ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

झण्डा परिवर्तन गर्न खोज्नेको प्रतिकार गर्नुपर्छ: पौडेल

काठमाडौँ, कातिक २ (नागरिक)-
सयौँ वर्षदेखि प्रचलनमा रहेको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्न नहुने नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्। 'यो नेपालको पहिचान समाप्त पार्ने खेल हो, यसको प्रतिकारमा सबै नेपाली लाग्नुपर्छ', पौडेलले सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बताए। पौडेल राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले थिमिमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा मार्ल्यापण कार्यक्रममा बोल्दै थिए। 



समारोहका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालले साख्वाको बारेमा खोज अनुसन्धान गर्नु पर्ने आवश्यकता रहेकोले यो सरकारले नया ढंगले अध्ययन तथा अनुसन्धान गर्न नयाँ कार्यदल गठन गर्ने बताए।

नेपाल संवत् नेपाली जनताको छोराले स्थापित गरेको संवत् भएकोले यसको संरक्षण र सम्वर्द्धनमा सबैले ध्यान दिनुपर्ने उनले बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by