ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 4, 2010

फर्निचर बजार छ अर्बको व्यापार


लिलानाथ घिमिरे/काठमाडौ, २०६६ पुस २० - जधानीमा राम्रा घर बन्ने क्रमसागै घरभित्रको सजावटमा पनि प्रतिस्पर्धा हुन थालेको छ । अरूको भन्दा राम्रो कार्यालय बनाउने, छिमेकीको भन्दा राम्रो डाइनिङ वा लिभिङ रुम बनाउने होडले फर्निचर व्यवसायलाई निकै फाइदा भएको छ ।
पछिल्लो समय विलासी फर्निचरको बजार नेपालमा निकै बढेको छ । अरूको भन्दा फरक देखिने होड र देख्दा आकर्षक फर्निचरप्रति मध्यम र उच्च वर्ग आकषिर्त भएको छ । केही वर्षअघिसम्म करोडमा सीमित मुलुकको फर्निचर बजार झन्डै ६ अर्बको हाराहारीमा पुगेको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानको अनुमान छ ।

भवनको तीव्र निर्माण, वित्तीय संस्था, सहकारी, संघसंस्था खुल्ने क्रम तीव्र भएकाले फर्निचरको बजार त्यही स्तरमा वृद्धि भएको व्यवसायीको भनाइ छ । 'हरेक नयाा कार्यालय खोल्दा र नयाा भवन बनाएपछि फर्निचरको आवश्यकता पर्छ,' फर्निचर ल्यान्डका प्रबन्ध निर्देशक मदनलाल जोशी भन्छन्, 'जति जग्गा मासिएर घर बन्दै छन् त्यही गतिमा फर्निचरको बजार पनि बढ्दो छ ।'

केही वर्षअघिसम्म धनाढ्य व्यक्तिले मात्रै किन्न सक्ने फर्निचर चिनियाँ उत्पादनको प्रवेशले धेरैको पहुाचमा ल्याइदिएको करुणा फर्निचरका देवराज मिश्रको भनाइ छ ।

जया फर्निचरका सञ्चालकसमेत रहेका संघका अध्यक्ष प्रधानका अनुसार विस्तार हुँदै गएको फर्निचर बजारको एक तिहाइ हिस्सा मात्र स्वदेशी उत्पादनले धानेको छ । झन्डै ४ अर्बको फर्निचर बर्सेनि विदेशबाट भित्रन्छ । आयात हुनेममध्ये आधामा चीनले अन्य सामानमा जस्तै एकाधिकार जमाएको छ । करुणा फर्निचरका मिश्र त समग्र बजारको आधा हिस्सा चिनियाँ फर्निचरले लिएको दाबी गर्छन् ।

चिनियाँ फर्निचर हरेक उपभोक्ताको चाहनाअनुसार बजारमा पाइन्छन् । तत्कालीन प्रधानमन्त्री दाहालले प्रयोग गरेको डेढ लाखको पलङ चीनबाटै मगाइएको थियो । सामान्य व्यक्तिको बजेटले भ्याउने गरी १५ हजार रुपैयाँमा पनि त्यहीँको उत्पादन पाइन्छ । चिनियाँ फर्निचरको मात्र कारोबार गर्दै आएको फर्निचर ल्यान्डका प्रबन्ध निर्देशक जोशी हेर्दा आकर्षक चिनियाँ उत्पादन स्वदेशीभन्दा एक तिहाइ सस्तो पर्ने दाबी गर्छन् । उनी हिजोआज फर्निचरलाई कपडा फेरेजस्तै केही समय प्रयोग गरेपछि फेर्ने चलन बढेकाले सस्तो र देख्दा आकर्षक फर्निचर ग्राहकले बढी रुचाउने गरेको बताउाछन् । कार्यालयलाई आकर्षक देखाएर ग्राहक तान्ने होडले सञ्चालकको रोजाइ फेन्सी फर्निचरतिर बढी छ । टेलिभिजनहरूमा देखाइने आकर्षक बेडरुम, डाइनिङ, दराज, टेबल, कुर्सी आदिले गृहस्थीलाई त्यता तान्ने गरेको छ ।

चिनियाँपछि भारत, मलेसिया, थाइल्यान्ड र सिंगापुरबाट फर्निचर आउँछ । ती देशबाट आउने फर्निचर केही महँगो भए पनि गुणस्तरीय भएको व्यापारी बताउँछन् । ती देशका उत्पादन धनाढ्य वर्गले बढी प्रयोग गर्छन् ।

स्वदेशी उत्पादनको बजार गुणस्तरीय र टिकाउ सामग्री खोज्ने उपभोक्ताबीच छ । मुलुकभित्र बनेका साल, सिसौलगायत काठका सामग्री वर्षौं टिक्ने हुनाले केही मूल्य बढी परे पनि किन्ने छुट्टै ग्राहक छन् । आफैं फर्निचर उत्पादन गर्ने मञ्जुश्री फर्निचरका सञ्चालक अशोक राई आफ्ना उत्पादन गुणस्तरीय भएकाले मध्यम वर्ग खोजीखोजी आउने बताउाछन् । 'विदेशी उत्पादन देख्दा आकर्षक देखिए पनि किनेको केही दिनमै पछुताउनुपर्ने खालका छन्,' उनी भन्छन् । उनी आफ्ना उत्पादनमा ग्राहकलाई बीसौं वर्षको ग्यारेन्टी दिन सक्ने दाबी गर्छन् ।

विदेशबाट अर्बौंको फर्निचर भित्र्याउनुपर्ने बाध्यता स्वदेशी उत्पादनले माग पूरा गर्न नसकेर पनि हो । जनशक्ति विदेश पलायन भएकाले फर्निचर कारखानामा काम गर्ने सीप जानेका मजदुर नपाइएको व्यवसायीको भनाइ छ । फर्निचर उत्पादनसमेत गर्दै आएका करुणाका मिश्र आफूले जनशक्ति अभावकै कारण मेटल फर्निचर कारखाना एक वर्षअघि बन्द गरेको बताउँछन् ।

३३ वर्षदेखि फर्निचर व्यवसायमा रहेका संघका अध्यक्ष प्रधान दक्ष, अर्धदक्ष र तिनलाई सघाउने जनशक्ति विदेश पलायन भएकाले स्वदेशमा फर्निचर उत्पादन घटदै गएको बताउँछन् । उनका अनुसार केही वर्षअघिसम्म भारतीय मजदुरले यहाँ आएर काम गर्दै आएका थिए । अहिले भारत सरकारले मजदुरलाई सेवा सुविधा बढाएकाले उनीहरू आउन छाडेका छन् । कच्चा पदार्थका रूपमा प्रयोग हुने काठको अभावले पनि उद्योगीलाई पिरोलेको छ ।

बजारमा उपभोक्ताले खोजेका सबै प्रकारका फर्निचर तयारी अवस्थामा पाइन्छन् । जुत्ता राख्ने र्‍याकदेखि पलङ, दराज, टेबुल, कुर्सी, टीभी र्‍याक, किचन र्‍याक, हेंगर सबै खोजेको साइज, गुणस्तर र मूल्यमा बजारमा छानीछानी किन्न पाइन्छ ।

करुणाका मिश्र १५ वर्षअघि ३० हजारको पलङ महँगो भयो भन्ने उपभोक्तालाई अहिले आफू गुणस्तरीय नेपाली उत्पादन नै २२ हजार रुपैयाँदेखि उपलब्ध गराउने

बताउाछन् । उनले २ लाख रुपैयाँसम्मका पलङ बनाएर बेच्दै आएका छन् । हुन त फर्निचर सबै महँगा हुँदैनन् । त्यसमा प्रयोग हुने सामग्री र कलात्मकताले त्यसको मूल्य निर्धारण गर्छ । मञ्जुश्रीका राई आफ्नो कारखानामा ८० हजार रुपैयाँसम्म पर्ने पलङ, डाइनिङ सेट र सोफा उपलब्ध हुने बताउँछन् । फर्निचर ल्यान्डका जोशीका अनुसार विदेशबाट झिकाइएका पलङ १५ हजार रुपैयाँदेखिका छन् । उनी बेड रुम सेट २ लाख ५० हजार र किचेन सेट त्यति नै मूल्यसम्मका बिक्री गर्छन् । बेड रुम सेटमा पलङ, दुईवटा साइड टेबुल, दराज, ड्रेसिङ टेबुल, स्टुल र टिभी र्‍याक पर्छन् । त्यस्तै किचन सेटमा डाइनिङ टेबुल, मेच, डाइनिङ र्‍याक र किचन क्याबिनेट पर्छन् ।

अध्यक्ष प्रधानका अनुसार अहिले बजारमा टेबुल, कुर्सी, कम्युटर टेबुल, पलङ र टिभी र्‍याक, दराज र डाइनिङ टेबुलको बढी माग छ । टेबुल, कुर्सी र दराज कार्यालयहरू र बााकी घरायसी प्रयोजनमा बढी किनिन्छन् ।

बजारमा काठ, धातु र बेतबाँसका फर्निचर पाइन्छन् । तिनमा काठ र कृत्रिम काठको फर्निचरको बढी माग रहेको संघका अध्यक्ष प्रधानको भनाइ छ । चीनबाट आउने फर्निचर काठको धूलो र कागजलाई काठको लेमिनेसन गरेर बनाइएको कृत्रिम काठबाट निर्मित बढी छन् । स्टिलबाट बनाइने नेपाली फर्निचरले पनि ग्राहकको माग धानेका छन् । गोदरेज, सुन्दर, भिआइपी (पाइनियर), स्टार नेपालमा चल्तीका ब्रान्ड हुन् । कच्चा पदार्थ अभावमा केही उद्योग भने बन्दसमेत भएको प्रधान बताउँछन् ।

बजारमा पद्यमश्री, करुणा, अल्टर्नेटिभ, फ्युजन, होममेकर, बिरा, आकृति इन्टरनेसन, रोयल च्वाइसलगायतले ठूलो परिमाणमा गुणस्तरीय फर्निचर उत्पादन तथा बिक्री गर्दै आएका छन् । प्रधानका अनुसार राजधानीमा झन्डै १ हजार फर्निचर सोरुम तथा साना पसल

छन् । राजधानीबाहिर थप त्यति नै संख्यामा फर्निचर बिक्रेता रहेको उनको अनुमान छ । विदेशबाट ठूलो परिमाणमा भित्रयाउनेहरू करिब ४० जनाको संख्यामा रहेको उनको भनाइ छ । 'केही सोरुम राखेरै देखिने गरी कारोबार गर्ने छन्,' प्रधान भन्छन्, केहीले नदेखिने गरी भित्रयाएर बिक्रेताहरूलाई आपूर्ति गर्छन् ।'

राजधानीको डिल्लीबजार-चारखाल-मैतीदेवी एकै ठाउँ फर्निचरका धेरै पसल भएको क्षेत्र हो । यहाँ झन्डै १ सयवटा सोरुम तथा साना पसल रहेको प्रधानको अनुमान छ । पहिले एकै ठाउामा एउटै सामग्रीको धेरै पसल खुले सौता पस्न आएको ठान्ने व्यापारी अहिले नयाँलाई आफ्नो नजिकै खोल्न हौस्याउने उनको दाबी छ ।

'एकै ठाउँमा धेरै पसल भए फर्निचर किन्न चाहने ग्राहक त्यहीँ पुग्छन्, प्रधान भन्छन्, 'एउटा/दुइटा पसल भएका ठाउँमा ग्राहकले भनेजस्तो सामान पाउँदैनन् । उनीहरूको समय र श्रम खेर जान्छ । धेरै पसल भएका ठाउँमा जाँदा एउटामा नभए अर्कोमा खोजेजस्तो सामान पाइन्छ ।' धेरै ग्राहक आउने र खोजेजस्तो सामान पसल छानेर किन्न पाइने भएकाले ग्राहक र व्यापारी दुवैलाई फाइदा हुन्छ ।

बजारमा नया फर्निचर आउना साथ पूराना फर्निचर 'सेकेन्ड ह्याण्ड' पसलमा बेचेर पुग्ने प्रवृत्ति पनि बढेको छ । यसले पुराना फर्निचरको व्यापार पनि फस्टाएको छ ।

फर्निचरका लागि बाहिरिएको ठूलो रकम स्वदेशमै राख्न व्यवसायीहरू सरकारले राम्रो नीति ल्याउनुपर्ने बताउँछन् । दक्ष जनशक्ति बाहिरिन नदिने व्यवस्था, श्रम ऐन मजदुर र काम लगाउने दुवैको अनुकूलको हुनुपर्ने प्रधानको माग छ । कच्चा पदार्थ सुलभ रूपमा उपलब्ध र दक्ष जनशक्ति यहीँ रहे ठूलो परिमाणमा रकम बाहिरिनबाट रोकिने उनीहरूको दाबी छ ।

बाहिरबाट आयात गर्नेहरू भने फर्निचरमा लगाउँदै आएको आएको ३० प्रतिशत भन्सार घटाउनुपर्ने माग गर्छन् । मुलुक विश्व व्यापार संगठनमा प्रवेश गरिसकेपछि धेरै भन्सार लगाउन नहुने विदेशबाट फर्निचरको आयात गर्दै आएका अमरुज इन्टरनेसनलका रूपेश प्रधान बताउँछन् । उनका अनुसार भन्सार धेरै हुँदा बिजक थोरैको बनाएर भन्सार छल्ने प्रवृत्ति धेरै छ । यसले भ्याटमा समेत गरेर सरकारले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । 'सरकारले भन्सार घटाउनुपर्छ,' उनी भन्छन्, 'गाडीमा जस्तै फर्निचरको भन्सारमा पनि एकरूपता ल्याउन फर्निचरको गुणस्तर र प्रकार हेरेर बिजकीकरण गर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by