ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 3, 2010

भारतीय विद्यालयमा नेपाली भाषा अनिवार्य

बेचु गौड/परासी (कान्तिपुर)- 

नेपालमा भाषा सम्बन्धी विवाद चर्किरहेको बेला सीमावर्ती भारतीय क्षेत्रका केही विद्यालयहरुले नेपाली भाषा अध्ययन अनिवार्य गर्ने भएका छन् । ति विद्यालयमा नेपाली विद्यार्थीहरु पनि पढ्ने गरेको र सिमावर्ती भारतीय विद्यार्थीलाई पनि नेपाली भाषाबारे जानकारी गराउने उदेश्यले विद्यालयहरुमा नेपाली भाषा अनिवार्य पढाईने भएको हो । भारतको राष्ट्रिय स्वम्सेवक संघ-आरएसएस) अन्तरगतका शिशु तथा माध्यमिक विद्यालयहरुमा नेपाली भाषा अनिवार्य गर्न लागिएको भारत ठूठीबारी स्थित शिशु विद्यालय तथा हाईस्कुलका प्रवन्धक सन्तप्रसाद गुप्तले जानकारी गराए । उनले महाराजगंज जनपद अन्तरगत रहेका ३६ वटा विद्यालयमा आउदो जुलाई महिना देखि नेपाली भाषा अनिवार्य गर्ने निर्णय आरएसएस शिक्षा परिषदले गरिसकेको बताए ।  सुरुमा प्राथमिक शिक्षाबाट सुरु गरिने र पछि हाईस्कुलसम्म पनि लागू गरिने उनको भनाई थियो । नेपाली पढाउनका लागि नेपालबाटै नेपाली शिक्षक झिकाएर पठन पाठन सुरु गरिने बताउदै उनले शिक्षकको अहिले देखि नै खोजी गर्ने काम भईरहेको छ । सिमावर्ती क्षेत्रबाट नेपाली श्ािक्षकको खोजी भईरहेको छ,तर पाउन गाह्रो भएको प्रवन्धक गुप्तले बताए । त्यसका लागि अधिकारिक रुपमा नेपालका शैक्षिक संस्थाहरुसंग माग गर्ने पहल पनि भईरहेको उनले बताए । 

गुप्ताका अनुसार नेपाली सीमा नजिकैका वर्गदवा,सोनौली,भगवानपुर लगायतका विद्यालयका शाखाहरुमा यसै बर्ष देखि नेपाली भाषा पढाउन सुरु गरिने र विस्तारै अन्य शाखा विद्यालयहरुमा नेपाली पढाउने कार्य सुरु गरिदै जाने शिक्षा परिषदको लक्ष्य रहेको छ । हाल विद्यालयमा हिन्दी,गणित,अग्रेजी,संस्कृत,विज्ञान,समाजिक विज्ञान र कला जस्ता विषयहरु पढाई हुदै आएको छ । नेपाली विषय पनि पढन पाईने भएपछि ति विद्यालयमा पढदै आएका नेपाली विद्यार्थीहरु उत्साही भएको विद्यालयका प्रधानाचार्य विनय पाण्डेले बताए । 'आरएसएसको यस्तो निर्णयले नेपाली विद्यार्थीलाई पनि राम्रो हुने, र भारतीय विद्यार्थीले पनि छिमेकी राष्ट्रको भाषा पनि जान्न पाउने भएका छन् ।' प्रधानाचार्य पाण्डेले भने, 'हाम्रो विद्यालयमा पढदै आएका नेपाली विद्यार्थीले भाषाकै कारण नेपालमा काम गर्न गाह्रो भयो भन्दै आएका थिए, तर अहिले त्यो समस्या समाधान हुनेमा आफुहरु विस्वस्त भएका छौ ।' उक्त विद्यालयको कुल ६ सय छात्र छात्रा मध्ये एक सय भन्दा बढि नेपाली छात्रछात्रा शिशु विद्यालयमा अध्यनरत छन् । नेपाल भारतको सीमाक्षेत्रका बासिन्दाको सांस्कृतिक,वैवाहिक,ब्यपार,ब्यवसाय,लगायतका सम्बन्ध्ा भएकोले दुवै देशको भाषा जानकारी गराउन आवश्यक रहेको स्थानीयबासीको भनाई छ । यसले नेपाल भारतको सम्बन्ध अझ समधुर हुने विश्वास प्रधानाचार्यको पाण्डेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by