ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 9, 2010

'संविधान घोषणा गरेर पनि विवादित मुद्दा टुंग्याउन सकिन्छ'


दाङ, २०६६ पुस २५ -

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले टुंगो लगाउन नसकिएका कुराहरू पछि व्याख्या गरेर भए पनि तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने बताएका छन् । संविधानसभाको मूलतालिका परिवर्तन गर्ने सोच समेत बनाउन नहुने उल्लेख गर्दै उनले संविधान जारी गर्ने अन्तिम मिति जेठ १४ को विकल्प खोज्न नहुनेमा जोड दिए । प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, - 'संविधानसभाको मूलतालिका परिवर्तन गर्नुहुँदैन, यस्तो अवस्था नै आउने छैन ।' केही दिनयता संसद सुचारु भएको र अब कहिल्यै अवरुद्ध हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले संसद अवरुद्ध हुँदा जनता कमजोर हुने टिप्पणी गरे । सञ्चारकर्मीको एक प्रश्नमा उनले दलहरूबीच व्यापक तिक्तता बढिरहेकोले मुलुक सङ्कटतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै सम्पूर्ण तिक्तता मेटाएर अघि बढ्न दलहरूलाई आग्रह गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by