ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 4, 2010

भारतीय सेनाध्यक्षको भनाइ बङ्ग्याइयो : दूताबास

काठमाडौ,पुस २० (नागरिक) - नेपालस्थित भारतीय राजदूताबासले माओवादी लडाकुको समायोजन सम्बन्धमा भारतीय सेनाध्यक्ष दीपक कपूरले व्यक्त गरेको धारणालाई सञ्चार माध्यमले बङ्ग्याएर प्रकाशित गरेको आरोप लगाएको छ। भारतीय दूताबासले सोमबार वक्तव्य जारी गर्दै कपुरको भनाइ भनी प्रचार गरिएको वक्तव्य भारत सरकारको आधिकारिक धारणा नभएको पनि उल्लेख गरेको छ।  एकिकृत नेकपा माओवादीले सेनाध्यक्ष कपुरका भनाईलाई लिएर पटक पटक सार्वजनिक विरोध जनाएपछि र अध्यक्ष पुष्पकमल दाहालले भारतीय राजदूत राकेश सुदसँग सो सम्बन्धमा जानकारी मागेपछि दूताबासले वक्तव्य मार्फत खण्डन गरेको हो। "भारतीय सेनाध्यक्ष दीपक कपूरले नेपाली सेनामा 'जनमुक्ति सेना' समायोजन सम्बन्धमा व्यक्त गर्नु भएको धारणा संचार माध्यमले पूर्णतया बङ्ग्याइ प्रकाशित गरेको प्रति हाम्रो ध्यान आकर्षण हुनको साथै उक्त भनाईले भारत सरकारको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैन' भारतीय दूताबासको बिज्ञप्तिमा उल्लेख छ ।

'केही राजनीतिक दलहरुले नियतबस यसलाई तोडमोड गरी भारतलाई विवादमा मुछ्न खोज्नु दुःखदायी रहेको छु,' विज्ञप्तिमा भनिएको छ, 'दुईपक्षीय मैत्री सम्बन्धलाई जगेर्ना गर्दै भारतीय र नेपाली सेनाबीच लामो समयदेखि संस्थागत साथै निकट सैनिक तथा रक्षा सम्बन्ध कायम रहेको छ।' प्रधानसेनापति छत्रमान सिंह गुरुङको भारत भ्रमणका बेला सेनाध्यक्ष कपुरले नेपाली सेनालाई गैरराजनीतिक चरित्रमा राख्नका लागि लडाकुको सामुहिक समायोजन गर्न नहुने बताएको समाचार प्रकाशमा आएको थियो। कपुरले लडाकुलाई व्यक्तिगत योग्यताको आधारमा सेनामा भर्ना गर्न सकिने भएपनि सामुहिक रुपमा समायोजन गर्दा त्यसले राजनीतिक समस्या निम्त्याउने बताएका समाचार प्रकाशित भएको थियो।

सेनाध्यक्ष कपुर दुई सातापछि नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by