ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, January 6, 2010

गुगलको मोबाइल प्रतीक्षा सकिँदै

सान फ्रान्सिस्को, पुस २२ (एजेन्सी) - 

मंगलबार साँझ गुगलले नयाँ व्यापारिक क्षेत्रमा कदम राख्दैछ, नेक्सस वानबाट। इन्टरनेट सर्च इन्जिनमा सबैलाई पछार्दै शीर्षस्थान कब्जा गरिरहेको कम्पनीले स्मार्टफोनमा कतिलाई धक्का दिने हो, सबैको नजर कम्पनीको हेर्डक्वाटतर एकत्रित भइरहेको छ। अहिलेसम्म मोबाइल प्रयोगकर्ताले गुगल एप्लिकेसन्स एप्पलको आइफोन, रिम व्ल्याकवे र केही अन्य मोबाइल सेटमा पाउँदै आएका छन्। कम्पनीको हेर्डक्वाटर सिलिकन भ्यालीले मंगलबार आफ्नै एप्लिकेसन्ससहितको सेट सार्वजनिक गर्दैछ। गुगलले यसलाई वायरलेस बजारको सम्भावनामात्र सुरु भएको,' बताएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टम समावेश भएको नेक्सस वान इन्टरनेट ब्राउजिङका लागि अहिलेसम्मकै पछिल्लो प्रविधि हुनेछ। गुगलसँग नजिक रहेको एचटीसी कम्पनीसँग मिलेर गुगलका इन्जिनियरहरुले तयार पारेको यो बहुप्रतिक्षित मोबाइल ३ दशमलब ७ इन्च स्क्रिनको रहने बताइएको छ। ५ सय १२ मेगावाइट र्‍याम रहने स्मार्टफोन अहिलेसम्म बजारमा उपलव्धमध्ये सबैभन्दा छिटो चल्ने सेट हुनेछ। विश्लेषकहरुले मोबाइल कम्प्युटिङको युग परिवर्तनकै रुपमा पनि यसलाई लिएका छन्। त्यसैले पनि ग्याजेट्सप्रेमीको ध्यान यतिखेर गुगलको कर्पोरेट हेर्डक्वाटतर खिचिएको छ। यहीबाटै मोबाइल सार्वजनिक हुने बताइएको छ। थोरै टेक्ट टाइप गरेर कम्प्युटरबाट अर्बौ डलर कमाइरहेको गुगलका लागि स्मार्टफोन अवसरमात्र होइन ठूलो चुनौति पनि हो।

'मोबाइलको भविष्य देखेर हामी धेरै नै उत्साही भएका छौं,' गुगलको इन्जिनियरिङ क्षेत्रका उपाध्यक्ष भिक गुनडोट्राले सोमबार न्युयोर्कटाइम्ससँगको अन्तर्वातामा भने, 'हामीले आवश्यकता अनुसार यसमा लगानी गरेका छौं। र, हामीले कम्प्युटिङ मोबाइलको अनुभव गर्दैछौं।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by