- श्रीकृष्ण अनिरुद्ध गौतम
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी शासकीय स्वरूपको मामिलामा सच्चिएको छ । अर्थात्, माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आफ्नो पहिलाकै प्रस्तावमा फर्किएको छ । यसपूर्व बीचमा एकपटक संसदीय राष्ट्रपतिको प्रस्ताव गरेर यसले प्रशस्त खप्की खानुपरेको थियो । जेहोस्, माओवादीमा आलोचना सुन्न सक्ने, गल्ती सच्याउने र सुधि्रने लक्षण देखिएको छ । हुन त धेरैले माओवादीलाई छिनछिनमा निर्णय बदल्ने पार्टीका रूपमा चित्रण गरेका छन् । तर, थोत्रा र ढुसी परेका विचारमा अड्नु, नयाँ विचारमा प्रवेश गर्न नसक्नुभन्दा निरन्तर विचार मन्थन गर्नु, मन्थनका क्रममा बहकिनु र आफ्नो बहकाउलाई आफैँ सच्याउनुु कता हो कता उत्तम हो ।
कुनै पनि नयाँ विचारको आगमन प्रशस्तै त्रुटिका बीचबाट हुन्छ, सच्याउँदै जाँदा नै नयाँनयाँ आविष्कारहरू भएका हुन् । अरूभन्दा विज्ञान, त्यसमा पनि भौतिक शास्त्र -फिजिक्स)मा गहिरो रुचि राख्नेहरू यस यथार्थसित राम्ररी परििचत छन्, हुन सक्छन् । सत्य शाश्वत छ तर रहस्यभित्र लुकेको हुन्छ । माओवादी हमेसा वैज्ञानिक पद्धतिको तर्क गर्छ । वैज्ञानिकता के हो भने अनुमानकैभरमा कुनै निष्कर्षमा पुग्न मिल्दैन, कुनै पनि सत्यको प्रयोगसिद्ध पुष्टि हुनुपर्छ । कम्युनिज्मको उद्भव र सिद्धान्त प्रतिपादनमा विज्ञान र वैज्ञानिकताको बारम्बार उल्लेख गरएिको छ तर साँच्चै भन्ने हो भने कम्युनिज्मका प्रयोगकर्ताहरू कार्ल माक्र्स, लेनिन र माओका लकिरका फकिर बन्न पुगेकाले कम्युनिज्मले विज्ञानको बाटो छोडेको छ ।
माक्र्सको अनुसन्धान व्यापक छ । उनले सृष्टिसत्यलाई परम्पराबाट हटेर हेरे । यसै क्रममा उत्पादनमा मानव श्रम र उद्योगमा श्रमको लगानी गर्ने श्रमिकहरू उत्पादनका वास्तविक हकदार हुन् भन्ने सिद्धान्त प्रतिपादन भयो । यस सिद्धान्तसम्म आइपुग्न माक्र्सले केवल समाज विज्ञानको अध्ययन गरेका होइनन् । अर्थशास्त्र र राजनीतिशास्त्रको ज्ञानले मात्र पद्धतिगत सैद्धान्तिक निष्कर्षमा पुग्न त्यतिबेला पनि सकिँदैन थियो र अहिले पनि सकिँदैन किनभने कुनै पनि पद्धति सृष्टिका नियमबाहिर बसेर रच्न सकिँदैन । नेपालका माओवादी अध्येताहरूमा प्रचुर जिज्ञासा हुँदाहुँदै पनि उनीहरू लकिरका फकिर छन् । माक्र्सकालीन विज्ञानले उद्घाटन गरेका सत्यका अतिरत्तिm सृष्टिगर्भबाट अरू सत्यहरू उद्घाटित भएका छन् ।
जस्तै, अल्बर्ट आइन्सटाइनले आफ्नो प्रसिद्ध सूत्र ९भ्=mअ²० द्वारा ऊर्जा -एनर्जी) भनेको द्रव्यमान -मास)लाई प्रकाश -लाइट)को दुई गुणा गतिले गुणन गर्दा प्राप्त हुने फलका रूपमा पुष्टि गरे । अर्थात्, ब्रह्माण्डमा जेजति शक्ति छ, त्यसलाई प्रकाशले सन्तुलित गरेको छ । प्रकाशको मानक स्िथर छ, स्थायी छ । अपरविर्तनीय छ । यसरी हेरौँ, अर्थात् सृष्टि समीकरण सम्पूर्ण सन्तुलनमा आधारति छ । यो सिद्धान्त नै अन्तिम होइन, प्रमात्रा -क्वान्टम) सिद्धान्त अनुसार अणुभित्रको रहस्यको खोजी भयो । अणुभित्र पनि भयानक शक्ति सञ्चित छ । सूक्ष्मतम अणु आफैँमा एउटा सौर्यमण्डलभन्दा कम छैन । बहस लामो छ ।
एकातिर निश्चितताको सिद्धान्त छ । सापेक्षता छ । फेर ित्यहीँ गाँसिएको अनिश्चितता छ । द्वन्द्व छ, सन्तुलन छ तर द्वन्द्वइतर पनि केही छ । जे छ, सृष्टि ज्यादै रहस्यमय छ । खोजी अझै चल्दैछ । त्यसैले माक्र्सवाद नै समाजविकासको उत्कर्ष वैज्ञानिक प्राप्ति हो भन्न मिल्दैन । तात्पर्य के भने विज्ञानको विकासयात्रासँग राजनीतिक, आर्थिक, सामाजिक उपक्रमलाई नजोडी तयार गरएिका प्रस्थापनाहरू वैज्ञानिक हुन सक्दैनन् । माक्र्सका अध्ययनको वैज्ञानिक परपिुष्टि धेरै हदसम्म न्युटनका सिद्धान्तभूमिमा रहेर गर्न सकिन्छ तर विज्ञान न्युटनमा पुगेर रोकिएको होइन । इसाको बीसौँ शताब्दीमा आइन्सटाइनले प्रकाश सापेक्ष सिद्धान्त र नेल बोह्र, रदरफोर्डले प्रमात्राद्वारा ब्रह्माण्ड र अणुभित्रको रहस्यका नयाँ आयाम देखाए । तर, माक्र्सवादका अध्येता, प्रयोगकर्ता र व्याख्याताहरूले उन्नाइसौँको उत्तरार्द्ध र बीसौँ शताब्दीमा भएको वैज्ञानिक क्रान्तिसँग माक्र्सवादको अद्यावधिकरण गरेनन् । ख्याल रहोस्, त्यसैले माक्र्सवादको विज्ञानसँग तारतम्य टुटेको छ । विज्ञानसँग तारतम्य टुटेको राजनीतिक दर्शन वैज्ञानिक हुन सक्दैन ।
वास्तवमा राजनीतिक चिन्तनको पृष्ठ र प्रेरकभूमि समग्र प्रकृतिसँग तादात्म्य राख्ने खालको हुनुपर्छ । पदार्थ र परा प्रकृतिको खेल नै नबुझी बनेका पद्धतिहरू अत्यन्तै लघुजीवी हुन्छन् । प्रकृतिप्रज्ञा आधारभूत विज्ञान हो र त्यही अनुप्रासमा समाज विज्ञानका मान्यता स्िथर गर्न खोजिएको हुँदा राजनीतिलाई विज्ञान भनिएको हो । तर, दुर्भाग्यवश बीसौँ शताब्दीमा विशेषज्ञताको नाममा जगत् र ब्रह्माण्डको ज्ञान एकातिर र समाजका अवयवहरूलाई अर्कातिर राख्ने काम भयो, त्यसै अनुसारका पाठशालाहरू निर्माण गरएि । यसको प्रभाव माक्र्सवादमा मात्र होइन, हरेक राजनीतिक प्रकारमाथि परेको छ । अधिकांश राजनीतिज्ञ र राजनीतिशास्त्री विज्ञानमा मट्ठु छन् । विज्ञानका विद्यार्थी आफ्नो पाठका गणितीय सूत्र घोक्छन्, समाजका लय बुझ्दैनन् ।
विशेष गरी वामपन्थीहरू मुलुकमा वैज्ञानिक शासन प्रणाली, भूमिसुधार र शिक्षा प्रणालीका गफ गररिहेका पाइन्छन् । तर, के हो त वैज्ञानिक शासन प्रणाली भनेर यदि कसैले उनीहरूसँग सोध्ने गर्यो भने तुरुन्तै जवाफ पाइन्छ, “माक्र्सले जे भने त्यही वैज्ञानिक हो, सर्वहाराहरूको अधिनायकवाद ।” माक्र्सले कुन पृष्ठभूमि, सन्दर्भ र कस्तो परििस्थतिमा भनेका थिए, त्यो आफ्नो ठाउँमा छ तर माक्र्सवादलाई विज्ञानका नयाँ सिद्धान्त अनुरूप अद्यावधिक गर्ने काम कसले गर्यो ? के त्यो काम मदनकुमार भण्डारीले, बाबुराम भट्टराई अथवा प्रचण्डपथका प्रणेता स्वयं पुष्पकमल दाहालले गरे ? हो, लेनिनले गर्न भ्याएनन् तर के माओले गरेका थिए त ? दुर्भाग्यवश, त्यस्तो प्रयास भएन । त्यसैले माक्र्सवादलाई शास्त्रीय समाज विज्ञान भन्न मिल्छ, आधुनिक समाज विज्ञानको प्रेरक ग्रन्थ मान्न मिल्दैन ।
माओवादी नेता र अध्येता आफूले बोलेका शब्द-शब्दमा विज्ञानका तरंगहरू देख्छन् र एउटा कुरा के पनि मान्नैपर्छ भने उनीहरू निश्चय नै अध्ययनशील छन् तर पुराना र एकतर्फी साहित्य मात्र पढ्छन् । माक्र्सका बेलाको विज्ञान हेर्छन् र माक्र्स त कस्ता ठूला ‘वैज्ञानिक’ थिए भनेर दंग पर्छन् । माक्र्सवादको धरातलमै उभिएर सही, आधुनिक विज्ञान र चिन्तन अनुरूप आफूलाई अद्यावधिक गरेमा मात्र बल्ल उनीहरूले लोकतन्त्रमा आफ्नो स्वत्व समाहित गर्न सक्छन् । अन्यथा कहिले प्रत्यक्ष र कहिले संसदीय राष्ट्रपतिको प्रस्ताव गरेर फेर िप्रत्यक्षमा फर्केजस्तै त्रुटि सच्याउने काममै उनीहरू व्यस्त रहिरहन्छन्, यद्यपि सच्चिनु स्वागतयोग्य छ ।
माक्र्सकै शब्दमा भनौँ, ‘व्याख्या होइन इतिहासको, यसलाई बदल्नुपर्छ ।’ अर्थात्, माओवादी लोकतन्त्रमा आत्मस्थ हुनुपर्छ, स्वयंलाई बदल्ने गरी सच्चिनुपर्छ ।
Source:[http://oursansar.com/um/?p=6713]
No comments:
Post a Comment