतीय विदेश मन्त्री कृष्णाले भारतको नेपालसंग विशेष सम्बन्ध रहेको भन्दै यसलाई अझ बलियो पार्ने दिशामा छलफल भएको बताए ।
उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै पक्षलाई समेटेर लैजान प्रधानमन्त्री नेपाल तयार रहेएको आफूले पाएको उल्लेख गरे ।
प्रधानमन्त्री नेपालले आजै आफ्ना समकक्षी डा‍ मनमोहन सिंहसंग पनि भेट गर्ने र सिंहद्वारा आयोजित रात्रि भोजमा सहभागी गर्नेछन ।
यस्तै आजै उनले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने भएका छन।
उनले बिहान दिल्लीको राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरे । समाधिस्थलका कर्मचारीले प्रधानमन्त्री नेपाललाई महात्मा गान्धीको अर्धकदको मूर्ति उपहार प्रदान गरेका थिए ।
प्रम नेपालसँग उनकी पत्नी गायत्री नेपालसहित मन्त्रीहरू, सभासद्हरू, भ्रमणदलका अन्य सदस्यहरूले पनि स्व. गान्धीप्रति सम्मान व्यक्त गरेका थिए ।
उनले मंगलबार उनले प्रमुख विपक्षी भारतीय जनता पार्टीका राज्यसभामा विपक्षी दलका नेता अरुण जेट्ली र भारतीय कम्युनिस्ट पार्टीका महासचिव एबी बर्द्र्धन, भारतीय कम्युनिस्ट पार्टी माक्स्रवादीका वरिष्ठ नेता सीताराम यचुरीसँग भेट गरेका थिए भने नेपाल लोकतन्त्र ऐक्यबद्धता समूहका नेताहरुसँग पनि भेटेका थिए ।
उनले बारखम्बास्थित नेपाली दूतावासमा नेपाली समुदायलाई पनि सम्बोधन गरेका थिए ।

Source:[http://www.dainikee.com/newsdetail-9667.html]

अष्ट्रेलियन शैक्षिक मेला


काठमाडौंमा २० अगस्तमा अस्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीलाई शिक्षाका अवसरबारे जानकारी दिन मेला आयोजना गरिएको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मेलामा अष्ट्रेलियाका २८ शिक्षण संस्था र सरकारका प्रतिनिधिले शैक्षिक अवस्थाबारे जानकारी गराउने जनाइएको छ ।

अष्ट्रेलियन दूतावास नेपालको सहकार्यमा अष्ट्रेलियन टे्रड कमिसन, अष्ट्रेलियन एजुकेसन इन्टरनेशनल, अष्ट्रेलियन डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड सिटिजनसिप अष्ट्रेलियन एजुकेसन इन्टरनेसनलबाट अस्ट्रेलियन डिपार्टमेन्ट अफ एजुकेसनले मेला संयोजन गरेका हुन् ।

मेला नेपालमा पहिलोपटक अष्ट्रेलियन दूतावासको सहयोगमा हुन लागेको हो । मेलामा नेपाली विद्यार्थीले पाउने सुविधा र आवश्यकताबारे जानकारी गराइने भएकाले उनीहरूलाई इच्छाअनुसारका विषय र ठाउँ रोज्न सघाउने आयोजकको अपेक्षा छ । पत्रकार सम्मेलनमा नेपालका लागि अष्ट्रेलियन राजदूत सुशन ग्रेसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियन सरकार उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न सकारात्मक रहेको जानकारी दिइन् ।

माओवादीः वैज्ञानिक कि अवैज्ञानिक ?

- श्रीकृष्ण अनिरुद्ध गौतम

एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी शासकीय स्वरूपको मामिलामा सच्चिएको छ । अर्थात्, माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आफ्नो पहिलाकै प्रस्तावमा फर्किएको छ । यसपूर्व बीचमा एकपटक संसदीय राष्ट्रपतिको प्रस्ताव गरेर यसले प्रशस्त खप्की खानुपरेको थियो । जेहोस्, माओवादीमा आलोचना सुन्न सक्ने, गल्ती सच्याउने र सुधि्रने लक्षण देखिएको छ । हुन त धेरैले माओवादीलाई छिनछिनमा निर्णय बदल्ने पार्टीका रूपमा चित्रण गरेका छन् । तर, थोत्रा र ढुसी परेका विचारमा अड्नु, नयाँ विचारमा प्रवेश गर्न नसक्नुभन्दा निरन्तर विचार मन्थन गर्नु, मन्थनका क्रममा बहकिनु र आफ्नो बहकाउलाई आफैँ सच्याउनुु कता हो कता उत्तम हो ।



कुनै पनि नयाँ विचारको आगमन प्रशस्तै त्रुटिका बीचबाट हुन्छ, सच्याउँदै जाँदा नै नयाँनयाँ आविष्कारहरू भएका हुन् । अरूभन्दा विज्ञान, त्यसमा पनि भौतिक शास्त्र -फिजिक्स)मा गहिरो रुचि राख्नेहरू यस यथार्थसित राम्ररी परििचत छन्, हुन सक्छन् । सत्य शाश्वत छ तर रहस्यभित्र लुकेको हुन्छ । माओवादी हमेसा वैज्ञानिक पद्धतिको तर्क गर्छ । वैज्ञानिकता के हो भने अनुमानकैभरमा कुनै निष्कर्षमा पुग्न मिल्दैन, कुनै पनि सत्यको प्रयोगसिद्ध पुष्टि हुनुपर्छ । कम्युनिज्मको उद्भव र सिद्धान्त प्रतिपादनमा विज्ञान र वैज्ञानिकताको बारम्बार उल्लेख गरएिको छ तर साँच्चै भन्ने हो भने कम्युनिज्मका प्रयोगकर्ताहरू कार्ल माक्र्स, लेनिन र माओका लकिरका फकिर बन्न पुगेकाले कम्युनिज्मले विज्ञानको बाटो छोडेको छ ।

माक्र्सको अनुसन्धान व्यापक छ । उनले सृष्टिसत्यलाई परम्पराबाट हटेर हेरे । यसै क्रममा उत्पादनमा मानव श्रम र उद्योगमा श्रमको लगानी गर्ने श्रमिकहरू उत्पादनका वास्तविक हकदार हुन् भन्ने सिद्धान्त प्रतिपादन भयो । यस सिद्धान्तसम्म आइपुग्न माक्र्सले केवल समाज विज्ञानको अध्ययन गरेका होइनन् । अर्थशास्त्र र राजनीतिशास्त्रको ज्ञानले मात्र पद्धतिगत सैद्धान्तिक निष्कर्षमा पुग्न त्यतिबेला पनि सकिँदैन थियो र अहिले पनि सकिँदैन किनभने कुनै पनि पद्धति सृष्टिका नियमबाहिर बसेर रच्न सकिँदैन । नेपालका माओवादी अध्येताहरूमा प्रचुर जिज्ञासा हुँदाहुँदै पनि उनीहरू लकिरका फकिर छन् । माक्र्सकालीन विज्ञानले उद्घाटन गरेका सत्यका अतिरत्तिm सृष्टिगर्भबाट अरू सत्यहरू उद्घाटित भएका छन् ।
जस्तै, अल्बर्ट आइन्सटाइनले आफ्नो प्रसिद्ध सूत्र ९भ्=mअ²० द्वारा ऊर्जा -एनर्जी) भनेको द्रव्यमान -मास)लाई प्रकाश -लाइट)को दुई गुणा गतिले गुणन गर्दा प्राप्त हुने फलका रूपमा पुष्टि गरे । अर्थात्, ब्रह्माण्डमा जेजति शक्ति छ, त्यसलाई प्रकाशले सन्तुलित गरेको छ । प्रकाशको मानक स्िथर छ, स्थायी छ । अपरविर्तनीय छ । यसरी हेरौँ, अर्थात् सृष्टि समीकरण सम्पूर्ण सन्तुलनमा आधारति छ । यो सिद्धान्त नै अन्तिम होइन, प्रमात्रा -क्वान्टम) सिद्धान्त अनुसार अणुभित्रको रहस्यको खोजी भयो । अणुभित्र पनि भयानक शक्ति सञ्चित छ । सूक्ष्मतम अणु आफैँमा एउटा सौर्यमण्डलभन्दा कम छैन । बहस लामो छ ।
एकातिर निश्चितताको सिद्धान्त छ । सापेक्षता छ । फेर ित्यहीँ गाँसिएको अनिश्चितता छ । द्वन्द्व छ, सन्तुलन छ तर द्वन्द्वइतर पनि केही छ । जे छ, सृष्टि ज्यादै रहस्यमय छ । खोजी अझै चल्दैछ । त्यसैले माक्र्सवाद नै समाजविकासको उत्कर्ष वैज्ञानिक प्राप्ति हो भन्न मिल्दैन । तात्पर्य के भने विज्ञानको विकासयात्रासँग राजनीतिक, आर्थिक, सामाजिक उपक्रमलाई नजोडी तयार गरएिका प्रस्थापनाहरू वैज्ञानिक हुन सक्दैनन् । माक्र्सका अध्ययनको वैज्ञानिक परपिुष्टि धेरै हदसम्म न्युटनका सिद्धान्तभूमिमा रहेर गर्न सकिन्छ तर विज्ञान न्युटनमा पुगेर रोकिएको होइन । इसाको बीसौँ शताब्दीमा आइन्सटाइनले प्रकाश सापेक्ष सिद्धान्त र नेल बोह्र, रदरफोर्डले प्रमात्राद्वारा ब्रह्माण्ड र अणुभित्रको रहस्यका नयाँ आयाम देखाए । तर, माक्र्सवादका अध्येता, प्रयोगकर्ता र व्याख्याताहरूले उन्नाइसौँको उत्तरार्द्ध र बीसौँ शताब्दीमा भएको वैज्ञानिक क्रान्तिसँग माक्र्सवादको अद्यावधिकरण गरेनन् । ख्याल रहोस्, त्यसैले माक्र्सवादको विज्ञानसँग तारतम्य टुटेको छ । विज्ञानसँग तारतम्य टुटेको राजनीतिक दर्शन वैज्ञानिक हुन सक्दैन ।
वास्तवमा राजनीतिक चिन्तनको पृष्ठ र प्रेरकभूमि समग्र प्रकृतिसँग तादात्म्य राख्ने खालको हुनुपर्छ । पदार्थ र परा प्रकृतिको खेल नै नबुझी बनेका पद्धतिहरू अत्यन्तै लघुजीवी हुन्छन् । प्रकृतिप्रज्ञा आधारभूत विज्ञान हो र त्यही अनुप्रासमा समाज विज्ञानका मान्यता स्िथर गर्न खोजिएको हुँदा राजनीतिलाई विज्ञान भनिएको हो । तर, दुर्भाग्यवश बीसौँ शताब्दीमा विशेषज्ञताको नाममा जगत् र ब्रह्माण्डको ज्ञान एकातिर र समाजका अवयवहरूलाई अर्कातिर राख्ने काम भयो, त्यसै अनुसारका पाठशालाहरू निर्माण गरएि । यसको प्रभाव माक्र्सवादमा मात्र होइन, हरेक राजनीतिक प्रकारमाथि परेको छ । अधिकांश राजनीतिज्ञ र राजनीतिशास्त्री विज्ञानमा मट्ठु छन् । विज्ञानका विद्यार्थी आफ्नो पाठका गणितीय सूत्र घोक्छन्, समाजका लय बुझ्दैनन् ।
विशेष गरी वामपन्थीहरू मुलुकमा वैज्ञानिक शासन प्रणाली, भूमिसुधार र शिक्षा प्रणालीका गफ गररिहेका पाइन्छन् । तर, के हो त वैज्ञानिक शासन प्रणाली भनेर यदि कसैले उनीहरूसँग सोध्ने गर्‍यो भने तुरुन्तै जवाफ पाइन्छ, “माक्र्सले जे भने त्यही वैज्ञानिक हो, सर्वहाराहरूको अधिनायकवाद ।” माक्र्सले कुन पृष्ठभूमि, सन्दर्भ र कस्तो परििस्थतिमा भनेका थिए, त्यो आफ्नो ठाउँमा छ तर माक्र्सवादलाई विज्ञानका नयाँ सिद्धान्त अनुरूप अद्यावधिक गर्ने काम कसले गर्‍यो ? के त्यो काम मदनकुमार भण्डारीले, बाबुराम भट्टराई अथवा प्रचण्डपथका प्रणेता स्वयं पुष्पकमल दाहालले गरे ? हो, लेनिनले गर्न भ्याएनन् तर के माओले गरेका थिए त ? दुर्भाग्यवश, त्यस्तो प्रयास भएन । त्यसैले माक्र्सवादलाई शास्त्रीय समाज विज्ञान भन्न मिल्छ, आधुनिक समाज विज्ञानको प्रेरक ग्रन्थ मान्न मिल्दैन ।
माओवादी नेता र अध्येता आफूले बोलेका शब्द-शब्दमा विज्ञानका तरंगहरू देख्छन् र एउटा कुरा के पनि मान्नैपर्छ भने उनीहरू निश्चय नै अध्ययनशील छन् तर पुराना र एकतर्फी साहित्य मात्र पढ्छन् । माक्र्सका बेलाको विज्ञान हेर्छन् र माक्र्स त कस्ता ठूला ‘वैज्ञानिक’ थिए भनेर दंग पर्छन् । माक्र्सवादको धरातलमै उभिएर सही, आधुनिक विज्ञान र चिन्तन अनुरूप आफूलाई अद्यावधिक गरेमा मात्र बल्ल उनीहरूले लोकतन्त्रमा आफ्नो स्वत्व समाहित गर्न सक्छन् । अन्यथा कहिले प्रत्यक्ष र कहिले संसदीय राष्ट्रपतिको प्रस्ताव गरेर फेर िप्रत्यक्षमा फर्केजस्तै त्रुटि सच्याउने काममै उनीहरू व्यस्त रहिरहन्छन्, यद्यपि सच्चिनु स्वागतयोग्य छ ।
माक्र्सकै शब्दमा भनौँ, ‘व्याख्या होइन इतिहासको, यसलाई बदल्नुपर्छ ।’ अर्थात्, माओवादी लोकतन्त्रमा आत्मस्थ हुनुपर्छ, स्वयंलाई बदल्ने गरी सच्चिनुपर्छ ।

Source:[http://oursansar.com/um/?p=6713]

Tuesday, August 18, 2009

नेपाल दक्षिण एसियामै पछाडि !




सार्कमा नेपाल सबैभन्दा तल


यदु देवकोटा/नयाँ पत्रिका

काठमाडौं, १ भदौ

शान्ति प्रक्रिया सुरु भएपछि मानव विकास सूचकांकमा केही सुधार देखिन थाले पनि सार्क मुलुकमध्ये नेपाल सबैभन्दा तल रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सोमबार सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन- २००९ मा सो कुरा उल्लेख गरिएको हो ।

सन् २००६ सम्मको तथ्यांक समावेश गरी तयार पारिएको प्रतिवेदनमा नेपालको मानव विकास सूचकांकमा ८ प्रतिशत वृद्धि भई शून्य दशमलव ५०९ पुगेको छ । सन् २००१ मा नेपालको अवस्था शून्य दशमलव ४७१ थियो ।

'सन् २००१ को तुलनामा नेपालको अवस्थामा केही सुधार आए पनि सार्क मुलुकमा सबैभन्दा तल रहेको छ,' मानव विकास प्रतिवदेनमा भनिएको छ । यसअघिको प्रतिवदेनमा नेपालको अवस्था बंगलादेशभन्दा राम्रो रहेकामा अहिले बंगलादेशको राम्रो भएकाले नेपाल अन्तिममा पुगेको हो ।

प्रतिवेदनले शान्ति प्रक्रिया थालनीपछि पनि नेपालको आर्थिक सूचकांकको वृद्धिदर न्यून रहेकाले नेपालको अवस्था तल झरेको हो । क्षेत्रगत आधारमा नेपालको मानव विकासको अवस्था सबैभन्दा राम्रो (उच्च) मध्यमाञ्चल विकास क्षेत्रको रहेको छ भने सबैभन्दा नराम्रो (न्यून) मध्यपश्चिमाञ्चल विकास क्षेत्रको छ ।

मध्यमाञ्चल विकास क्षेत्रको मानव विकास सूचकांक शून्य दशमलव ५३१ छ भने मध्यपश्चिमाञ्चल विकास क्षेत्रको शून्य दशमलव ४५२ रहेको छ । मध्यमाञ्चल विकास क्षेत्रमा काठमाडौं उपत्यकालाई समावेश नगर्ने हो भने बाँकी क्षेत्रको सूचकांक शून्य दशमलव ४८९ रहेको छ ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मानव विकास सूचकांक शून्य दशमलव ४६१, पश्चिमाञ्चलको शून्य दशमलव ५१६ र पूर्वाञ्चलको शून्य दशमलव ५२६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

चार वर्षपछि सार्वजनिक गरिएको प्रतिवेदनमा सहरी र ग्रामीण क्षेत्रको सूचकांकमा ठूलो अन्तर रहेको उल्लेख गरिएको छ । सहरी क्षेत्रको सूचकांक शून्य दशमलव ६३० छ भने ग्रामीण क्षेत्रको सूचकांक शून्य दशमलव ४८२ रहेको छ ।

त्यसैगरी तराई, पहाड र हिमालमध्ये पहाडी क्षेत्रको सूचकांक सबैभन्दा राम्रो रहेको पाइएको छ । पहाडको शून्य दशमलव ५४३, तराईको शून्य दशमलव ४९४ र हिमाली क्षेत्रको सूचकांक शून्य दशमलव ४३६ रहेको प्रतिवेदनमा

उल्लेख छ । प्रतिवेदनले दोस्रो जनआन्दोलनपछि राजनीतिमा महिला, जनजाति, दलित सहभागिता बढे पनि पर्याप्त नभएको उल्लेख छ । प्रतिवेदनमा नेपाल हाल नयाँ युग प्रवेशको संक्रमणकालीन अवस्थामा रहेकाले राजनीतिक दल, नागरिक समाज र सरकारले पारदर्शी ढंगले काम गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा संघीयताले मात्रै देश विकास र जनताका आवश्यकता पूरा नगर्ने बताउँदै संघ निर्माण गर्दा भूगोलका आधारमा वा जातिका आधारमा गर्ने भन्ने मुख्य निर्णयकर्ता राजनीतिक दल र संविधानसभाको भएकाले दुवैको फाइदा/बेफाइदाबारे व्याख्या गरिएको छ । राज्य रुपान्तरण र मानव विकास नाम दिइएको प्रतिवेदनले लोकतन्त्र र समावेशीकरणले मात्र विकास सम्भव हुने बताएको छ । प्र्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले प्रतिवेदनबाट सिफारि गरिएका सकारात्मक विषयलाई सरकारले लागू गर्दै जाने बताए ।

युनएनडिपीका आवासीय प्रतिनिधि रबर्ट पाइपरले द्वन्द्वपछिको नेपालको महत्वाकांक्षी रुपान्तरणलाई अघि बढाउनुपर्ने बताए ।

Source:[http://www.nayapatrika.com/newsportal/finance/4949.html]

उपराष्ट्रपतिले नेपालीमा सपथ नलिने, राजिनामा पनि नदिने



बलराम बानियाँ, काठमाडौं, भदौ २- सरकारले राष्ट्रपति र उपराष्ट्रपतिले चाहेमा नेपालीबाहेक नेपालमा बोलिने अरू कुनै पनि भाषामा सपथ लिन सक्ने व्यवस्था गर्न अन्तरिम संविधान संशोधनका लागि सोमबार संसदमा प्रस्ताव दर्ता गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपराष्ट्रपति परमानन्द झाले उठाएको सपथको भाषासम्बन्धी एजेन्डालाई सम्बोधन गर्दै अन्तरिम संविधानमा सातौं संशोधन गर्न प्रस्ताव गरेको हो।
सरकारले उपराष्ट्रपति झालाई नेपालमा बोलिने जुनसुकै भाषामा सपथ लिन सकिने व्यवस्था गर्न संविधान संशोधन प्रस्ताव संसदमा लगिएको जानकारी गराउँदै सर्वोच्च अदालतको फैसलाको सम्मान गरी नेपाली भाषामा सपथ लिन अनुरोध गरेको छ।

तर, मधेसी जनाधिकार फोरमले उपराष्ट्रपति झालाई नेपालीमा सपथ नगर्न र बाध्य पारिए पनि राजिनामा नगर्न आग्रह गरेको छ। फोरमका सहअध्यक्ष जेपी गुप्ताले नागरिकसाग भने, 'नेपालीमा सपथ नगर्नुस्, बाध्य पारिन्छ भने पनि नगर्नुस्, राजिनामा पनि नदिनुस्, सर्वोच्च अदालतले काम कारबाही रोक्छ भने रोक्नुस् तर राजिनामा नदिनुस् भनेर उपराष्ट्रपतिलाई आग्रह गरिएको छ।'

कानुनमन्त्री प्रेमबहादुर सिंहका अनुसार सरकारले सोमबार नै पत्र पठाई उपराष्ट्रपतिसित पुनः सपथ लिने व्यवस्था मिलाउन सम्मति माग गरेको छ।

'मन्त्रिपरिषद्ले उपराष्ट्रपतिले उठाएको एजेन्डा सम्बोधन गरेको छ, तर वर्तमान संवैधानिक व्यवस्था र सर्वोच्चको फैसलाको सम्मान गरी उहाँले नेपालीमै सपथ लिनुपर्छ र लिनुहुनेछ भन्ने विश्वास सरकारको छ,' सिंहले नागरिकसित भने।

उपराष्ट्रपतिका कानुन व्यवसायी मिथिलेश सिंहले भने हिन्दीमा सपथ लिए पनि नेपाली भाषाको व्यहोरामा सही गरेकाले दोहोर्‍याएर नेपाली भाषामा सपथ खान जरुरी नभएको बताए। 'उहााले दोहोर्‍याएर सपथ पनि खानुहुन्न, पद पनि छाड्नुहुन्न,' सिंहले भने।
संविधानमा राख्न लागिएको नेपालीबाहेकका अरू मातृभाषामा समेत सपथ लिन सक्ने व्यवस्था वर्तमान उपराष्ट्रपति झाको हकमा भने लागू हुने छैन। उपराष्ट्रपति झाले संविधानको वर्तमान व्यवस्थाअनुसार नेपालीमा नै सपथ लिनुपर्ने जानकारी सिंहले दिए।

तर, संविधान संशोधनपछि राष्ट्रपति/उपराष्ट्रपतिले हिन्दीमा समेत सपथ लिन सक्नेछन्।
सरकारले राष्ट्रपति रामवरण यादवलाई समेत उपराष्ट्रपतिलाई पठाइएको पत्रको व्यहोरा जानकारी गराएको छ। कानुनमन्त्रीले सपथसम्बन्धी फैसला कार्यान्वयन गर्न राष्ट्रपतिले सरकारलाई ध्यानाकर्षण गराएकाले उपराष्ट्रपतिलाई पठाइएको पत्रको व्यहोराबारे उनलाई जानकारी गराइएको बताए।

सर्वोच्चले उपराष्ट्रपति झाले हिन्दीमा लिएको सपथ बदर गरी पुनः नेपालीमा सपथ लिनुपर्ने फैसला गरेको छ। सरकारका तर्फबाट कानुनमन्त्री सिंहले अन्तरिम संविधान संविधान संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

सिंहका अनुसार संविधानको राष्ट्रपति र उपराष्ट्रपतिको भाषासम्बन्धी दफामा मात्र संशोधन प्रस्ताव गरिएको छ, अरू कुनै पनि धारामा संशोधन प्रस्ताव गरिएको छैन।

संशोधन प्रस्तावमा 'राष्ट्रपति र उपराष्ट्रपतिले चाहेमा नेपाली भाषाबाहेक नेपालमा बोलिने कुनै पनि मातृभाषामा सपथ लिन सक्नेछन्' भन्ने उल्लेख छ।

कानुनमन्त्रीले मन्त्री र सभासद्ले जस्तै राष्ट्रपति र उपराष्ट्रपतिलाई पनि नेपालीबाहेक अरू भाषामा समेत सपथ लिने व्यवस्था गर्न संविधान संशोधन गर्न लगिएको बताए।

संशोधन प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिले अर्को भाषामा सपथ लिए पनि सरकारी कामकाजको नेपाली भाषाको सपथको व्यहोरामा समेत हस्ताक्षर गर्नुपर्ने अनिवार्य हुने प्रावधान राखिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिले नेपालीबाहेक अर्को भाषामा सपथ लिनका लागि २४ घन्टाअगावै आफ्नो भाषामा सपथको व्यहोरा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ।

सरकारले उपराष्ट्रपतिको सपथसम्बन्धमा सर्वोच्चले सोधेको स्पष्टीकरणको जवाफ पठाउने निर्णयसमेत गरेको छ। सरकारले सपथसम्बन्धमा भएका सबै कामकारबाही उल्लेख गरी जवाफ पठाइने जानकारी दिए। सर्वोच्चलाई जवाफ पठाउने म्याद बुधबारसम्म मात्र छ।


Source:[http://www.nagariknews.com/politics/law-court/4095-2009-08-18-02-49-31.html]

हतियार भित्र्याउन प्रधानमन्त्री इच्छुक




नयाँ पत्रिका
काठमाडौं, १ भदौ

सहमतिविना कुनै सन्धि-सम्झौता नगर्ने बताइरहे पनि प्रधानमन्त्री माधवकुमार नेपाल हतियार सहयोग नियमित गराउन इच्छुक देखिएका छन् । भ्रमणका क्रममा उनले भारतसँग हतियार सहयोगबारे समकक्षीसँग वार्ता गर्ने भएका छन् । भ्रमणकै सिलसिलामा हतियार सम्झौता गर्ने तयारी भने भएको छैन । प्रधानमन्त्री नेपाल मंगलबार भारत भ्रमणमा निस्कँदै छन् ।

प्रधानमन्त्री नेपालले नेपाली सेनालाई भारतले दिँदै आएको सहयोग नियमित गराउन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसमक्ष आग्रह गर्ने भएका छन् । यसअघि, रक्षामन्त्री विद्या भण्डारीले सैन्य सहयोग सुचारु गर्न समकक्षी एके एन्टोनीसँग आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री नेपाल सोमबार दिउँसो एक बजे पुल्चोकस्थित रक्षामन्त्रीनिवास गई रक्षामन्त्री विद्यादेवी भण्डारीसँग यस विषयमा छलफल गरेका थिए । त्यस क्रममा रक्षामन्त्री भण्डारीले आफ्नो भ्रमणका क्रममा भारत सरकारसँग भएको छलफलका बारेमा प्रधानमन्त्री नेपाललाई 'बि्रफिङ' गरेकी थिइन् । 'प्रधानमन्त्रीले रक्षामन्त्रीको भारत भ्रमणमा भएका कुराकानीका बारेमा जिज्ञासा राख्नुभयो, रक्षामन्त्रीले पहिले भएका कुराकानीका बारेमा प्रधानमन्त्रीलाई बि्रफिङ गर्नुभयो,' छलफलमा सहभागी रक्षामन्त्री भण्डारीका प्रेससल्लाहकार सुवास देवकोटाले नयाँ पत्रिकासँग भने ।

रक्षामन्त्री भण्डारीले नेपालले प्रस्ताव गरेअनुसारको सैन्य सहयोग गर्न भारत सहमत भएको जानकारी प्रधानमन्त्रीलाई गराएकी थिइन् । 'रक्षामन्त्रीले आफ्ना समकक्षीसँग सैन्य सुचारु गर्न जे आग्रह गर्नुभयो, त्यही आग्रह प्रधानमन्त्रीले भारतीय समकक्षीसँग गर्ने कुरा भएको छ,' देवकोटाले भने ।

पाँच वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नै नेतृत्वमा सत्ता हत्याएपछि नेपालका राजनीतिक दलहरूको आग्रहमा भारतले नेपालमा सैन्य सहयोग रोकेको थियो । त्यसयता, भारतले नेपाललाई गैरघातक हतियार सहयोग मात्रै उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा हतियारबारे सम्झौताचाहिँ नहुने भएको छ । नेपाली सेनाले हतियार तथा उपकरणका बारेमा हालसम्म कुनै प्रस्ताव नगरेको पनि रक्षामन्त्रीका प्रेस सल्लाहकार देवकोटाले बताए । प्रक्रिया मिलाउने हतियार तथा सैन्य उपकरण ल्याउनका लागि भारतलाई लिखित रूपमा प्रस्ताव गर्नुपर्छ । तर, देवकोटाका अनुसार हालसम्म यस्तो प्रस्ताव तयार गरिएको छैन । भारतले नेपाललाई इन्सास, सट मेसिनगनलगायतका सैन्यहतियार र तिनका गोलीगठ्ठा सत्तरी प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

भारत भ्रमणका क्रममा रक्षामन्त्री भण्डारीले नेपाली सेनाका लागि आवश्यक हतियार तथा गोलीगठ्ठा दिन भारत सहमत भएको भ्रमणपछि पत्रकारलाई बताएकी थिइन् ।

Source:[http://www.nayapatrika.com/newsportal/desh/4948.html]

Monday, August 17, 2009

पर्यटन वर्ष मूल समितिको बैठक

काठमाडौं, १ भदौ (दैनिकी)

नेपाल पर्यटन वर्ष २०११ सफल बनाउन विभिन्न मन्त्रालय तथा सरकारी निकायहरुबाट गर्नु पर्ने पहिचान गरिएका झण्डै २५ भन्दा बढी काम पर्यटन परिषदको समर्थन लिएर कार्यान्वयन गराइने भएको छ।
पर्यटन वर्ष २०११ राष्ट्रिय अभियान मूल आयोजक समितिको सोमबार बसेको बैठकले २०११ लाई राष्ट्रिय अभियानको रुपमा सफलतापुर्वक कार्यान्वयनको लागि मूल समितिमा अझ ब्यापक प्रतिनिधित्व गराउन निर्णय पनि गरेको छ।
यस्तै, मूल समितिअन्तर्गत एक पूर्ण अधिकार सहितको कार्यान्वयन समिति गठन गरी कार्यक्रमहरु कार्यान्वयन गर्ने पनि निर्णग गरिएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं मूल आयोजक समितिका अध्यक्ष शरत सिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकमा १४ वटा कार्यगत उपसमिति तथा ५ वटा क्षेत्रीय उपसमितिहरुले तयार गरिएको कार्यक्रम र हाल सम्म गरेको प्रचारप्रसारका विषयमा समितिका सदस्य सचिव तथा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले जानकारी दिए।
बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले नेपाल पर्यटन वर्ष सफलता बनाउनका लागि आफ्नो मन्त्रालयसंग सम्बन्धित विषयहरुमा पूर्ण प्रतिवद्दता ब्यक्त गरेका थिए। यस्तै निजी ब्यवसायीहरुले पनि अभियानको सिलसिलामा पर्यटन क्षेत्रमा गर्नु पर्ने सुधारका बारे सुझावहरु दिएका थिए।
मूल समितिको बैठकमा राष्ट्रिय योजना आयोगकासदस्य डा. पुष्कर बज्राचार्यलगायत विभिन्न मन्त्रालयका सचिवहरु, सरकारी निकायका प्रतिनिधिहरु, पर्यटन ब्यवसायी संघ संस्थाका अध्यक्षहरु, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीहरु लगायत ५८ जनाको सहभागिता थियो।

Source:[http://www.dainikee.com/newsdetail-9636.html]

दीर्घकालीन महत्त्वका सन्धिसम्झौता गर्दिनँ: प्रधानमन्त्री


दीर्घकालीन महत्त्वका सन्धिसम्झौता गर्दिनँ: प्रधानमन्त्री


नयाँ पत्रिका

काठमाडौं, ३२ साउन

प्रधानमन्त्री माधवकुमार नेपालले दीर्घकालीन महत्त्व राख्ने कुनै पनि सन्धि-सम्झौतामा भारतसँग हस्ताक्षर नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा आफैंले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नेपालले भारत भ्रमणको तयारी पूरा भएकोसमेत जानकारी दिए ।

भारत भ्रमणको दुई दिनअघि आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री नेपालले भने, 'भ्रमणको सम्पूर्ण तयारी गरेको छु । पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्व नेपाली राजदूतहरूसँग यस विषयमा कुराकानी गरिसकेको छु ।'

तर, पञ्चेश्वर परियोजनाप्रति प्रधानमन्त्री सकारात्मक देखिएको बैठकमा सहभागी नेकपा एकीकृतका अध्यक्ष ऋषि कट्टेलले बताए । 'पञ्चेश्वरको तयारी पूरा भइसकेको भए हस्ताक्षर नै गरेर

आउँथेँ भन्ने आशय व्यक्त गर्नुभयो प्रधानमन्त्रीजीले,' कट्टेलले भने ।

परराष्ट्रमन्त्री सुजाता कोइराला, आपूर्तिमन्त्री राजेन्द्र महतो तथा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यसमेत सहभागी सर्वदलीय बैठकमा प्रधानमन्त्री नेपालले राष्ट्रियतामा आँच पुग्ने खालको कुनै पनि विषयमा सम्झौत्ाा नगर्ने दृढता व्यक्त गरे ।

बैठकमा परराष्ट्रमन्त्री कोइरालाले आफ्नो भारत भ्रमण उपलब्धिमूलक रहेको 'बि्रफिङ' गरिन् । अघिल्लो सरकारका पालामा भारतसँगको सम्बन्ध चिसिएको महसुस भएको भन्दै कोइरालाले आफूले सम्बन्ध सुमधुर बनाएर फर्केको बताइन् । 'भारतका प्रधानमन्त्री मनमोहन सिंह हाम्रा प्रधानमन्त्रीलाई भेट्न उत्सुक हुनुहुन्छ, मैले पहिला चिसिएको सम्बन्ध सुमधुर गरेर फर्केकी छु,' कोइरालाले बैठकमा भनेकी थिइन् ।

बैठकमा परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले थाँती रहेका तथा चलिरहेका परियोजना, सीमा समस्या, डुबानलगायतका एजेन्डा छलफलमा रहेको 'बि्रफिङ' गरेका थिए । यद्यपि वाणिज्य सन्धिबारे परराष्ट्र सचिवले स्पष्ट नबताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रधानमन्त्री नेपालले पनि सुपुर्दगी सन्धिका बारेमा केही पनि बताएनन् ।

कट्टेलका अनुसार प्रधानमन्त्रीले सबै विषयमा छलफल हुने, तर दीर्घकालीन महत्त्वका कुनै पनि विषयमा सम्झौत्ाा र हस्त्ााक्षर नहुने बताएका थिए ।

बैठकमा सहभागी माओवादी विदेश विभागप्रमुख कृष्णबहादुर महराले 'गुडविल भिजिट' मा मात्रै भ्रमणलाई सीमित पार्न तथा कुनै पनि विषयमा सम्झौता नगरी फर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

बैठकमा मधेसी जनअधिकार फोरम संस्थापन तथा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सहभागी थिएनन् ।

पाँच दलको ज्ञापन

साना पाँच वाम दलले सुपुर्दगी सन्धिसम्बन्धी भारतीय प्रस्ताव स्वीकार नगर्न तथा पञ्चेश्वर र नौमुरे जलविद्युत् आयोजना खारेज गर्न प्रधानमन्त्रीसमक्ष ज्ञापन गरेका छन् ।

भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरी ती दलहरूले असमान सन्धिहरू खारेज गर्नुपर्ने, कालापानीबाट भारतीय फौज हटाउनुपर्ने एवं अतिक्रमित भूभाग फिर्ता गर्न पहल गर्नुपर्नेलगायत माग रहेको ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन गर्नेमा राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी तथा नेकपा माओवादी केन्द्रीय संयोजन समितिका नेताहरू थिए । एयरपोर्टमा भारतीय सुरक्षाजाँच व्यवस्थाको मागलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने मागसमेत ज्ञापनमा उल्लेख छ ।

'





सुटुक्क हस्ताक्षर हुँदैन’

काठमाडौं/ प्रधानमन्त्री माधवकुमार नेपालले भारत भ्रमणका क्रममा सिमानाका विषयमा हस्ताक्षर नगर्ने बताएका छन् । सीमा सरोकार नागरिक समितिको प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यालयमा आइतबार छलफल गर्दै प्रधानमन्त्री नेपालले भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर नहुनेसमेत स्पष्ट गरे ।

'अहिले हस्ताक्षर गर्ने कार्यक्रम छैन, तपाईंहरू ढुक्क हुनुस्,' प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, 'हस्ताक्षर गर्ने वेलामा धुमधामका साथ गरिन्छ, सुटुक्क हुँदैन ।'

भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री नेपाललाई भेट्न समितिका अध्यक्ष चेतेन्द्रजंग हिमाली, सचिव फणीन्द्र नेपाल र सदस्यहरू डा. सुरेन्द्र केसी र बुद्धिनारायण श्रेष्ठ आइतबार अपराह्न सिंहदरबार पुगेका थिए ।

Source:[http://www.nayapatrika.com/newsportal/desh/4903.html]

एसएसवीद्वारा दुई नेपाली पक्राउ

१ भाद्र, महेन्द्रनगर । भारतमा मजदूरी गरेर स्वदेश फर्किँदै गरेका दुई जना नेपालीलाई कन्चनपुरको गड्डाचौकीस्थित बनबासा नाकाबाट भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ काडा ४ का ३४ बर्षीय मानबहादुर बोहरा र मेल्हीकुना २ का देबबहादुर रोकाया रहेका छन् । उनीहरुबाट पाँचसय र हजार दरका ६ लाख भारतीय रुपैयाँ बरामद भएकोले नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

बोहरा र रोकायाले भने लामो समयसम्म भारतमा मजदूरी गरेकोले धेरै रुपैयाँ जम्मा भएको र गौरा पर्व मनाउन घर फर्किन लागेको बताएका छन् ।

Source:[http://www.onlinekhabar.com/wp/2009/08/17/16780.html]

फोन खै, कमरेड ?


माओवादीका ९ सय वाकीटकी र ९५ वटा स्याटलाइट फोन कहाँ गए ?




पर्शुराम काफ्ले/नयाँ पत्रिका

काठमाडौं, ३२ साउन

युद्धकालमा सञ्चार सम्पर्कका लागि करोडौँ रकम खर्चेर माओवादीले खरिद गरेका स्याटलाइट फोन र वाकीटकी अहिलेसम्म दर्ता भएका छैनन् । युद्धकालमा माओवादीले ९५ थान स्याटलाइट फोन र एक हजारभन्दा बढी वाकीटकी जम्मा गरेको थियो ।

जनमुक्ति सेनाका सबै क्यान्टोनमेन्ट र अध्यक्ष प्रचण्डको निवासमा करिब आधा दर्जन स्याटलाइट फोन र एक सयजति वाकीटकी प्रयोगमा छन् । करिब ९० थान स्याटलाइट फोन र करिब नौ सय थान वाकीटकीको एकीकृत भण्डारण गरिएको छैन, रेकर्ड पनि राखिएको छैन । 'युद्धकालमा खरिद गरिएका स्याटलाइट र वाकीटकी सञ्चालनमा त्यति छैनन्, युद्धकालमा जोसँग थिए, अहिले उनीहरूसँगै छन्,' माओवादीका केन्द्रीय सदस्य तथा युद्धकालमा फोन तथा हतियार आपूर्ति विभागका इन्चार्ज रहेका भक्ति पाण्डले नयाँ पत्रिकासँग भने । अहिले सस्तो मोबाइल प्रयोग गर्न सजिलो भएकाले स्याटलाइट फोन थन्क्याइएको उनले बताए ।

राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा चालेको कदमसँगै नेपाल टेलिकमका टेलिफोन तथा मोबाइल बन्द भएको वेला स्याटलाइट फोन तथा वाकीटकी माओवादीका लागि निकै सहयोगी भएका थिए । त्यतिवेला माओवादी र तत्कालीन सात राजनीतिक दलका शीर्ष नेताहरूबीचसमेत स्याटलाइटबाट कुराकानी हुन्थ्यो । माओवादीका एक पोलिटब्युरो सदस्यका अनुसार भारतीय दूतावासले दिएको स्याटलाइट फोन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा थियो र त्यहीमार्फत प्रचण्ड-कोइरालाबीच संवाद हुन्थ्यो ।

माओवादी पोलिटब्युरो एक सदस्यले भने, 'स्याटलाइट फोनबाट हाम्रा अध्यक्षले सात दलका नेताहरूलाई फोन गर्दा मात्रै झन्डै २० लाख खर्च भएको छ, १२ बुँदे सहमति निकै महँगो पो थियो ।' शान्तिप्रक्रियाको सुरुवातताका अध्यक्ष प्रचण्डसँग थुरायो, फिलिपिन्स र बैंककमा निर्मित एक-एक स्याटलाइट फोन थिए ।

माओवादी नेता हितमान शाक्यका अनुसार शान्तिप्रक्रियामा आउनुअघि जो-जोसँग यस्ता सञ्चार सेट थिए, अहिले पनि उसैसँग छन् । 'अहिले प्रयोग भएको छैन र एकीकृत भण्डारण भएको पनि छैन,' नेता शाक्यले भने ।

हतियार तथा सञ्चार साधन किन्ने जिम्मा पाएका माओवादी नेता पाण्डेका अनुसार माओवादीले ०५८ सालदेखि स्याटलाइट फोन र वाकीटकीको विस्तार सुरु गरेको हो । सरकारले आतंककारी घोषणा गरेर सेना परिचालन गर्नु केही समयअघि माओवादीले फिलिपिन्समा उत्पादित चारवटा स्याटलाइट त्रिभुवन विमानस्थल हुदै ल्याएको थियो । पाण्डेका अनुसार अध्यक्ष प्रचण्डका निर्देशनमा भित्र्याइएका ती फोन र केस कार्ड (रिजार्ज कार्डजस्तै)का लागि पाँच लाख रकम तिरिएको थियो । प्रचण्डका स्वकीय सचिव विकेश श्रेष्ठले रकम तिरेका थिए ।

त्यसो त माओवादीले सञ्चार सेट ल्याउन लागेको त्यो दोस्रोपटक थियो । पहिलोपटक राजधानी भित्र्याएका दुई थान स्याटलाइट फोनका सेट एयरपोर्टमा प्रहरीले पक्राउ गरेको थियो । 'सुरुमा मैले रूपन्देहीको खेत बेचेर पार्टीका लागि दुइटा सेट ९० हजार गोटामा मगाएको थिएँ,' पाण्डेले भने, 'बैनाबापत एक लाख दिएको थिएँ, सामान एयरपोर्टमा समातिएपछि बाँकी पैसा तिर्नुपरेन ।'

पाण्डेका अनुसार भित्र्याइएका चार सेटमध्ये एउटा अध्यक्ष प्रचण्डलाई र बाँकी सेट तत्कालीन अवस्थामा माओवादीले गठन गरेको पूर्वी, मध्य र पश्चिम कमान्ड इन्चार्जहरूलाई दिइएको थियो । पहिलोपटक सफल रूपमा ल्याइएको सेट चलाउन सिक्न नेताहरूलाई पनि ६ महिना लागेको थियो ।

पछि ल्याइएका सेटहरू थाइल्यान्ड र जापान निर्मित थिए । जापानको थुरायो कम्पनीमा निर्मित सेट फिलिपिन्स र बैंककबाट मगाइएकाभन्दा दस हजारजति महँगा थिए । 'थाइल्यान्ड र फिलिपिन्सका सेट मोटामोटी ९० हजारमा किनियो,' पाण्डेले भने, 'जापानिज सेटलाई एक लाखजति तिरियो ।'

युद्धकालमै भारतबाट भित्र्याउन लागिएका दुई सय थान वाकीटकी सेट र २० वटा बेस सिलिगुडीमा पक्राउ परेका थिए । पाण्डेका अनुसार ज्ञानेन्द्रको सक्रिय शासनकालमा सेट पक्राउ परेका थिए । नेपालमा कहिलेकाहीँ वाकीटकी सेनाले जफत गरेपछि त्यसको बेस ब्लक गरेर सूचना बन्द गर्ने गरिएको पाण्डे बताउँछन् ।

थुरायो कम्पनीको स्याटलाइट फोनबाट अध्यक्ष प्रचण्डले इन्टरनेटसमेत चलाएका थिए । पाण्डेका अनुसार फिलिपिन्स र बैंककमा बनेका सेट ६ वटा नम्बर भएका थिए, ती सेटमा अहिले नेपाल टेलिकमका पि्रपेड र पोस्टपेड सिम हालेर पनि चलाउन सकिन्छ । तर, दसवटा नम्बर भएका थुरायो सेटमा चाहिँ नेपाल टेलिकमको सिम हाल्न मिल्दैन ।

युद्धकालको अन्तिमसम्म माओवादीले ९५ वटा स्याटलाइट फोन किनेको थियो जसको मासिक खर्च मात्रै ३० देखि ३५ लाखसम्म हुने गथ्र्यो । आपूर्ति विभाग हेर्ने नेता पाण्डेका अनुसार ती फोनबाट नेपाल र भारतमा सम्पर्क गर्दा प्रतिमिनेट करिब ३५ रुपैयाँ लाग्थ्यो भने अरू मुलुकमा अलि सस्तो थियो । तर, त्यही सेटबाट अर्को सेटमा गर्दा प्रतिमिनेट पाँच रुपैयाँ लाग्थ्यो ।

पाण्डेका अनुसार माओवादीले युद्धकालमा ठूलो संख्यामा वाकीटकी सेट भित्र्याएको थियो जसको प्रयोग जनमुक्ति सेनाका सेक्सन कमान्डरसम्मलाई गर्न दिइएको थियो । स्याटलाइट फोनचाहिँ आवश्यकताअनुसार जनमुक्ति सेनाको कम्पनी कमान्डरसम्मलाई दिइएको थियो ।

पछिपछि त सानियो कम्पनीको जापानिज, थाइल्यान्ड र भारतीय ब्रान्डका वाकीटकी माओवादीले थुपारेको थियो । ती वाकीटकीको प्रतिगोटा करिब १० हजार रुपैयाँ र एउटा बेसको करिब ५० हजार रुपैयाँ पथ्र्यो । भूगोलअनुसार एउटा बेसले २२ देखि २५ वटासम्म सेट कभर गथ्र्यो । वाकीटकीमा भने इन्टरकम फोन गरेको पैसा लाग्दैन । 'स्याटलाइट फोनमा पैसा लाग्छ, वाकीटकीमा लाग्दैन,' पाण्डले भने, 'सुरुमा स्थापना गर्न खर्च गर्नुपर्छर्, त्यसपछि त आनन्द ।' उनका अनुसार सेनाको कम्तीमा एउटा सेक्सनसँग एउटा वाकीटकी हुन्थ्यो ।

जनमुक्ति सेनाका सात डिभिजन र २१ वटा बि्रगेडमा वाकीटकी छन् । चौथो डिभिजन कमान्डर तेजबहादुर ओली प्रतीकका अनुसार केही युद्धकालीन र केही पछिल्लोपटक किनिएका वाकीटकी हाल प्रयोगमा आएका छन् । जिपी ३३९ मोडलका तथा ८० र ४० बेसका भिएचएफ प्रविधिका वाकीटकी सञ्चालनमा छन् । जनमुक्ति सेना हेडक्वार्टरका कार्यालय सचिव वीरेन्द्र मञ्जिलले भने, 'हामीले टु-वे सेटहरू प्रयोग गरेका छौँ, अध्यक्ष प्रचण्डको निवासमा खटिएका जनमुक्ति सेना तथा सबै डिभिजनहरूमा ती फोन सञ्चालित छन् ।'

माओवादीका यति धेरै सञ्चार सेट कतै पनि दर्ता छैनन्, यसमा न माओवादीलाई चासो छ न सरकारलाई । सञ्चार मन्त्रालयको फ्रिक्वेन्सी इजाजत हेर्ने इन्जिनियर अरुण नेपालले विनाइजाजत वाकीटकी तथा सेटेलाइट फोन प्रयोग गर्न नपाइने बताए । 'रेडियो ऐनअनुसार प्रतिगोटा वाकीटकीको पाँच सय शुल्क तिरेर एक वर्षका लागि सञ्चालन गर्ने अनुमति दिइन्छ,' नेपालले नयाँ पत्रिकासँग भने । उनले माओवादी जनमुक्ति सेनाका सेटहरू भने दर्ताका लागि निवेदन नपरेको बताए । माओवादी सेनाको हेडक्वार्टरका सचिव मञ्जिलले भने एक वर्षअघि दर्ता गरेर फ्रिक्वेन्सी किन्नका लागि आवेदन दिएको तर स्वीकृति नपाएको बताए ।


त्यस्तै, स्याटलाइट फोनका लागि भने दूरसञ्चार प्राधिकरणले इजाजत दिन्छ । नेपालीलाई ३० हजार र विदेशीलाई एक लाख २० हजार शुल्कमा एक वर्षका लागि फ्रि

क्वेन्सी दिने गरिएको अर्का इन्जिनियरले बताए । तर, माओवादीका स्याटलाइट फोन पनि दर्ता भएका छैनन् ।



फ्रिक्वेन्सी दिने गरिएको अर्का इन्जिनियरले बताए । तर, माओवादीका स्याटलाइट फोन पनि दर्ता भएका छैनन् ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/4874.html]

Sunday, August 16, 2009

सीमानाकामा स्वाइन फ्लूको बढ्दो त्रास

पोखराबाट बालिका काठमाडौ रिफर -नेपालगञ्जमा एक युवक निगरानीमा
काठमाडौं ३२ साउन(दैनिकी)

मणिपाल शिक्षण अस्पताल, पोखराले स्वाइनफ्लूको आशंकामा एक बिरामीलाई काठमाडौँ रिफर गरेको छ।
रुघाखोकी र ज्वरो आएपछि शुक्रबार साँझ उपचारका लागि बाबुआमासँग अस्पताल पुगेकी दुई वर्षीया बालिका अंशु थापालाई गरिएको र्‍यापिट टेस्टका आधारमा स्वाइनफ्लू रहेको आशंका रहेपछि राजधानीस्थित टेकु अस्पताल रिफर गरिएको मणिपाल अस्पतालले जनाएको छ ।
अंशु तनहुँको धारापानी गाविस वडा नं. ४ बस्ने बाबु देवी थापा र अञ्जु थापाकी सन्तान हुन् ।
यसैबीच भारतबाट नेपालगन्ज नाका हुदै घर फर्किदै गरेका एक युवकलाई स्वाइन फ्लु संक्रमण भएको आशंकामा भेरी अञ्चल अस्पतालमा भर्ना गरी आइसुलेन रुममा राखिएको छ।
भारतको पौडी गडबालबाट घर फर्कँदै गरेका रुकुम कोटजहारीका २२ वर्षीय भूपेन्द्र मल्ललाई नेपालगन्ज नाकामा रहेको स्वाइन फ्लु हेल्प डेस्कले स्वाइन फ्लू संक्रमण भएको आशंकामा थप अनुसन्धानका लागि भेरी अञ्चल अस्पतालमा पठाएको हो।

Source:[http://www.dainikee.com/newsdetail-9624.html}

ग्रेटर नेपालको माग गर्दै भारतीय दूतावासमा प्रदर्शन

काठमाडौं/ एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सुगौली सन्धिमा गुमेका भू-भाग फिर्ता गर्न माग गर्दै शनिबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय स्वतन्त्रता दिवसका अवसरमा मोर्चाले कालो कपडामा लेखिएको मागपत्र दूतावासमा बुझाएको हो ।

सो अवसरमा मोर्चाको नेतृत्वमा पुगेको एक टोलीले ग्रेटर नेपालको पक्षमा चर्का नाराबाजी गरेको थियो । भारत अंग्रेजबाट स्वतन्त्र भएपछि टिस्टादेखि सतलजसम्मका सबै भू-भाग नेपालको हुनुपर्ने मोर्चाको माग छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा टिस्टादेखि सतलजसम्म फैलिएको समयमा नेपालको क्षेत्रफल दुई लाख चार हजार नौ सय १७ वर्गकिलोमिटर रहेको, तर सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिका कारण नेपाल एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफलमा खुम्चिनुपरेको उल्लेख गरिएको छ । दूतावासअगाडि आयोजित विरोध प्रदर्शनमा अध्यक्ष नेपालले टिस्टादेखि सतलजसम्मको नेपाली सिमाना कायम भएमा नेपालको सीमा भुटान, बंगलादेश, भारत र चीनसँग जोडिने तथा भारतीय एकाधिकारबाट समेत मुक्त हुन सकिने बताए ।

सीमाविज्ञ चेतेन्द्रजंग हिमालीले ग्रेटर नेपाल प्राप्तिका लागि नेपालीबीचको एकता मजबुत हुनुपर्नेमा जोड दिए । विरोध प्रदर्शनमा ग्रेटर नेपालका पोस्टर भारतीय गाडीमा समेत राखिएको थियो ।


Source:[http://www.nayapatrika.com/newsportal/desh/4858.html]

महाकाली सन्धि कार्यान्वयन नभएर नेपाललाई घाटा: भारतीय राजदूत

काठमाडौं, साउन ३२ (नागरिक)- भारतीय राजदूत राकेश सुदले महाकाली सन्धि कार्यान्वयन हुन नसकेका कारण नेपालले सालिन्दा अर्बौ नोक्सान बेहोरिरहेको बताएका छन्। नेपालका दलहरूको विवाद र जनविरोधका कारण १३ वर्षअघि सम्पन्न सम्झौता कार्यान्वयन हुन नसकेको सुदले टिप्पणी गरे।

०५२ मा उक्त सन्धि हुँदा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेभित्र विवाद चर्किएको थियो भने अहिले एकीकृत माओवादीले उक्त सन्धि कार्यान्वयन प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै आएको छ।
'सन्धि कार्यान्वयन हुन नसक्दा हरेक वर्ष अर्बौ रूपैयाँ नोक्सान भइरहेको छ,' भारतको ६३ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल-भारत मैत्री समाजद्वारा शनिबार आयोजित कार्यक्रममा राजदूत सुदले भने, 'नेपालका राजनीतिक नेता र जनताले यो बुझ्न जरूरी छ।'

सुदले कुनै पार्टी या नेता विशेषको नाम नलिई सन्धि कार्यान्वयन हुँदा भारतलाई बढी फाइदा हुन्छ भन्ने 'भय' नेपाली जनमानसमा व्यप्त रहेको तर्क गर्दै उक्त सन्धि दुवै देशको फाइदामा रहेको बताए।

नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको महत्वपूर्ण कार्यसूचि रहेको उल्लेख गर्दै राजदूत सुदले भारत यसका लागि जस्तो सूकै सहयोग गर्न तत्पर रहेको बताए।

प्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रमणमा क्रममा भारतीय नेताहरुले यसका लागि सहयोगका लागि तयार रहेको 'सन्देश' दिने सुदले बताए।

कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छादारले सँगसँगै 'स्वतन्त्र' भएका भारत शक्तिशाली राष्ट्र बनिसक्दा पनि नेपाल भने राजनीति बिग्रिएकाले जहाँको तहीँ रहेको बताए।

एकीकृत माओवादी र तत्कालीन प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै गच्छादारले विकासमा राजनीति भएकाले महाकाली सन्धी, पञ्चेश्वर र अरूण तेस्रो जलविद्युत परियोजना अघिबढ्न नसकेको बताए। 'सबै गरौं तर विकास कार्यमा राजनीति नगरौं' उनले भने।

ठूला दल र तिनका नेताहरूले राजनीतिलाई विगारेको उनको आरोप थियो। उपप्रधानमन्त्रीले ती दल र नेताहरूभन्दा नभई साना दल र तिनका नेताहरूलाई सहयोग गर्न आग्रह गरे।

'भारतले ठूला दल र तिनका नेताहरूलाई माया गर्नु हुँदैन' गच्छादारले भने, 'हामीजस्ता मधेसी, जनजाती, दलितका प्रतिनिधित्व गरेका ससाना नेताहरूलाई माया गर्नुपर्छ।'

यसैबीच राजधानीमा आयोजित अर्को एक कार्यक्रममा ऊर्जामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीको भ्रमणका क्रममा पञ्चेश्वर सम्झौता अनुसार थाती रहेका समस्या समाधान गरी काम अगाडि बढाउने सहमति बन्ने बताएका छन्। उनले पञ्चेश्वर परियोजना निर्माण कार्य अघि बढाउन राष्ट्रिय सहमति भइसकेकाले दाबी समेत गरे।

'पञ्चेश्वर सम्झौता राष्ट्र हितमा छ,' महतले भने,' प्रधानमन्त्रीको भ्रमणका बेला सम्झौता अनुसार काम अगाडि बढाउने टुंगो लाग्नेछ।'

माओवादीले सरकारमा रहदा पञ्चेश्वर परियोजनालाई सकारात्मक रुपमा लिए पनि अहिले सत्ता बाहिरपुगेपछि राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको उनको टिप्पणी छ।

माओवादी नेता सीपी गजुरेलले भने आफ्नो दलले सहमति नदिएकाले भारतसाग पञ्चेश्वर अघि बढाउने सम्झौता गर्ने अधिकार यो सरकारलाई नभएको जिकिर गरे।

'पञ्चेश्वर अघि बढाउने सहमति गरेर आए कडा आन्दोलनको सामना गर्न तयार भए हुन्छ' उनले चेतावनी दिए। ०१६ सालको गण्डक र पञ्चेश्वर सम्झौता इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघाती कदम भएको उनले टिप्पणी गरे।

प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय सहमति नभएका र दीर्घकालिन राजनीतिक प्रकृतिका कुनैपनि सन्धि सम्झौता गर्ने एजेण्डा नबनाइएको बताए।


Source:[http://www.nagariknews.com/politics/international/4049-2009-08-16-06-51-42.html]

केएफसी र पिज्जा हट दशैँपछि काठमाडौँमा

विजयबाबु खत्री, काठमाडौं, साउन ३२- बहुराष्ट्रिय ब्रान्ड नेपाल आउने क्रम वृद्धि भैरहेको छ। नेपालले नेपाली बजारमा कम्पनीका आँखा नेपाली बजारतर्फ सोझिएका छन्।
विश्वप्रसिद्ध फाष्टफुड रेष्टुरेन्ट केन्टकी फ्राइड चिकेन (केएफसी) र पिज्जा हट दशैंपछि दरवारमार्गमा खुल्ने भएका छन्। भारतको देवयानी इन्टरनेशनलले यहाँ केएफसी र पिज्जाहटका शाखा खोल्न लागेको हो। यो कम्पनीले भारतमा ५० भन्दा बढी केएफसी र पिज्जाहटका शाखा संचालन गर्दै आएको छ।

पेप्सीको नेपालका प्रमुख कार्यकारी सुरन्जन डेले दशैं र तिहारबीच दुवै रेष्टुरेन्ट खुल्ने जानकारी दिए। नेपालमा पेप्सी उत्पादन गर्ने वरुण वेभरेज र देवयानी इन्टरनेशनसनलको मातृकम्पनी आरजे कर्प हो।

राजधानीमा पैसा खर्च चाहनेको संख्या उल्लेखनीय रुपमा बढै गएको तर बहुराष्ट्रिय रेष्टुरेन्टका शाखा नभएकाले यो खोल्न लागिएको उनले जानकारी दिए। निकै ठूलो लगानी हुने भएकाले पेप्सीको बजार बढाउन सहयोग पुग्ने गरी यो खोलिएको डेको दावी छ।

उनका अनुसार यी दुई रेष्टुरेन्टमा काम गर्नका लागि १ सयभन्दा बढी कर्मचारी छनौट गरिसकिएको छ। केही प्राविधिक विज्ञहरु भारतबाट आउने छन्। ३ हजार ५ सय वर्गफुट क्षेत्रफलमा खोल्न लागिएका यी दुवै रेष्टुरेन्ट अन्नपूर्ण होटलसँगै निर्माणाधिन भवनको भूँई तल्ला र पहिलो तल्लामा खोल्न लागिएको हो।

रेष्टुरेन्ट स्थापनाका लागि महँगा उपकरण काठमाडौं आइसकेका छन्। ठूलो आकारको कोल्डस्टोर र खाना तयार गर्ने कारखानासमेत स्थापना भैसकेको छ। यसमा प्रयोग हुने सामानमध्ये अधिकांश विदेशबाट नै आउँछन्।

यसैगरी नेपाली बियर बजारमा प्रतिस्पर्धा गर्न अमेरिकी तथा युरोपेली बजारमा रुचाइएका बियर आउने भएका छन्। अहिलेसम्म नेपाली बियर बजारमा खेतान समूहको एकाधिकार थियो।

अमेरिकाको सबभन्दा लोकप्रिय बियर बदवाइजर दुई महिनाभित्र नेपाली बजारमा बिक्री शुरु हुने भएको छ। पेप्सीको नेपालका प्रमुख कार्यकारी अधिकृत सुरन्जन डेले आर्टिक्ट इन्टरनेशनलले दुई महिनाभित्र वदवाइजर बियर आयात गरी बजारमा पुर्‍याउन लागेको जानकारी दिए। पेप्सीको नेपाल र अरसिक्ट भारतको इनवेभ इन्कर्पोरेशन अन्तर्गतका कम्पनी हुन्।

सन १८७६ देखि उत्पादन शुरु भएको यो बियर अमेरिकामा सबभन्दा बढी बिक्री हुन्छ। डेले नेपाली उपभोक्ता नयाँ नयाँ स्वादका वियर मन पराउन थालेपछि बजारमा ल्याउन लागिएको जानकारी दिए।

जर्मनमा निकै चल्तीमा रहेको वेक्स बियरसमेत नेपालमा आउन लागेको छ। यो बियर ५ बर्षभन्दा अघिदेखि उत्पादन हुदैं आएको छ। लवनब्रु वियरको बढो बजारले कम्पनी उत्साहित भएको छ। रेष्टुरेन्टहरुले सधैं नयाँ नयाँ प्रकारको वियर उपभोक्तालाई पस्कन चाहन्छन्।

Source:[http://www.nagariknews.com/news-highlights/139-highlights/4040-2009-08-16-03-40-34.html]

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by