ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

आजको कार्टुन !


बायोडिजेल कम्पनी स्थापना

काठमाडौ, २०६६ कार्तिक ७ - 

आयातित खनिज डिजेलको परनिर्भरता घटाउँदै लैजाने लक्ष्यसहित एभरेस्ट बायोडिजेल कम्पनी स्थापना भएको छ ।  उपलब्ध जैविक स्रोत, विषेशगरी सजिवनको तेल प्रसोधनबाट बायोडिजेल उत्पादन गर्ने कम्पनीले जनाएको छ ।  बायोडिजेल नयाँ नेपालको दिगो इन्धनु भन्नेमा यस कम्पनी प्रतिबद्ध रहने छ, विज्ञप्तिमा भनिएको छ । कम्पनीको चुक्ता पुँजी एक करोड र जारी पुँजी १५ करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले चितवनको चुम्लिङटारमा झन्डै २ विगाह जमिन खरिदगरी बायोडिजेल उत्पादन तथा सजिवन अनुसन्धान केन्द्र स्थापना गरेको जनाएको छ । 

गाँजाको ठाउँमा तरकारी/एकै बर्ष २ करोड आम्दानी


हेटौडा, २०६६ कार्तिक ७ - 

वर्षौदेखि गाँजाको वोट लहलहगाउदै आएको दुम्सीखर्कको खेतवारी अहिले काउली, मूला र वन्दाकोपीले ढाकेको छ । सरकारी भय र त्रासले उनीहरुले गाँजा खेती गर्न छाडेका होइनन् । गाउँमा मोटर वाटो पुगेपछि उनीहरुले गाँजा खेती गर्न छाडेका हुन् ।  यो वर्षमात्र गोगने गाविस-७ दुम्सीखर्क, भकुण्डेलगायत यस क्ष्ाेत्रका वासिन्दाले करिब २ करोड मुल्य वरावरको तरकारी विक्री गरिसकेका छन । अझै खेतवारीमा मूला, काउली र बन्दाकोपी फुल्दैछ ।  मोटरवाटो पुगेपछि उनीहरुले विगत लामो समयदेखि गर्दै आएको गाँजा खेती चटक्क छोडिदिएका छन ।

'आन्दोलनको भाषाले द्वन्द्व र मुठभेड'



काठमाडौ, २०६६ कार्तिक ७ - 

प्रधानमन्त्री माधवकुमार नेपालले धम्कीपूर्ण भाषाले सहमतिमा अवरोध पुग्ने भन्दै देशलाई मुठभेड र द्वन्द्वमा नधकल्न माओवादीसँग आग्रह गरेका छन् । सहमति नभए कार्तिक १५ गतेदेखि आन्दोलन गर्ने माओवादीले निर्णय गरेको भोलिपल्ट राजधानीमा शनिबार सर्बेश्वर निमाविको नवनिर्मित भवनको उदघाटन गर्दै उनले आन्दोलन गर्ने माओवादी निर्णयले सहमतिमा अप्ठ्यारो पर्ने बताए ।

'आन्दोलनले मुठभेट र द्वन्द्व निम्त्याउछ । सहमतिको बाटोमा अवरोध गर्छ ।' उनले भने, 'माओवादीलाई आन्दोलन र धम्कीको भाषा सुहाउदैन ।'

कर्णाली क्षेत्रको बिकाशमा कर्णाली राजमार्गमा

राजमार्गका नाममा सरकार र ठेकेदारले जनतालाई ठगेको

काठमाडौं, ७ कातिक (दैनिकी)
कर्णाली राजमार्गलाई व्यवस्थित बनाएमात्र कर्णाली क्षेत्रलाई वर्षेनी हुने भोकमरीबाट छुट्कारा दिलाउन सकिने सरोकारवालाहरुले औल्याएका छन । आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले वर्षेनी हुने खाद्यान्न संकटबाट जोगाउन कर्णाली राजमार्गलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन । राजमार्गलाई व्यवस्थित बनाई पुग्नेजति खाद्यान्न ढुवानी गर्नसके मात्र कर्णालीले भोकमरीको चपेटाबाट छूटकारा पाउने उनीहरुको ठम्याई छ ।

मातृका यादवले जनसेना कम्पनी परिचालन गरे

सञ्जीव चापागाई कातिक ७ झापा।

मातृका यादव नेतृत्वको नेकपा माओवादीले झापामा जनसेना कम्पनी गठन गरी परिचालन गरेको छ।
पार्टीका जिल्ला इञ्चार्ज सुजनले पत्रकारसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन्। जनसेना कमाण्डरको जिम्मेवारी सुर्यलाइ दिएको बताइएको छ।

जापानी लगानी भित्र्याउन एनआरएनले पहल गर्ने

काठमाडौं, कात्तिक ७ (नागरिक)- 
ठूला परियोजनामा जापानी लगानी ल्याउन भित्र्याउन गैर आवासीय नेपाली संघ(एनआरएनए)ले जापान सरकारलाई आग्रह गर्ने भएको छ। जापानले नेपालको ठूला परियोजनालाई मद्दत गर्न चाहेको छ- एनआरएनएका नवनिर्वाचित अध्यक्ष देवमान हिराचनले भने। विगत ३६ वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका हिराचनले जापानी लगानीकर्ताहरु नेपालको सूचना प्रविधि, जलविद्युत र पर्यटनमा लगानी गर्न इच्छुक रहेको बताए। वैदेसिक लगानी भित्र्याउन दोहोर कर प्रणाली खारेज गर्नुपर्ने र लगानीको वातावरण राम्रो हुनुपर्ने हिराचनले बताए। मलेसिया, चीन र सिंगापुरमा वैदेसिक लगानीका लागि दोहोरो कर प्रणाली छैन। नेपालमा पनि त्यस्तै प्रावधान हुनुपर्छ, हिराचनले भने।

माओवादी लडाकूको तलबभत्ता रोक्ने प्रमको चेतावनी

काठमाडौं, ७ कातिक (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाइ धम्कीको भाषा प्रयोग नगर्न र सहमतिको राजनीतिमा आउन आग्रह गरेका छन । उनले राष्ट्रपतिलाइ गम्भीर आक्षेप लगाएर कुनै पनि प्रस्ताव अघि नसार्न भन्दै सहमतिमा आउन आग्रह गरे । राजधानीको कोटेश्वरस्थित सर्वेश्वर मावि पाल्पाकोटको भवन हस्तान्तरण कार्यक्रममा उनले संसदको गतिरोध जारी राखेर बजेट पारित गर्नका लागि अवरोध गरे माओवादीका लडाकूको पनि तलबभत्ता रोकिने चेतावनी दिए । प्रधानमन्त्री नेपालले एकीकृत माओवादीका कारण राजनीतिक गतिरोध अन्त्य हुन नसकेको भन्दै संसदीय गतिरोध जारी राखे सरकारलाई मात्र नभई माओवादीलाई पनि अप्ठेरो पर्ने बताए ।

मन्त्रीले फुटाइन् आफ्नै गाडीको सिसा

काठमाडौं, कात्तिक ७ (नागरिक)- खेलकूद सहायक मन्त्री चन्दा चौधरीले आफूले चढ्ने गरेको सरकारी गाडीको सिसा फुटाएकी छन्। शनिबार साँझ उनलाई लिएर मन्त्री क्वाटर पुल्चोकतिर हुइँकिएको बा १ झ ४६३४ को झन्डावाला गाडी कुपन्डोल पुगेपछि बिग्रिएर रोकियो। त्यसपछि आक्रोसित बनेको सहायकमन्त्री चौधरीले गाडीको सिसामा मुक्का प्रहार गरिन्।  मन्त्री चौधरीको मुक्का लागेर गाडीको पछाडिको सिसा फुट्यो। गाडीको सिसा फुटेपछि उनी कुपन्डोलबाट हिँड्दै मन्त्रीक्वार्टरतिर लागेकी थिइन्।

Friday, October 23, 2009

आजको कार्टुन !


नेपाली आकाशमा भारतीय युद्धविमान




नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ



नयाँ पत्रिका/ महेन्द्रनगर, ५ कात्तिक


भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो । स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

बेलायतमा ठगिँदै नेपाली विद्यार्थी

नवीन पोखरेल, लन्डन, कात्तिक ६- 

उच्च शिक्षा लिन बेलायत आइपुगेका नयाँ विद्यार्थी काम नपाएर छटपटिइरहेका बेला उनीहरूमाथि थप प्रहार भएको छ। उनीहरूलाई यसपटक मर्माहत बनाउनेमा छन् कलेज। नेपालीद्वारा सञ्चालित केही कलेजको लापरबाहीका कारण हजारौं नेपालीको शैक्षिक भविष्य अन्यौल छ। परिधि नाघेर कोटाभन्दा बढी विद्यार्थी झिकाइदिँदा सरकारको कारबाहीमा परेका त्यस्ता कलेजले लाइसेन्स त गुमाउँदैछन्, लाखौं खर्चेर बेलायत टेकेका विद्यार्थीलाई अब अर्को कलेज खोज्न त्यति नै रकम जोहो गर्नुपर्ने बाध्यता आइपरेको छ। भर्खरमात्र होम अफिसले नेपालीद्वारा सञ्चालित लन्डन कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट, उलबीच लन्डनको लाइसेन्स 'सस्पेन्ड' गरिदिएपछि त्यहाँ पढ्न आएका सयौं विद्यार्थीको विचल्ली हुने भएको छ।

'सहमति हुने विश्वासमा १५ गतेसम्मको समयसीमा'




'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।' 
काठमाडौ, २०६६ कार्तिक ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति हुने विश्वासमा १५ गतेसम्म पर्खन लागेको बताएका छन् । नेवाः मुक्ति मोर्चाले शुक्रवार ललितपुरमा आयोजना गरेको चियापानमा उनले निर्धारित समयमा पनि सहमति हुन नसके त्यसपछि हुने आन्दोलनलाई 'विदेशी प्रभुहरु'ले समेत रोक्न नसक्ने दाबी गरे । शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले दलहरुसँग सहमति कायम गर्न १५ गतेसम्म पर्खने निर्णय गरेको थियो । 'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।'

माओवादी नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न

हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन

विजेता सिंह/जनकपुर,६ कार्तिक

भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय साहले एकिकृत नेकपा माओवादीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ। जनकपुरमा आयोजित चियापान समारोहमा राज्यमन्त्री साहले अधिनायकवाद लाद्न खोजेकै कारण माओवादी नेतृत्वको सरकार ढलेको बताए। हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन। उनले भने माओवादी सँग अहिले पनि हतियार रहेको छ। राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै माओवादीले गरिरहेको नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न हुने राज्यमन्त्री साहले उल्लेख गरे।

ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने

हरिहर योगी, काठमाडौं कात्तिक ६- काठमाडौं जिल्ला अदालतले सरकारले ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने आदेश सुनाएको छ। चार जनाविरुद्ध ज्यान मार्ने उद्योग र अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको थियो । तर सरकारले तीन जनाको मात्र फिर्ता लिएको भन्दै अदालतले यसरी आंशिकरुपमा मुद्दा फिर्ता लिन नपाइने निर्णय सुनाएको हो। यस्तो मुद्दा धमलाबाहेक वीरेन्द्र केएम, रामशुभक महतो र मनोज महतोलाई लगाइएको थियो तर फिर्ता भने मनोजबाहेक अरुको मात्र लिइएको थियो। न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले यो निर्णय सुनाएको हो। 

स्याङजामा बिना बिद्युतिय रोपवे सन्चालन कृषकहरु उत्साहित

प्रकाश डोटेल स्याङ्जा, ५ कार्तिक

ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका स्याङ्जा छाङ्छाङ्दी मन्साङकोटका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानि गर्न रोपवे सन्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानिमा उपभोक्ता समितीबाट निर्माण गरि सन्चालनमा ल्याइएको यो सेवा नेपालकै पहिलो हो। राजमार्ग क्षेत्र ब्याबसायिक कृर्षि कार्यक्रम अन्तरगत पश्चिमान्चल क्षेत्रको पांच ठाउमा रोपवे सन्चालन गर्ने उद्येस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि छाङछाङदी गाबिसको मंसाङकोट आसपासका कृषकहरु कृषि पेशामा उत्साहित भएका छन। कृषकहरु वाटै सहकारी दर्ता गरि एक घर एक तरकारी उत्पादन गरि कृषकहरुको जिबनस्तर उकास्ने उद्यस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि मंसाङकोटका सयौ कृषक लाभान्वित भएका छन। 

गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे - देउवा

काठमाडौं, कात्तिक ६ (नागरिक) - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले सत्ता प्राप्तिलाई लक्ष्य बनाएर सहमति गर्न खोजेकोले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको बताएका छन्। नेपाली कांग्रेस सम्वद्ध मुस्लिम संघ नेपालले दशै, तिहार, छट र इदुल फित्रको अवसर पारेर राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पौडेलले भने,'सत्ता प्राप्तिलाई लक्ष्य बनाएर माओवादीले सहमति गर्न खोजेको छ त्यसैले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको हो।' माओवादीको अन्तिम लक्ष्य सत्ता प्राप्ति गर्ने भएको प्रतिक्रिया जनाउदै सडक आन्दोलनले सत्तामा जान नसकिने जिकिर पौडेलको थियो। 'सडक आन्दोलनको चेतावनीले सत्ता प्राप्ति हुदैन, संसदमा बहुमत पुर्‍याएर सरकार हट्छ' पौडेलले माओवादी तर्फ आक्रोशित हुदै भने। 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले त्रिदलिय साझा सहमतिको प्रस्तावमा राष्ट्रपतिको कदमलाई असंवैधानीक भन्ने किसिमको कुनै पनि भाषा राख्न नहुने बताएका छन्। '१८ दलको सिफारीसका आधारमा तत्कालिन प्रधानसेनापतिका विषयमा राष्ट्रपतिले कदम चालेको कुरालाई असंवैधानिक भन्न मिल्छ?' देउवाले प्रश्न गरे। 

उनले उपप्रधानमन्त्रीमा सुजाता कोइरालालाई वढुवा गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भने, 'पार्टी भित्र छलफलै नगरी गिरिजावावुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे।' देउवाले पार्टीलाई जानकारीनै नदिए भएका यस्ता निर्णयले सुजाताको राजनीतिक छवी थप घट्ने टिप्पणी गरे। 

कांग्रेस कार्यवहाक सभापति सुसिल कोइरालाले नयाँ संविधान निर्माण गर्न सबै दलहरु सहमतिमा आउनु पर्ने बताए। सहमति विना संविधान लेखन र शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन त्यसको लागि सबै दल सहमतिमा आउनै पर्छ' कोइरालाले भने।

प्रहरीलाई हतियार जोगाउनै गाह्रो

टीका भट्ट/फुलासी (रामेछाप)- , २०६६ कार्तिक ६ -
फुलासीको पोखरीडाडा चौकीका प्रहरीलाई आफुसंग जिम्मा रहेको हतियारको सुरक्षाको हरपल चिन्ता छ । प्रहरी चौकी पुनस्थार्पना भए पछि पोखरीडाडाको एउटा गाईगोठ भाडामा लिएर राखिएको चौकीको छिडिमा उनीहरुले पाएका हतियार भान्छा र कार्यालय सवै एकै स्थानमा राखेका छन् । जुन गोठ सुरक्षाको दृष्टिले उपयुक्त छैन् । 'हाम्रो कार्यालय देखि निवास स्थान र हतियार राख्ने सवै यहि गोठ हो' प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बमबहादुर तामाङ्गले देखाए । कुचुमुच्च परेको सानो स्थानमा जोडिएका खाट र असरल्ल सामान राख्नु प्रहरीको रहर नभई वाध्यता भएको उनले दावि गरे । 'ठाउँनै पाईदैन, सरकारले वनाइदिएको छैन' वमबहादुरले भने - 'जसो तसो बसेका छौं तर हरपल चिन्ता हुन्छ ।'

Thursday, October 22, 2009

आजको कार्टुन !


गगन थापा भन्छनः सुजाता फिर्ता बोलाउनु पर्छ

कोइरालालाई उपप्रधानमन्त्री बनाएपछी कार्यकर्ताको शिर निहूरिएको छ


सञ्जीव चापापाई झापा , ५ कार्त्तीक
नेपाली कांग्रेसका युवा नेता एवं सभासद गगन थापाले सुजाता कोइरालालाई उपप्रधानमन्त्रिबाट तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन । नेपाल प्रेस युनियनद्वारा झापाको विर्तामोडमा आयोजना गरिएको पत्रकार भेटघाटमा थापाले पार्टी भित्र निर्णय गरी कोइरालालाई उपप्रधानमन्त्रीबाट फिर्ता बोलाउनु पर्ने धारणा राखे । उनले कोइरालालाई फिर्ता नबोलाए पार्टी भित्रको गलत प्रवृतिलाई संरक्षण गर्ने प्रमुख नेता विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरे ।

माधव नेपाल संग दुरी बढ्यो





उनले प्रतिपक्षले विरोध स्वरुप संसद अवरुद्ध गर्न मिल्ने उल्लेख गर्दै भने, 'तर त्यो सांकेतिक हुनुपर्छ ।' 


दीपेन्द्र बडुवाल/नारायणगढ, , २०६६ कार्तिक ५ -
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री माधवकुमार नेपालको कार्यशैलीप्रति आफनो दलका साथीहरु असन्तुष्ट रहेको बताएका छन् । वर्तमान सरकारमा साझेदार दलहरु बीच मतभेद नरहेको बताउँदै उनले प्रधानमन्त्रीको कार्यशैलीको छोटो शब्दमा आलोचना गरे । उनले असन्तुष्टीका आधार भने प्रस्ट पारेनन । बिहीबार मध्यान्ह चितवनको भरतपुर विमानस्थलमा संवाददाताहरु संग छोटो कुरा गर्दै उनले माओवादीको संसद अवरोधको बिरोध गरे ।

लाखौँ डलर ठगेर अमेरिकाबाट नेपाली बेपत्ता

काठमाडौँ, कात्तिक ५ (नागरिक)- 

१० लाख अमेरिकी डलर ठगेर फरार भएको आशंकामा एक २५ वर्षीय नेपाली युवकलाई अमेरिकी अधिकारीहरुले खोजी गरिरहेका छन्। आर्लिङटनको टेक्सस विश्वविद्यालयमा अध्ययनरत पंकज जोशीले १० लाख अमेरिकी डलर चिठ्ठा जितेको टिकट चोरेको आरोप छ। स्थानीय पत्रिका स्टार टेलिग्रामका अनुसार जोशीविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको छ। अभियोग प्रमाणित भएमा उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ। अनुसन्धानकर्ताहरुले भने उनी आफ्नो देश नेपाल वा दक्षिण एसियाको कुनै देशमा हुनसक्ने शंका गरेको सो पत्रिकाले जनाएको छ।

उत्तेजनात्मक अभिब्यक्ति नदेउः लेनग्रेन






'शान्ति सम्झौताको पूर्ण कार्यान्वयन गर्नु सरकार र माओवादी दुवैको दायित्व हो' लेनग्रेनले संवाददाताहरुसंग भनिन् 'यसलाई अप्ठ्यारोमा पार्ने गरी कसैले पनि अभिब्यक्ति दिनु हुँदैन भनें ।' 


फणिन्द्र दाहाल/काठमाडौ, २०६६ कार्तिक ५ - संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) प्रमुख करिन लेनग्रेनले शान्ति प्रकृयालाई अप्ठ्यारोमा पार्ने गरी उत्तेजनात्मक अभिब्यक्ति नदिन सरकारलाई आग्रह गरेकि छन् । बिहीबार दिउँसो प्रधानमन्त्री माधवकुमार नेपालसंगको भेटवार्ताका क्रममा लेनग्रेनले बृहत शान्ति सम्झौताको पालना गर्नु सबै पक्षको दायित्व भएकोसमेत बताइन् ।




सेनापति अमेरिका जाने/कामु सिंहलाई



कातिक ९ देखि १२ गतेसम्म हुने सम्मेलन क्षेत्रिय सुरक्षालगायतका विषयमा छलफल हुने 
काठमाडौ, २०६६ कार्तिक ५ - प्रधानसेनापति छत्रमानसिं गुरुङले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो अमेरिका भ्रमणका बारेमा जानकारी गराएका छन् । १२ औं अन्तरराष्ट्रिय सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन सेनापति गुरुङ शनिबार अमेरिका जाँदैछन् । उनको अनुपस्थितीमा बरिष्ठ उपरथी तोरणजंगबहादुर सिंहले कायम मुकायम सेनापति जिम्मेवारी संहाल्ने छन् । उपरथी सिंहलाई माओवादीसंगको युद्धका बेला भैरवनाथ गणबाट ४३ बन्दी बेपत्ता बनाउने क्रममा कमाण्ड जिम्मेवारीको आरोप लागेको छ । 

आइजिपी Vs डिआइजी



डिआइजी (?) बस्ताकोटीको डायरी
असोज २१ ः १८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय ।
लिगत्तै प्रहरी महानिरीक्षकको सचिवालयमा फोन गर्दै नवनियुक्त डिआइजी नारायण बस्ताकोटी, 'त्यो भाते रमेश चन्द कहाँ छ ? फोन देऊ, म कुरा गर्छु’ आइजिपीका सचिवालय स्रोतका अनुसार बस्ताकोटीले फोनमा भनेका थिए, 'त्यो भातेले पैसा खाएर मलाई चार नम्बरमा पार्‍यो, त्यससँग म कुरा गर्छु ।’

वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट

सञ्जीव चापागाई ,झापा ५ कार्तिक

सरकारले नेपालवाट गँहु र दालको निकासीमा रोक लगाएपछी वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट आएको छ । झापाको काकरभिट्टा स्थित पारवहन तथा गोदाम व्यवस्थापन कम्पनिका अनुसार वंगलादेश संगको निर्यात व्यापारमा तिब्र रुपमा गीरावट आउनेक्रम जारी रहेपनि आयात व्यपारमा भने वुद्धि भएको छ । गत श्रावण महिनामा बंगलादेश संगको निर्यात व्यापार ९१ करोड २० लाख ६५ हजार १२ रुपैया रहेकोमा भदौ महिनामा ३४ करोड ४ लाख ९६ हजार ६ सय २७ रुपैयामा सीमित रहेको र असोजको तेस्रो साता सम्ममा ८७ लाख २७ हजार ८ सय ४९ रुपैया मात्र निर्यात व्यापार भएको झापाको काकरभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका प्रमुख प्रेम राज भन्डारीले जानकारी दीनुभयो ।

सशस्त्र समूहलाई निशस्त्र पारौं - गृहमन्त्री


काठमाडौं, कात्तिक ५ (नागरिक) - 
गृहमन्त्री भीमबहादुर रावलले सरकारले ल्याएको विशेष सुरक्षा योजना जसरी पनि लागु गराएरै छाडिने बताएका छन्। नेपाल प्रहरीको ५४ औँ दिवसको अवसरमा प्रधान कार्यालय नक्सालमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रावलले कुनै पनि डर, धम्की र त्रासमा नलागी जनताको सेवामा समर्पित रहन प्रहरीलाई निर्देशन दिए। उनले हतियारधारी समूहलाई निशस्त्र पारी देशमा अमन चयन कायम गर्ने सरकारको कर्तव्य भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्न प्रहरीलाई निर्देशन दिए। विभिन्न जातजाती, धर्म, वर्ग, लिङ्गलगायत सबैको हित हुने गरी सुरक्षा योजना ल्याइएकाले सबै क्षेत्रको सहयोग भएमा मात्र यो सफल हुने उनले बताए। 'सरकार मात्रैले विशेष सुरक्षा योजना लागु गर्न सम्भव हुँदैन,' गृहमन्त्री रावलले भने, 'यसलाई सफल पार्न राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई आग्रह छ।'

Wednesday, October 21, 2009

आजको कार्टुन !


कपडा सिलाएर स्वदेशमै लाखौ आम्दानी

विदेश जानेहरूलाई चुनौती दिदैछन् युवाहरू

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ४
तानसेन भिमसेनटोलमा एक सहकारी संस्थाले सञ्चालन गरेको सिलाइकटाई सेन्टरमा कार्यरत मिना थापाले भनिन्, ‘कपडा सिलाएरै प्रति महिना १२ /१३ हजारसम्म पनि आम्दानी हुन्छ।’ स्वदेशमै मेहनत गर्ने हो भने पैसा कमाउनकै लागि विदेश जानुपर्दैन। कम लगानीमा राम्रो आम्दानीको स्रोत भएकाले जिल्लामा पछिल्लो समयमा सिलाइकटाई पेशा अपनाउनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ। 

सगरमाथामा भूकम्प मनिटरिङ स्टेसन


काठमाडौ, २०६६ कार्तिक ४ -  सगरमाथाको सीमावर्ती क्षेत्रमा चीनले पहिलोपटक भूकम्प मनिटरिङ स्टेसन स्थापना गरेको छ । हिमालय क्षेत्रको भूकम्पीय जोखिम अध्ययन गर्न चीनले आफ्नो भूभागतर्फ स्टेसन बनाएको हो ।



स्टेसनले उक्त क्षेत्रको जलवायुको समेत अनुगमन गर्नेछ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढिरहेका बेला चीनका वैज्ञानिकले सगरमाथा क्षेत्रमा स्टेसन बनाएका हुन् ।

परराष्ट्रमन्त्रीले लाखौँको चाँदीका थालकचौरा उपहार बाँडिन्


लेखनाथ पाण्डे, काठमाडौं, कात्तिक ४- उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले विदेश भ्रमणका क्रममा झण्डै १० लाख रूपैंयाको उपहारमात्र दिएकी छन्। पोर्चुगल, इजिप्ट र भारत भ्रमणमा समकक्षी तथा अन्य पदाधिकारीलाई उनले यति धेरै रकमको उपहार दिएकी हुन्। असार अन्तिम साता उनी पोर्चुगलको लिस्बन हुँदै असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन इजिप्टको स्राम-एल-शेख पुगेकी थिइन्। लिस्बनमा उनले 'फोरम फर डेमोक्रेसी' बैठकमा भाग लिएकी थिइन्।

नेपाल-भारत वाणिज्य सन्धि आगामी साता हस्ताक्षर हुने

गोकर्ण अवस्थी/काठमाडौ, २०६६ कार्तिक ४ - आगामी साता राजधानीमा आयोजना हुने दक्षिण एसियाली वाणिज्य मन्त्रीहरूको साफ्टा  बैंठकका क्रममा नेपाल भारतबीच परिमार्जित सन्धिमा हस्ताक्षर हुनेभएको छ । बैठकमा भाग लिन भारतीय वाणिज्य मन्त्री आनन्द शर्मा नेपाल आएपछि दुई देशबीच हस्ताक्षर हुने वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले बताए । करिब दुई महिनाअघि प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा सैद्धान्तिक सहमति भएको सन्धि शर्मा भारत बाहिर भएका कारण त्यसबेला हस्ताक्षर हुन सकेको थिएन । 'साफ्टा' बैठकका क्रममा भारतीय वाणिज्य मन्त्री नेपाल आएका बेला हस्ताक्षर हुने सहमति भइसकेको छ,' महतोले भने । 

'उपेन्द्र यादवले मधेश आन्दोलनको उपलब्धि बेचे'

जनकपुरधाम, कात्तिक ४ - मधेसी तराई फोरमका केन्द्रीय अध्यक्ष अमर यादवले मधेसवादी दलहरुले मधेस आन्दोलनको मर्मसँग खोलवाड गरिरहेको बताएका छन्। उक्त पार्टीको धनुषा जिल्ला समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले धोका दिई मधेस आन्दोलनको उपलब्धि माओवादीलाई बेच्ने काम गरेको आरोप पनि लगाए। मधेसका समस्यालाई राजनीतिकरुपमा समाधान नगरी हिंसाको रणनीति अपनाउनु मधेसमा सैनिकीकरण गर्नु हो भन्दै उनले राजनीतिकरुपले मधेस मुद्दालाई अघि सारेको भूमिगत सङ्गठनहरुसँग वार्ता गरी समस्या समाधानको प्रयास हुन जरुरी रहेको बताए।

कुनै देशविरुद्ध 'कार्ड' प्रयोग गरिँदैन : नेपाल

काठमाडौँ, कात्तिक ४ - प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखी सबै राजनीतिक पार्टीबीच सहमति र सहकार्यका साथ देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। सेन्टर फर साउथ एसिया स्टडिज र कोर्नाड एडेनर फाउन्डेसनद्वारा आयोजित “नेपालको राष्ट्रिय हित : नीति र सुझाव” विषयक गोष्ठीको उदघाटन गर्दै प्रधानमन्त्री नेपालले सबै राजनीतिक पार्टीबीच सहमति र सहकार्य बन्न सकेमा दिगो शान्ति स्थापना गरी मुलुकलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे। उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु, निर्धारित मितिमा संविधान लेख्नु तथा माओवादी लडाकुको समायोजन गर्नु सरकारको प्रमुख तीन कार्य रहेको र यी दायित्व पूरा गर्न सरकार सक्षम रहेको उल्लेख गरे।

'चीन र भारतसँग समदूरी जरुरी'



काठमाडौ, २०६६ कार्तिक ४ - प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय हितका लागि छिमेकी मुलुक चीन र भारतसँग समदूरी कायम राख्नुपर्ने बताएका छन् । उनले दलहरुबीच सहमति भएमात्र राष्ट्रिय हितको सम्बर्द्धन गर्न सकिने धारणा पनि राखे । राजधानीमा बुधबार आयोजित गोष्ठिमा बोल्दै उनले शान्ति प्रकृया र संविधान निर्माण सरकारको उच्च प्राथामिकतामा रहेको बताउदै समयमै संविधान बनाउन सकेमात्र लोकतन्त्र र बिधिको शासनलाई संस्थागत गर्न सकिने उल्लेख गरे ।

उनले सेना समायोजनका लागि बिशेष समितिले काम गरिरहेकाले समायोजन हुनेमा ढुक्क हुन आग्रह गरे ।

Tuesday, October 20, 2009

पर्यटकलाई भाइटीका



मनोज अधिकारी, पोखरा कात्तिक ३ -
अन्तराष्ट्रिय जगतसम्म नेपाली संस्कृति फैलाउन र नेपाल आएका पर्यटकसँग भाईचाराको सम्बन्ध गाँस्न पोखरामा डेढदर्जन दिदी-बहिनीले उत्तिकै संख्यामा विदेशी पर्यटकलाई भाईटीका लगाईदिएका छन्।
लेकसाईडस्थित मुनलाईट रिसोर्टमा सोमबार आयोजित तेस्रो भाईटीका महोत्सवसमा १६ पर्यटक महिला तथा पुरुषले नेपाली चेलीबाट भाईटीका ग्रहण गरेका हुन्।

दूध र घाँस बेचेर करोडपति


चन्द्र कार्की/तेह्रथुम, २०६६ कार्तिक १ - 
ग्रामीण क्षेत्रको एउटा सामान्य किसानले कृषि व्यवसायबाट कतिसम्म आम्दानी गर्ला ? दुई/चार हजार । म्याङलुङ- ५ ओख्र्रेका ४६ वषर्ीय देवीबहादुर खत्रीले भने त्यो अनुमानलाई गलत सावित गरिदिएका छन् । कृषि व्यवसायबाटै करोडको सम्पत्ति जोडिसकेका उनले अहिले पनि यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् । पढाइका हिसाबले सामान्य लेखपढसम्म जानेका खत्रीले गाउँमा गाई भैंसी पालेर आधा घन्टाको दूरीमा रहेको म्याङलुङ बजारमा दूध बिक्री गरी सम्पत्ति जोडेको दाबी गर्छन् ।

उत्पादनमूलक क्षेत्रमा लगानी भएन : गभर्नर

काठमाडौ, २०६६ आश्विन ३१ - 
अधिकांश बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले यस क्षेत्रको पुँजीबाट राष्ट्रिय विकास अभियानमा प्रभावकारी योगदान पुग्न नसकेको राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले बताएका छन् । शुक्रबार 'दि बैंकर' पत्रिकाको पाँचौं वाषिर्कोत्सव कार्यक्रममा सम्बोधन गर्दै गभर्नर भट्टराईले वित्त तथा बैंकिङ क्षेत्रमा व्यापक संख्यात्मक अभिवृद्धि भए पनि यस क्षेत्रको सन्तुलित र दिगो विकास परिसूचकको विश्लेषण गर्दा स्थिति सन्तोषजनक नरहेको औंल्याए । 'हाम्रा अधिकांश बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै विविधीकरणको ढोका खोल्न सकेका छैनन्,' उनले भने, 'अनुत्पादक क्षेत्रमा हुने पुँजी प्रवाहले प्रणालीगत जोखिमलाई निम्त्याउन सक्ने हुनाले अधिकांश वित्तीय संस्थाले लगानीको प्राथमिकतामा राखेका घरजग्गा र सेयर कर्जालाई अत्यन्तै सतर्कताका साथ हेर्नुपर्ने देखिन्छ ।' 

'चीनले जिम्मेवारीको पाठ सिकायो'



'माओवादी अध्यक्ष दाहाललाई चीनले जिम्मेवारीको पाठ सिकाएको छ । अब उनी दरखास्त बोकेर भारत जान्छन होला । तर भारतले पनि उनलाई जिम्मेवारीकै पाठ सिकाउने छ ।' 

श्यामसुन्दर शशी/जनकपुरधाम , २०६६ कार्तिक ३ -
एमाले स्थायी कमिटी सदस्य केपी ओलीले चीनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवार हुन सुझाव दिएर पठाएको बताएका छन् । धनुषामा एमालेको समानान्तर जिल्ला कमिटी गठन गर्न मंगलबार आयोजितअसन्तुष्ट पक्षको भेलाको उद्घाटन गर्न जनकपुर आएका उनले भने, 'माओवादी अध्यक्ष

'राष्ट्रपतिबाहेकका बिषयमा लचिलो हुन्छौ'

दीपेन्द्र बिष्ट/काठमाडौ, २०६६ कार्तिक ३ - 
कांग्रेस कार्यवाहक सभापति सुशिल कोइरालाले राष्ट्रपतिलाई लान्छना लगाउनेबाहेक अन्य बिषयमा आफ्नो पार्टी लचिलो हुने बताएका छन् । माओवादीले मंगलबार आयोजना गरेको चियापानमा उनले राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेस लचिलो हुने बताए । उनले भने, 'राष्ट्रपतिलाई लान्छाना लगाउनेबाहेकका बिषयमा लचिलो हुन्छौ ।' तर माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई लान्छना लगाउने नभइ उनले चालेको असंबैधानिक कदमबारे संसदमा छलफल हुनुपर्ने बताए । उनले पनि राजनीतिक गतिरोध अन्त्य गर्न माओवादी हदैसम्म लचिलो भएको बताए ।

'राष्ट्रपतिको कदमको विषयमा कतै समेटिए सहमति हुन्छ'

काठमाडौ, कात्तिक ३ (नागरिक) - एकिकृत नेकपा माओबादीले राजनीतिक निकासका लागि थप लचक हुने निश्कर्ष निकालेको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको मंगलबार बिहान बसेको बैठकले राष्ट्रपतिको कदमका विषयमा साझा संकल्प प्रस्तावमा कहिं उल्लेख गर्न दलहरु राजी भए संसदमा अवरोध नगर्न निश्कर्ष निकालेको हो। 'निकासका लागि हदैसम्मको सहमति कायम गर्न हाम्रो तर्फबाट लचकता प्रदर्शन गरिनेछ,' प्रबक्ता दिनानाथ शर्माले बैठकपछि सञ्चारकर्मीमाझ भने, 'राष्ट्रपतिको कदमका विषयमा साझा संकल्पमा कहिं न कहिं उल्लेख हुनुपर्छ भन्ने हाम्रो माग हो। 

प्रधानमन्त्री माओवादीको चियापानमा सहभागी नहुने



काठमाडौ, २०६६ कार्तिक ३ - प्रधानमन्त्री माधवकुमार नेपाल माओवादीले आयोजना गरेको चियापानमा सहभागी नहुने भएका छन् । एमाले बरिष्ठ नेताको रुपमा मात्र माओवादीले आमन्त्रण गरेपछि उनी चियापानमा सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्री निकट श्रोतहरुका अनुसार उनलाई प्रधानमन्त्रीको रुपमा नभइ एमाले बरिष्ठ नेताको रुपमा मात्र आमन्त्रण गरिएको छ ।

माओवादीको चियापान आज

प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि निम्तो
काठमाडौँ, कात्तिक ३ (नागरिक)- प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले तिहार, नेपाल संवतको नयाँ वर्ष र छठको अवसरमा मंगलबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ। प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रमलाई सार्वजनिक बहिस्कार गर्दै आएको माओवादीले चियापानमा उनीहरुलाई पनि निम्तो दिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको चियापान हुने दिन राजनीतिक सहमति हुने यसअघि बताउँदै आएका थिए। यद्यपि राष्ट्रपतिको कदमका विषयमा अझै पनि प्रमुख तीन दलबीच सहमति हुन सकेको छैन।

Monday, October 19, 2009

नेपाल संवतको नयाँ वर्ष आजदेखि

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्वारा शुभकामना

काठमाडौँ, कात्तिक २ (नागरिक)- राज्यले राष्ट्रिय संवतका रुपमा घोषणा गरिसकेको नेपाल संवतको नयाँ वर्ष आजदेखि सुरु भएको छ। यस अवसरमा बिहान ७ बजे बसन्तपुरबाट निस्किएको सांस्कृतिक जुलुस नगर परिक्रमापछि सभामा परिणत भयो। समारोहलाई मुख्य अतिथिका रुपमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गरे। त्यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिको आयोजनामा बिहान साढे ७ बजे थिमिस्थित शंखधर चोकमा रहेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा प्रधानमन्त्री माधवकुमार नेपालले माल्यार्पण गरेका छन्। आजै गंगा क्लबको आयोजनामा बसन्तपुरबाट भिंतुना मोटरसाइकल र्‍याली बिहान १० बजे सुरु भएको छ। खास्ती नेवाः पुचःको आयोजनामा बौद्ध चैत्यबाट मोटरसाइकल र्‍याली भएको छ भने नेपालभाषा मंकाः खलः यलको आयोजनामा मंगलबजारबाट र भक्तपुरको दत्तात्रयमा संयुक्त रुपमा सांस्कृतिक र्‍यालीको आयोजना भएको छ। 

'पत्रकारको हत्यारालाई प्रहरीले भगायो'


बारा, २०६६ कार्तिक २ - बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले शनिबार राति पक्राउ गरी छाडेको विरोधमा पत्रकारहरुले विरोध -याली निकालेका छन् । नेपाल पत्रकार महासंघ बाराको अगुवाईमा दण्डहीनताको अन्त्य पे्रस स्वतन्त्रताको रक्षा एवम पत्रकार सुरक्षा लगायतकाको माग गर्दै बारा सदरमुकाम कलैयामा मौन विरोध -याली निकालिएको हो । -याली पश्चात बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई भेटी संचारकर्मीहरुले घटनाको छानवीन एवम दोषीमाथि कारवाही लगायतकाको माग राखेका थिए ।

तिव्वत र ताइवानप्रति चिनियाँ चासो


"नले भने, 'चिनिया सरकार नेपालको संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु जुनसुकै सहयोग गर्न पनि तयार छ ।" 
दीपेन्द्र बिष्ट/काठमाडौ, २०६६ कार्तिक २ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणको क्रममा त्यहाका प्रान्तिय सरकारले तिव्वत र ताइवानको सुरक्षा विषयमा चासो व्यक्त गरेको बताएका छन् ।  चीनको ९ दिने भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्केका अध्यक्ष दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग उक्त कुरा बताएका हुन् । उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिन नेपाल सधैं तत्पर रहेकेा आफूहरुले प्रतिबद्धता

शीर्ष नेतालाई देउसीबाट दबाब

काठमाडौँ, कात्तिक २- जनआन्दोलन र संविधानसभा गठनको औचित्यप्रति सम्मान गर्दै व्यवस्थापिका-संसदको कारबाही सुचारु गर्न, तोकिएको समयमा संविधान जारी गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन देउसी-भैलो कार्यक्रममार्फत राजनीतिक दलका शीर्ष नेताहरुलाई दबाब दिइएको छ। दीपावलीको अवसरमा देउसी-भैलो खेल्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको निवास पुगेको मानव अधिकारकर्मी, कलाकार, साहित्यकार, सञ्चारकर्मी तथा पेसागत सङघ/सङ्गठनका प्रतिनिधिसहितको टोलीले देउसी गीतमार्फत सो दबाब दिएका हुन्।

देउसी-भैलो टोलीले लगातार संसद अवरुद्ध भएका कारण नागरिक अधिकार कुण्ठित भएको, स्वयं जनप्रतिनिधि सदस्य प्रभावहीन बन्न पुगेको र अन्तरराष्ट्रिय जगत्मा राष्ट्रको छवि नै धुमिल भएको भन्दै तुरुन्त संसद सञ्चालनका लागि हारगुहार गरेको थियो।

उनीहरु भनिरहेका थिए - 

सहिदको बलिदान सम्झेर
जनताको चाहना बुझेर
छैसट्ठी सालको तिहारमा 
आयौँ है तिम्रै आँगनमा

लोकतन्त्रको प्राण संसदलाई
कहिलै नरोक्ने वचन देऊ
हामी आयौँ तिम्रो आँगनमा 
देशलाई शान्ति सुरक्षा देऊ। ...

प्रधानमन्त्री निवास बालुवाटारमा भएको देउसी-भैलो कार्यक्रमपछि सो टोलीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले सहिदको बलिदान सम्झेर जनताको भावना र चाहना बुझी राजनीतिक गतिरोधलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री नेपालले भने- व्यवस्थापिका-संसदलाई बन्धक गराउन हुँदैन भन्ने पक्षमा हामी दृढ छौँ, अब अवरोध हुने छैन।

शान्ति प्रक्रियाका थाँती काम समयमै पुरा गर्नका लागि जनतालाई सुशासनको अनुभूति गराउन तथा भ्रष्टाचार हटाउन सरकार लागिपरेको बताउँदै उनले मूल विषयमा केन्द्रित रहेर आफ्ना क्रियाकलाप अगाडि बढाउन राजनीतिक दलहरुलाई नागरिक समाजले दबाब दिनुपर्छ भने।

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफ्नो निवास डल्लुमा आएका देउसीटोलीसमक्ष प्रमुख राजनीतिक दलहरुले संविधान बनाउने अठोट र सङ्कल्प गरे राजनीतिक गतिरोध दुई/चार दिनमै अन्त्य हुने बताए।

प्रमुख राजनीतिक दलका गतिविधिबाट अहिले कोही सन्तुष्ट नरहेको बताउँदै उनले सबैको चाहना दलहरुबीच समझदारी कायम रहोस् भन्ने रहेको बताए।

आफू व्यवस्थापिका-संसदको अवरोध अन्त्यका लागि दलहरुका शीर्ष नेतासँग निरन्तर संवादमा रहेको जानकारी दिँदै अध्यक्ष खनालले भने-आफ्नो पार्टी प्रतिबद्धता मात्र जनाउने होइन गतिरोध अन्त्यका लागि अरुले निकासका लागि विकल्प प्रस्तुत गरे भने त्याग गर्नसमेत तयार छौँ।

एकीकृत नेकपा (माओवादी)का कार्यवाहक अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो निवास शान्तिनगरमा आएका देउसीटोलीसमक्ष संविधान निर्माणका लागि आफ्नो पार्टी अरुभन्दा जिम्मेवार र चिन्तित रहेको बताए।

निर्बाध ढङ्गले संविधान लेख्ने काम भइरहेको जानकारी दिँदै उनले संविधानसभाअन्तर्गतका ११ वटै समितिमा एकीकृत नेकपा (माओवादी) ले आगामी संविधानमा समेट्नुपर्ने विषयको प्रस्ताव पेस गरिसके पनि एमाले र नेपाली काङ्ग्रेसले भने आजसम्म पेस नगर्नुले संविधान निर्माणप्रति को जिम्मेवार छ भन्ने छर्लङ्ग छ भने।

उनले आफ्नो पार्टीले उठाएको नागरिक सर्वोच्चताको विषय र तत्कालीन प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमविरुद्ध व्यवस्थापिका-संसदमा छलफल चलाए भोलि नै संसद खुलाउन तयार रहेको बताए।

कार्यवाहक अध्यक्ष डा.भट्टराईले लोकतन्त्रमा सार्वभौमसम्पन्न संसदमा यस्ता विषयमा छलफल चलाउन हिच्किचाउन नहुने उल्लेख गरे।

सो टोलीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगन्जमा पनि देउसी-भैलो गरेको थियो।

सो देउसी टोलीमा नागरिक समाजका सूर्यप्रसाद श्रेष्ठ, कपिल श्रेष्ठ, शोभा गौतम, सुबोधराज प्याकुरेल, डा.वीरेन्द्र मिश्र, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेललगायत सहभागी थिए। रासस

झण्डा परिवर्तन गर्न खोज्नेको प्रतिकार गर्नुपर्छ: पौडेल

काठमाडौँ, कातिक २ (नागरिक)-
सयौँ वर्षदेखि प्रचलनमा रहेको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्न नहुने नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्। 'यो नेपालको पहिचान समाप्त पार्ने खेल हो, यसको प्रतिकारमा सबै नेपाली लाग्नुपर्छ', पौडेलले सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बताए। पौडेल राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले थिमिमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा मार्ल्यापण कार्यक्रममा बोल्दै थिए। 

'सबैसँग मिलेर अघि बढ्न चाहन्छु'


काठमाडौ, २०६६ कार्तिक २ - 
प्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन आफू सबैसग मिलेर जान तयार रहेको बताएका छन् । उनले त्यसका लागि प्रमुख प्रतिपक्षी माओवादी सहित सबै दललाई सहमतिमा आउन आग्रह गरे । नेपाल भाषा मंका खलले नेपाल सम्वत ११३० को अवसरमा राजधानीमा सोमबार गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनताले दलहरुको सहमति र सहकार्य हेर्न चाहेको बताए । 'नेपाली जनताले द्वन्द्व हैन सहमति र सहकार्य गरेर राजनीतिक दलहरु अघि बढुन भन्ने चाहेका छन्', उनले भने, 'म सबैलाई मिलाएर र सहकार्य गरेर अघि बढ्न चाहन्छु ।' उनले सहमतिमा आएर शान्ति प्रकृया र संविधान निर्माणलाई पूर्णता दिन माओवादीलाई आग्रह गरे ।

असी प्रतिशत फूलको माला भारतबाट

रत्ननगर (चितवन), कात्तिक २- 
फूलैफूलको चाड तिहारमा चितवनमा यसपटक भारतबाट फूलको माला भित्रिएका छन्। खडेरीका कारण समयमा पानी नपरेर फूलको उत्पादनमा कमी आएपछि भारतबाट फूलको माला भित्रिएको हो। अहिलेको तिहारमा ८० प्रतिशत माला भारतबाट भित्रिएको फूल व्यापारीहरू बताउँछन्। विगतका वर्षहरूमा यतिखेर बजारका पसलहरूमा फूलका थुङ्गा र मालाले सजिएको पाइने भए पनि यस वर्ष तिहार लागिसक्दा पनि चितवनको नारायणगढ बजारमा फूलहरू फाट्टफुट्टरूपमा मात्र देख्न पाइन्छ।

Sunday, October 18, 2009

चीन र नेपालका वैज्ञानिकद्वारा जलवायु परिवर्तन असर अध्ययन


केदार ओझा-काठमाडौ, २०६६ कार्तिक १ - 
नेपाल र चीनको संयुक्त वैज्ञानिकहरूको टोलीले रसुवा जिल्लाको लाङटाङ हिमालय अन्तर्गतका विभिन्न हिमशृंखलामा जलवायु परिवर्तनले पारेको असरबारे स्थलगत अध्ययन थालेको छ । नेपालको त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र इन्स्िटच्युट अफ तिब्बतियन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सको संयुक्त प्रयासमा यो आध्ययन थालिएको हो । 

वीरेन्द्र साहको हत्याका आरोपी मुक्त

काठमाडौँ, कात्तिक १ (नागरिक)-
दुई वर्षअघि पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको आरोप लागेका हरेराम पटेललाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको एक घण्टामै रिहा गरेको एभिन्युज टेलिभिजनले जनाएको छ। टेलिभिजनका अनुसार चार जना प्रहरीको टोलीले उनलाई गएराति बाह्र बजे सुतिरहेको अवस्थामा पक्राउ गरे पनि प्रहरी निरीक्षक डासीराम ढुंगानाले प्रहरी कार्यालय ल्याएको एक घण्टामै मुक्त गरेका हुन्।

माओवादीको व्यवहारले सहमितमा ढिलाईःओली



भक्तपुर, २०६६ कार्तिक १ - एमाले नेता केपी ओलीले माओवादीका नेताहरुले पिपलपाते कुरा गरेका कारण दलहरुबीच सहमति हुन नसकेको बताएका छन् । एमाले गाउँ कमिटी बालकोट भक्तपुरले आइतबार बिहान आयोजना गरेको दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा उनले साझा सहमति र आन्दोलन दुबै थरीका कुरा गर्ने प्रवृतिका कारण माओवादीलाई विश्वास गर्न नसकिएको बताए ।

राष्ट्रपति पूर्वप्रधानमन्त्री भट्टराई निवासमा

काठमाडौँ, कात्तिक १- राष्ट्रपति रामवरण यादवले आज बिहान पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित आश्रम गई स्वास्थ्यस्थिति बुझेका छन्। नेपाली काङ्ग्रेसका एकमात्र संस्थापक नेता भट्टराईसँगको भेटमा राष्ट्रपति यादवले संविधान निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल पनि गरे। भेटपछि राष्ट्रपति यादवले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै दिगो शान्ति स्थापना, संविधान लेखनसहित मुलुकमा राजनीतिक निकास दिन सहमति र सहकार्यको विकल्प नरहेको उल्लेख गर्दै त्यस दिशामा जान दीपावलीको उपलक्ष्यमा सबैलाई सफलता मिलोस् भने।

कांग्रेसका मन्त्री फिर्ता ?

कुलचन्द्र न्यौपाने-काठमाडौ, २०६६ कार्तिक १ - 
सुजाता कोइरालाको उपप्रधानमन्त्रीमा बढुवा प्रकरणले सरकारबाट बाहिरिनुपर्ने दबाब कांग्रेसभित्र बढेको छ । 'सभापतिको निर्णयविरुद्ध कांग्रेस जान सक्छ या सक्दैन ?' कांग्रेस नेताहरू भन्छन् 'यो परीक्षण हुँदैछ ।' पार्टीको संस्थागत निर्णयबाटै माधव नेपालको नेतृत्वमा सरकार निर्माण र सहभागिता जनाउने काम भएकाले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो छ । देशभर सरकारबाट फिर्ता बोलाउनुपर्ने दबाब आएको भन्दै केही नेताले यसका पक्षमा छलफल अघि बढाएका हुन् । उपसभापति प्रकाशमान सिंह कार्यकर्तामा छाएको निराशालाई उत्साहमा बदल्न केही निर्णय लिनैपर्ने जिकिर गर्छन् । 'पार्टीलाई संस्थागत रूपमा लैजाने अभियानमा सभापतिको निर्णयले निराशा बनाएको छ' उनले भने, 'त्यसका लागि केही न केही निर्णय त लिनु नै पर्छ ।' 

कांग्रेस सभापति कोइराला बिरामी

देउवाद्वारा कोइरालाको आलोचना
काठमाडौँ, कात्तिक १- 
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्वस्थताको कारण देखाउँदै आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई भेटेनन्। छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन दबाब दिएको कारण आलोचना खेप्दै आएका कोइराला र मन्त्रीहरुबीच आज भेटको कार्यक्रम थियो। यसअघि कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेकी उपप्रधानमन्त्री सुजाता कोइराला र कांग्रेसका मन्त्रीहरुबीच शनिबार विशेष छलफल भएको थियो। भेटमा सुजाताले आफूलाई उपप्रधानमन्त्री बनाएकोमा चौतर्फी विरोध भइरहेकोले त्यसलाई छायामा पार्ने गरी प्रभावकारी रुपमा काम गर्नुपर्ने निर्देशन दिएकी थिइन्।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by