ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, January 8, 2010

नक्कली कार्ड बढेपछि इलेक्टा्रेनिक्स बनाउन त्रिविको निर्देशन


भवानीश्वर गौतम (नयाँ पत्रिका) /काठमाडौं, २३ पुस

नक्कली कार्डको प्रयोग बढेको गुनासो आउन थालेपछि त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पसलाई विद्यार्थीको कार्ड इलेक्ट्रोनिक्स बनाउन निर्देशन दिएको छ । यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र विद्यार्थी प्रतिनिधिसँगको छलफलपछि त्रिविले इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न सबै क्याम्पसलाई निर्देशन दिएको हो । विद्यार्थीको अध्यधिक चाप हुने क्याम्पसले भने इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न असम्भव भएको बताएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगा थापाका अनुसार उपत्यकाका क्याम्पसलाई फागुन मसान्तभित्रमा कार्ड बनाएर १ चैतबाट लागू गर्न र उपत्यकाबाहिरका क्याम्पसलाई चैत मसान्तभित्रमा कार्ड बनाइसकेर १ वैशाखबाट लागू गर्न लिखित निर्देशन दिइएको छ । त्रिविका देशभरमा ६ सय १६ सम्बन्धनप्राप्त र ६० आंगिक क्याम्पस छन् । रत्नराज्य लक्ष्मी -नेपाल मानविकी) क्याम्पसप्रमुख गोपालचन्द्र पोखरेलले भने इलेक्ट्रोनिक्स कार्ड लागू गर्न असम्भव रहेको बताए । क्याम्पसप्रमुख पोखरेलले नयाँ पत्रिकासँग भने, 'कार्डमा होलोग्राम त बल्लबल्ल टाँस्यौँ, अब इलेक्ट्रोनिक्स कार्ड बनाउन असम्भव छ ।'

एकजना विद्यार्थीको इलेक्ट्रोनिक्स कार्ड बनाउन कम्तीमा ६० रुपैयाँ लाग्ने र त्यो एक वर्षमात्र हुने भएकाले सम्भव कम भएको पोखरेलको तर्क छ । पोखरेलले भने, 'हाम्रोजस्तो कलेजमा विद्यार्थी पैसा तिर्न राजी हुँदैनन्, टन्न पैसा उठाउनेलाई मात्र यो सम्भव छ ।' अहिले स्नातकको एक वर्ष बनाएको कार्ड तीन वर्षसम्म नवीकरण गरेर चलाउन सकिन्छ भने इलेक्ट्रोनिक्स एक वर्षमात्र काम लाग्छ ।

थापाले बुधबारदेखि लिखित रूपमा निर्देशनसहितको पत्र पठाउन थालिएको बताए । थापाले भने, 'नक्कली कार्डको प्रयोग धेरै भएको गुनासो आएकाले यस्तो निर्णय गरिएको हो, इलेक्ट्रोनिक्स कार्डको प्रयोग भएपछि समस्या हट्छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by