ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 18, 2009

वीरेन्द्र साहको हत्याका आरोपी मुक्त

काठमाडौँ, कात्तिक १ (नागरिक)-
दुई वर्षअघि पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको आरोप लागेका हरेराम पटेललाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको एक घण्टामै रिहा गरेको एभिन्युज टेलिभिजनले जनाएको छ। टेलिभिजनका अनुसार चार जना प्रहरीको टोलीले उनलाई गएराति बाह्र बजे सुतिरहेको अवस्थामा पक्राउ गरे पनि प्रहरी निरीक्षक डासीराम ढुंगानाले प्रहरी कार्यालय ल्याएको एक घण्टामै मुक्त गरेका हुन्।

मुक्त गर्नुको कारण भने प्रहरीले नखुलाएको टिभीले बताएको छ। २०६४ साल असोज १८ गते अपहरण भएका पत्रकार साहको कात्तिक २२ गते शव भेटिएको थियो।

पत्रकार साह एभिन्युज टेलिभिजनसित आवद्ध थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by