ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 9, 2010

'संविधान घोषणा गरेर पनि विवादित मुद्दा टुंग्याउन सकिन्छ'


दाङ, २०६६ पुस २५ -

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले टुंगो लगाउन नसकिएका कुराहरू पछि व्याख्या गरेर भए पनि तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने बताएका छन् । संविधानसभाको मूलतालिका परिवर्तन गर्ने सोच समेत बनाउन नहुने उल्लेख गर्दै उनले संविधान जारी गर्ने अन्तिम मिति जेठ १४ को विकल्प खोज्न नहुनेमा जोड दिए । प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, - 'संविधानसभाको मूलतालिका परिवर्तन गर्नुहुँदैन, यस्तो अवस्था नै आउने छैन ।' केही दिनयता संसद सुचारु भएको र अब कहिल्यै अवरुद्ध हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले संसद अवरुद्ध हुँदा जनता कमजोर हुने टिप्पणी गरे । सञ्चारकर्मीको एक प्रश्नमा उनले दलहरूबीच व्यापक तिक्तता बढिरहेकोले मुलुक सङ्कटतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै सम्पूर्ण तिक्तता मेटाएर अघि बढ्न दलहरूलाई आग्रह गरे ।

फेसबुक-अपराध चनाखो रहनुहोला


मनोज घर्तीमगर/काठमाडौं, २४ पुस : 
काठमाडौँ स्थित उच्च घरानियाकी एक युवतीका नाममा फेसबुकमा 'कल गर्ल' देखाउने विवरणसहित एकाउन्ट देखापर्‍यो । यसैका कारण ती युवतीले बेइज्जती मात्र व्यहोरिनन्, त्यत्तिकै मानसिक दबाब पनि खेपिन् ।

इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम 'फेसबुक' जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँुदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ ।

अर्धसैनिक बल गठन तिब्र

डिल्लीराम खतिवडा/उदयपुर, २०६६ पुस २५ - 

माओवादीले जिल्लाको ३० भन्दा बढि गाविसमा अर्धसैनिक बल गठन गरेको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसीएल)लाई अर्धसैनिक संरचनामा लाने पार्टीको नीति अनुसार नै बल गठन गरिएको हो । माओवादीले शान्ति सम्झौता विपरित आफ्नो भातृ संगठन वाईसीएललाई अर्धसैनिक संरचनामा लगेको छ । वाईसीएलले पार्टीको भदौ २० गतेको निर्णय अनुसार वाईसीएललाई अर्धसैनिक संरचनामा लगेको जनाएको छ । वाईसीएलका संयोजक जीवन कार्कीले पार्टीको निर्णय अनुसार वाईसीएललाई अर्धसैनिक संरचनामा लगिएको वताए । उनले भने "गाउँ/गाउँमा सेक्सन र गाविस स्तरमा प्लाटुन गठन गरिएको छ "। अहिलेसम्म जिल्लाको ३० वटाभन्दा बढि गाविसमा सेक्सन र प्लाटुन गठन गरि सकिएको उनले वताए । एक सेक्सनमा ११ र प्लाटुनमा ६० को संख्यामा अर्धसैनिक रहने छन ।

बिपिसीले विदेशमा सेवा विस्तार गर्ने


काठमाडौं/ 

बुटवल पावर कम्पनीले विद्युतीय परामर्श तथा इन्जिनियरिङ सेवा भुटान तथा दक्षिण अपि|mकामा विस्तार गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १७ औँ साधारणसभामा अध्यक्ष पद्म ज्योतिले सो जानकारी दिएका हुन् । कम्पनीले गत आर्थिक वर्षमा कन्सल्टेन्सी सर्भिसबाट उल्लेख्य आम्दानी आर्जन गरेको उनले बताए । उनले भने, 'यस अवधिमा हामीले ६ बटा कन्ट्रयाक्ट सम्पन्न गर्‍यौँ भने थप ६ कन्ट्रयाक्ट पाउन सफल भएका छौँ ।' कम्पनीसँग हाल आठवटा कन्ट्रयाक्ट भएको जानकारी दिँदै भुटान तथा दक्षिण अपि|mकामा केही कन्ट्रयाक्ट लिने प्रक्रियामा भएको बताए । साधारणसभाले अधिकृत पुँजी आठ अर्ब पुर्‍याउने तथा सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश, १० प्रतिशत सेयर लाभांश तथा ३ बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।

Friday, January 8, 2010

आजको कार्टून !


सुगौली सन्धीपछि विधिवत उपनीवेशः गुरुङ

पोखरा , २०६६ पुस २४ - 

माओवादीका पोलिटब्यूरो सदस्य देब गुरुङले सुगौली सन्धीपछि नेपाल विधिवत रुपमा उपनीबेश बनेको र भारतसंगको सन् १९५० सन्धी पंचशीलको मान्यता तथा राष्ट्रसंघको बडापत्र विरुद्ध भएको बताएका छन ।  माओवादीको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रबार पोखरामा आयोजित नेपालको राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रियामा बोल्दै गुरुङले राणा शासनकालदेखि नै सार्वभौमसत्ता कुण्ठित हुदै आएको बताएका हुन ।  गुरुङले नेपाललाई एक प्रान्त बनाउने योजनामा भारत रहेको दावी गरे । त्यही भएर उसले भूपरिबेष्ठित राष्ट्रले पाउने सुविधा तथा अधिकारमाथि ब्यापार तथा पारवाहन सन्धीमार्फत कुण्ठित बनाउदै लगेको भन्दै गुरुङले सुगौलीसन्धी देखि राष्ट्रपतिको कदमसम्मका सबै गतिविधिमा भारतले हस्तक्षेप गर्दै आएको बताए ।  भारतले अहिले नेपालको जलस्रोतलगायत अन्य प्राकृतिक स्रोतसाधनमाथिको प्रभाव बढाउदै लैजान खोजिरहेको गुरुङले बताए । भारतीय विस्तारबादसामु नेपाली शासक तथा सामन्तवादीहरुले घुडा टेकीसकेकाले भारतको आशिर्वादविना पृथक ढंगले हिड्न नसक्ने अवस्था भएको गुरुङको भनाई थियो । 

नक्कली कार्ड बढेपछि इलेक्टा्रेनिक्स बनाउन त्रिविको निर्देशन


भवानीश्वर गौतम (नयाँ पत्रिका) /काठमाडौं, २३ पुस

नक्कली कार्डको प्रयोग बढेको गुनासो आउन थालेपछि त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पसलाई विद्यार्थीको कार्ड इलेक्ट्रोनिक्स बनाउन निर्देशन दिएको छ । यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र विद्यार्थी प्रतिनिधिसँगको छलफलपछि त्रिविले इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न सबै क्याम्पसलाई निर्देशन दिएको हो । विद्यार्थीको अध्यधिक चाप हुने क्याम्पसले भने इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न असम्भव भएको बताएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगा थापाका अनुसार उपत्यकाका क्याम्पसलाई फागुन मसान्तभित्रमा कार्ड बनाएर १ चैतबाट लागू गर्न र उपत्यकाबाहिरका क्याम्पसलाई चैत मसान्तभित्रमा कार्ड बनाइसकेर १ वैशाखबाट लागू गर्न लिखित निर्देशन दिइएको छ । त्रिविका देशभरमा ६ सय १६ सम्बन्धनप्राप्त र ६० आंगिक क्याम्पस छन् । रत्नराज्य लक्ष्मी -नेपाल मानविकी) क्याम्पसप्रमुख गोपालचन्द्र पोखरेलले भने इलेक्ट्रोनिक्स कार्ड लागू गर्न असम्भव रहेको बताए । क्याम्पसप्रमुख पोखरेलले नयाँ पत्रिकासँग भने, 'कार्डमा होलोग्राम त बल्लबल्ल टाँस्यौँ, अब इलेक्ट्रोनिक्स कार्ड बनाउन असम्भव छ ।'

अर्को राजा बिउँताउन लागियो : प्रदीप नेपाल

रोहित राई, धरान पुस २४- 

एमाले नेता प्रदीप नेपालले सङ्घीयताको नाममा राजनीतिक दलहरुले मुलुकमा अर्को राजा बिउँताउन लागेको बताएका छन्। मीरेष्ट नेपालले शुक्रबार धरानमा आयोजना गरेको खुला बहस कार्यक्रममा बोल्दै नेता नेपालले सङ्घीय राज्यमा बन्ने मुख्य मन्त्री राजाको अर्को रुप भएको दाबी गरे। “अहिले सङ्घीयता भनेर फरि अर्को राजा बनाउन खोजिँदैछ, मुख्यमन्त्री भनेको राजा नै हो”, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका नेता नेपालले भने- “यस्तो अर्को राजा हुने सङ्घीयता म मान्दिन।” सङ्घीयतामा सम्पूर्ण सत्ता स्थानीय जनताको हुनुपर्ने व्याख्या गर्दै उनले तत्कालीन संस्कृति एवम् राज्य पुनर्संरचना मन्त्री गोपाल किरातीले प्रस्ताव गरेजस्तो विकेन्द्रीकृत ८ सय जिल्लाको इकाइ वास्तविक सङ्घीय संरचना हुने जिकिर गरे। “स्थानीय समुदायको सत्ता भयो भने त्यो सङ्घीयता हो, त्यस हिसाबमा गोपाल किरातीले भनेजस्तो ८ सय वा त्योभन्दा सानो इकाईको सङ्घीय इकाइ बनाउनुपर्छ”, भानुचौकमा हजारौं जनतामाझ नेपालले भने- “त्यस्तो इकाइलाई ग्रामपालिकाभन्दा उपयुक्त हुन्छ।

रुँदै बस चढे 'अयोग्य' लडाकु


नेत्र पन्थी/नयाँ पत्रिका
दुधौली (सिन्धुली), २३ पुस
कसैले श्रीमान् छाड्नुपर्‍यो, कसैले श्रीमती, लामो यात्रा सँगै तय गरेका साथीबीचको बिछोड पनि कम्ती पीडादायी रहे

साथी मात्र होइन, जीवनसाथीबाट समेत बिछोडिँदा दुधौली सिन्धुलीको अस्थायी शिविरबाट बिहीबार घर र्फकन लाग्दा माओवादी 'अयोग्य' लडाकुका आँखामा आँसु थामिएन । घर जान उनीहरू रुँदैरुँदै बस चढे । कसैले श्रीमान् छाड्नुपर्‍यो, कसैले श्रीमती, लामो यात्रा सँगै तय गरेका साथीबीचको बिछोड पनि कम्ती पीडादायी रहेन । शिविरमा सँगै बसेका साथी र कतिका त श्रीमान् र श्रीमतीसमेत छुट्टिदाको पीडाले बिदाइ समारोहमा रुवाबासी चलेको थियो ।

दाहालको अभिव्यक्ति सुनियोजितः भट्टराई


गंगा बीसी/काठमाडौ, २०६६ पुस २४ - 

अध्यक्ष पुष्पकमल दाहालको 'विवादास्पद' अभिव्यक्ति सार्वजनिक भएपछि असन्तुष्ट बनेका उपाध्यक्ष बाबुराम भट्टराईले त्यसलाई 'सुनियोजित' भन्दै त्यसबारे इतिहासले फैसला गर्ने बताएका छन् । उनले आफू निकटका नेताहरूसँगको भेटमा पार्टीभित्रका त्यस्ता तत्त्वबाट आफू दुःखी भए पनि उचित प्रतिवाद गरेर जानेसमेत बताएको स्रोतको दाबी छ । उनले दाहालको अभिव्यक्ति सार्वजनिक हुनु 'विगतको नराम्रो परम्पराको निरन्तरता र गैरजिम्मेवार अभिव्यक्ति' भएको निकटस्थ सदस्यलाई बताउने गरेका छन् । 'घटनाले मलाई क्षणिक प्रभाव पारेको छ तर भावी दिनमा आरोपको खण्डन व्यवहारले पुष्टि गर्नेछ,' उनलाई उधृत गर्दै एक सदस्यले कान्तिपुरसँग भने । अध्यक्ष दाहालले 'भट्टराई प्रधानमन्त्री हुने भए भारतले तुरुन्त बनाइदिने दबाब दिएको' खन्ना गार्मेन्टमा यो साता आयोजित गोप्य प्रशिक्षणमा बताएका थिए । 'भारतले बाबुराम प्रधानमन्त्री हुने भए तुरुन्त बनाइदिने भनेर प्रत्यक्ष/परोक्ष दिएपछि बडो गम्भीर बनायो,' दाहालले भनेका थिए, 'मैले त्यसका लागि प्रधानमन्त्री नहुने भनेको त होइन ।'

Thursday, January 7, 2010

आजको कार्टून !




घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...
अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

किन गए दाहाल एक दिनलाई हङकङतर्फ?

आज दिउँसो चिनियाँ नेतासँग भेटको संभावना-
भोजराज भाट, काठमाडौँ, पुस २३- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एक दिनका लागि बुधबार राति हङकङतर्फ प्रस्थान गरेका छन्। हङकङमा उनी सहभागी हुने औपचारिक कार्यक्रम दुई घन्टाको मात्र छ। 
बिहान ६.४० मा ड्रागन एयरबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने दाहाल र साथमा गएका कृष्णबहादुर महरा दिनभर त्यहीँ बिताएर साँझ ५.३५ बजे सोही एयरबाट स्वदेश फर्कने कार्यक्रम छ। यस भ्रमणको पूर्वसन्ध्यामा माओवादी पूर्व सांसद तथा पूर्व उपरथी कुमार फुदुङ हङकङ पुगेका छन्। नयाँ राष्टवादी शक्तिबीचको 'गठबन्धन' मिलाउन फुदुङलाई भ्रमणमा समावेश गरिएको स्रोतले दाबी गरेको छ। चिनियाँ दुतावास स्रोतका अनुसार, दाहालको यसपटकको हङकङ भ्रमण माओवादीको आफ्नै पहलमा भएको हो। बिहीबार दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूस"ग भेटघाट हुने सम्भावना छ।

संकटमा अर्थतन्त्र


आयातमा अत्यधिक वृद्धि, निर्यातमा गिरावट र रेमिट्यान्सको वृद्धिदर घटेपछि विदेशी मुद्राको सञ्चय पनि घट्यो
यदु देवकोटा/ काठमाडौं (नयाँ पत्रिका)

विदेशी मुद्राको सञ्चय घट्दै गएपछि नेपालको अर्थतन्त्र जोखिममा पर्न थालेको छ । अहिले आयातमा भइरहेको अत्यधिक वृद्धि, निर्यातमा गिरावट र रेमिट्यान्सको वृद्धिदर घट्ने क्रम जारी रहेका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले विदेशी मुद्राको सञ्चितिमा आएको गिरावट जारी रहे नेपाली अर्थतन्त्र जोखिमतर्फ धकेलिने बताए ।

एमाले सप्तरी अधिवेशनमा पनि खनालको टेलिफोन सम्वोधन/'माओवादीका कारण मुलुक मुठभेडतर्फ'

जितेन्द्र खड्गा/राजबिराज , २०६६ पुस २३ -

एमाले अध्यक्ष झलनाथ खनालले माओवादीका कारण मुलुक मुठभेडतर्फ धकेलिदै गरेको आरोप लगाएका छन् ।
एमाले सप्तरीको सातौं जिल्ला अधिवेशनलाई टेलिफोनमा सम्वोधन गर्दै उनले माओवादीका कारण संविधान नबन्ने खतरा रहेको बताए । खनालले यसअघि एमाले बाँके अधिवेशनमा पनि टेलिफोनबाटै सम्वोधन गरेका थिए । 'माओवादीका कारण अहिले संविधान निर्माण प्रक्रिया ओझेलमा परेको छ, समयमा संविधान नबन्ने मुलुकमा ठूलो दुर्घटना हुनेछ,' उनले भने । खनालले सशस्त्र आन्दोलनमा लागेका सबैलाई शान्ति प्रक्रियामा आउन आग्रह समेत गरे । लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्न एमाले दृढतापूर्वक अगाडी बढेको उनको भनाइ थियो । एमाले नेता धर्मनाथ साहले शान्ति सम्झौताप्रति सरकारलाई सचेत हुन आग्रह गरेका थिए ।

Wednesday, January 6, 2010

आजको कार्टून !


कोइराला, खनाल र दाहालबीच आज अपराह्न वार्ता हु

तीन दल सहमति खोज्दै, - माओवादीको संकल्प प्रस्तावमा संसदमा छलफल हुने

काठमाडौं, पुस २२ (नागरिक)-

प्रमुख तीन दलबीच बुधबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेताहरूको बैठक राखेर वार्ता टोलीलाई मार्गनिर्देशन दिने सहमति भएको छ। मंगलबार होटल अन्नपूर्णमा सत्तारूढ कांग्रेस, एमाले र विपक्षी एकीकृत माओवादीको बैठकले शीर्ष नेताबाट प्राप्त हुने मार्गनिर्देशनका आधारमा वार्ता टोलीले समाधानको उपाय निकाल्ने सहमति गरेको हो। प्रधानमन्त्री माधवकुमार नेपालसहित कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बुधबार अपराह्न ४ बजेका लागि तय गरिएको छ। 'शीर्ष नेताको बैठकको मार्गनिर्देशनका आधारमा वार्ता टोलीले समाधानको उपाय निकाल्ने छ,' एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले भने। बैठकमा १२ बुँदे सहमतिपछिका सम्पूर्ण सम्झौताको वस्तुगत समीक्षा गर्नुका साथै दलहरुबीच आपसी समझदारीको वातावरण तयार गर्नेछ। त्यस्तै शीर्ष बैठकले राष्ट्रपतिको कदम, माओवादी लडाकु समायोजन तथा व्यवस्थापन, संविधान निर्माण र शक्ति बाँडफाँटका विषयमा मार्गनिर्देशन दिने छ।

टाइगर्स इन्चार्ज पक्राउ

अबधेशकुमार झा/इनरुवा, २०६६ पुस २२ - 

जवरजस्ती चन्दा उठाउदै हिडेको आरोपमा मधेशी मुक्ति टाइगर्सका सुनसरी जिल्ला इन्चार्ज सम्राट सिह भनिने ज्ञानदेब पण्डितलाइ बुधबार प्रहरीले पक्राउ गरेको छ । सरकारसित वार्तामा रहेको भएपनि सर्बसाधारण , उद्योगी ब्यापारीहरु सँग जबरजस्ती धम्कयाएर चन्दा असुल्ने कार्यमा संलग्न रहेको उजुरी परेकाले उनलाइ पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले जानकारी दिए । सदरमुकाम इनरुवाको बिहिवारे हटियावाट पक्राउ परेका पण्डितमाथिकानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको भण्डारीले बताए ।

बाबुरामलाई प्रधानमन्त्री बनाउन भारतको दबाब ! Exclusive Audio

अडियो सुन्न यहां क्लिक गर्नुहोस !

गुगलको मोबाइल प्रतीक्षा सकिँदै

सान फ्रान्सिस्को, पुस २२ (एजेन्सी) - 

मंगलबार साँझ गुगलले नयाँ व्यापारिक क्षेत्रमा कदम राख्दैछ, नेक्सस वानबाट। इन्टरनेट सर्च इन्जिनमा सबैलाई पछार्दै शीर्षस्थान कब्जा गरिरहेको कम्पनीले स्मार्टफोनमा कतिलाई धक्का दिने हो, सबैको नजर कम्पनीको हेर्डक्वाटतर एकत्रित भइरहेको छ। अहिलेसम्म मोबाइल प्रयोगकर्ताले गुगल एप्लिकेसन्स एप्पलको आइफोन, रिम व्ल्याकवे र केही अन्य मोबाइल सेटमा पाउँदै आएका छन्। कम्पनीको हेर्डक्वाटर सिलिकन भ्यालीले मंगलबार आफ्नै एप्लिकेसन्ससहितको सेट सार्वजनिक गर्दैछ। गुगलले यसलाई वायरलेस बजारको सम्भावनामात्र सुरु भएको,' बताएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टम समावेश भएको नेक्सस वान इन्टरनेट ब्राउजिङका लागि अहिलेसम्मकै पछिल्लो प्रविधि हुनेछ। गुगलसँग नजिक रहेको एचटीसी कम्पनीसँग मिलेर गुगलका इन्जिनियरहरुले तयार पारेको यो बहुप्रतिक्षित मोबाइल ३ दशमलब ७ इन्च स्क्रिनको रहने बताइएको छ।

सरकार ढल्ने सूचना पाएँ: उपेन्द्र - 'कांग्रेस राप्रपा नेपालकै कित्तामा'


नबिन झा/काठमाडौं, २०६६ पुस २२ - 
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले नेतृत्वको वर्तमान सरकार छिट्टै ढलेर सहमतिको राष्ट्रिय सरकार बन्ने दाबी गरेका छन् । 'सरकार चाँही छिट्टै ढल्ने सूचना मैले पाएको छु,' बुधबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले भने, 'अव बन्ने सरकार संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सम्मिलत राष्ट्रिय स्वरुपको हुनेछ ।' उनले आगामी सत्तासमझदारी संविधानसभामा प्राप्त मतका आधारमा हुने बताए । उनले भने, 'तर, नयाँ सरकारमा हरुवाहरुले भने नेतृत्व गर्ने पाउने छैनन् । यादवले उपप्रधानमन्त्री सुजाता कोइरालाको संघीयतामा जानुअघि जनमत संग्रह गर्नुपर्ने विचारप्रति आपत्ति जनाए ।

Tuesday, January 5, 2010

आजको कार्टून !


माओवादी अध्यक्ष दाहाल कालापानी हैन, महाकाली जाने

- सीमा अतिक्रमित क्षेत्रमा शीर्ष नेताले सभा गर्ने- भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ, पुस २१ (नागरिक)- नागरिक सर्वोच्चता दिल्ली पुगेको भन्दै भारतसित वार्ता गर्ने घोषणा गरेको एकीकृत माओवादीले चौथो चरणको आन्दोलनका क्रममा भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ। आन्दोलनको कार्यक्रम तय गर्न आज बसेको केन्द्रीय कमिटीको बैठकले माघ ५ गते भारतीय दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गर्ने कार्यक्रम राखेको हो। आन्दोलनका क्रममा पुस २७ गते भारतद्वारा भएको सीमा अतिक्रमित क्षेत्रमा शीर्ष नेताहरुले भ्रमण तथा सभा समेत गर्नेछन्। महाकालीमा अध्यक्ष दाहालले, पशुपतिनगरमा उपाध्यक्ष मोहन वैद्यले, सुस्तामा उपाध्यक्ष बाबुराम भट्टराईले, लक्ष्मणपुर बाँधमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले र खुर्दलोटन बाँधमा महासचिव रामबहादुर थापाले सभा गर्नेछन्। आन्दोलन कै क्रममा पुस ३० गते भारतसँग भएको सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरू देशव्यापी रूपमा जलाउने कार्यक्रम छ। त्यसअघि २६ गतेसम्म प्रचारप्रसार, भित्ते लेखन, अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। २३ गतेदेखि २६ गतेसम्म देशका विभिन्न प्रमुख सहरमा सभा आयोजना गर्ने र शीर्ष नेताले त्यसलाई सम्बोधन गर्नेछन्।

चार महिनाभित्र सेना समायोजन पूरा गर्न सरकारको प्रस्ताव/माओवादी निर्णय आउन बाँकी

काठमाडौं, २०६६ पुस २१ - सरकारले झण्डै चार महिनाभित्र सेना समायोजन सम्पन्न गर्न सेना समायोजन विशेष समितिमा प्रस्ताव राखेको छ । मंगलबार बसेको विशेष समितिको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनका लागि तीन महिना बाइस दिनको समयावधि प्रस्ताव गरेको समिति प्रवक्ता तथा मुख्य सचिव माधवप्रसाद घिमिरेले जानकारी दिए । माओवादीले भने उक्त प्रस्तावमाथि विस्तृत अध्ययन गरेर मात्र सहमति वा असहमति जनाउने समिति सदस्य जनार्दन शर्माले बताए । बैठकमा भारतीय स्थल सेनाका प्रमुख दीपक कपुरले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्नु हुदैन भनेर दिएको अभिव्यक्तिप्रति सरकारको कुनै भनाइ नआएको प्रति शर्माले आपत्ति प्रकट गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले कसले के-के भन्छ त्यसको खण्डन गर्न सरकारले नसक्ने बताए । प्रत्येक आइतबार समितिको बैठक बस्ने भनिएपनि लगातार तीन वटा बैठक बस्न सकेको थिएन । यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपाल कोपेनहेगन र चीन भ्रमणमा व्यस्त रहेका कारण बैठक बस्न नसकेको हो ।

'सक्रिय उपराष्ट्रपति' का पक्षमा मधेसवादी-माओवादी सहमति


उपराष्ट्रपतिलाई सक्रिय गराउन सहयोग गर्छौः प्रकाश
भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, २० पुस

शपथप्रकरणलाई लिएर उपराष्ट्रपति परमानन्द झाको चर्को विरोध गर्दै आएको एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन मधेसवादी दललाई सघाउन तयार भएको छ । एकीकृत माओवादी र मधेसवादी दलका नेताबीच सोमबार भएको छलफलमा उपराष्ट्रपति पदलाई सक्रिय बनाउन दुई पक्षबीच सहकार्यको सहमति भएको हो । हिन्दी भाषामा शपथ लिएर विवादमा तानिएका उपराष्ट्रपति झा सर्वाेच्च अदालतको आदेशले निष्त्रिmय छन्, पदीय हैसियतले उनले प्राप्त गरेका सैनिक सुरक्षा, सवारीमा राष्ट्रिय झन्डालगायत सुविधासमेत खोसिएका छन् । मधेसवादी दलका नेतासँगको छलफलमा एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन व्यवस्थापिका संसद्मा राजनीतिक प्रतिबद्धतासहित संकल्प-प्रस्ताव ल्याउन मौखिक रूपमा सहमत भएको हो । 'साँच्चकै उपराष्ट्रपतिलाई सक्रिय बनाउने हो भने राजनीतिक निर्णयसहित संकल्प-प्रस्ताव ल्याऔँ भन्ने हाम्रो भनाइ हो,' बैठकपछि एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने । उपराष्ट्रपतिलाई सक्रिय गराउने सवालमा एकीकृत माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयक पास गराउन सहयोग गर्ने उनले जानकारी दिए । यसअघि माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयकको विरोध गर्दै आएको थियो ।

Monday, January 4, 2010

आजको कार्टून !

विमानस्थल सुधारमा जोड


नयँा पत्रिका
काठमाडौं, १९ पुस

पर्यटन वर्ष-२०११ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सुझावका लागि नेपाल पर्यटन बोर्डले उद्यमी तथा व्यवसायीसँग आइतबारदेखि छलफल सुरु गरेको छ । १० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको पर्यटन वर्ष-२०११ लाई सफल पार्नका लागि सरोकारवाला सबै पक्षलाई सहभागी गराउन छलफल थालेको हो । पूर्वघोषित कार्यक्रमअनुसार बोर्डले सोमबार सरकारी निकायहरू सेना, प्रहरी तथा सरकारी कर्मचारी, २१ पुसमा राजनीतिक दल तथा तिनका भ्रातृसंगठनसँग छलफल आयोजना गर्नेछ भने २२ पुुसमा पर्यटनविज्ञ, कलाकार तथा सञ्चारमाध्यका प्रतिनिधिसँग छलफल गर्ने बताएको छ ।

मोबाइलको गुणस्तर सुध्रेन • उपकरण ल्याउने कम्पनीलाई प्रमाणपत्र

योगेश खतिवडा/काठमाडौ, २०६६ पुस २० - मोबाइल सेवा गुणस्तरहीन भएको आलोचना भइरहेको बेला नेपाल टेलिकमले सिडिएमए र जिएसएम मोबाइलको उपकरण आपूर्ति गर्दै आएको जेडटिईलाई 'सन्तोषजनक कार्य सम्पादन' को प्रमाणपत्र दिने तयारी गरेको छ । टेलिकमले भित्र्याउन लागेको नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) का लागि आह्वान गरेको टेन्डरमा जेडटिईलाई सहभागी गराउन यो प्रयास भएको सम्बद्ध स्रोत बताउँछ । बोलपत्र आह्वानअनुसार टेलिकमलाई विगतमा उपकरण उपलब्ध गराएको कम्पनीले यस्तो सर्टिफिकेट प्रस्तावसँगै बुझाउनुपर्छ । त्यसैले जेडटिईलाई प्रमाणपत्र दिन लागिएको हो । लामो समयदेखि मोबाइलको गुणस्तरमा सुधार हुन नसकेपछि उक्त कम्पनीलाई प्रमाणपत्र दिइएको थिएन । 

भारतीय सेनाध्यक्षको भनाइ बङ्ग्याइयो : दूताबास

काठमाडौ,पुस २० (नागरिक) - नेपालस्थित भारतीय राजदूताबासले माओवादी लडाकुको समायोजन सम्बन्धमा भारतीय सेनाध्यक्ष दीपक कपूरले व्यक्त गरेको धारणालाई सञ्चार माध्यमले बङ्ग्याएर प्रकाशित गरेको आरोप लगाएको छ। भारतीय दूताबासले सोमबार वक्तव्य जारी गर्दै कपुरको भनाइ भनी प्रचार गरिएको वक्तव्य भारत सरकारको आधिकारिक धारणा नभएको पनि उल्लेख गरेको छ।  एकिकृत नेकपा माओवादीले सेनाध्यक्ष कपुरका भनाईलाई लिएर पटक पटक सार्वजनिक विरोध जनाएपछि र अध्यक्ष पुष्पकमल दाहालले भारतीय राजदूत राकेश सुदसँग सो सम्बन्धमा जानकारी मागेपछि दूताबासले वक्तव्य मार्फत खण्डन गरेको हो। "भारतीय सेनाध्यक्ष दीपक कपूरले नेपाली सेनामा 'जनमुक्ति सेना' समायोजन सम्बन्धमा व्यक्त गर्नु भएको धारणा संचार माध्यमले पूर्णतया बङ्ग्याइ प्रकाशित गरेको प्रति हाम्रो ध्यान आकर्षण हुनको साथै उक्त भनाईले भारत सरकारको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैन' भारतीय दूताबासको बिज्ञप्तिमा उल्लेख छ ।

फर्निचर बजार छ अर्बको व्यापार


लिलानाथ घिमिरे/काठमाडौ, २०६६ पुस २० - जधानीमा राम्रा घर बन्ने क्रमसागै घरभित्रको सजावटमा पनि प्रतिस्पर्धा हुन थालेको छ । अरूको भन्दा राम्रो कार्यालय बनाउने, छिमेकीको भन्दा राम्रो डाइनिङ वा लिभिङ रुम बनाउने होडले फर्निचर व्यवसायलाई निकै फाइदा भएको छ ।
पछिल्लो समय विलासी फर्निचरको बजार नेपालमा निकै बढेको छ । अरूको भन्दा फरक देखिने होड र देख्दा आकर्षक फर्निचरप्रति मध्यम र उच्च वर्ग आकषिर्त भएको छ । केही वर्षअघिसम्म करोडमा सीमित मुलुकको फर्निचर बजार झन्डै ६ अर्बको हाराहारीमा पुगेको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानको अनुमान छ ।

Sunday, January 3, 2010

आजको कार्टून !


नेपाल-भारत सीमामै माओवादी सभा

नेत्र पन्थी/काठमाडौं (नयाँ पत्रिका)

'भारतीय सत्तासँग वार्ता र संघर्ष, जनतासँग हातेमालो' नीति अगाडि सारेको एकीकृत माओवादीले चौथोचरण आन्दोलनलाई नेपाल-भारत सीमाकेन्दि्रत गर्ने भएको छ । आन्दोलन भारतले सीमा मिचेको क्षेत्रमै केन्दि्रत गर्ने माओवादीले निर्णय गरेको हो । माओवादी स्थायी समितिले सीमाक्षेत्रमा जाने नेताहरूको नामसमेत प्रस्ताव गरी अनुमोदनका लागि पोलिटब्युरो बैठक हँुदै केन्द्रीय समिति बैठकमा पुर्‍याएको छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकले यसलाई अन्तिम रूप दिनेछ । शनिबार सकिएको माओवादीको पोलिटब्युरो बैठकमा सीमा मिचिएका स्थानमा जनपरिचालन तथा पार्टीका प्रमुख नेताहरूको उपस्थितिमा आमसभा गर्ने विषयमा छलफल भएको थियो । बैठकले राष्ट्रियताका मुद्दालाई प्रधान बनाउने प्रचण्डको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पोलिटब्युरो बैठकमा भारतले अतिक्रमण गरेको कालापानीमा प्रचण्डको उपस्थितिमा सभा र कार्यक्रम गर्ने प्रस्ताव गरिएको हो ।

भारतीय विद्यालयमा नेपाली भाषा अनिवार्य

बेचु गौड/परासी (कान्तिपुर)- 

नेपालमा भाषा सम्बन्धी विवाद चर्किरहेको बेला सीमावर्ती भारतीय क्षेत्रका केही विद्यालयहरुले नेपाली भाषा अध्ययन अनिवार्य गर्ने भएका छन् । ति विद्यालयमा नेपाली विद्यार्थीहरु पनि पढ्ने गरेको र सिमावर्ती भारतीय विद्यार्थीलाई पनि नेपाली भाषाबारे जानकारी गराउने उदेश्यले विद्यालयहरुमा नेपाली भाषा अनिवार्य पढाईने भएको हो । भारतको राष्ट्रिय स्वम्सेवक संघ-आरएसएस) अन्तरगतका शिशु तथा माध्यमिक विद्यालयहरुमा नेपाली भाषा अनिवार्य गर्न लागिएको भारत ठूठीबारी स्थित शिशु विद्यालय तथा हाईस्कुलका प्रवन्धक सन्तप्रसाद गुप्तले जानकारी गराए । उनले महाराजगंज जनपद अन्तरगत रहेका ३६ वटा विद्यालयमा आउदो जुलाई महिना देखि नेपाली भाषा अनिवार्य गर्ने निर्णय आरएसएस शिक्षा परिषदले गरिसकेको बताए ।  सुरुमा प्राथमिक शिक्षाबाट सुरु गरिने र पछि हाईस्कुलसम्म पनि लागू गरिने उनको भनाई थियो । नेपाली पढाउनका लागि नेपालबाटै नेपाली शिक्षक झिकाएर पठन पाठन सुरु गरिने बताउदै उनले शिक्षकको अहिले देखि नै खोजी गर्ने काम भईरहेको छ । सिमावर्ती क्षेत्रबाट नेपाली श्ािक्षकको खोजी भईरहेको छ,तर पाउन गाह्रो भएको प्रवन्धक गुप्तले बताए । त्यसका लागि अधिकारिक रुपमा नेपालका शैक्षिक संस्थाहरुसंग माग गर्ने पहल पनि भईरहेको उनले बताए । 

नेपालका लागि ब्रोडगेज रेलमार्ग नै उपयुक्त

विज्ञान अधिकारी/काठमाडौं (नागरिक)- 

नेपालमा ब्रोडगेज रेलमार्ग नै उपयुक्त हुने भारतीय परामर्शदाता कम्पनी राइट्सले जनाएको छ। विश्वबाट न्यारोगेज रेल विस्थापितको चरणमा रहेकोले ब्रोडगेज गर्न उसले सुझाव दिएको हो।  कम्पनीले हालै दिएको प्रारम्भिक प्रतिवदेनमा यो सुझाव दिइएको हो। ‘ब्रोडगेज उपयुक्त रहेको प्रारम्भिक प्रतिवदेन राइट्सले दिएको छ,' भौतिक, योजना तथा निर्माण मन्त्रालयका सहसचिव तुलसी प्रसाद सिटौलाले नागरिकसँग भने। यसलाई एसियाली रेलमार्गसँग जोड्ने हिसाबले बनाउनको लागि समेत ब्रोडगेज आवश्यक पर्छ। महत्वाकाँक्षी रेल सञ्जालको सम्भाव्यता अध्ययन गरिरहेको राइट्सले मेची-महाकाली र काठमाडौं-पोखरा विद्युतीय रेलमार्ग प्रारम्भिक खाका तयार पारिरहेको छ। प्रतिवदेनमा यो रेलको गति प्रतिघन्टा एक सय किलोमिटरको रहनेछ। रेल्वेको एउटा चक्काको क्षमता ट्रयाक २२ दशमलब ९ टन धान्ने रहनेछ। गाडीको १० दशमलब २ टन धान्ने हुन्छ। सिटौलाका अनुसार डिब्बाको बारेमा भने अध्ययन भइरहेको छ। 

व्यावसायिक मौरीपालनबाट आम्दानी


पर्वत (नयाँ पत्रिका)

पर्वतमा व्यावसायिक मौरीपालन सुरु भएको छ । अन्नबाली गर्दै आएका किसानले आम्दानी बढी हुन थालेपछि मौरीपालनलाई जीविकोपार्जनको माध्यम बनाउन थालेका हुन् । पर्वतको देउपुरका टीकाराम तिमिल्सिना व्यावसायिक मौरीपालनबाट वाषिर्क ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । ०५७ बाट व्यावसायिक मौरीपालन गर्न थालेका तिमिल्सिनाले २५ घार मौरी राखेका छन् । सुरुमा २/४ घारबाट मौरीपालन थालेका तिमिल्सिनाले अहिले ५० घार पुर्‍याउने योजना बनाएका छन् ।


यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by