ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

स्याङजामा बिना बिद्युतिय रोपवे सन्चालन कृषकहरु उत्साहित

प्रकाश डोटेल स्याङ्जा, ५ कार्तिक

ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका स्याङ्जा छाङ्छाङ्दी मन्साङकोटका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानि गर्न रोपवे सन्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानिमा उपभोक्ता समितीबाट निर्माण गरि सन्चालनमा ल्याइएको यो सेवा नेपालकै पहिलो हो। राजमार्ग क्षेत्र ब्याबसायिक कृर्षि कार्यक्रम अन्तरगत पश्चिमान्चल क्षेत्रको पांच ठाउमा रोपवे सन्चालन गर्ने उद्येस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि छाङछाङदी गाबिसको मंसाङकोट आसपासका कृषकहरु कृषि पेशामा उत्साहित भएका छन। कृषकहरु वाटै सहकारी दर्ता गरि एक घर एक तरकारी उत्पादन गरि कृषकहरुको जिबनस्तर उकास्ने उद्यस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि मंसाङकोटका सयौ कृषक लाभान्वित भएका छन। 
प्ाहाडको टुप्पोमा रहेको मंसाङकोटमा आकासे पानीको भरमा कृर्षि उपज उत्पादन गरिदै आएको छ उत्पादीत उपज बजारसम्म ढुवानी गर्दा निकै खर्च हुने गरेको थियो। रोपवे सन्चालन पछि ढुवानी समस्या समाधान भएको छ दैनिक १० क्वीन्टल टमाटर उत्पादन हुने यस क्षेत्रमा रोपवे सन्चालन पछि यहांका कृषक निकै उत्साहीका साथ कृर्षि पेशा तर्फ लागेको भयरथान कृर्षि सहकारी संस्था मंसाङकोटका अध्यक्ष लिलाबल्वब काफ्लेले बताए। 

व्ालिङ नगरपालिका– ८ त्रियासी तरकारी तथा फलफुल संकलन केन्द्र बाट मंन्साङ्कोट सम्मको एक किलोमिटर बिना बिद्युतिय ग्राभिटी रोपवे सन्चालन गर्न नेपाल सरकार कृर्षि मन्त्रालय अन्तरगत पश्मिान्चल क्षेत्रिय कृषि निर्देशनालयको १६लाख , स्थानिय छाङछाङदी गा बि स बाट १ लाख, जनश्रमदान बाट ३लाख १२ हजार गरि कुल २० लाख १२ हजार रुपैया लागतमा रोपवे सन्चालनमा ल्याइएको छ।भने करिव २ लाख बरावरको काम वांकी रहेको त्रियासी कृर्षि उपज तथा बजार ब्याबस्थापन सहकारी संस्थाका अध्यक्ष केदार काफ्लेले जानकारी गराउनुभयो। 

स्याङ्जाका वालिङ् छाङछाङदी यलादी जगतभञ्याङ् मनकामना गाबिसका अधिकांश कृषकहरु कृर्षि पेशाबाटै आफ्नो जिबिकोपार्जन गर्ने गरेका छन यी क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफुल त्रियासीमा संकलन गरि बिक्री बितरण गर्दै आइरहेका छन।

ढुवानि समस्याले गर्दा कृषकहरुले आफुले उत्पादन गरेको उपजको मुल्य नपाएको अबस्थामा रोपवे बाट ढुवानी गर्दा कम खर्चमा कृषकले उत्पादीत बस्तुको मुल्य राम्रो मुल्य पाउनसक्ने अध्यक्ष काफ्लेले बताउनुभयो।

कृषकहरु लाइ उत्साहित बनाएर ब्याबसायी खेती गर्न अभिप्रेरित गर्ने उद्येस्यले कृषकहरुकै सहभागितामा सहाकारी संस्था स्थापना गरिएको सहकारि बाट कृषकलाइ कृर्षि ऋण प्रदान गर्ने ,कृषि सुचना केन्द्र स्थापना गर्ने ,एग्रोभेट मलखाद बिउ बिजन समेत बिक्री बितरण गरिने अध्यक्ष काफ्लेले बताउनुभयो। ३ सय ५५जना कृषकहरुको सेयर लगानिमा स्थापित सहकारी संस्थाको भबन निर्माण गर्न र जग्गा खरिद गर्न जिल्ला बिकाश समिती बाट ३ लाख कृर्षि मन्त्रालयबाट ४ लाख बजेट ल्याइ भबन निर्माणको काम सम्पन्न गरिएको समेत काफ्लेले बताउनुभयो। 

हाल नमुनाको रुपमा रहेको उक्त रोपवे सेबा आगामी दिनमा वालिङ ८ खहरे देखि जगतभञ्याङ,र सिरुवारे देखि सिमलचौपारी सम्मको लागि माग गरिने त्रियासी कृर्षि सहकारीका सचिब लक्ष्मि प्रसाद रेग्मीले बताउनुभयो।

त्रियासी फलफुल तथा तरकारी संकलन केन्द्र तथा त्रियास्ाी कृर्षि सहकारी द्धारा दैनिक १० देखि २० टन सम्म टमाटर तथा अन्य तरकारी स्याङजा पोखरा बुटवल नारायणगढ लगायतका ठांउ हरुमा निर्यात गरिदै आइरहेको समेत सचिव रेग्मीले बताउनुभयो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by