ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

प्रहरीलाई हतियार जोगाउनै गाह्रो

टीका भट्ट/फुलासी (रामेछाप)- , २०६६ कार्तिक ६ -
फुलासीको पोखरीडाडा चौकीका प्रहरीलाई आफुसंग जिम्मा रहेको हतियारको सुरक्षाको हरपल चिन्ता छ । प्रहरी चौकी पुनस्थार्पना भए पछि पोखरीडाडाको एउटा गाईगोठ भाडामा लिएर राखिएको चौकीको छिडिमा उनीहरुले पाएका हतियार भान्छा र कार्यालय सवै एकै स्थानमा राखेका छन् । जुन गोठ सुरक्षाको दृष्टिले उपयुक्त छैन् । 'हाम्रो कार्यालय देखि निवास स्थान र हतियार राख्ने सवै यहि गोठ हो' प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बमबहादुर तामाङ्गले देखाए । कुचुमुच्च परेको सानो स्थानमा जोडिएका खाट र असरल्ल सामान राख्नु प्रहरीको रहर नभई वाध्यता भएको उनले दावि गरे । 'ठाउँनै पाईदैन, सरकारले वनाइदिएको छैन' वमबहादुरले भने - 'जसो तसो बसेका छौं तर हरपल चिन्ता हुन्छ ।'
प्रहरी राख्नका लागि उपयुक्त कार्यालय, भान्छा, व्यारेक र भण्डार गृहको व्यवस्था भएको उपयुक्त भवन गाउँघरमा नपाईने भएकाले प्रहरीले गाई गोठमा वस्नु परेको हो । 'यो गाई गोठमा ३ बर्ष विते' तामाङ्गले भने - अव कति वस्नु पर्ने हो कुनै टुंगो छैन । पुर्नस्थापित प्रहरीका असुविधामा गाउलेहरुले कुनै चासो देखाएका छैनन् । राम्राे घर भेटे पनि प्रहरीलाई नदिएका कारण प्रहरीले गोठमा शरण लिनु परेको हो । फुलासी मात्र हैन् शान्ति स्थापना पछि जिल्लाभर पुनस्थार्पित भएका अधिकांस प्रहरी चौकीको अवस्था फुलासस्को भन्दा फरक छैन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार ढकाल भन्छन् - जिल्लाका २१ वटा प्रहरी ईकाई मध्ये ठोसे चौकी मात्र उपयुक्त भवनमा वसेको छ । जुन भवन प्रहरी आफैले वनाएको हो । वांकी सवैको अवस्था एकै खालको छ ।

चौकीको मात्र समस्या छैन, स्वयं जिल्ला प्रहरी कार्यालयले समेत अर्काको भवनमा कामकाज चलाउदै आएको छ । सिंचाई, खानेपानी र कर्मचारी मिलन केन्द्रको भवन लिएर जिल्ला प्रहरी कार्यालय संचालन हुदै आएको छ । हाम्रो उपयुक्त भवन र व्यारेक नहुदा अर्काको मागेर गुजारा चलाउदै आएका छौं ढकालले भने - भौतिक पूर्वाधारको हिसावले काम कार्वाहीमा असजिलो हुदै आएको छ । जिल्ला प्रहरी कार्यालयको साविकमा रहेको व्यारेक भवन क्षतिग्रस्त भएको र कार्यालय भवन मर्मत गर्नु पर्ने अवस्थामा रहेकाले शान्ति स्थापना भएको बर्षौ विती सक्दा पनि प्रहरी आफ्नो कार्यालयमा पुर्नस्थापना हुन नसकेको हो । जिल्लाको प्रहरी कार्यालय मर्मत र व्यारेक भवन निर्माणका लागि बारम्बार माथिल्लो निकायमा ताकेता जारी राखे पनि हाल सम्म त्यसको कार्यान्वयन हुन सकेको छैन् । लगानी ठुलो गर्नु पर्ने भएकाले सरकारको मुख ताक्नुको अर्को विकल्प नभएको प्रहरीको ठहर छ ।

'साधन श्रोत र भौतिक सुुविधामा सुधार ल्याउन सके शान्ति सुरक्षामा प्रभावकारीता ल्याउन प्रहरीको मनोवल अझै उँचो वनाउन सकिन्थ्यो' प्रहरी नायव उपरिक्षक ढकालले भने । उनले तमाम कठिनाईको बावजुद जिल्लामा जिल्लाका सवै प्रहरी ईकाईले उत्कृष्ठ काम गर्दै आएको दावि समेत गरे । प्रहरीका क्रियाकलापका कारण जिल्लाको शान्तिसुरक्षाको अवस्था क्रमिक सुधार हुदै आएको ढकालले वताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by