ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

मन्त्रीले फुटाइन् आफ्नै गाडीको सिसा

काठमाडौं, कात्तिक ७ (नागरिक)- खेलकूद सहायक मन्त्री चन्दा चौधरीले आफूले चढ्ने गरेको सरकारी गाडीको सिसा फुटाएकी छन्। शनिबार साँझ उनलाई लिएर मन्त्री क्वाटर पुल्चोकतिर हुइँकिएको बा १ झ ४६३४ को झन्डावाला गाडी कुपन्डोल पुगेपछि बिग्रिएर रोकियो। त्यसपछि आक्रोसित बनेको सहायकमन्त्री चौधरीले गाडीको सिसामा मुक्का प्रहार गरिन्।  मन्त्री चौधरीको मुक्का लागेर गाडीको पछाडिको सिसा फुट्यो। गाडीको सिसा फुटेपछि उनी कुपन्डोलबाट हिँड्दै मन्त्रीक्वार्टरतिर लागेकी थिइन्। चौधरीको गाडीका चालक भने उनको आक्रोसपछि के गर्ने र कसो गर्ने भएका थिए।

पुराना गाडी मन्त्रीहरुले प्रयोग गरिरहेको हुँदा तिनमा समयमा समयमा समस्या आउने गरेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by