ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

सगरमाथामा भूकम्प मनिटरिङ स्टेसन


काठमाडौ, २०६६ कार्तिक ४ -  सगरमाथाको सीमावर्ती क्षेत्रमा चीनले पहिलोपटक भूकम्प मनिटरिङ स्टेसन स्थापना गरेको छ । हिमालय क्षेत्रको भूकम्पीय जोखिम अध्ययन गर्न चीनले आफ्नो भूभागतर्फ स्टेसन बनाएको हो ।



स्टेसनले उक्त क्षेत्रको जलवायुको समेत अनुगमन गर्नेछ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढिरहेका बेला चीनका वैज्ञानिकले सगरमाथा क्षेत्रमा स्टेसन बनाएका हुन् ।


जलवायु परिवर्तनका कारण सगरमाथासँगैको उत्तरमा फैलिएको 'तिब्बतीयन प्लेटो' मा नकारात्मक असर परेका बेला भूकम्पीय जोखिमको सम्भावना अध्ययन गर्न स्टेसन खडा गरिएको चीनका वैज्ञानिकहरूले बताए । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढा हिमालय क्षेत्रमा हिउँको मात्रामा व्यापक परिवर्तन आएको विशेषज्ञहरूले बताए ।


सगरमाथाको १४ हजार फिट उचाइमा स्टेसन राखिएको क्षेत्रीय भूकम्पमापन ब्युरोका उपनिर्देशक साङ रोन्ङबोले सञ्चारकर्मीलाई जनाए । उनका अनुसार स्टेसनले नेपाल र चीनमा जान सक्ने भूकम्पको समयसमेत मापन


गर्नेछ । 'भूकम्पीय जोखिमका हिसाबले खतरामा रहेका ठाउँको तथ्यांक संकलन पनि हुन्छ,' साङले सिन्ह्वालाई भने ।


स्टेसन बनाउन एक लाख ४० हजार अमेरिकी डलर खर्च भएको छ । चीनले यसअघि पनि तल्लो क्षेत्रमा स्टेसन खडा गरेको थियो । अघिल्लो स्टेसन स्वाङघु क्षेत्रमा गत डिसेम्बरमा स्थापना गरेको थियो ।


काठमाडौंस्थित जल तथा मौसम पूर्वानुमान महाशाखाका प्रमुख मणिरत्न शाक्यले चीनले सगरमाथामा राखेको स्टेसनले नेपालको भूभागमा भूकम्पीय जोखिमका ठाउँहरूको अनुगमन गर्ने भएकाले लाभदायक हुनसक्ने बताए ।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by