ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

'उपेन्द्र यादवले मधेश आन्दोलनको उपलब्धि बेचे'

जनकपुरधाम, कात्तिक ४ - मधेसी तराई फोरमका केन्द्रीय अध्यक्ष अमर यादवले मधेसवादी दलहरुले मधेस आन्दोलनको मर्मसँग खोलवाड गरिरहेको बताएका छन्। उक्त पार्टीको धनुषा जिल्ला समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले धोका दिई मधेस आन्दोलनको उपलब्धि माओवादीलाई बेच्ने काम गरेको आरोप पनि लगाए। मधेसका समस्यालाई राजनीतिकरुपमा समाधान नगरी हिंसाको रणनीति अपनाउनु मधेसमा सैनिकीकरण गर्नु हो भन्दै उनले राजनीतिकरुपले मधेस मुद्दालाई अघि सारेको भूमिगत सङ्गठनहरुसँग वार्ता गरी समस्या समाधानको प्रयास हुन जरुरी रहेको बताए।

उनले नयाँ संविधानमार्फत् मधेस र राष्ट्रलाई सामाजिक, आर्थिक र राजनीतिकरुपले रुपान्तरण नगरिएमा राष्ट्र खण्डित हुनसक्ने भएकाले आफ्नो पार्टीले भाषिक र साँस्कृतिक आन्दोलनको कार्यक्रम अघि सारेको दाबी गरे। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by