ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

सेनापति अमेरिका जाने/कामु सिंहलाई



कातिक ९ देखि १२ गतेसम्म हुने सम्मेलन क्षेत्रिय सुरक्षालगायतका विषयमा छलफल हुने 
काठमाडौ, २०६६ कार्तिक ५ - प्रधानसेनापति छत्रमानसिं गुरुङले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो अमेरिका भ्रमणका बारेमा जानकारी गराएका छन् । १२ औं अन्तरराष्ट्रिय सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन सेनापति गुरुङ शनिबार अमेरिका जाँदैछन् । उनको अनुपस्थितीमा बरिष्ठ उपरथी तोरणजंगबहादुर सिंहले कायम मुकायम सेनापति जिम्मेवारी संहाल्ने छन् । उपरथी सिंहलाई माओवादीसंगको युद्धका बेला भैरवनाथ गणबाट ४३ बन्दी बेपत्ता बनाउने क्रममा कमाण्ड जिम्मेवारीको आरोप लागेको छ । 

यही आरोपका कारण विगत तीन महिनादेखि जंगी अड्डाले सिफारिस गरपछि पनि सरकारले उनको बढुवा गरेको छैन । कायम मुकायम नियुक्तिको लागि मन्त्रिपरिषद्को बैठक बस्न नपर्ने सेनापति आफैले दिन सकिने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले बताए । 

कातिक ९ देखि १२ गतेसम्म हुने सम्मेलन क्षेत्रिय सुरक्षालगायतका विषयमा छलफल हुने सैनिक प्रबक्ता सहायकरथी रमिन्द्र क्षेत्रीले ईकान्तिपुरलाई बताए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by