ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 7, 2010

किन गए दाहाल एक दिनलाई हङकङतर्फ?

आज दिउँसो चिनियाँ नेतासँग भेटको संभावना-
भोजराज भाट, काठमाडौँ, पुस २३- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एक दिनका लागि बुधबार राति हङकङतर्फ प्रस्थान गरेका छन्। हङकङमा उनी सहभागी हुने औपचारिक कार्यक्रम दुई घन्टाको मात्र छ। 
बिहान ६.४० मा ड्रागन एयरबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने दाहाल र साथमा गएका कृष्णबहादुर महरा दिनभर त्यहीँ बिताएर साँझ ५.३५ बजे सोही एयरबाट स्वदेश फर्कने कार्यक्रम छ। यस भ्रमणको पूर्वसन्ध्यामा माओवादी पूर्व सांसद तथा पूर्व उपरथी कुमार फुदुङ हङकङ पुगेका छन्। नयाँ राष्टवादी शक्तिबीचको 'गठबन्धन' मिलाउन फुदुङलाई भ्रमणमा समावेश गरिएको स्रोतले दाबी गरेको छ। चिनियाँ दुतावास स्रोतका अनुसार, दाहालको यसपटकको हङकङ भ्रमण माओवादीको आफ्नै पहलमा भएको हो। बिहीबार दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूस"ग भेटघाट हुने सम्भावना छ।
दाहालले साढे तीन महिनाअघि पनि हङकङ भ्रमण गरेका थिए। उनको साथमा रहेका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले हङकङ नेपाली समाज र च्याम्बर अफ कमर्सले एक डेढ महिनाअघि तय गरेको कार्यक्रममा भाग लिन लागिएको विमानस्थलमा पत्रकारहरूलाई जानकारी दिए। दाहालको भ्रमण 'चीनसँग सम्बन्धित नभएको' जिकीर गर्दै महराले चिनीया अधिकारीसँग वार्ता हुन्छ भन्ने प्रश्नमा 'त्यस्तो केही छैन' भने।

दाहाल डेढ महिनाअघि महरा र वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसँग चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा बेइजिङ गएका थिए। त्यसक्रममा चिनियाँ राष्ट्रपति हु जिन्ताओसहित कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटघाट भएको थियो। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by