ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने

हरिहर योगी, काठमाडौं कात्तिक ६- काठमाडौं जिल्ला अदालतले सरकारले ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने आदेश सुनाएको छ। चार जनाविरुद्ध ज्यान मार्ने उद्योग र अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको थियो । तर सरकारले तीन जनाको मात्र फिर्ता लिएको भन्दै अदालतले यसरी आंशिकरुपमा मुद्दा फिर्ता लिन नपाइने निर्णय सुनाएको हो। यस्तो मुद्दा धमलाबाहेक वीरेन्द्र केएम, रामशुभक महतो र मनोज महतोलाई लगाइएको थियो तर फिर्ता भने मनोजबाहेक अरुको मात्र लिइएको थियो। न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले यो निर्णय सुनाएको हो। 

प्रधानमन्त्री माधवकुमार नेपालले दशैंअघि गरेका अमेरिका भ्रमणमा धमलालाई साथै लैजान हतार हतार जाने अघिल्लो दिनमात्र सरकारले उनको मुद्दा फिर्ता लिएको थियो। यसरी फिर्ता लिँदा मनोजबाहेक अरु दुई जनाको मुद्दा पनि फिर्ता लिइएको थियो।

बुकमार्क

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by