ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट

सञ्जीव चापागाई ,झापा ५ कार्तिक

सरकारले नेपालवाट गँहु र दालको निकासीमा रोक लगाएपछी वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट आएको छ । झापाको काकरभिट्टा स्थित पारवहन तथा गोदाम व्यवस्थापन कम्पनिका अनुसार वंगलादेश संगको निर्यात व्यापारमा तिब्र रुपमा गीरावट आउनेक्रम जारी रहेपनि आयात व्यपारमा भने वुद्धि भएको छ । गत श्रावण महिनामा बंगलादेश संगको निर्यात व्यापार ९१ करोड २० लाख ६५ हजार १२ रुपैया रहेकोमा भदौ महिनामा ३४ करोड ४ लाख ९६ हजार ६ सय २७ रुपैयामा सीमित रहेको र असोजको तेस्रो साता सम्ममा ८७ लाख २७ हजार ८ सय ४९ रुपैया मात्र निर्यात व्यापार भएको झापाको काकरभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका प्रमुख प्रेम राज भन्डारीले जानकारी दीनुभयो ।

नेपालबाट वंगलादेशतर्फ गहु,दाल,गहुको चोकर ,डावर नेपालका उत्पादन ,तयारी खाद्यन्न निकासी हुने गरेको छ ।गहु र दाल निकासी हुदा गत वर्ष ०६५/०६६ मा ४ अरब २९ करोड २२ लाख ७१ हजार १ सय रुपैयाको निर्यात व्यापार भएको पारवहन कार्यालयले जनाएको छ । बंगलादेश संगको आयात व्यापारमा भने कमी नभएको जनाइएको छ । गत आर्थिक बर्षमा ३३ करोड ७० लाख ५१ हजार २ सय ५० रुपैयाको सामाग्री वंगलादेशबाट
आयात भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by