ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 9, 2010

बिपिसीले विदेशमा सेवा विस्तार गर्ने


काठमाडौं/ 

बुटवल पावर कम्पनीले विद्युतीय परामर्श तथा इन्जिनियरिङ सेवा भुटान तथा दक्षिण अपि|mकामा विस्तार गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १७ औँ साधारणसभामा अध्यक्ष पद्म ज्योतिले सो जानकारी दिएका हुन् । कम्पनीले गत आर्थिक वर्षमा कन्सल्टेन्सी सर्भिसबाट उल्लेख्य आम्दानी आर्जन गरेको उनले बताए । उनले भने, 'यस अवधिमा हामीले ६ बटा कन्ट्रयाक्ट सम्पन्न गर्‍यौँ भने थप ६ कन्ट्रयाक्ट पाउन सफल भएका छौँ ।' कम्पनीसँग हाल आठवटा कन्ट्रयाक्ट भएको जानकारी दिँदै भुटान तथा दक्षिण अपि|mकामा केही कन्ट्रयाक्ट लिने प्रक्रियामा भएको बताए । साधारणसभाले अधिकृत पुँजी आठ अर्ब पुर्‍याउने तथा सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश, १० प्रतिशत सेयर लाभांश तथा ३ बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ । लाभांश सेयर तथा हकप्रद सेयर वितरणपछि कम्पीनको चुक्तापुँजी ८३ करोड ९० लाख रुपैयाँबाट वृद्धि भई एक अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामार्फत सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मल प्रधान सञ्चालकमा नियुक्त भएका छन् ।

साधारणसभामा ज्योतिले चालू आर्थिक वर्षमा आँधीखोला परियोजनाको विस्तार कार्य तथा न्यादी परियोजना सुरु गर्ने, भीमखोला र मस्र्याङ्दी तेस्रो परियोजनाको सम्भाव्यता अध्ययन दोहोर्‍याउने, तल्लो मस्र्याङ्दी तथा काबेली ए परियोजनाको सम्भाव्यता अध्ययन सुरु गर्ने तथा ग्रामीण विद्युतीकरण विस्तार कार्यक्रमअन्तर्गत दुई हजार चार सय ग्राहक थप्ने योजना रहेको जानकारी दिए ।

साधारणसभामा सेयरधनीले अधिकृत पुँजी बढाउने निर्णय स्वागतयोग्य भएको बताए । सर्वसाधारणका तर्फबाट सञ्चालक निर्मल प्रधानले पुँजी बढाउन केही ढिलो भएको जानकारी दिए । आजभन्दा ६/७ वर्षअघि नै पुँजी बढाउन सकेको भए धेरै राम्रो हुन्थ्यो,' उनले भने, 'ढिलो भए पनि कम्पनीले सकारात्मक निर्णय लिएको छ ।'

अर्का लगानीकर्ता कुवेर शर्माले कम्पनीले कन्सल्टेन्सी सेवामा विशेेष ध्यान दिन सकेका खण्डमा आय वृद्धि हुने सुझाब दिए । कम्पनीले कन्सल्टेन्सी सेवाबाट गत आर्थिक वर्षमा दुई करोड ८१ लाख आर्जन गरेको छ, जुन अघिल्लो वर्षका तुलनामा ४८ दशमलव ७७ प्रतिशत बढी हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by