ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, January 6, 2010

सरकार ढल्ने सूचना पाएँ: उपेन्द्र - 'कांग्रेस राप्रपा नेपालकै कित्तामा'


नबिन झा/काठमाडौं, २०६६ पुस २२ - 
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले नेतृत्वको वर्तमान सरकार छिट्टै ढलेर सहमतिको राष्ट्रिय सरकार बन्ने दाबी गरेका छन् । 'सरकार चाँही छिट्टै ढल्ने सूचना मैले पाएको छु,' बुधबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले भने, 'अव बन्ने सरकार संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सम्मिलत राष्ट्रिय स्वरुपको हुनेछ ।' उनले आगामी सत्तासमझदारी संविधानसभामा प्राप्त मतका आधारमा हुने बताए । उनले भने, 'तर, नयाँ सरकारमा हरुवाहरुले भने नेतृत्व गर्ने पाउने छैनन् । यादवले उपप्रधानमन्त्री सुजाता कोइरालाको संघीयतामा जानुअघि जनमत संग्रह गर्नुपर्ने विचारप्रति आपत्ति जनाए । उनले सुजाताको भनाइबारे आधिकारिक धारण सार्वजनिक गर्न कांग्रेसलाई आग्रह गरे । सुजाताको भनाइले कांग्रेस पनि राजा जोगाउने राप्रपा नेपालजस्तै भएको उनले टिप्पणी गरे । 'कांग्रेस पनि राप्रपा नेपालकै कित्तामा उभिएको छ,' यादवले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by