ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

'सबैसँग मिलेर अघि बढ्न चाहन्छु'


काठमाडौ, २०६६ कार्तिक २ - 
प्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन आफू सबैसग मिलेर जान तयार रहेको बताएका छन् । उनले त्यसका लागि प्रमुख प्रतिपक्षी माओवादी सहित सबै दललाई सहमतिमा आउन आग्रह गरे । नेपाल भाषा मंका खलले नेपाल सम्वत ११३० को अवसरमा राजधानीमा सोमबार गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनताले दलहरुको सहमति र सहकार्य हेर्न चाहेको बताए । 'नेपाली जनताले द्वन्द्व हैन सहमति र सहकार्य गरेर राजनीतिक दलहरु अघि बढुन भन्ने चाहेका छन्', उनले भने, 'म सबैलाई मिलाएर र सहकार्य गरेर अघि बढ्न चाहन्छु ।' उनले सहमतिमा आएर शान्ति प्रकृया र संविधान निर्माणलाई पूर्णता दिन माओवादीलाई आग्रह गरे ।



जातीय एकता, सदभाव र मित्रतालाई निरन्तर बलियो बनाउदै लगे मुलुकको सार्वभौम एकता र अखण्डता बलियो हुने उनको भनाइ थियो । यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रम बिथोल्दै आएको माओवादीले सांस्कृतिक पर्व भन्दै प्रधानमन्त्रीको कार्यक्रममा सहभागिता जनाएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by