ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

'पत्रकारको हत्यारालाई प्रहरीले भगायो'


बारा, २०६६ कार्तिक २ - बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले शनिबार राति पक्राउ गरी छाडेको विरोधमा पत्रकारहरुले विरोध -याली निकालेका छन् । नेपाल पत्रकार महासंघ बाराको अगुवाईमा दण्डहीनताको अन्त्य पे्रस स्वतन्त्रताको रक्षा एवम पत्रकार सुरक्षा लगायतकाको माग गर्दै बारा सदरमुकाम कलैयामा मौन विरोध -याली निकालिएको हो । -याली पश्चात बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई भेटी संचारकर्मीहरुले घटनाको छानवीन एवम दोषीमाथि कारवाही लगायतकाको माग राखेका थिए ।


प्रमुख जिल्ला अधिकारी तारानाथ र्गाैतमले दोषीहरुलाई नछाडिने बताउदै दोषी प्रमाणित गर्न अनुसन्धान जरुरी भएको बताए । यसैवीच महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले एक प्रेस विज्ञप्ति जारी गरी अभियुक्त पटेल लगायत पत्रकार वीरेन्द्र साहका अन्य हत्यारालाई तुरन्त पक्राउ गर्न जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा हरेराम पटेललाई समातेर प्रहरीलाई बुझाउने स्थानीय मुक्ति नारायण यादव सहित १७ घरपरिवारलाई ज्यान लिने धम्की समेत दिएकाले उनीहरुको जीवन रक्षाको पहल गर्न अनुरोध गरिएको छ ।

बाराको तेलकुवा नौस्थित ईनर्वा टोलको आपmनैघरमा पटेल सुतिरहेको सूचना स्थानीय मानिसले प्रहरीलाई दिएका थिए ।

सूचनापछि प्रहरी निरीक्षक दासीराम ढुंगानाको टोलीले त्यहा छापामारी गरेको हो । आफूले हरेराम पटेललाई पक्रेर प्रहरीलाई बुझाएको र उनीसंग आधा घण्टा कुराकानी पछि प्रहरीले छाडेको आरोप स्थानीय मुक्ति नारायण यादवले लगाए । बाराका प्रहरी उपरीक्षक माधवराज जोशीले यो गम्भीर विषय भएको बताए । उनले प्रहरी निरीक्षक जस्तो जिम्मेवार ब्यक्तिले पक्राउ गरेर छोडनेकुरा नसोचिने विषय भएको भन्दै ढुंगानाको बचाउ गरे ।

उनले यसको अनुसन्धान हुन जरुरी रहेको बताए । प्रहरी उपरीक्षक जोशीले प्रहरीले कसैलाई पनि पक्राउ गरी छाडेको कुरा आपmनो जानकारीमा नरहेको दावी समेत गरे ।

पत्रकार वीरेन्द्र साहको २०६४ असोज १८ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ताले बाराको उमजनस्थित ढोढिया पिपरा बजारबाट अपहरण गरेका थिए ।

साहको शव कार्तिक २२ गते बारा डुमरवाना ७ स्थित हत्या गरिएर गाडिएको अवस्थामा फेला परेको थियो ।

साहका हत्याका पाच अभियुक्त मध्ये रामएकवाल सहनी र मैनेजर गिरी थुनामा रहेको र अन्य तीन अभियुक्त लालबाबु चौधरी , कुन्दन चौधरी र हरेराम पटेल फरार रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by